आमाको सम्झना

अमृता रामदाम की ममतामयी अामा

अमृता रामदाम की स्नेही सासु अामा

Amrita, Ramdam, अमृता रामदाम, pallawa, पल्लव

अमृता रामदाम

आमाको अमूल्य भारा मैले कटाउन सकिन
तिम्रो पीडाले मुटु फुट्दै छ खटाउन सकिन ।

तिम्रो काखमा बसी माया धित मार्न पाइन
घातीभयो समय अन्तिम स्वाश भेट्न पाइन ।

तिमी भन्दा ठूलो देवता कतै चिन्न सकिन
पैसामा जोखेँ तिमीलार्इ आयु किन्न सकिन ।

 

Continue reading


दुई शब्द

Rama, Bhattarai, रमा भट्टरार्इ, pallawa, पल्लव

रमा भट्टरार्इ

(स्वर्गीय बुवालाइ भाबपुर्ण श्रद्धाञ्जली !!!)
छैनौ आज आँखा सामु काहा बिलायौ
चन्द्र जस्तो मुहार तिम्रो कहाँ लुकायौ
खोजी रहन्छ्न तिमि लाइ आँखा हरू
जुन लाग्यो कि लुकाउन ताराहरू ।।।।

बुझाउन खोज्छु मनलाई साथै छौ तिमी
आशुहरूको ताल बन्यो फर्किएनौ तिमी
रात ढ्ल्यो उज्यालो भो बिउँझिएको खै
भोक लाग्यो होला ,तिम्ले खाएको खै ।।।।

 

Continue reading


“मेरी आमा र मृत्यु”

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

थाहा थिएन मेरी आमालाई
मृत्यु कस्तो हुन्छ
र मृत्युमा को को आफ्नो हुन्छ
मृत्यु जितिरै बसेकी मेरी आमा
मृत्युसित हार्नुपर्छ भन्ने कुरा ।
भन्छन् मिति पुगेपछि
टारेर टर्दैन
पीठो सकिएपछि
सारेर सर्दैन
यस्तै भो मेरी आमालाई
अचानक ।

 

Continue reading


गोविन्दप्रति हार्दिक श्रद्धाञ्जली

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

ज्यूँदै छन् वलभद्र, अम्मरहरू, ज्यूँदै छ हो वीरता।
केही काल कुचाल, मौन रहनू, मात्रै थियो धीरता।।
अत्याचार विरुद्धमा लडिरने, कल्याणकारी खुन।
मर्दैनन् सत आत्म बुझ्नु कहिलै, विस्तारवादी सुन !

ढुङ्गो हान्न पुग्यौ नि दुष्ट जन हो, अङ्-यालको गोलमा।
बिक्ने छैन कदापि आत्मबल यो, धम्की तथा मोलमा।।
काँडा बेबुर वा घँगारु, मसिना, हुन्छन् तिखा ध्यान होस्।
खुट्टामा अति पीर दु:ख नदिई, निस्किन्न यो ज्ञान होस्।।

 

Continue reading


शान्ति अधिकारीका हाईकुहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

भत्किदा घर,
दुई छाकको लागी
पराई आस ।।

बालेर मन,
समस्याको कराई
पानी भो आँशु ।।

तोडेर नाता,
अन्धकार रातमा,
व्यथाको कथा ।।

 

Continue reading


स्मृतिमा मेरा बा

Jiba, Lamichhane, जीवा लामिछाने,pallawa, पल्लव

जीवा लामिछाने

सार १७ –
बाले छाडेर जानुभएको क्षण मैले फेरि त्यही पुरानो दिन सम्झिएँ । २०४३ साल भदौ २० गतेको त्यो बिहान मेरो स्मृतिमा सबैभन्दा गढेर रहेको दिन हो । रातभरि परेको पानीले राप्ती नदी बहुलाएको थियो । गाउँले मानिसहरू भन्थे, त्यस्तो बाढी यो नदीमा त्यसअघि कहिल्यै देखिएको थिएन । नदीको किनारामा सयौं मानिस तमासे भएर उभिएका थिए । छन्नु महतो दाइ, हामीलाई राप्ती नदी तार्न ठूलो आँट बटुलेर आए । २०४३ सालमा ओभरसियर उत्तीर्ण भएपश्चात छोटो समय कृषि विकास बैंक अन्तर्गत साना किसान परियोजनामा सेवा गरेपछि सोभियत संघमा उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा छात्रवृत्तिको आवेदन दिएर म परिणामको प्रतीक्षामा थिएँ । छात्रवृत्ति स्वीकृत भएको जानकारी पाएपछि विदेश जाने सबै कागजी प्रक्रिया पुरा गरेर परिवारसँग विदावारी हुन चितवनस्थित मातृभूमि पदमपुर गाउँ पुगेको थिएँ ।

Continue reading


स्वर्गिय माता–पिता प्रति श्रदा सुमन

Narendra, Gharti, नरेन्द्र घर्ती, pallawa,पल्लव

नरेन्द्र घर्ती

मेरो बारे पिर कत्ति नमान्नु है बाबा-आमा

दु:ख-सु:ख जसो-तसो जिएकै छु जीवनमा!

पाएकै छु तपाईंहरूको प्रेरणा र आशीर्वाद
मेरो लक्ष्य योजनामा यहाँहरुकै हुन्छ साथ

कर्म गरि केहि नयाँ मैले अघि बढ्न सकुँ
शीर उच्च पारी सधैं अन्यायमा लड्न सकुँ

 

Continue reading



हार्दिक श्रद्धाञ्जली

बावुद्वारा हत्या गरिएकी दुई बालिका

Nisha, Khanal, अर्याल, Aryal

निशा खनाल अर्याल

कलीमा ब्याप्त राक्षसी पाराको बाऊ जसले आफ्नै सन्तानलाई नदीमा होम्यो पिपलटारी नौ पर्वतका  कृष्ण तिवारीले पैसाको लागी आफ्नै दुइ छोरी बर्ष आठकी नमुना र बर्ष छ कि नविनालाई बली चढाएर आफ्नै श्रीमती संग डाका झैँ बनी आफ्नो स्वार्थको लागी हत्यारा हुन् पुग्यो, कस्तो जमाना आयो आज कसैले सन्तानको लागी विभिन्न त्याग गर्छन र अनेकौ मनमन्दिर गएर सन्तान आफ्नो आचलमा माग्छन् ।

आफ्ना दुई छोरीको हत्या गर्ने हत्यारो बावु कृष्णप्रसाद

Continue reading