माँ चिन्तपूर्णी चिन्ता में

Surekha,, Sharma, सुरेखा शर्मा, pallawa, पल्लव

सुरेखा शर्मा

व्यंग्य–
नारायण •••नारायण ••”माते, यह मैं क्या देख रहा हूं ••!जगत की चिंता दूर करने वाली माँ चिन्तपूर्णी आज स्वयं चिन्तित हैं •••क्या बात है माँ ,आप किस दुविधा में हैं ?” माँ दुर्गा कुछ विचार करते हुए बोली, ‘तुम नहीं समझोगे नारद ।’
“माते,जब तक आप कुछ बताएंगी नहीं तो मैं कैसे समझूंगा भला नारायण •••नारायण। ” तुम जानते हो नारद, आजकल भूलोक वासी पूजा-पाठ बहुत करने लगे हैं ।मेरे भक्तों की संख्या दिन- पर -दिन बढ़ती जा रही है ।तुम देखना आने वाले इन नौ दिनों में तो चारों ओर मेरा ही गुणगान किया जाएगा ।भूखे- प्यासे रहकर उपवास कर नवरात्र अनुष्ठान संपन्न करेंगे । उपवास तो कहने मात्र के लिए होते हैं, सारा दिन फलाहार के नाम पर इतना खाते हैं कि पूछो मत।”

 

Continue reading


शादी न करना

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

(डॉ. राज सक्सेनाको हिन्दी व्यंग्य कविता)
मिले खेत ख़ाली वहां खूब चरना,
किसी पोखरे से क्षुधा शांत करना |
बताता हूँ मैं बात तुझको पते की,
जो सुधरे कभी न,वो गलती न करना |
हव्वा के आगे तू आदम न बनना ,
मेरे पुत्र जीवन में शादी न करना |

करेगा जो शादी तो पछतायेगा तू,
रोने को कोना नहीं पायेगा तू |
निकलना भी चाहे न निकलेगा बच्चे,
चक्कर में इसके जो पड़ जायेगा तू |
भंवर में फंसे तो नहीं हो निकलना ,
मेरे पुत्र जीवन में शादी न करना |

 

Continue reading


डा.राज का हिन्दी हास्य-व्यंग्य का प्रथम पुष्प

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

मेरा घोषणापत्र
तिकड़म शुभनाम ‘सुनामी’ मै,
तिकड़म इस बार चलाऊंगा |
ऐ,सुनो मुझे चुनकर भेजो,
अपनी सरकार बनाऊंगा |

छत पर गेहूं की फसल लगा,
सड़कों पर रबर बिछाऊंगा |
बिनकाम मिले सब को खाना,
लंगर सब जगह लगाऊंगा |

 

Continue reading


डा. सक्सेनाको हिन्दी व्यांग्य

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

(तृतीय पुष्प – आज नेताओं की मानसिकता पर – खामोश से)
खा लिया है देश पूरा-
पर खड़े निर्दोष से |
व्यक्तित्व जैसे हो बड़ा-
हाथी सरीखे दोष से,|

सबसे बढ कर दुश्मने-जां
हो गया है दोस्त ही,
हमने जिसको चुन के-
भेजा था,बड़े ही जोश से |

जब कभी मांगा है उससे-
चल दिया सपने दिखा,
कितना परिवर्तन हुआ-
सत्ता में उस मदहोश से |

 

Continue reading


डा. सक्सेनाको हिन्दी हास्य-व्यंग्य

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

(निकल गए शब्द का सन्दर्भ के अनुसार अलग अर्थ)
दिन कड़क जवानी के अपने-
डर-डर के सारे, निकल गए |
जब हमें समझ थोड़ी आई –
तब दूर किनारे, निकल गए |

करके हिम्मत,दिल कड़ा किए –
उनके घर – द्वारे,निकल गए |
बस उसी वक्त, डैडी उन के-
निज मूंछ, संवारे निकल गए |

 

Continue reading


आधुनिक छोरा

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

(व्यङ्ग्य कविता)
बाबाआमा गुरुजन सखा बिर्सिहाल्यो हितैषी
छोरा बिर्सी चलन घरको खान थालेछ भैँसी ।
चुल्ठो, मुन्द्रा, पृथक कपडा छैन यज्ञोपवीत
गायत्री के प्रतिदिन जपोस् वस्त्र लाएर पीत ।।

बिर्स्यो भाषा सरल र मिठो शब्द लालित्य झर्रो
अङ्ग्रेजीको लवज मिसिई बन्न थालेछ अर्रो ।
बिर्सी आफ्नो विगत गरिमा धर्म भाषा सपाट
धोयो क्यारे अब त उसले हात संस्कारबाट ।।

 

Continue reading


धुनिक रामायाण

Rudra, Gyawali, रूद्र ज्ञवाली,pallawa ,पल्लव

रूद्र ज्ञवाली

गाइजात्रे  कवता
प्रधान्मन्त्रि भइ गया सुशिल’दा आफ्नै गरौं हित् भनी
छट्टु वामनदेव् प¥या चरणमा हिस्सा म पाउँ भनी
के माग्छौ भन बामदेव प्रभुले मर्जी भयाथ्यो जसै
पाउँ गृह प्रभो भनी जव भने त्यै गृह पाए तसै

दारी राम थिए झनै कम कहाँ दौडी नजिक्मा गया
बिना अर्थ म बाँच्न सक्दिन प्रभो भन्दै बिलौना ग¥या
त्यो आशीष महेशको दिइसक्याँ हे राम क्या मो गरुँ
जे माग्छौ अरु माग राम गतिला छन् स्वादिला झन् अरु

Continue reading


‘खुरापाती’ अझै नि भट्टी मै . . . . .

Rabirosi, रविरोशी, pallawa, पल्लव

रविरोशी

हाँस्य–व्याङ्रग्यः
एउटा ‘खुरापाती’ पिउने मूड बनाएर बसेको थियो,
एउटा अमेरिकन मित्र संग !

खादै पिउदै जादा अमेरिकन ले निकै ठुला ठुला गफ दियो,
‘हामी’ र हाम्रो ‘संस्कृति’ लाइ होच्याउने बिचारले उसले म संग प्रश्न गर्यो-
”यदि तीमिहरु र तिमेरको संस्कृति’ यत्ति नै महान छ भने लौ भन त,
यति धेरै आबिस्कार र बिकास भएको यो संसारमा,
तिमि हरुको योगदान के छ…” ??

 

Continue reading


भुँडी सत्यम् अरू मिथ्या

Narendra, Raj, पौडेल, Paudel

नरेन्द्र राज पौडेल

तपाईं साँच्चिकै देशभक्त भए यो देश बन्छ बन्दैन खासै ख्याल नराख्नु होला । सरकार चल्छ चल्दैन, उतिसारो ध्यान नदिनु होला । सरकारै नभएको बेला छ भने पनि कुन कुन सरकारले केके लछारपाटो लगाएका थिए, थोरै भए पनि सिंहावलोकन गर्नु होला । सरकार बने क-कसको बन्छ, नबने कसकसको बन्दैन र किन बन्दैन त्यता पनि वास्ता नतेस्र्याउनु होला । बनेर के के नाप्यो र के के लछारपाटो लगायो, मूल्याङ्कनको माथापच्चीसीमा नफस्नु होला । कसैको गाली र कसैको प्रशंसामा घोक्रो नफुलाउनु होला । उत्तरदायी सरकार बने हुन्थ्यो, यस्ता गाँडेगँुडे कुराको कामना नगर्नु होला । त्यस्तै उस्तै सरकार बनि हालेछ भने पनि त्यसैको भर पर्नु होला । उपलब्धि चाहिँ कस्तै परे पनि नखोज्नु होला ।

Continue reading


“सिधा आँखा”

dr. Durga, Prasad, पोखरेल, Pokhrel ,

डा.दुर्गाप्रसाद पोखरेल

लौ है, मेरो पनि सबैलाई शुभकामना !
यस वर्षो बडादशैँको पूर्वसन्ध्यामा नेपालको जनसंख्याको पछिल्लो आँकडा प्रस्तुत गरिएको छ । यो देशमा दुई कारोड छैसठ्ठी लाख जनसंख्या पुग्यो रे । अहिले यी दुई करोड छैसठ्ठी लाख नेपाली जनताको घरदैलोमा दशैँ आएको कुरा कसैले कसैलाई भनिरहन नपर्ला । उहिले बाउबाजेले दशैँको टीका लगाइदिँदा सन्तानले डाँडाकाँडा ढाकून भनेर आशीर्वाद दिन्थे । अहिले नेपालीका सन्तानले डाँडाकाँडा नढाके पनि शहरका खेतीयोग्य जमिन मात्र होइन विदेशमा अमेरिका युरोपका साथै खाडी मुलुक पनि ढाकिसकेका छन् । अब बाबु बाजेको आशीर्वाद लागेको भन्ने कि नलागेको भन्ने । आशीर्वाद लागेको भनौँ नेपालको डाँडाकाँडमा बस्ने मान्छे नभएर उजाड छ । ढाकेन भनौँ देशका शहर बजारमा खुट्टा हाल्ने ठाउँ नभएको मात्र होइन विदेशमा समेत नेपालीको बजार लागेको छ ।

Continue reading


अर्थ न बर्थ गोविन्द गाई

- बासु श्रेष्ठ
– बासु श्रेष्ठ

ल्हासामा सुन छ कान मेरो बुच्चै भनेर हामी जति फलाके पनि,कराएपनि, खल्ती छामेपनि, कान छामेपनि नानीदेखि लागेको बानी कहिल्यै गएन । अर्थात माल पाएर चाल नपाउने हाम्रो बानी भएकोले नै होला सुनको खानी पारी, हामी वारी । पारीको सुन सम्झ्यो, राल काढ्यो बस्यो । माल पाएर चाल नपाउने किन भनेको भने हामी छैन छैन भनी नभएको बस्तुको तिर्सना गर्छौ, भोकभाकै मर्छौ, प्यासले प्याक प्याक बन्छौ तर त्यहि माल हात पर्यो भने लुटको धन, फुपुको श्राद्ध गरिदिन्छौ । जस्तै हेर्नास् न १०४ वर्षे राणाकालको विरुद्ध प्रजातन्त्रकोलागी लडियो, ३० वर्ष पँचायतको विरुद्ध प्रजातन्त्रकोलागी लडियो ।

Continue reading



धन्य सभासद्‍ज्यू ! देशको बेरोजगारी घटाउनु भो

डा. टीकाराम पोखरेल

अहिले देशमा बेरोजगारहरुको संख्या ह्वात्तै बढेको भन्ने तथ्यांकहरुले देखाएको छ । हरेक दिन रोजगारीको खोजिमा विदेशिने युवाहरुको लाम हेर्दा पनि त्यस्तै लाग्छ । तर देशका ६०१ जना सभासद्‍हरुको जागिरको निरन्तरता हेर्दा देशमा बेरोजगार बढेको भन्ने तथ्यांक पूर्ण रुपमा पूर्वाग्रही हो भन्न कुनै हिच्किचावट गरनुपर्दैन । रोजगारीका लागि दैनिक विदेशिने युवाहरु पनि सरकारले रोजगारी सिर्जना गरेन भनेर सरकारको बदनाम गरने उद्देश्यले मात्र विदेशिएको भन्ने प्रष्ट हुन्छ ।
Continue reading


च्याँखुरीलाई रेगिस्तानीको चिठी

charchit, dhungel

चर्चित ढुंगेल

प्रिय च्याँखु,
माया र सम्झना !

यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सवैको कल्याण होस् भनी कामना गर्दछु ।

तिमीले रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका घटना झुठा हुन् । तिम्रो भ्रुण नै नबसेको बच्चा र मेरी स्वर्गवासी आमाको कसम π झुठो लेखेको भए दुवैको सत्यनास होस् । यो रेगिस्तानमा कोही पनि मर्दैन ।

Continue reading


दिल्ली पुग्ने सात दोबाटो

मनोज गजुरेल

यो देशलाई महान् मान्छेहरूसँग मेरो ठाडो असहमति छ । महानताको कुनै लक्षणविना नै यत्तिकै महानताको जलप लगाउँदा यो त गहनहरूमा लगाइने नक्कली जलपजस्तो पो भयो ! बरु मलाई सुन्नोस्– यो देश यौटा चोक हो, र हाम्रो बहुदल एउटा ‘राष्ट्रिय सात दोबाटो’ हो ।
चोकबाट भिन्नभिन्न स्थानमा जाने सातवटा बाटाहरू भेटिन्छन् । तर ती बाटा–गोरेटाहरू कहाँसम्म पुग्छन् भन्ने चाहिँ कसैले पनि पत्तो लगएको छैन । गएकाहरू भेटिएका छैनन् । फर्किएकाहरू चिन्नै नसक्ने भएर आएका छन् ।
Continue reading


अप्सराको आशय

शेषराज भट्टराई

विश्वका आमजनताको प्रजातन्त्रप्रति एकाएक विश्वास बढ्नुको आशय, क्रान्तिकारीले हिंसा, हत्या गर्नुको आशय, नेताहरू कुर्सी भनेपछि भुतु्क्क हुनुको आशय, भुटानी सरकारले आफ्नै जनतालाई शरणार्थी बनाउनुको आशय,न्यायकर्मीले वादी प्रतिवादीलाई घूसै फिर्ता गर्नुको आशय, हाम्रै्र टोल छिमेक र घर आँगनका परेडकर्मी, फेसनधर्मी ‘अप्सराको आशय’ के ? माथिका तमाम बुँदाहरू जिज्ञासा योग्य छन् । तथापि अन्य बँुदाको तुलनामा अप्सराको आशय जत्तिको सान्दर्भिक र रुचिपूर्ण विषय शायदै भएको हुनाले राजनीतिमा नेताको लिंडे ढिपी जनतामाथि लादेझैं मेरो विचार पाठकसामु लाद्ने दुस्साहसमात्र ।

Continue reading


बाशीफल

चर्चित ढुङ्गेल

हाँस्यव्याङ्ग्य
तपाईं पात्रो हेर्नुहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा/मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि ब्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता/सम्बन्ध रहेन । मेरा एकजना दाजुले घरैमा हुने घटना थाहा नपाएकाले छोरो चारकोसे जंगलको रुखमा फलेको र ज्योतिष विद्याबाट हात धोएको कुरा गर्नु भएको थियो । बर्षौँदेखि यही विद्यालाई पेशा बनाउँदै आएका मेरा दाजुलाई नाक लागे जस्तै हामी युवालाई ज्योतिष विद्याले नतान्नु स्वभाविक हो ।

Continue reading


पोइसो कमाउने काइदा

लक्ष्मण गाम्नागे

पोइसो कमाउने काइदा पनि दुनियाँमा कति रान् कति । बाह्रवर्षे प्रजातान्त्रिक रुखमा फलेका फलहरू मज्जाले खान पाएकाहरूले पोइसो कमाएको देख्ता मलाई पनि आजभोलि कतार र कोरियाको कुरा छाडी आफ्नै मुलुकको पोइसो फल्ने खोरिया फाँडौँ जस्तो भैराछ । अस्तिसम्मको सिकुटी साइँलो हेर्दाहेर्दै याँमानको ढिकुटी जस्तो भएको देख्ता खर्लप्पै खुइलिएर उसिनेको आलुजस्तो भएको मेरो तालुमा पनि कपाल पलाएर आउला जस्तो भैराछ । खोपा भएको मुखभित्र नयाँ बँगारो पलाउला जस्तो भएर उसै उसै गिजा चिलाइराछ । Continue reading


बल्ड्याङ खानुको मज्जा

नरनाथ लुइँटेल

‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं, अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक बुद्धि नपलाउने भइसक्यो । मानिसको जात कहलाएको यो दुईखुट्टे जनावरलाई अहिले संसारको सबैभन्दा बढी बुद्धि भएको सर्वश्रेष्ठ प्राणी भनिन्छ तर यसैको हालत यस्तो छ ।

Continue reading


महानपरिवर्तन : नामपरिवर्तन

हरिप्रसाद सिलवाल

मेरा एकजना काकाले एउटा कोठेगोष्ठी सम्मेलनमा इष्र्याको दम फाल्न खोक्दै थिए – यो नयाँ सरकारले पनि केही गरेन रे । त्यस्ता पूर्वाग्रहले खोकेर हुन्छ त काका भनेको तँ हिजोको फुच्चा डाँकालाई के थाहा छ ? भनेर सासले टिपेर एक गाँसमै होसहवास खोसिहाले । परजातन्तरको पनि उपल्लो चरण पुगिसकेको र आकासको टुप्पोमा पुगेर पनि प्रचण्ड घामले सुकिकेको गनतन्तर कालमा ती काकाले खोके भन्दैमा आजकालका कोही ठिटाठिटीहरू ह्याकुलामा दही पोतेर लुत्रुक्क नुन खाएको कुखुरीजस्तो बस्लान् त ? तिनको मेख मार्न मेरो कलमको टुप्पामा पनि त दही टाँसिएको छैन नि बरु यै पत्रिकाबाटै ती काकालाई चुनौती दिदैँ मुखभरिको जबाफ दिएर गणतन्त्रको सदुपयोग गर्न मन लाग्यो ।

Continue reading