कोरिएन कविता सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

सुन्दर देखेपछि मन लोभ्यो आफ्नै सम्झें
एकोरो हेर्दाहेर्दै लठ्ठीयका आँखाहरु
सपना जस्तै लाग्दैछ अतीतका मिलन ।

आफुले आफैलाई ढाटेपछि मुख रातो
बनेन ईमानदार स्वार्थीपन छायपछि
शत्रुता बढ्ने नै भयो पाइयन मद्दत ।

घिसारेआफ्नै सम्झी माया गर्दै रिसाउँदै
आबेग थाम्नलाई हम्मेहम्मे पीडाबोध
समय बिति जाँदामा चित्तबुझ्ने नियति।

 

Continue reading


श्रीराम श्रेष्ठका बीसअोटा सिजोहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

रातको घेराभित्र मस्तसँग बाधिएको
सपना हल्लाउँदै आत्तिएको सानो मुटु
शरीर भरी पसिना थुपारेर हाँसेको ।

आँखाले तान्दा तान्दै घिसारेर फालिएको
एक्लैले भेटेसम्म बामेसर्दै किनारामा
ब्रह्माण्ड परिवर्तन आधिबेरी पछार्दैँ ।

सपना देखि्एछ आफूलाई मत्याएर
मसँगै किचकन्या टाँसिएर जिस्केपछि
घाँटीमा अठ्याएर चिच्याउँदै आँत्तिए ।

 

Continue reading


सिजोहरू

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

अर्पूव जिन्दगानी फक्रिएको फूलजस्तै
अनौठो कुतकुती शाररिक अपाङ्गता
सम्झना अनुभूतिको प्रियसी रमाउँदा ।

बोल्दैन ढुङ्गामाटो आउँदैन सरकार
भुकम्प, बाढी-पैह्रो दुखदायी प्राकृतिक
आक्रान्त हृदयभित्र रोदन भरिएछ ।

चढेको यौवनमा दर्रिद्रता भरिएछ
कसरी पुग्नसक्छु जवानीको उकालीमा
अँधेरो विन्द्रावनमा प्रवेश रोकिएसी ?

 

Continue reading


श्रीराम श्रेष्ठका केही सिजोहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

चोरेर तिमीलाई लुकाउछु अँध्यारैमा
उमेर झर्न थाल्यो भरिएको चिसो खाल्टाे
पर्खाइ तन्किएपछि बाटिएको धागोले ।

मायाको फुलबारी सजाएर राख्दै थिए
पर्खेर बस्दा बस्दै रित्तो मन ढल्किएछ
आशाको विश्वास पनि ब्यर्थ भयो कुरेर ।

पहिलो प्रेम बस्दा अत्तालियो मेरो मन
जीवन हुर्काउन मायाप्रेम चारैतिर
निश्वार्थ हुनुपर्दछ आत्मीयता महान ।

 

Continue reading


कोरियन शैलीको कविता सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

आगाध मायाप्रेम कस्सिएर लगाइयो
विश्वास गरेकै हो दिलदिए तिमीलाई
नौटकी रहेछौ तिमी, माया बाढ्यौ रण्डी झैँ।

आँखाको इशाराले उनीलाई पट्याइयो
मलाई भेट्नासाथ रमाउँछे दिलखोली
भेटमा भलाकुसारी झनै बढ्यो मित्रता ।

चाहना असङ्य भो चिन्तामा नै बित्योदिन
झस्किन्छ तनावले सधैं जसो आफैं भित्र
प्रफुल्ल हुनपाएमा आत्मा शान्ति भइन्थ्यो ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही मुक्तकहरू

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(फिजराल्डको शैलीअनुसार)
खण्डित हुनबाट देश बचाउनु पर्दछ
दरिलो विश्वास भित्र आत्मीयता साट्नु पर्छ
बुझाउँदा नबुझ्नेलाई देशको माया कहाँ
चाहेमा जस्तै सुकै मूल्य चुकाउनै पर्दछ ।

समाउने हाँगो पाए हृदयमा सझाउँथें
मलिलो माया पाए अँगालो भरी कसी राख्थें
आवाज ढल्दा मनै जोडिएर जानै कठिन
माया साँटेर भित्रै जरा फिजाउन चाहान्थें ।

 

Continue reading


जापानिज टाइपको केही कविता सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

मनको हृदयमा तिमीलाई लुकाउँदा
सुटुुक्क लुकिछिपी तिमीलाई पर्खिबस्छु
पट्यार लागेको बेला नै तिमी आयौ टुप्लुक्क ।

मण्डली आस्था केन्द्र सबै जना पुगिहाले
मनको इच्छा सबै पूरा गर्ने विश्वासमा
सम्झन्छु सुख दुःखमा आफैलाइ बिर्सेर ।

झरना छङछङ आवाजमा झरिरह्यो
स्पर्शमा चिसो चिसो पानी छुँदा प्रफुल्लित
हेर्दैँमा झरना खस्दा कामुकता जागेछ ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही जापानी कविता सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

रुपले लठ् याएछ मनमिल्यो कति चाडै
नजिकै भएपछि माया पनि गाढा भयो
झुक्किए कालो पोखरी भन्किएको माखाले ।

राखेको तिमीलाई हृदयको छहारीमा
ममता जगाउनु पर्ने थियो तिमीबाट
मरेको जीबन कथा अल्झिरह् यो हासेरै ।

बाँचेर सबै कुरा देखिनेभो हामी बीच
बाँच्नुको अर्थलाई बुझ्नुपर्छ सधै भरी
अल्झिदा जीवनलाई बचाएर राख्नुछ ।

 

Continue reading


श्रीराम श्रेष्ठका जापानी/कोरियन कविता सिजोः

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(कोरियन शैलिका गीति कविता)

उकालो बाटो जाँदा हावा लाग्यो जोडसङ्ग
अगाडि जान्छुभन्दा थिलथिलो आफ्नै मन
गन्तव्य रोकिएपछि आँत्तिएको सडक ।

हल्लियो कालोडोरी सडकमा तेर्सिएर
निडर बन्दाबन्दै आत्मासाक्षी थुपारेर
भएन आत्मबिश्वास कमजोर भएछ ।

 

Continue reading