आमा घर, सञ्चार गृह र सरकार

Bhawana, Pariskrit, Sunuwar, भवानी परिक्षीत सुनुवार, pallawa,पल्लव

भवानी परिक्षीत सुनुवार

अहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् । दिलशोभाले जुन अवस्थामा परोपकारको कार्य सुरु गरिन् र बेसहारा बृद्ध–बृद्धाहरुको स्याहार संभार गरिन् यसको प्रचार नेपाली मेडियाहरुले नै गरेका हुन् । उनको बारेमा नेपाली मेडियाहरुमा आएपछि यसले विश्वभर रहेका नेपालीहरुको परोपकारी मनलाई आकर्षित ग-यो । नेपालभित्रै रहेका र नेपाल बाहिर रहेका असंख्य परोपकारी मनहरु उनको सेवाभाव र सोझोपनको प्रभावमा परेर पग्लिए । परिणामस्वरुप उनको आमा घरको लागि निकै ठूलो सहयोग जुट्न थाल्यो ।

 

Continue reading