शान्ति अधिकारीका केही फर्दहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव,

शान्ति अधिकारी

धड्किनेछ पक्कै मुटु सास रहुन्जेल ,
जिन्दगीलाई माया गर्ने खास रहुन्जेल ।

काम बिनाका कुराले त गर्नु गरेको छ ,
त्यहि कुराले देश सधै पछि परेको छ ।

न त हुँ म तिम्रो अनि न हौ तिमी मेरो ,
ब्यथै सोझो बाटो किन बनाउछौ फेरो ?

 

Continue reading


डॉ. राज सक्सेनाका पांच दोहे . . . . .

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

गई कहाँ प्रतिस्नेह में, पगी-सधी वह बात ।
वाक-युद्ध संग चल रहे, अब तो घूंसे लात ।।

फिर से रोजा होगया, बिना माह रमजान ।
मिली न रोजी आज भी, भूखा है उस्मान ।।

जिन्दे, नेता नोचते, मरे नोचते गिद्द ।
‘राज’ रोग हैं देश के, नेता सकल प्रसिद्ध ।।

 

Continue reading


शान्ति अधिकारीका केही फर्द (टुक्राहरु)

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

सधै नेपाल बन्द भयो खोज कारण सडकमा छ ,
विकास किन मन्द भयो खोज कारण सडकमा छ ।

साचिकै माया भए यो देशको ,
उठ्थेँन कुरो भाषा र भेषको ।

फल छैन राम्रो बालिमा हजुर ,
के खोज्नु ईमान जालिमा हजुर ।

 

Continue reading


पारू महतका केही टुक्राहरू

Paru, Mahat, पारू महत, pallawa, पल्लव

पारू महत

कमेन्ट पनि चाहिएन मलाई लाइक पनि चाहिएन
बसमै भय पनि लैजाऊ मलाई बाइक पनि चाहिएन…..

झिरमा उनिनु त्यो एउटा कुरा, पिरमा उनिनु त्यो एउटा कुरा,
नभिज्ने आखा कस्को छ र, तर झर्नु नझर्नु त्यो अर्कै कुरा…

मर्ने कसैलाई रहर हुँदैन तर नमरेको कुनै प्रहर हुँदैन
भागेर जाउँ त कुन ठाँउ जाउँ मान्छे नमरेर्ने सहर हुँदैन….

 

Continue reading


शारदाका केही फुटकर शेरहरु

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

आज सच्चा बताएर, तिमी देउ रंगिन साँझ ।
कि त बग्न देउ खोला होइन भने बाध बाँध ।।

‘तिमीलाई माया गर्छु’ भन्ने अरु जमात छन् ।
जती ब्यस्त हुँदा पनि मुटु भित्र दिन्छन बास ।।

तिमीलाई नै कुरु कि म,माया माया भन्दै डुलुं ।
एउटा सहि मार्ग मलाई चुन्न देउ तिमी आज ।

 

Continue reading


शान्तिका केही फर्द (टुक्राहरु)

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

जति सुकै पराई सम्झ आफ्नै मान्छे राम्रो,
टाढा टाढा गराई सम्झ आफ्नै मान्छे राम्रो।

कर्णालीमा बगाईदिउकी दु: खी जिन्दगी ,
अब पाखा लगाईदिउकी दु: खी जिन्दगी ।

शकांले त घृणा बढ्छ माया बढ्ने हैन ,
शकां मन भित्र गढ्छ माया बढ्ने हैन ।

 

Continue reading


शान्तिका केही शेरहरु

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

माया सस्तो हुन्न हजुर सातु बनाई बाड्दै हिड्ने ,

आफै लिलाम बिक्रि भई गनाई गनाई बाड्दै हिड्ने ।

सम्वांद फेरी सुरु गरौँ मिलाएर हातहरु,
टाढा हैन नजिक सरौँ मिलाएर हातहरु ।

आँखा भरी तस्विर छ मन भरी याद उस्तै,
निरासा र छट्पटिमा बिताएका रात उस्तै ।

 

Continue reading


प्रान्जालका केहि शेरहरू

Ravi, Pranjal, रवि प्राञ्जाल, pallawa, पल्लव

रवि प्राञ्जाल

हेर्दैछु म तिम्रो बाटो जहाँ सम्म पुग्छन् आँखा ।
झर्यौ शायद बेँसी तिमी, हिँड्दैछु म पाखैपाखा ।

तिमी रूँदा म’नि रुन्छु,भित्र भित्रै रुन्छु
आँसु पिइ शीत हुन्छु, झरी भुइँ छुन्छु ।

कागज भए बलियो हुन्थें,फलाम बनें गल्ती गरें
फूल ठान्थें जसलाई मैले,उ त चुम्बक पो रहेछ ।

 

Continue reading


शारदाका केही शेरहरू

Sharada, Pathak,शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

मेरो मनमा कोरिएको तस्बीरमा के छ ?
आँखाबाट आँशु झार्ने यो पीरमा के छ ?

प्रेम र भगवान उस्तै उस्तै हुन् , छ भन्छन खोज्न सकिन !
बथानै देख्छु म चौरमा आकासमा, सबै हुन् सोच्न सकिन !!

मायाले त नजीक ल्याउँछ , तिमी टाढा भाग्यौ !
निसानीले धोका दियो यो तीरमा के छ ?

 

Continue reading


शारदा पाठकका केही पङ्रतीहरू

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

यो धर्तीमा छुट्टै घाम उदाउछ कि जस्तो लाग्यो !
भेट छैन, गफ छैन , तर नसा कस्तो लाग्यो ।

सन्तानको सपनालाई काँचै राख आमा तिमी !
श्रृस्टि को त्यो जमीनलाई बाँझै राख आमा तिमी !

देखे देखे जस्तो लाग्यो, चिने चिने जस्तो लाग्यो ।
मेरै घरको बाटो हुँदै, हिडे हिडे जस्तो लाग्यो !

 

Continue reading


शरदाका केही फर्दहरू

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक,

के के ए हुन पर्छ हो नेपाली हुनलाई !
भीर पाखामा अड्किएको माटो छुनलाई !

तिमी आए जस्तो लाग्छ, तर बोलि मिसिएन !
मन छिन्छ, घरि घरि दबाई भन्छौ चिनिएन !

राम्रो सल्लाहको निर्णय पनि राम्रो हुन्छ भन्ने लाग्छ मलाई !
मल जल पाएमा सुकेको ठुटो पनि जाग्छ भन्ने लाग्छ मलाई !

 

Continue reading


शारदाका केही टुक्रा–टुक्री शेरहरू

Sharada, Pathak, Kharel, शारदा खरेल (पाठक), pallawa, पल्लव

शारदा पाठक

औशीको हुँ जुनकिरी म, तिम्रो रोजाई जुनलाई !
बिना खबरको मान्छे हुँ म, नसोध है उनलाई !

यो मुटु चोरेर भाग्नेलाई सलाम छ !
मायाको हतियार माग्नेलाई सलाम छ !!

यो आखाले के हेर्न खोजेको छ खै ?
बगैचामा नभेटिने फूल रोजेको छ है !

 

Continue reading


प्राञ्जलका शेर–शायरीहरू

Rabi, pranjal, रवि प्राञ्जल, pallawa

रवि प्राञ्जल

तिम्रो तस्बीर हृदयको कारागारमा छ,
भनि देऊ प्रिये मेरो तस्बीर कहाँ छ ?

किनारालाई सागरले कति माया गर्दो रैछ
जता जता बगेपनि किनारसँगै बग्दो रैछ ।

उस्को याद मात्र गर्दा आफैँ फुर्छ आज गजल ।
लेखूँ भन्थे लेखिन्नथ्यो भावहीन थेँ हिजोसम्म

 

Continue reading