‘साहित्यमा सकृय भावना ’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

समीक्षित ब्यक्तित्वः भवानी न्यौपाने ‘भावना

santosh, shrestha, सन्तोष श्रेष्ठ, pallawa, पल्लव

सन्तोष श्रेष्ठ

नेपाली साहित्यको क्षेत्रमा पछिल्लो समयमा अत्यन्तै सक्रिय स्रष्टा भवानी न्यौपाने भावना हुन् । पिता पवित्र राज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्री भावनाका सयौं फुटकर रचनाहरुका साथै साहित्यिक कृतिहरू पनि प्रकाशित छन् । भावनाका बिम्बहरू कविता सङ्ग्रह, भावनाका उद्भास छ्न्द कविता सङ्ग्रह उनका प्रकाशित कृति हुन् भने शास्त्रीय बहर गजल सङ्ग्रहका साथै कथा सङ्ग्रह र नियात्रा सङ्ग्रह पनि प्रकाशोन्मुख अवस्थामा रहेका छन् । बी.एड.सम्मको औपचारिक अध्ययन गरेकी साहित्यकार भावना पेशाका हिसाबले स्थायी शिक्षकको रूपमा दाङको तुलसीपुरमा कार्यरत छिन् । साहित्यमा सक्रियता भएकै कारण नेपालका थुप्रै जिल्लामा साहित्यिक भ्रमण गर्नुका साथै छिमेकी राष्ट्र भारतका विभिन्न ठाँउमा साहित्यिक भ्रमणमा संलग्न हुनुका साथसाथै सम्मानित र पुरस्कृत पनि भएकी छिन्।

 

Continue reading


क्रियश्चन पादरी गङ्गाप्रसाद प्रधान

padari-ganga-prasad-pradhan

narendra, raj, prasai, नरेन्दरराज प्रसार्इं, pallawa, पल्लव

नरेन्दरराज प्रसार्इं

‘‘सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका :
पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा’’

पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो ।
रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् । रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे । त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो ।
रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए ।

 

Continue reading


विजय मल्ल ः राजनैतिक सचेतना र्सजक

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

स्रष्टा र सिर्जना
नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक ब्यक्तित्वको रूपमा चिनिन्छ । उनको जन्म वि.स. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको हो । यिनी ऋद्धिबहादुर मल्लका साहिला छोरा तथा गोविन्द मल्ल गोठालेका भाइ हुन् । उनले शिक्षाको हकमा आइ.एस.सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, प|mान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले शेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गथ्र्यो । बुवा ऋद्धिबहादुरले आफ्नै प्रेसबाट शारदा मासिक पत्रिका निकालेका हुँदा साहित्य लेख्ने र छपाउने क्रमलाई निरन्तता दिए ।

Continue reading


ब्यक्तित्व विजय मल्लः राजनैतिक सचेतना र्सजक

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक ब्यक्तित्वका रूपमा चिनिन्छ । उनको जन्म वि.स. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको हो । यिनी ऋद्धिबहादुर मल्लका साहिला छोरा तथा गोविन्द मल्ल गोठालेका भाइ हुन् । उनले शिक्षाको हकमा आइ.एस.सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, फ्रान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले शेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गथ्र्यो ।

 

Continue reading


भानुभक्त

Jiwanhari, Sharma, जीवनहरि शर्मा,pallawa , पल्लव

जीवनहरि शर्मा

भानूभक्त तिमी धनी हजुरका बाबा थिए जागिरे
बाजे पंडित भै विशुद्ध मनले ज्ञानै दिए आखिर
खै के गर्नुभयो तपाइँहरुले ज्ञानी र मानी भई
जन्ता देश समाज खातिर अझै दुःखीहरुको चइँ ।।

मै हुँ घाँसि दरिद्र खान नभई यै बाट खादैँ छु म
घासै काटि अलेली यो बचल ली कूवा खनाउँछु म
यस्ले मानिसलाइ नित्य सजिलो पार्ने छ गाउँभरी
मेरो कीर्ति रहन्छ मित्र बुझ यो सारा समाजै भरी ।।

 

Continue reading


माधवप्रसाद घिमिरेः नेपालका राष्ट्रकवि

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कैल्यै हुँदैन विफल ।
अँाधी र बेरी दशै र दिशा घेरेर चल्दछ फूलको थुङ्गो
अलुङ्गो हाली हँागामा झुल्दछ ।
-राष्ट्रकवि माधवप्रसाद घिमिरे)
आधुनिक नेपाली कविता र गीतमा महाकवी लक्ष्मीप्रसाद देवकोटाले ल्याएको स्वच्छन्दवादी धाराका -वि.सं.१९९१-२०१६) सम्मका माधवप्रसाद घिमिरे एक प्रसिद्ध कवि एवं गीतकार हुन् ।
उनी पिता गौरीशंकर तथा माता द्रौपदीदेवी घिमिरेको कोखबाट वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा पहिलो सन्तानको रूपमा जन्मेका हुन् ।

 

Continue reading


गुरूको सम्झनामा . . .

Vhima, pande , Dang, भीमा पान्डे, pallawa  , पल्लव

भीमा पान्डे

भर्खरै मात्र नेटमा भेटेको अस्ति
सहयोगी भावनाका महान हस्ति
साहित्यिक नामले गोर्खे भनेका
सरकारका त्यस्तै प्यारा बनेका

अग्रज गुरु ऋषि लामिछानेको
लेखन कलामा सब लोकले मानेको
माध्यम त्यी भावना दिदीको बनि
उहाँसंग भेटभयो फेसबुकमा अनि

 

Continue reading


गोठालेः नेपाली कथाका महान निर्माता

Govinda, Malla, Gothale, गोविन्दबहादुर मल्ल ‘गोठाले’, pallawa

गोविन्दबहादुर मल्ल ‘गोठाले

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

काठमाडौंको ओमबहालमा ऋद्धिबहादुर र आनन्दमाया मल्लको जेठा सुपुत्रको रूपमा जन्मनु भएका गोविन्दबहादुर मल्ल गोठाले (१९७९-२०६७) नेपाली साहित्यका विशिष्ठ प्रतिभा हुन् । उहाँको बाल्यकाल मधेसतिर बितेको थियो भने पढाइको सुरूवात बनारसको थियोसफिकल स्कुलबाट भएको थियो । बनारसमा तीन वर्षो बसोबास पश्चात् परिवारका साथ गोठाले काठमाडौं आउनुभएको थियो । काठमाडौंको दरबार हाइस्कुलमा करिब आठ वर्षति अध्यापन गर्नुभयो । आइ.एस्सी. सम्मको औपचारिक शिक्षा प्राप्त गर्नु भएको उहाँले स्वाध्ययनद्वारा नेपाली, अंग्रेजी र हिन्दिमा लिखित् पूर्वीय पश्चात्य साहित्य, दर्शन, समाजशास्त्र तथा मनोविज्ञान आदि बिषयहरूको प्रयाप्त मात्रामा ज्ञान हासिल गर्नु भएको थियो ।

 

Continue reading


नेपाली साहित्यका उज्ज्वल आलोकः बालकृष्ण सम

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

बालकृष्ण सम

बालकृष्ण सम

विज्ञान कर्म हो कर्म गर्नुपर्छ, गरिन्छ त्यो ,
परन्तु बुद्धिमानी हो ज्ञानी निस्काम पाउनु
त्यो कर्ममा । छ विज्ञान आफूबाहिर, ज्ञान छ
आफूभित्र, उ टाढा छ, खोजिमा हिँड्नुपर्दछ ।
-बालकृष्ण सम

बालकृष्ण सम -१९५९-२०३८) आधुनिक नेपाली साहित्यको परिष्कारवादी धारामा देखा परेका ख्यातिम्राप्त साहित्यकार हुन् ।

 

Continue reading


त्रान्तदर्शी महान ब्यक्तित्वः गोपालप्रसाद रिमाल

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

गोपालप्रसाद रिमाल

गोपालप्रसाद रिमाल

नेपालको भाषा-साहित्य र राजनैतिक दुबै क्षेत्रमा अब्वलदर्जामा गनिने गोपालप्रसाद रिमाल आधुनिक नेपाली कविताको स्वच्छनदतावादी धारा -१९९१-२०१६) का प्रसिद्ध कवि र सफल सशक्त नाटककार हुन् । उनको पिता उमाकान्त र माता आदित्यकुमारी रिमालको जेठो सुपुत्रको रूमा काठमाडौँको लगनटोलमा जन्म भएको हो । मध्यम बर्गिय परिवारमा जन्मेको हुँदा बाल्यकाल सोखिन रूपमा बिताएका रिमाल बाल्यअवस्थादेखि नै तिक्ष्ण बुद्धिका थिए । चार कक्षादेखि प्रथम हुँदै म्याटि्रकमा ९० प्रतिशत अङ्कल्याई उनले आफ्नो अध्ययन आइ.ए. सम्म गरे । घरमा रहेर रिमालले संस्कृत र अङ्ग्रेजी भाषा साहित्यको गहिरो अध्ययन गरेका थिए ।

 

Continue reading


गोर्खेले बुझेको दीपक सोती . . .

 गोर्खे साइँलो

गोर्खे साइँलो

सोती दीपक हुन् यसै समरका नेपाल प्रेमी कवि
उन्को कामसधैँ म खेख्छु दिनहूँ लेख्ने कलामा रवि ।
बाल्यैकाल थियो अरे कलमले साथी बनाई दियो
इच्छा माफिक नै सबै मिलिगयो जस्तो इरादा थियो ।।

मेरो नाम सुने सधैँ खुस हुने संवाद गर्दा अरे
स्रष्टा भेट हुँदा बखान यिनको गर्दा म छक्कै परेँ ।
देख्दा लाग्न गयो स्वभाव गतिलो हाँसेर मुस्कान् छरे
केही बर्षयता म चिन्दछु सखे सम्मान मैले गरेँ ।।

 

Continue reading


गोर्खेले बुझेका सोती . . .

कविः दीपक सोती

कविः दीपक सोती

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

सोती दीपक हुन् यसै समरका नेपाल प्रेमी कवि
उन्को कामसधैँ म खेख्छु दिनहूँ लेख्ने कलामा रवि ।
बाल्यैकाल थियो अरे कलमले साथी बनाई दियो
इच्छा माफिक नै सबै मिलिगयो जस्तो इरादा थियो ।।

मेरो नाम सुने सधैँ खुस हुने संवाद गर्दा अरे
स्रष्टा भेट हुँदा बखान यिनको गर्दा म छक्कै परेँ ।
देख्दा लाग्न गयो स्वभाव गतिलो हाँसेर मुस्कान् छरे
केही बर्षयता म चिन्दछु सखे सम्मान मैले गरेँ ।।

 

Continue reading


पाब्लो नेरूदाको मृत्य रहस्यमय

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

Pablo Nerudaपाब्लो नेरूदा विश्वबिख्यात ब्यक्तित्व । राजनीति र साहित्य दुबै क्षेत्रमा समान रूपले स्थापित थिए । नेरूदालाई बुझनका लागि दुबै क्षेत्रबाट हेर्नु पर्दछ । यदि त्यसो गरिएन भने उहाँलाई बुझन सकिन्न । सन् १९०४ जुलाई १२ तारिखका दिन मध्यचिलिको प्यारेलमा जन्मिएका नेरूदाको बास्तविक नाम नफ्टाली रिकार्र्डो श्येज बासो आल्टो हो । नेरूदा जन्मेको दुइ महिनामा उनकी आमा डोनासा बोसा आल्टोको क्षयरोगका कारण मृत्यु हन गएको थियो । पाब्लो नेरूदाको परिवार एक गरिव कृषक थिए । गरिबीकै कारणले गर्दा बिहान बेलुका हातमुख जोर्न धौ-धौ पर्दथ्यो ।

 
Continue reading


सरूभक्तः नेपालका शेक्सपियर

सरूभक्त

सरूभक्त

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

सरूभक्त नेपाली साहित्यका सार्वाधिक क्रियाशील सर्जकको रूपमा सुपरिचित नाम हो । वि.सं. २०१३ भाद्र तीजको दिन कास्की जिल्लाको बागबजार पोखरामा पिता गणेशबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मनुभएका उहाँले नेपाली साहित्यका कविता, नाटक, उपन्यास, कथा र संस्मरण जस्ता विधामा सशक्त रूपले कलम चलाउनुभएको छ । उहाँको कृति र नाम नसुन्ने मान्छे नेपालमा कमै होलान् ।

 

Continue reading


क्षेत्रप्रताप अधिकारीः राष्ट्रवादी गीतकार

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

क्षेत्रप्रताप अधिकारी अत्यधिक लयात्मक र साङ्गीतिक गुणयूक्त गीतको सिर्जना गर्न सक्ने प्रखर र्सजक । वि.सं. १९९९ सालमा तनहुँ जिल्लाको गयापानी भञ्ज्याङ्गमा जन्मनु भएको क्षेत्रप्रताप बिशेष गरेर कविता/गीत लेखनमा आफुलाई चिनाउनु भएको छ । वि.सं. २०१६ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वर्गीय भएपछि ‘जानु भयो देवकोटा कवि, नेपालीलाई टुहुरो पारेर’ भन्ने लोकलयमा आधारित गीत दुइपन्ना लेखी काठमाडौँको टुडिखेलमा गीत गाउँदै तथा बेच्दै हिडेका थिए । त्यो नै उहाँको पहिलो साहित्य योजनाको थालनी थियो ।

 

Continue reading


नुवाकोटकै हुन्ः महाकवि नरेन्द्रनाथ रिमाल

महाकवि पं. नरेन्द्रनाथ रिमाल

महाकवि पं. नरेन्द्रनाथ रिमाल

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

नूहा कोट श्रीभैरवी शिखरको, फेदी महा त्रीशुल गङ्गा तरिणि पार्क ठेरि
गिरिमा, घर हो रिमालै कुल लेफटेन् श्री कुलदीपका अति गुणी छोरा
दीनानाथ भया वेवासका दुइ फूल छोडि ति सुवास हुँदा त सर्ग गया जेठा
ता हुँ नरेन्द्रनाथ पछिको हो काशी नाथै पनि …….
-नरेन्द्रनाथ रिमाल)
महाकवि नरेन्द्रनाथ रिमालको जन्म वि.सं. १९३७ साल अश्विन शुक्ल महाअष्टमीका दिन नुवाकोट जिल्लाको चारघरे गाविस माझकठेरीमा भएको थियो । यिनी लप्टन कुलदीप रिमालका नाती तथा प. दीनानाथ रिमालका जेष्ठ सुपुत्र हुन् ।

 

Continue reading


छोरी

Ram, hari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

पहिलो जन्मिइन् छोरी तीन थान भयौ जब
योजनाहरु जन्मिए खोज्न जीवन वैभव
दोश्रो सन्तानमा छोरो जन्मियो पूर्णता सरी
दरिलो साथ पाएझैँ रम्न थाल्यौँ सधैभरि ।।

शिक्षादीक्षा र सम्वृद्धि स्वास्थ्य साख बढाउन
खोलेँ स्कूल आफैँले छोराछोरी पढाउन
छुटाइ घरको काख पठाएँ परदेशमा
क्रम बढ्दै गयो पढ्दै पुगिन् हिन्द प्रदेशमा ।।

 

Continue reading


गोर्खे साइँलोको व्यक्तित्व र कृतित्व ः एक दृष्टिप्रक्षेपण

Rishi, prasad, Lamichhane, Gorkhe, sailo, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

पात्रः गोर्खे साइँलो

Khanal, Rewatiraman, खनाल रेवती रमण, pallawa, पल्लव

खनाल रेवती रमण

गहुँगोरो वर्ण गोलो अनुहार, चौडा निधार, लाम्चिला आँखा, सुलुत्त परेको नाक, मुस्कान भर्न आँतुर ओठ, मिलेको चिउँडो, तीन बीस हिउँद खाएर पनि लरक्क जुल्फी लर्काएर कपाल तलासेर हिँड्ने, सधैँ चुस्तदुरुस्त हृष्टपुष्ट, फुर्तिला, जाँगरिला, अध्यवसायी, इमान्दार एवम् लगनशील व्यक्तित्वका धनी व्यक्ति हुन् ऋषिप्रसाद लामिछाने । उनको पोट्रेट (शब्दचित्र) हो यो । ऐनामा हेरे दुरुस्त यस्तै देखिन्छन् उनी । उनको साहित्यिक नामचाहिँ ‘गोर्खे साइँलो’ हो ।
अदम्य साहस र उत्साहका धनी गोर्खालीहरूको वीरगाथा पढेर हो अथवा राष्ट्रिय चिन्तनले ओतप्रोत भएर पनि होला सायद आफ्नो जन्मक्रमलाई जोडेर उनले आफ्नो पेननेम गोर्खे साइँलो राखेका छन् ।

 

Continue reading


भूपी शेरचनबारे अन्तिम संस्मरण

Dr., Dhurba, chandra, gautam, डा. ध्रुबचन्द्र गौतम, pallawa, पल्लव

डा. ध्रुबचन्द्र गौतम

भूपीका बारेमा यो मेरो अन्तिम संस्मरण हो किन भनेँ ? भूपीबारे मैले आजसम्म यति लेखेँ कि यस लेखपछि लेख्ने कुरा बाँकी रहने देख्दिनँ । लेख्न नमिल्ने कुनै-कुनै कुरो भए अर्कै हो । भूपीको लेख्नुअघि बारेको प्रक्रियासम्म पनि लेखिसकेँ । उनी कविताको कुनै विषय फुर्दा त्यसलाई खेलाउँदै, हुर्काउँदै एक घन्टा वा बढी पनि घुम्न निस्किन्थे । घुमेर फर्कंदा उनको कविताको मोटामोटी खाका तयार हुन्थ्यो । यो लेखिसकेको छु । त्यसैगरी उनका अन्य बानीबेहोरा, संगतका कुरा आदि पनि लेखिसकेको छु । उनी तास खेल्न हाम्रो दाइ धच गोतामेको डेरामा आउँथे । फ्लस चल्थ्यो त्यसबखत । हारेपछि, निस्केर गई ब्यागभर नोट भरेर ल्याउँथे र फेरि खेल्न बस्थे, यो पनि लेखिसकेको छु । कहाँसम्म भने, भूपीको निधनको धेरै दिनपछि एकपटक कान्ति भाउजूसित भेट्नुपर्‍यो भनेर म र सापकोटा उनको घर गयौँ, त्यसै दिन श्राद्ध परेको रहेछ । हामीलाई ख्वाएरै पठाउनुभयो कान्ति भाउजूले, योसम्म पनि लेखिसकेको छु ।

 

Continue reading


स्मृतिमा मेरा बा

Jiba, Lamichhane, जीवा लामिछाने,pallawa, पल्लव

जीवा लामिछाने

सार १७ –
बाले छाडेर जानुभएको क्षण मैले फेरि त्यही पुरानो दिन सम्झिएँ । २०४३ साल भदौ २० गतेको त्यो बिहान मेरो स्मृतिमा सबैभन्दा गढेर रहेको दिन हो । रातभरि परेको पानीले राप्ती नदी बहुलाएको थियो । गाउँले मानिसहरू भन्थे, त्यस्तो बाढी यो नदीमा त्यसअघि कहिल्यै देखिएको थिएन । नदीको किनारामा सयौं मानिस तमासे भएर उभिएका थिए । छन्नु महतो दाइ, हामीलाई राप्ती नदी तार्न ठूलो आँट बटुलेर आए । २०४३ सालमा ओभरसियर उत्तीर्ण भएपश्चात छोटो समय कृषि विकास बैंक अन्तर्गत साना किसान परियोजनामा सेवा गरेपछि सोभियत संघमा उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा छात्रवृत्तिको आवेदन दिएर म परिणामको प्रतीक्षामा थिएँ । छात्रवृत्ति स्वीकृत भएको जानकारी पाएपछि विदेश जाने सबै कागजी प्रक्रिया पुरा गरेर परिवारसँग विदावारी हुन चितवनस्थित मातृभूमि पदमपुर गाउँ पुगेको थिएँ ।

Continue reading