सुमित्रा सुमीको ‘नदेखिएका स्वप्नहरू’ (गजलसङ्ग्रह)लाई नियाल्दा:

Aman Eakal, अमन एकल pallawa,पल्लव

अमन एकल

यतिबेला नेपाली साहित्य जगतमा गजल बिधा सर्वप्रीय बिधा बनेको छ । नेपाली गजलको छोटो इतिहासमा गजल बिधाले अनेकौं चुनौती हरूको सामना गर्दै कयौं घुम्ती र अप्ठ्यारा परिस्थिति पार गर्दै सर्वोच्च शिखर चुम्ने तयारी गरिसकेको छ।साहित्यका अन्य बिधाहरू भन्दा गजल बिधा बिशेष त युवा पुस्ताले अत्याधिक रोजाइमा पारेको बिधा बनेको छ ।गजल लेखनमा मुलुक बाहिर र मुलुकमै  रहेर पनि दिलोज्यानले लागिपरेका सर्जकहरूलाई यतिबेला सामाजिक संजालले निकै सहयोग गरेको देखिन्छ ।

 

Continue reading


मौन विद्रोह मा रमाउँदा . . . . .

Khagendra, Adhikari, Amrit, खगेन्द्र अधिकारी ‘अमृत’, pallawa, पल्लव

खगेन्द्र अधिकारी ‘अमृत’

समीक्षित कृति

डोल्पामा जन्मेर लमजुङमा हुर्केर सुनसरीमा वैवाहिक गठबन्धनमा बाँधिए पनि नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा सेवा गरिरहेकी शान्ति अधिकारी साविकको मध्यपश्चिम क्षेत्रमा रहेर नेपाली गजलमा कलम चलाउने एक शसक्त नारी स्रष्टा । साविकको मध्यपश्चिममा नेपाली साहित्यको गजल विद्याले आफ्नो साम्राज्य जमाएको मात्र होइन यसलाई प्रत्येक साहित्यिक मनको मझेरीमा गजलबीज समेत छरिरहेको छ । जीवनमा जो कोही पनि कवि बन्छ भन्ने उक्ती अब जीवनमा गजलकार नबन्ने मान्छे छैन भन्नेमा परिणत भइसकेको छ होला सायद । अप्ठ्यारो भित्रको सजिलो खोज्नका लागि गजललाई अध्ययन गर्नु जरुरी छ । गजलका बारेमा उठेका अनेकन प्रश्नहरुको उत्तर खोज्नु छ भने गजललाई अध्ययन गर्नु त्यति नै आवश्यक छ ।

 

Continue reading


‘मन्दाकिनी’ बारे केही चर्चाः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

स्रष्टा सिर्जना शर्मा मुक्तक सङ्ग्रह ‘मन्दाकिनी’ लिएर आएकी छन् । तीन सय पन्ध्र थान मुक्तक समाविष्ट सङ्ग्रह उनको पहिलो कृति हो । प्रस्तुत मुक्तकहरूमा विविधता, स्तरीयता, मौलिकता तथा लयात्मकता सबै पाइन्छ ।
विशेषतः स्रष्टा शर्माले प्रेम, प्रणय, रोग, भोक, पीडा, सामाजिक असन्तुष्टि, राजनैतिक व्यङ्ग्य, विश्वास, अन्याय, अत्याचार, हत्या, शान्ति जस्ता विषयवस्तुलाई केन्द्रित गरेर लेखिएका मुक्तकहरू चोटिला तथा मर्मस्पर्शी छन् ।

 

Continue reading


तिम्रोमाया मुटुभरि एकदृष्टीतिम्रोमाया मुटुभरि एकदृष्टी

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

समिक्षित कृतिकारः मिरा तिमिल्सिना

परिचय

मायावी संसारमा मायाका बखान जति गरे पनि सकिदैन । यही मायाका कुरा लिएर पिता अ.र्सर्.इ. स्व. तीर्थराज तिमल्सिना र माता स्व. चोला अधिकारी तिमल्सिनाकी सुपुत्री मीरा तिमल्सिना ‘धरा’ हाम्रो अगाडी देखा परेकी छन् । अध्ययनमा स्नातक र पेसामा शिक्षण सेवामा कार्यरत ‘धरा’ पल्लव साहित्य प्रतिष्ठान, चितवन,गजलमञ्च चितवन, नेपाल रेडक्रस सोसाइटी, र गीतानगर सामुदायिक अध्ययन एवम् पर्यटन सूचना केन्द्र सँग आजीवन सदस्यमा आवद्धता हुनुको साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनमा प्राथमिक उपचार प्रशिक्षकको रुपमा पनि आवद्ध देखिन्छिन् ।

 

Continue reading


नेपाली सांस्कृतिक परम्परामा असारे

Rishikeshav, Bhardwaj, ऋषिकेशव भारद्वाज, pallawa, पल्लव

प्रस्तोता: ऋषिकेशव भारद्वाज

(वालि) गीतको महत्वनेपाली सांस्कृतिक परम्परामा असारे 

१.१ लोकसाहित्य लोक र साहित्यको मिलापबाट लोकसाहित्य बनेको छ । लोकज्ञान तथा लोक भावनामा आधारित साहित्य नै लोकसाहित्य हो र यो लोकजीवनको ऐना पनि हो । लोकसाहित्य अपठित जनसाधारणबाट सिर्जिन्छ र नयाँ पिँढीमा हस्तान्तरित हुँदै जान्छ । यो साहित्य मौखिक तथा श्रुति परम्पराबाट लोकमा जीवित रहदै आएको छ । यो साहित्य कुनै एक व्यक्ति विशेषको नभई लोकको साझा सम्पत्ति मानिन्छ । साहित्यको अर्थ कल्याण गर्नु हो । यस विषयमा संस्कृतमा यसरी भनिएको छः हितेन सहितम् तस्य भाव साहित्यम् अर्थात् मानव हितका लागि जनकल्याणको भावनाले अभ्रिप्रेरित भई सिर्जिएको साहित्य भन्ने हुन्छ । यसलाई ग्रामसाहित्य एवम् जनसाहित्य पनि भनिन्छ ।

 

Continue reading


मेरो आँखाले देखेको ‘मन्दिर र माओ’ कवितासङ्ग्रहः

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

रामकुमार पण्डित क्षत्रीद्वारा लेखिएको प्रस्तुत पुस्तक २०७४ भाद्रमा शब्दार्थ प्रकाशन चाबेल,काठमाडौंबाट प्रकाशित भएको हो । लेखकको यो कृति ‘ देशको खोजी ‘ लघुकथा सङ्ग्रह -२०७१ र ‘ बुद्ध विचार ‘ बालकविता सङ्ग्रह -२०७३ पछिको तेस्रो हो । छोटोमा धेरै भन्ने प्रतीकात्मक शैली तथा कलात्मक व्यङ्ग्यको तीखो प्रस्तुति दिने कवि क्षत्रीले यसमा समेत त्यो शैली छोडेको पाइन्न नै । आफ्नो लेखनको दोस्रो दशकका कविको कृति मन्दिर र माओमा मेरा आँखा यसरी लाग्छन् :

 

Continue reading


पल्लवको साहित्यिककुम्भ मेला र चितवनका तीनगजल सारथी

Kapil, Agyant, प्रा. कपिल अज्ञात, pallawa, पल्लव

प्रा. पिल अज्ञात

पुनः प्रकाशन
विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ँपल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


पल्लव साहित्यिक पत्रिका २२ औँ अङ्क: सङ्क्षिप्त सर्वेक्षण

Purna, prasad, Adhikari, पूर्णप्रसाद अधिकारी, pallawa, पल्लव

पूर्णप्रसाद अधिकारी

१. पल्लवप्रतिको अभिमतशीर्षक
मानव सभ्यताको मिर्मिरे प्रहरदेखि नै मान्छे र उसको चेतनाको सम्बन्ध साहित्यसँग जोडिएको छ । हाम्रा ऋषिमुनिहरूद्वारा रचित पुराण उपनिषद, अपौरुमेयवेद सबैमा कहीँ न कहीँ साहित्य मुखरित भएको छ । विज्ञानको विकास र प्रविधिको आविष्कारसँगै छापाखानाको क्रमबद्ध स्वरूपका बीच इन्टरनेटको उपयोगले संसार अति नजिक भएको छ । साहित्यलाई माया गर्ने, स्रष्टाको सम्मान गर्ने क्रम पौराणिक कालदेखि कुनै न कुनै रूपमा प्राचीन कालदेखि आजसम्म हुँदै आएको छ ।

 

Continue reading


कवि प्रकाशका तीन खण्डकाव्यः परिचयात्मक टिप्पणी

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने,

वाशेश्वर, सिन्धुली निवासी वेदराज र हर्ककुमारीले २०४४ साल फागुन २ गते प्रकाश कोइरालाको जन्म दिए । उनी अहिले कवि प्रकाश भएका छन् । शास्त्रीय छन्दको प्रयोग गरेर सरल, सुललित कविताका मालिक बन्न पुगेका छन् कवि प्रकाशजी । उनले आरुआरती (खण्डकाव्य, २०६५), यो देशको नाउँमा (खण्डकाव्य, २०६६) र जागृति जागरण (खण्डकाव्य, २०७०) प्रकाशन गरी कविता क्षेत्रमा आफूलाई परिचित गराएका छन् ।

 

Continue reading


किरिङमिरिङ सडकमा अलपत्र

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

समीक्षकः अरूणनदी खत्री

कृति समीक्षा
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकषिर्त भइरहेका छन् । वियोगी बुढाथोकी नेपाली साहित्यको काव्य विधामा सुपरिचित नाम हो । कविता, गजल र मुक्तकका क्षेत्रमा उनले ख्याति कमाएका छन् ।

 

Continue reading


नदेखिएका स्वप्नहरू (गजलसङ्ग्रह)

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

कृति समीक्षा
नेपाली साहित्यका कविता, मुक्तक, कथा र गजल विधामा कलम चलाउँदै आएकी साहित्यकार सुमित्रा सुमीको नदेखिएका स्वप्नहरु नामक गजलसङ्ग्रह दोस्रो कृतिको रुपमा २०७१ साल माघमा प्रकाशित भएको छ । यसभन्दा अगाडि कवयत्री एवं गजलकार सुमित्राको एक्लो कुसुम नामक गजलसङ्ग्रह पहिलो कृतिको रुपमा २०६३ सालमा प्रकाशित भएको थियो । यस कृतिभित्र चौसट्ठीवटा गजलहरु समावेश गरिएका छन् ।

 

Continue reading


एउटा किनाराबाट काव्यदृष्टि

कृति समीक्षा
cover

Kopila, Gulab,DipeNdra, Sinh, Thapa,  दीपेन्द्रसिंह थापा, pallawa,पल्लव

दीपेन्द्रसिंह थापा

तीन हरफे हाइकुदेखि बृहत् आयाम बोकेका महाकाव्यसम्मलाई कविताकै रूपहरू मानिन्छ । आन्तरिक र बाह्य पक्षसँग सम्बन्धित विविध विशेषताहरूलाई आधार मानी कविताका हाँगाहरूलाई अनेक नामकरण गरिएका छन् । कविता पनि भाषाका माध्यमबाट अभिव्यक्त हुने कलाको एउटा रूप हो । यसर्थ, कलात्मक मूल्यको आत्मसातीकरण यसका लागि अपरिहार्य सर्त हो । आजका अब्बल कविहरू यही मान्यताबाट अभिप्रेरित छन् । कविता कलामा अग्रसर हुने अभ्यासमा साधनारत एक युवा कवि हुन्, बालकृष्ण थपलिया । उनले गीत, गजल र कवितालाई एकै ठाउँमा समेटेर ‘किनाराको साक्षी’ नामक कृति प्रकाशित गरेका छन् । समकालीन चेतनाको अभिव्यक्तिमा अलि बढी नै रम्ने स्वभाव छ बालकृष्णको । परिस्थितिजन्य उत्तेजनाको प्रभाव छ उनका बहुसंख्यक काव्याभिव्यक्तिमा । उनी समाज व्यवस्थाका विकलांग पाटोप्रति सदैव असहमत छन् । आफू बाँचेको परिवेशमा व्याप्त सबै प्रकारका बेथितिविरुद्ध भाव मुखरित भएका छन् उनका कवितामा ।

 

Continue reading


‘साहित्यमा सकृय भावना ’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

समीक्षित ब्यक्तित्वः भवानी न्यौपाने ‘भावना

santosh, shrestha, सन्तोष श्रेष्ठ, pallawa, पल्लव

सन्तोष श्रेष्ठ

नेपाली साहित्यको क्षेत्रमा पछिल्लो समयमा अत्यन्तै सक्रिय स्रष्टा भवानी न्यौपाने भावना हुन् । पिता पवित्र राज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्री भावनाका सयौं फुटकर रचनाहरुका साथै साहित्यिक कृतिहरू पनि प्रकाशित छन् । भावनाका बिम्बहरू कविता सङ्ग्रह, भावनाका उद्भास छ्न्द कविता सङ्ग्रह उनका प्रकाशित कृति हुन् भने शास्त्रीय बहर गजल सङ्ग्रहका साथै कथा सङ्ग्रह र नियात्रा सङ्ग्रह पनि प्रकाशोन्मुख अवस्थामा रहेका छन् । बी.एड.सम्मको औपचारिक अध्ययन गरेकी साहित्यकार भावना पेशाका हिसाबले स्थायी शिक्षकको रूपमा दाङको तुलसीपुरमा कार्यरत छिन् । साहित्यमा सक्रियता भएकै कारण नेपालका थुप्रै जिल्लामा साहित्यिक भ्रमण गर्नुका साथै छिमेकी राष्ट्र भारतका विभिन्न ठाँउमा साहित्यिक भ्रमणमा संलग्न हुनुका साथसाथै सम्मानित र पुरस्कृत पनि भएकी छिन्।

 

Continue reading


कथानक अन्तरवस्तुका दृष्टिमा डा. ज्ञवालीको ‘चाउकोने’ महाकाव्य

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने

(अनुष्टुप्का १७६० श्लाेकमा सिर्जित सरल काव्य)
प्रारम्भ

ram, prasad, gyawali, रामप्रसाद ज्ञवाली,pallawa , पल्लव

समिक्षित कृतिका कृतिकारः रामप्रसाद ज्ञवाली

डा. राम्रसाद ज्ञवाली नेपाली साहित्यका एक चर्चित व्यक्तित्व हुन् । यिनको ‘औँसीका फूलहरू’ उल्लेखनीय महाकाव्य हो । शास्त्रीय छन्दमा भाव, विचार, कला र शिल्पी सबै पक्षबाट हेर्दा समकालीन कविहरूमा डा. ज्ञवाली अग्रपङ्तीमा देखिन्छन् । डा. ज्ञवाली कवितामा अष्टकला ः १. भाषाशैली, २. भाव र लय, ३. रस, ४. अलङकार, ५. विचार र तर्क, ६. परिवेश, ७. आख्यान र ८. कल्पनालाई निर्धक्क प्रयोगमा ल्याउन र तानाबाना बुन्न माहिर मानिन्छन् । वि.सं २०५० को दशकलाई नेपाली महाकाव्यको स्वर्णयुग भनिन्छ । यस दशकमा शास्त्रीय छन्दमा अत्यधिक महाकाव्यहरू लेखिए अनि छापिए पनि । ५० को दशकको शुरुमै जोशिला जाँगरिला केही युवाहरूले महाकाव्यको लेखन शुरु गरे ।

 

Continue reading


क्रियश्चन पादरी गङ्गाप्रसाद प्रधान

padari-ganga-prasad-pradhan

narendra, raj, prasai, नरेन्दरराज प्रसार्इं, pallawa, पल्लव

नरेन्दरराज प्रसार्इं

‘‘सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका :
पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा’’

पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो ।
रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् । रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे । त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो ।
रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए ।

 

Continue reading


‘सुदृढ मन, सुन्दर जीवन’: जोगी हुन होइन, जोगिन सिकाउने पुस्तक

Ma Knows, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले भगवद्गीता पढेपछि पूर्वीय सभ्यताप्रति आपूm चिरऋणी भएको र भगवद्गीता उत्प्रेरणाको स्रोत भएको दाबी गरे । विश्वचर्चित महापुरूष थोरोले ‘आपूm प्रत्येक उषाकाल गीताको ज्ञानामृतले स्नान गर्ने कुरा स्वीकारे । प्रसिद्ध ब्रिटिस कवि टी. एस. इलियटले श्रीमद्भगवद्गीताको गहन अध्ययन गरिसकेपछि ठोस निष्कर्ष निकाले, ‘पूर्वीय दार्शनिकका सामु पश्चिमी दार्शनिकहरु भर्खरै स्कुल जाने उमेर भएका बच्चाजस्ता प्रतीत हुन्छन् । गीताको मुक्तकण्ठले प्रशंसा गर्नेहरुको सूची लामो छ । पाश्चात्य मनीषीहरुद्वारा यतिविघ्न प्रशंसित गीता हाम्रो भूमिमा आइपुग्दा ‘भिल्लको देशमा मणि’भैmँ भएको छ । अभैm पनि गाउँघरमा कहावत छ, ‘गीता पढे बौलाइन्छ ।’ न गीता उपदेश गर्ने जोगी हुन्, न सुन्ने जोगी हुन् । ‘गीता पढे जोगी नै भइन्छ’ भन्ने अफवाह यति हुँदाहुँदै पनि विद्यमान छ ।

 

Continue reading


भावनाका बिम्वहरूमा घोत्लिँदा

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(पुस्तक चर्चा)
भवानी न्यौपाने ‘भावना’ साहित्यिक पत्रपत्रिकामा पढिने नाम हो । उनले नेपाली साहित्यका कथा, कविता, गीत र गजल विधामा कलम चलाउँदै आएकी छन् । सल्यान जिल्लाको हिवल्चामा पिता पवित्रराज न्यौपाने तथा माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्मेकी भावना वैवाहिक जीवनमा बाँधिएपछि हाल तुलसीपुर, दाङमा स्थायी रूपमा बसोबास गर्दै आइरहेकी छन् । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, राप्ती साहित्य प्रतिष्ठान, नेपाली लेखक संघका साथै देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चमा क्रियाशील रहँदै आएकी उनी नारी दिवस २०६९ मा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा द्वितीय, क्याम्पस स्तरीय कथा प्रतियोगिता २०६० मा प्रथम, छविलाल स्मृति पुरस्कार २०७१ र महामण्डल युवा साहित्य सम्मान २०७२ बाट सम्मानित भएकी स्रष्टा हुन् ।

 

Continue reading


भावनाका बिम्वहरूमा घोत्लिँदा

Bhawani Neupane 3D Back for FBपुस्तक चर्चा

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

भवानी न्यौपाने ‘भावना’ साहित्यिक पत्रपत्रिकामा पढिने नाम हो । उनले नेपाली साहित्यका कथा, कविता, गीत र गजल विधामा कलम चलाउँदै आएकी छन् । सल्यान जिल्लाको हिवल्चामा पिता पवित्रराज न्यौपाने तथा माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्मेकी भावना वैवाहिक जीवनमा बाँधिएपछि हाल तुलसीपुर, दाङमा स्थायी रूपमा बसोबास गर्दै आइरहेकी छन् ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, राप्ती साहित्य प्रतिष्ठान, नेपाली लेखक संघका साथै देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चमा क्रियाशील रहँदै आएकी उनी नारी दिवस २०६९ मा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा द्वितीय, क्याम्पस स्तरीय कथा प्रतियोगिता २०६० मा प्रथम, छविलाल स्मृति पुरस्कार २०७१ र महामण्डल युवा साहित्य सम्मान २०७२ बाट सम्मानित भएकी स्रष्टा हुन् ।

 

Continue reading


आत्मालाप, कृति समीक्षा

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु राखिएका छन् । उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् । आत्मालापभित्र देश दुखेका गन्थनहरु छन् । नितान्त व्यक्तिगत गन्थनहरु पनि छन्, पारिवारिक गन्थनहरु छन्, भुइँचालाका गन्थनहरु पनि छन्, जननी एवम् जन्मस्थलका गन्थनहरु पनि छन्,।

 

Continue reading


विजय मल्ल ः राजनैतिक सचेतना र्सजक

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

स्रष्टा र सिर्जना
नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक ब्यक्तित्वको रूपमा चिनिन्छ । उनको जन्म वि.स. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको हो । यिनी ऋद्धिबहादुर मल्लका साहिला छोरा तथा गोविन्द मल्ल गोठालेका भाइ हुन् । उनले शिक्षाको हकमा आइ.एस.सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, प|mान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले शेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गथ्र्यो । बुवा ऋद्धिबहादुरले आफ्नै प्रेसबाट शारदा मासिक पत्रिका निकालेका हुँदा साहित्य लेख्ने र छपाउने क्रमलाई निरन्तता दिए ।

Continue reading