पल्लवको साहित्यिककुम्भ मेला र चितवनका तीनगजल सारथी

Kapil, Agyant, प्रा. कपिल अज्ञात, pallawa, पल्लव

प्रा. पिल अज्ञात

पुनः प्रकाशन
विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ँपल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


पल्लवको साहित्यिक कुम्भ मेला र चितवनका तीनगजल सारथि

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


कवि प्रकाशका तीन खण्डकाव्यः परिचयात्मक टिप्पणी

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने,

वाशेश्वर, सिन्धुली निवासी वेदराज र हर्ककुमारीले २०४४ साल फागुन २ गते प्रकाश कोइरालाको जन्म दिए । उनी अहिले कवि प्रकाश भएका छन् । शास्त्रीय छन्दको प्रयोग गरेर सरल, सुललित कविताका मालिक बन्न पुगेका छन् कवि प्रकाशजी । उनले आरुआरती (खण्डकाव्य, २०६५), यो देशको नाउँमा (खण्डकाव्य, २०६६) र जागृति जागरण (खण्डकाव्य, २०७०) प्रकाशन गरी कविता क्षेत्रमा आफूलाई परिचित गराएका छन् ।

 

Continue reading


किरिङमिरिङ सडकमा अलपत्र

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

समीक्षकः अरूणनदी खत्री

कृति समीक्षा
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकषिर्त भइरहेका छन् । वियोगी बुढाथोकी नेपाली साहित्यको काव्य विधामा सुपरिचित नाम हो । कविता, गजल र मुक्तकका क्षेत्रमा उनले ख्याति कमाएका छन् ।

 

Continue reading


नदेखिएका स्वप्नहरू (गजलसङ्ग्रह)

Arun, Nadi, Khatri, अरुणबहादुर खत्री “नदी”, pallawa

अरुणबहादुर खत्री “नदी”

कृति समीक्षा
नेपाली साहित्यका कविता, मुक्तक, कथा र गजल विधामा कलम चलाउँदै आएकी साहित्यकार सुमित्रा सुमीको नदेखिएका स्वप्नहरु नामक गजलसङ्ग्रह दोस्रो कृतिको रुपमा २०७१ साल माघमा प्रकाशित भएको छ । यसभन्दा अगाडि कवयत्री एवं गजलकार सुमित्राको एक्लो कुसुम नामक गजलसङ्ग्रह पहिलो कृतिको रुपमा २०६३ सालमा प्रकाशित भएको थियो । यस कृतिभित्र चौसट्ठीवटा गजलहरु समावेश गरिएका छन् ।

 

Continue reading


महिला पत्रकारीताको जीवन

Dipa Dhital, Deshkremee, दिपा धिताल ‘देशप्रेमी’, pallawa, पल्लव

दिपा धिताल ‘देशप्रेमी

पुरा दिन तनावको भारी बोकेर घर कर्फिन्छु । भित्री मनमा जस्तो सुकै पिडाले घोचे पनी वाहिर हाँस्नुपर्छ मैले नत्र बाटोमा भेट हुने आफन्त साथिहरुले अनेक प्रश्नहरु बर्षाउछन् त्यस वेला प्रश्नको जबाफ दिन निकै कन्जुस लाग्छ मलाइ र चियाको चियापत्ती जस्तो फिक्का हाँसो हाँसीदिन्छु । जागीर खाना सजिलो छैन आफुले नगरेका अनेक गल्तीहरु पनी टाउको माथि थुपारेर चुपचाप हिड्नुपर्छ । उनीहरु संग बाजिएर हिड्न मनले दिदैन मनले भन्छ सहेर बस्नुपर्छ हिम्मत जुट्छ । सहि र गलत छुट्याउन मैले नी जानेको छु तर आफुभन्दा अगाडी संग बाजिन पनी मनले पटक्कै मान्दैन भन्छ सम्मान गरेर हिड् सत्यको जित हुन्छ जतीसुकै ठुलो सानो भएपनी ।

 

Continue reading


“अरबको जेलबाट आमालाई पत्र”

Aman, Eakal, अमन एकल, pallawa, पल्लव

अमन एकल

पुजनिय आमा , सेवा ढोग !!
थाह छैन यो पत्रको सुरुवात हो या अन्त्य यति बुझेको छु आज मैले लेख्नै पर्छ र भन्नैपर्छ केही समय देखि मैले भोगिरहेको यो मनमा छुपाईराखेको यौटा तितो सत्यको उजागर गर्नैपर्छ नत्र अर्को अवसर मिल्नेछैन ।
जीवनमा आमा शब्दले धेरै महत्त्व राख्दोरहेछ त्यसैले होला जीवनको एउटा महत्त्वपूर्ण पल आमा म हजुरलाई नै।सम्झिईरहेको छु !

 

Continue reading


शाहप्रति साँघुरो मन किन ?

Peshal, Aacharya, पेशल आचार्य , pallawa, पल्लव

पेशल आचार्य

आउँदा हरेक पुस २७ गते पृथ्वीजयन्ती पर्छ  । अहिलेका सरकारले सो जयन्तीका दिन राष्ट्रिय बिदा दिने कि नदिने भनेर विभिन्न कोण–प्रतिकोणबाट चर्चा र बहस सुुरू भइसकेको छ । कोही पृथ्वीनारायणप्रति अन्धभक्त भई ‘राष्ट्रिय एकता दिवस’ को घोषणा गर्नुपर्ने तर्क राख्दैछन् भने कोहीचाहिँ पृथ्वीनारायणको इतिहासलाई ‘नामेट गर्न’ नानीदेखिको बल निकालेर लागिपरेका छन् । यसरी पृथक् दुई कित्तामा बाँडिएका ती दुवैथरी अतिवादी मतावम्बीहरू हुन् । अतिवादले कहिल्यै र कसैको पनि भलो गर्दैन ।

 

Continue reading


अथ कविसमूहवर्णनम्

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

अथ कविसमूहवर्णनम्
समागतोऽयं खकुरेलनामा
कवी रमेशो मुखपत्रिकायाम्
छन्दोव्यवस्थानुभवी कृतज्ञः
सुटिप्पणीकार उदारचित्तः
अहर्मुखे यः सुकृती ददाति
प्रभावशाली कविताप्रवाहम्
अस्मद्धरायां किल स्रग्धरायां
सोऽनुत्तमश्चोत्तमसर्जकेषु
अत्र ह्युपाध्यायमुकुन्दनामा
कवीश्वरो राजत आस्यजाल्याम्
स सर्जको व्याकरणोपदेश—
व्याजेन स्वस्य प्रतिभां व्यनक्ति
अन्यः कविः कोमलशब्दशिल्पी
विराजतेऽयं जयदेवनामा
यथार्थवादी नवविम्बभाव—

 

Continue reading


Respected teacher,

Subhadra, Lamichhane,, शुभद्रा लामिछाने, pallawa, पल्लव

शुभद्रा लामिछाने

Every parent craves for his/her child’s academic progress.The support to be given by the teacher plays a vital role to ensure the academic success of an individual. Teachers are expected to provide interesting and inspiring sources of knowledge not only on the basis of curriculum and books but also from the other outer related- world which the child would experience later. Children could appear to be too innocent and shy to learn about new things going on in the world. So every parent expects for a pleasant and purposeful support of a teacher in psychological and social growth of children related to many fields. Schools are often called second home and teachers as second parents. In the past,

 

Continue reading


बडप्पन किन भित्रियो ?

Maya, Devee, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा , pallawa, पल्लव

मायादेवी शर्मा

आफ्नो परम्परालाई कायम राख्र्दै असी, नब्बे वर्ष पार गरेका बुढाहरूले आडैमा बसेर सुरापान गर्ने सन्तानलाई के भन्न सकुन् र ? उनीहरूका पाला इतिहासको पानामा पुगिसके । आफ्नो पालामा श्रीमतीलाई एउटा धोतीमात्रै शरीरमा बेरेर दिनैभरि दाउराको धुवाँमा भान्सा कुराउँथे । कसैले ठूलो हिम्मत गरेर महिलाले यसरी नाङ्गै भएर भात पकाउनु राम्रो होइन । व्लाउज अथवा उनीको सुइटरसम्म त लगाउन दिनुप¥यो भन्यो भने त्यो व्यक्ति जात फलामा गनिन्थ्यो । पुरुषले भात खाएपछि चुठ्नलाई जुनसुकै अस्थामा पनि तातो पानी तयार पारिदिनु पनि महिलाकै कर्तव्य हुन्थ्यो । तर महिलालाई वषौंवर्ष तातो,चिसो, दुःख सुख कुनै कुरामा मतलवै नगरेर उमेर नपुग्दै कालको मुखमा धकेल्ने यो समाजका कतिपय पुरुष देखेर वाक्क लाग्छ । त्यस्तै मध्येका मर्दहरूले छोराले आचरण विरोधी काम गर्दा पनि टुलुटुलु हेरेर कुनै प्रतिक्रिया नदिएको देख्दा त घृणा नै लाग्दो रहेछ ।

 

Continue reading


समान सम्मान

Maya, Devee, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा ,  pallawa, पल्लव

मायादेवी शर्मा

कुनै बिहान रेडियो नेपालबाट महिला अधिकारका बारेमा मन्तव्य आउँदै थियो । मन्तव्यको सार यस्तो थियो -नेपालका कतिपय गाउँमा छोरीलाई बाबुले, पत्नीलाई पतिले र बहिनीहरूलाई दाजुले घरमा बस्ने स्थान दिँदैनन् । उनीहरूले ती छोरी, पत्नी र बहिनीलाई बेचेर पैसा समाउँछन् ! कति चेलीहरू झुक्किएर भारतको वेश्यालयमा पुगेका हामीहरूले भेटाएका छौं । कतिपय चेली बेचिएर अरबमा पनि पुगेका छन् भन्ने सुनिन्छ । हामीले ती ठाउँबाट कति चेलीहरूलाई उद्धार गरेर ल्याउँछौं । उनीहरूका आफन्तलाई जिम्मा लगाउन खोज्दा ती चेलीहरूलाई लिन मान्दैनन् । त्यस्ता घटना हामीसित धेरै छन् । साथै, बेचिएका छोरीको नागरिकता बनाउनका लागि हाम्रो देशमा बाबु, श्रीमान् र दाजु यीमध्ये जसको संरक्षणमा ऊ बसेकी छ उसैको सिफारिस चाहिन्छ । त्यो सिफारिस बेचिएका चेलीलाई नदिएका घटना पनि हामीहरूले काम गर्ने क्रममा थुप्रै भोगेका छौं ।

 

Continue reading


‘साहित्यमा सकृय भावना ’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

समीक्षित ब्यक्तित्वः भवानी न्यौपाने ‘भावना

santosh, shrestha, सन्तोष श्रेष्ठ, pallawa, पल्लव

सन्तोष श्रेष्ठ

नेपाली साहित्यको क्षेत्रमा पछिल्लो समयमा अत्यन्तै सक्रिय स्रष्टा भवानी न्यौपाने भावना हुन् । पिता पवित्र राज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्री भावनाका सयौं फुटकर रचनाहरुका साथै साहित्यिक कृतिहरू पनि प्रकाशित छन् । भावनाका बिम्बहरू कविता सङ्ग्रह, भावनाका उद्भास छ्न्द कविता सङ्ग्रह उनका प्रकाशित कृति हुन् भने शास्त्रीय बहर गजल सङ्ग्रहका साथै कथा सङ्ग्रह र नियात्रा सङ्ग्रह पनि प्रकाशोन्मुख अवस्थामा रहेका छन् । बी.एड.सम्मको औपचारिक अध्ययन गरेकी साहित्यकार भावना पेशाका हिसाबले स्थायी शिक्षकको रूपमा दाङको तुलसीपुरमा कार्यरत छिन् । साहित्यमा सक्रियता भएकै कारण नेपालका थुप्रै जिल्लामा साहित्यिक भ्रमण गर्नुका साथै छिमेकी राष्ट्र भारतका विभिन्न ठाँउमा साहित्यिक भ्रमणमा संलग्न हुनुका साथसाथै सम्मानित र पुरस्कृत पनि भएकी छिन्।

 

Continue reading


हार्दिक साधुवाद पोखरा थोक साहित्य सङ्गम परिवारलार्इ !!!

img_1743img_0117img_0141img_1744

Pallawa, Sahitya, Pratistha, Logo, पल्लव साहित्य प्रतिष्ठान, pallawa, पल्लव

पल्लव साहित्य प्रतिष्ठान

(पोखराथोक साहित्य सङ्गममा गोर्खे साइँलो सँगै अन्य तीन सम्मानित र वाटिका विमोचन !!!)
२०७३, पुष–१५, गते शुक्रबार पाल्पा, तानसेन । पोखराथोक साहित्य सङ्गमले आफ्नो बार्षिकोत्सवको समय पारेर तीन जना स्रष्टाहरूलार्इ विभिन्न शिर्षकका सम्मानहरू प्रदान गरेको थियो । जसमा ‘हरिहर रेग्मी स्मृति कोश’ नामक संस्थाकै प्रमुख राष्ट्रिय साहित्य सम्मानबाट ‘पल्लव साहित्य प्रतिष्ठान’–चितवनका संस्थापक अध्यक्ष गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)लार्इ, ‘डुकुलराज–लोकमाया काफ्ले स्मृति कोश’ नामक राष्ट्रिय साहित्य सम्मानबाट पुरूषतर्फ ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ स्याङ्जाका सचिव मिलन समिर तथा महिलातर्फ पोखराथोक पाल्पा कै स्थानिय नारीहस्ता जानका नेपाल समेत हामी तीनजनालार्इ फूलमाला, अविर टीका, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

 

Continue reading


कथानक अन्तरवस्तुका दृष्टिमा डा. ज्ञवालीको ‘चाउकोने’ महाकाव्य

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने

(अनुष्टुप्का १७६० श्लाेकमा सिर्जित सरल काव्य)
प्रारम्भ

ram, prasad, gyawali, रामप्रसाद ज्ञवाली,pallawa , पल्लव

समिक्षित कृतिका कृतिकारः रामप्रसाद ज्ञवाली

डा. राम्रसाद ज्ञवाली नेपाली साहित्यका एक चर्चित व्यक्तित्व हुन् । यिनको ‘औँसीका फूलहरू’ उल्लेखनीय महाकाव्य हो । शास्त्रीय छन्दमा भाव, विचार, कला र शिल्पी सबै पक्षबाट हेर्दा समकालीन कविहरूमा डा. ज्ञवाली अग्रपङ्तीमा देखिन्छन् । डा. ज्ञवाली कवितामा अष्टकला ः १. भाषाशैली, २. भाव र लय, ३. रस, ४. अलङकार, ५. विचार र तर्क, ६. परिवेश, ७. आख्यान र ८. कल्पनालाई निर्धक्क प्रयोगमा ल्याउन र तानाबाना बुन्न माहिर मानिन्छन् । वि.सं २०५० को दशकलाई नेपाली महाकाव्यको स्वर्णयुग भनिन्छ । यस दशकमा शास्त्रीय छन्दमा अत्यधिक महाकाव्यहरू लेखिए अनि छापिए पनि । ५० को दशकको शुरुमै जोशिला जाँगरिला केही युवाहरूले महाकाव्यको लेखन शुरु गरे ।

 

Continue reading


‘सुदृढ मन, सुन्दर जीवन’: जोगी हुन होइन, जोगिन सिकाउने पुस्तक

Ma Knows, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले भगवद्गीता पढेपछि पूर्वीय सभ्यताप्रति आपूm चिरऋणी भएको र भगवद्गीता उत्प्रेरणाको स्रोत भएको दाबी गरे । विश्वचर्चित महापुरूष थोरोले ‘आपूm प्रत्येक उषाकाल गीताको ज्ञानामृतले स्नान गर्ने कुरा स्वीकारे । प्रसिद्ध ब्रिटिस कवि टी. एस. इलियटले श्रीमद्भगवद्गीताको गहन अध्ययन गरिसकेपछि ठोस निष्कर्ष निकाले, ‘पूर्वीय दार्शनिकका सामु पश्चिमी दार्शनिकहरु भर्खरै स्कुल जाने उमेर भएका बच्चाजस्ता प्रतीत हुन्छन् । गीताको मुक्तकण्ठले प्रशंसा गर्नेहरुको सूची लामो छ । पाश्चात्य मनीषीहरुद्वारा यतिविघ्न प्रशंसित गीता हाम्रो भूमिमा आइपुग्दा ‘भिल्लको देशमा मणि’भैmँ भएको छ । अभैm पनि गाउँघरमा कहावत छ, ‘गीता पढे बौलाइन्छ ।’ न गीता उपदेश गर्ने जोगी हुन्, न सुन्ने जोगी हुन् । ‘गीता पढे जोगी नै भइन्छ’ भन्ने अफवाह यति हुँदाहुँदै पनि विद्यमान छ ।

 

Continue reading


“नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र”

dr.Matiprasad, Dhakal, Gaidakot, डा.मतिप्रसाद ढकाल , pallawa, पल्लव

डा.मतिप्रसाद ढकाल

नेपाली लेखक संघ चितवनको आयोजना तथा चितवन र नवलपरासीका विभिन्न विषयका प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, कलाकारलगायतको करिब ९० जनाको सहभागितामा आज २०७३ असोज १ गते वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा सम्पन्न ‘वर्णविन्याससम्बन्धी सचेतना कार्यक्रम’द्वारा तपसिलबमोजिमको ७ बुँदे “नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र” जनसमक्ष प्रस्तुत गरिएको छ :
१. त्रिविको ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ (२०६६ असार), तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ को ‘सबैको नेपाली’ (२०६७ जेठ), नेपाल प्रज्ञा प्रतिष्ठानको ‘भाषा सङ्गोष्ठी’ (२०६७ पुस), २०६९ श्रावण २२ को मन्त्रीस्तरीय निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रद्वारा विद्यालयस्तरका नेपाली पाठ्यपुस्तकहरूमा लागू गरिएको ‘शैली पुस्तिका’ (२०६९) र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नवीनतम संस्करणका रूपमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ –

 

Continue reading


भावनाका बिम्वहरूमा घोत्लिँदा

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(पुस्तक चर्चा)
भवानी न्यौपाने ‘भावना’ साहित्यिक पत्रपत्रिकामा पढिने नाम हो । उनले नेपाली साहित्यका कथा, कविता, गीत र गजल विधामा कलम चलाउँदै आएकी छन् । सल्यान जिल्लाको हिवल्चामा पिता पवित्रराज न्यौपाने तथा माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्मेकी भावना वैवाहिक जीवनमा बाँधिएपछि हाल तुलसीपुर, दाङमा स्थायी रूपमा बसोबास गर्दै आइरहेकी छन् । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, राप्ती साहित्य प्रतिष्ठान, नेपाली लेखक संघका साथै देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चमा क्रियाशील रहँदै आएकी उनी नारी दिवस २०६९ मा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा द्वितीय, क्याम्पस स्तरीय कथा प्रतियोगिता २०६० मा प्रथम, छविलाल स्मृति पुरस्कार २०७१ र महामण्डल युवा साहित्य सम्मान २०७२ बाट सम्मानित भएकी स्रष्टा हुन् ।

 

Continue reading


भावनाका बिम्वहरूमा घोत्लिँदा

Bhawani Neupane 3D Back for FBपुस्तक चर्चा

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

भवानी न्यौपाने ‘भावना’ साहित्यिक पत्रपत्रिकामा पढिने नाम हो । उनले नेपाली साहित्यका कथा, कविता, गीत र गजल विधामा कलम चलाउँदै आएकी छन् । सल्यान जिल्लाको हिवल्चामा पिता पवित्रराज न्यौपाने तथा माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्मेकी भावना वैवाहिक जीवनमा बाँधिएपछि हाल तुलसीपुर, दाङमा स्थायी रूपमा बसोबास गर्दै आइरहेकी छन् ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, राप्ती साहित्य प्रतिष्ठान, नेपाली लेखक संघका साथै देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चमा क्रियाशील रहँदै आएकी उनी नारी दिवस २०६९ मा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा द्वितीय, क्याम्पस स्तरीय कथा प्रतियोगिता २०६० मा प्रथम, छविलाल स्मृति पुरस्कार २०७१ र महामण्डल युवा साहित्य सम्मान २०७२ बाट सम्मानित भएकी स्रष्टा हुन् ।

 

Continue reading