हार्दिक साधुवाद पोखरा थोक साहित्य सङ्गम परिवारलार्इ !!!

img_1743img_0117img_0141img_1744

Pallawa, Sahitya, Pratistha, Logo, पल्लव साहित्य प्रतिष्ठान, pallawa, पल्लव

पल्लव साहित्य प्रतिष्ठान

(पोखराथोक साहित्य सङ्गममा गोर्खे साइँलो सँगै अन्य तीन सम्मानित र वाटिका विमोचन !!!)
२०७३, पुष–१५, गते शुक्रबार पाल्पा, तानसेन । पोखराथोक साहित्य सङ्गमले आफ्नो बार्षिकोत्सवको समय पारेर तीन जना स्रष्टाहरूलार्इ विभिन्न शिर्षकका सम्मानहरू प्रदान गरेको थियो । जसमा ‘हरिहर रेग्मी स्मृति कोश’ नामक संस्थाकै प्रमुख राष्ट्रिय साहित्य सम्मानबाट ‘पल्लव साहित्य प्रतिष्ठान’–चितवनका संस्थापक अध्यक्ष गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)लार्इ, ‘डुकुलराज–लोकमाया काफ्ले स्मृति कोश’ नामक राष्ट्रिय साहित्य सम्मानबाट पुरूषतर्फ ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ स्याङ्जाका सचिव मिलन समिर तथा महिलातर्फ पोखराथोक पाल्पा कै स्थानिय नारीहस्ता जानका नेपाल समेत हामी तीनजनालार्इ फूलमाला, अविर टीका, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

 

Continue reading



विद्या मन्दिरमा हामी

article photo

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

संस्मरण
मेरो मूल घर धादिङ जिल्लाको ढोला गाविस वडा नं.८, वरभञ्ज्याङ हो । यद्यपि, म धादिङ्गे चाहिँ होइन, नुवाकोटे नै हुँ । वि.सं.२०२७ सालतिर मेरा पिताजी सपरिवार धादिङबाट बसाइँ सरी नुवाकोटको बट्टार आएछन् । मेरा दर्ुइ दाजु र एक दिदी थिइन् । पिता धादिङमा भएका जायजेथा आफ्ना भान्जा पर्नेलाई सुम्पिएर बसाइँ हिँडेका रहेछन् । पिताजीलेे जसोतसो दुःख गरेर पछि बट्टारमा घर बनाएछन् । वि.सं.२०३१ असार २४ गते बट्टारकै घरमा मेरो जन्म भएको रे । बालापन सम्भिmँदा अहिले पनि रोमाञ्चित हुन्छु म । जब म ५ वर्षो भएँ तब पिताले मलाई घरनजिकैको भीमसेन प्राथमिक विद्यालयमा नाम लेखाइदिए । शुरू-शुरूमा विद्यालयमा पढ्न जान डराउँथेँ म । बहुत रुन्थेँ, कराउँथेँ ।

 

Continue reading


पल्लव सम्मान, लोकार्पित कृति र मोफसल

dr. dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्िक्तबद्ध कर्ुर्सर्ीी मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रोबृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।

 

Continue reading


पल्लव सम्मान, लोकार्पित कृति र मोफसल

dr., dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्तिबद्ध कुर्सी र मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रो बृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।

 

Continue reading


श्रीगर्गाचार्य विश्वभाषा सामुदायिक पुस्तकालयको तेस्रोबार्षिक कार्यक्रम सम्पन्न

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

IMG_8018IMG_8147IMG_8051 IMG_8064धनकुटा असार २६ गते शनिबार, २०७२ । श्रीगर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय देवानटार, धनकुटा द्वारा धनकुटा बजार स्थित होटल सु्रभीको प्रेक्षालयमा आयोजित संस्थाको तेस्रो बाषिर्कोत्सवमा स्रष्टा सम्मान, कृति विमोचन, तथा काव्यगोष्ठीका साथमा अति सभ्य र भव्यरूपमा कार्यक्रम सु–सम्पन्न गरेको छ । नेपाली भाषा साहित्यको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै अन्तराष्ट्रिय भाषासमेतको अध्यायन गर्ने थलोकोरूपमा धनकुटा जिल्लालार्इ नै विकास गर्ने उद्देश्यले स्थानीय समाजसेवी टीकाप्रसाद लामिछानेले लगभग ८० लाख भन्दा बढी मुल्य पर्ने धनकुटा- ५, देवानटारमा रहेको चरकोठा भएको आफ्नो पक्कि भवनमा सामुदायिक पुस्तकालय स्थपना गरी त्यसक्षेत्रमा रहेका जनसमुदायलाई मिति २०६८ साल जेठ ३० गते हस्तान्त्रण गरेको थियो । सोही पुस्तकालयले आफ्नो तेस्रो बाषिर्क साधारण सभा समेत सम्पन्न गरेको छ ।

 

Continue reading


नारी साहित्य समाज-नवलपरासीबाट चार स्रष्टा सम्मानित

m-00नवलपरासी १६ गते माघ । वरिष्ठ साहित्यकार एवम् राजनीतिज्ञ विशेश्वर प्रसाद कोइरालाको

Pallawa,Sahitiyak,E,Patrika, पल्लव साहित्यिक र्इ–पत्रिका,

पल्लव साहित्यिक र्इ–पत्रिका

DSC02660
DSC02696शतवार्षिकी तथा शहीद दिवसको शुभ अवसर पारेर नवलरासीको प्रगतिनगर स्थित श्री जन ज्योति उच्च माध्यमिक विद्यायलय भवनको प्रेक्षालयमा ‘नारी साहित्य समाज’-नवलपरासीले चारजना साहित्यकारहरूलाई स्रष्टा सम्मान गरेको छ । ‘नारी साहित्य समाज’- नवलपरासीकी अध्यक्ष महाकाव्यकार श्रीमती कृष्णादेवी शर्मा -श्रेष्ठ)को सभापतित्व र वरिष्ठ छन्दमार्गी कवि गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा र र इश्वर ‘वा’को उद्घोषणबाट सञ्चालित उक्त कार्यक्रममा चितवन र नवलपरासीका चारजना सरस्वती पुत्रहरूलाई अविर फूलमाला, दोसल्ला र सम्मान-पत्रद्वारा सम्मान गरेको थियो । यसरी सम्मानित हुने स्रष्टाहरूमा वरिष्ठ गजलकार, कवि एवम् गजल अन्वेषक साहित्यकार गोर्खे साइँलो (ऋषि प्रसाद लामिछाने), गजलकार एवम् समीक्षक सदानन्द जैशी ‘अभागी’, वरिष्ठ साहित्य सेवी हिमलाल ज्ञवाली, वरिष्ठ कथाकार कवि एवम् साहित्यकार मेहन आचार्य ‘जलद’ र कथाकार एवम् कवयत्री श्रीमती राधा पाण्डे हुनुहुन्थ्यो ।

९८  कपी फोटो सहितको बाँकी समाचार हेर्न तलको पहेलो अक्षरमा ल्किक गर्नुहोस ।

Continue reading


लक्ष्मीस्मृति साहित्य समाजमा सातजना स्रष्टाहरू सम्मानित

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

१७ गते कार्तिक २०७०, कावासोती, नवलपरासी । नेपाली–भाषा, साहित्य, कला, संस्कृति एवम् स्रष्टाको सम्मान गरौँ भन्ने mix- a 1mix-19लक्ष्य र उद्देश्यले लक्ष्मीस्मृति साहित्य समाजले विभिन्न विधाका सात जना स्रष्टालाई ‘लक्ष्मी स्मृति एवम् नन्द-कला स्मृति सम्मानद्वारा अभिनन्दन गरेको छ । समाजका अध्यक्ष सदानन्द ‘अभागी’ जैसीका घर-परिवारको एकल प्रयासमा हरेक साल तिहारको लक्ष्मी पूजाका दिन परेर एक सव्य र भव्य साहित्यक रचना वाचन, स्रष्टा सम्मान र स्रष्टा सम्मान गर्ने कार्यक्रम गर्दै आईरहेको कुरा सबैमा र्सव विदितै छ । सोही अनुरूप यसपालीको कार्यक्रम नवलपरासीको कावासोती स्थित लुम्बिनी डिग्री कलेजको प्रेक्षलयमा संस्थाका अध्यक्ष सदानन्द ‘अभागी’ जैसीको सभापतित्व र छन्दमार्गी कवि गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा चलेको थियो ।

९२ कपी फोटो सहितको समाचार हेर्न तलको पहेलो अक्षरमा ल्किक गर्नुहोस ।

Continue reading


पल्लव पर्व, चितवनको गर्व

Dhanraj, Giri, धनराज गिरी ‘आनन्द’ pallawa, पल्लव

धनराज गिरी ‘आनन्द’

आज भाद्र १० गते । चितवनको साहित्यिक आँगनमा एउटा पर्व आएको छ, पल्लव पर्व । चितवन अब कुनै कोणबाट पनि कमजोर रहेन । साहित्यलाई सम्मान गर्ने समाज निःसन्देह सभ्य हुन्छ, भव्य हुन्छ । साहित्यलाई भीड होइन विवेकको आवश्यकता पर्दछ । धेरै-धेरै साहित्यिक विवेकीहरू यो माटोमा सास फेरिरहेछन् । यो पृथ्वीमा अवतरण गरेका विशिष्ट मान्छेहरू मात्रै र्सजक हुन्छन् । हरेक माटोमा खेती हुँदैन । हजारजनामा एकजना साहित्यकार पाइएमा साहित्य मौलाउँछ । हजारमा हजारै साहित्यकार हुन कस्सिएमा साहित्य बौलाउँछ । पर्वी चितवनमा एउटै रामबाबु हाम्रा लागि मनग्गे छन् । सबै बन्दीपुरेहरू नन्दन बन्न सक्दैनन् । सबै अधिकारीहरू पूर्णप्रसाद हुँदैनन् । सबै लामिछानेहरू जीवा र ऋषिप्रसाद हुँदैनन् ।

Continue reading


देवघाट, महेशाश्रम र वेदान्त दर्शनको पठनपाठन

Ghaneshyam, Sharma, Paudel, पौड्याल, pallawa

घनश्याम शार्मा पौड्याल

धेरै वर्षछि गत मंसिर अठार गते देवघाटको पारिपट्ट अवलोकन गर्ने अवसर मिल्यो । अथवा यसो भनौं, त्यता हेर्ने घुम्ने लहड चल्यो । वारि त बिचबिचमा पनि धेरैपटक गइएको थियो, तर पारि नगएको सायद साढे दुइ दशक जति भएछ क्यारे । त्यति बेला गलेश्वर बाबाको आश्रम र त्यस्तै केही पुराना संरचना मात्र थिए, आधुनिक निर्माण केही पनि भएको थिएन । चक्रवर्ती शीला खुला चौरको बिचमा एउटा सानो घेरामा थियो र हाल महेशाश्रम भएको ठाउँमा खाली नै थियो भन्ने लाग्दछ । अहिले धेरै नयाँ संरचनाहरू बनिसकेका रहेछन् । निर्माण हुनु निश्चय नै राम्रो कुरा हो, तर त्यो व्यवस्थित र वैज्ञानिक हुन राम्रो हुन्छ । ती निर्माणहरूमा महेशाश्रम र हरिहर मन्दिरबाहेक अरु प्रायः अव्यवस्थित र अझ भद्रगोल जस्तै देखिए । यस्तो देख्दा एक पत्रकारको चित्त पनि दुख्यो ।

Continue reading


तामाङ डाजाङ चिनारी

साकुला तामाङ

१. परिचयः
“तामाङ डाजाङ”, २०५९ सालमा स्थापित साहित्यिक संस्था हो । हालसम्म यसले तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । डाजाङले प्रारम्भ देखिनै मासिक रुपमा निरन्तर साहित्यिक गोष्ठी (ग्योइकाइ गेताङ) को आयोजना र मासिक पत्रिका “तामाङ डाजाङ”को प्रकाशन गर्दै आइरहेको छ । एकल तथा विभिन्न तामाङ संघ संस्थाहरूसंगको सहकार्यमा तामाङ साहित्यिक पुस्तकहरूको प्रकाशन, तामाङ भाषा मानक सम्बन्धि राष्ट्रिय स्तरको छलफल तथा बहस, तामाङ संस्कृति, परम्परा तथा संस्कारहरूबारे छलफल र बहस गर्नुका साथै उच्चशिक्षामा तामाङ भाषा पठनपाठनका निम्ति राज्यलाई दबाव दिने कार्यहरूपनि गरेका छन ।

Continue reading


नेपाली साहित्यको उन्नयनमा पल्लव साहित्यिक पत्रिकाको योगदान एक चर्चा

सुरेन्द्र अस्तफल

१. विषय प्रवेश
 
 साहित्य एक किसिमको कला हो । तथापि यो जोकसैलाई सहज रूपमा प्राप्त हुँदैन । यसको लागि साधनाको आवश्यकता पर्दछ । प्रतिभा,व्युत्पति र अभ्यासले मानिसलाई साहित्यिक मार्गमा डोर्‍याउँछ । साहित्यलाई समाज रूपान्तरणका लागि, चेतना विस्तारका लागि, स्वान्तसुखायका लागि प्रयोग गरिएको पाइन्छ । साहित्यरूपी वाटिकामा पुष्पित हुन ,पल्लवित हुन साधनाको आवश्यकता पर्दछ । साधना एवं निरन्तरताको लगनशीलताले मात्र वास्तविक साहित्यकार बन्न सकिन्छ । हिजोको र आजको परिवेश फरक भए पनि जून र घाम उनै हुन्, पहाड र पर्वत उनै हुन् ,देसको माटो उही हो । त्यसैले हिजो लेखिएका कति कुराहरू आज उत्तिकै महत्वपूर्ण रहेका छन् । नेपालको साहित्यिक गतिविधि अन्याय देसको तुलनामा धेरै पछि सुरु भएको हो । अझ नेपाली भाषा विकासको इतिहास एकहजार वर्षको रहेको छ । चितवनको साहित्य त अझ निकै पछि मात्र सुरु भएको हो ।

Continue reading


त्रिमूर्ति निकेतन संस्थाका बारेमा छोटो चिनारी

पल्लव सहित्य प्रतिष्ठान, चितवन

त्रिमूर्ति निकेतन
TRIMURTI NIKETAN
सञ्चारग्राम, तीलगङ्गा
टेलिफोन: ४७७१४५५, फ्याक्स: ४७७०५८०
पोस्ट बक्स: ११४४१, काठमाडौं, नेपाल
Email: trimurtinepal@gmail.com
Website: www.trimurtinepal.com.np
त्रिमूर्ति निकेतन संस्थाका बारेमा छोटो चिनारी
मुख्य संयोजकः नइ प्रकाशन

यसको उद्देश्यहरू
(१) नेपाली साहित्यका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको मूर्तिको संरक्षण गर्ने
(२) त्रिमूर्तिको कृतित्वको व्याख्या, विश्लेषण र चिन्तन गर्ने
(३) त्रिमूर्तिद्वारा लिखित र त्रिमूर्तिबारे लेखिएका कृति र शोधग्रन्थ समाविष्ट गरी पुस्तकालयको सञ्चालन गर्ने

Continue reading