(वालि) गीतको महत्वनेपाली सांस्कृतिक परम्परामा असारे
१.१ लोकसाहित्य लोक र साहित्यको मिलापबाट लोकसाहित्य बनेको छ । लोकज्ञान तथा लोक भावनामा आधारित साहित्य नै लोकसाहित्य हो र यो लोकजीवनको ऐना पनि हो । लोकसाहित्य अपठित जनसाधारणबाट सिर्जिन्छ र नयाँ पिँढीमा हस्तान्तरित हुँदै जान्छ । यो साहित्य मौखिक तथा श्रुति परम्पराबाट लोकमा जीवित रहदै आएको छ । यो साहित्य कुनै एक व्यक्ति विशेषको नभई लोकको साझा सम्पत्ति मानिन्छ । साहित्यको अर्थ कल्याण गर्नु हो । यस विषयमा संस्कृतमा यसरी भनिएको छः हितेन सहितम् तस्य भाव साहित्यम् अर्थात् मानव हितका लागि जनकल्याणको भावनाले अभ्रिप्रेरित भई सिर्जिएको साहित्य भन्ने हुन्छ । यसलाई ग्रामसाहित्य एवम् जनसाहित्य पनि भनिन्छ ।