”नून नीलिम कुमारका अन्य कविता” कृतिलाई अध्ययन गर्दा

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

परिचय-
”नून र नीलिम कुमारका अन्य कविता” असमियाबाट नेपालीमा अनुवाद गरेको कृति हो । यस कृतिका अनुवादक मित्रदेव शर्मा हुनुहुन्छ । यस्तो गहन कामलाई सहज र सरल रूपमा व्यवहारमा उतार्ने मित्रदेव शर्माको व्य्रिक्तत्व र कृतित्वप्रति अनुवादकको परिचयबाट यहाँ प्रष्ट पार्ने अनुमति चाहान्छु । मित्रदेव शर्मा पिता स्व.टीकाप्रसाद शर्मा र माता स्व.कुन्तीदेवी शर्माका सुपुत्र हुनु हुन्छ । उहाँको जन्म १ जनवरी, १९४४ शोणितपुर जिल्लाको माङमौथानमा भएको हो । उहाँले स्नातकोत्तर (परिसंख्या) शैक्षिक योग्यता हाशील गरीसक्नु भएको छ ।

 

Continue reading



सुमित्रा सुमीको ‘नदेखिएका स्वप्नहरू’ (गजलसङ्ग्रह)लाई नियाल्दा:

Aman Eakal, अमन एकल pallawa,पल्लव

अमन एकल

यतिबेला नेपाली साहित्य जगतमा गजल बिधा सर्वप्रीय बिधा बनेको छ । नेपाली गजलको छोटो इतिहासमा गजल बिधाले अनेकौं चुनौती हरूको सामना गर्दै कयौं घुम्ती र अप्ठ्यारा परिस्थिति पार गर्दै सर्वोच्च शिखर चुम्ने तयारी गरिसकेको छ।साहित्यका अन्य बिधाहरू भन्दा गजल बिधा बिशेष त युवा पुस्ताले अत्याधिक रोजाइमा पारेको बिधा बनेको छ ।गजल लेखनमा मुलुक बाहिर र मुलुकमै  रहेर पनि दिलोज्यानले लागिपरेका सर्जकहरूलाई यतिबेला सामाजिक संजालले निकै सहयोग गरेको देखिन्छ ।

 

Continue reading


मौन विद्रोह मा रमाउँदा . . . . .

Khagendra, Adhikari, Amrit, खगेन्द्र अधिकारी ‘अमृत’, pallawa, पल्लव

खगेन्द्र अधिकारी ‘अमृत’

समीक्षित कृति

डोल्पामा जन्मेर लमजुङमा हुर्केर सुनसरीमा वैवाहिक गठबन्धनमा बाँधिए पनि नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा सेवा गरिरहेकी शान्ति अधिकारी साविकको मध्यपश्चिम क्षेत्रमा रहेर नेपाली गजलमा कलम चलाउने एक शसक्त नारी स्रष्टा । साविकको मध्यपश्चिममा नेपाली साहित्यको गजल विद्याले आफ्नो साम्राज्य जमाएको मात्र होइन यसलाई प्रत्येक साहित्यिक मनको मझेरीमा गजलबीज समेत छरिरहेको छ । जीवनमा जो कोही पनि कवि बन्छ भन्ने उक्ती अब जीवनमा गजलकार नबन्ने मान्छे छैन भन्नेमा परिणत भइसकेको छ होला सायद । अप्ठ्यारो भित्रको सजिलो खोज्नका लागि गजललाई अध्ययन गर्नु जरुरी छ । गजलका बारेमा उठेका अनेकन प्रश्नहरुको उत्तर खोज्नु छ भने गजललाई अध्ययन गर्नु त्यति नै आवश्यक छ ।

 

Continue reading


‘मन्दाकिनी’ बारे केही चर्चाः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

स्रष्टा सिर्जना शर्मा मुक्तक सङ्ग्रह ‘मन्दाकिनी’ लिएर आएकी छन् । तीन सय पन्ध्र थान मुक्तक समाविष्ट सङ्ग्रह उनको पहिलो कृति हो । प्रस्तुत मुक्तकहरूमा विविधता, स्तरीयता, मौलिकता तथा लयात्मकता सबै पाइन्छ ।
विशेषतः स्रष्टा शर्माले प्रेम, प्रणय, रोग, भोक, पीडा, सामाजिक असन्तुष्टि, राजनैतिक व्यङ्ग्य, विश्वास, अन्याय, अत्याचार, हत्या, शान्ति जस्ता विषयवस्तुलाई केन्द्रित गरेर लेखिएका मुक्तकहरू चोटिला तथा मर्मस्पर्शी छन् ।

 

Continue reading


शाश्वत काव्य महोत्सवमा स्थानिय साहित्यकारहरूलाई उपेक्षा

arjun, abiral, अर्जुन अविरल, pallawa, पल्लव

अर्जुन अविरल

शाश्वत धाम दुम्कौली , नवलपुरमा सञ्चालित काव्य महोत्सवमा नवलपुर र चितवनका राष्ट्रिय स्तरका कविहरूलाई उपेक्षा गरिएको छ । चितवन र नवलपुरका राष्ट्रिय स्तरमा चिनिएका साहित्यकारहरूलाई खबर नगरिएको र उपस्थित भएका चितवन र नवलपुरका राष्ट्रिय स्तरमा चिनिएका कविहरूलाई उपेक्षा गरिएको पनि भेटिएको छ । काव्य महोत्सव फाल्गुण १२ र १३ मा भनिए पनि नवलपुरका साहित्यकारलाई भने १३ गते मात्रै खबर गरिएको थियो । विभिन्न जिल्लाको भनिए पनि राजधानी काठमाण्डौंसँग जोडिएका केही कवि र सिमित व्यक्तिहरूको चिनजानलाई मात्रै बोलाईएको आरोप चितवन र नवलपुरका कविहरूले लगाएका छन् ।

 

Continue reading


तिम्रोमाया मुटुभरि एकदृष्टीतिम्रोमाया मुटुभरि एकदृष्टी

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

समिक्षित कृतिकारः मिरा तिमिल्सिना

परिचय

मायावी संसारमा मायाका बखान जति गरे पनि सकिदैन । यही मायाका कुरा लिएर पिता अ.र्सर्.इ. स्व. तीर्थराज तिमल्सिना र माता स्व. चोला अधिकारी तिमल्सिनाकी सुपुत्री मीरा तिमल्सिना ‘धरा’ हाम्रो अगाडी देखा परेकी छन् । अध्ययनमा स्नातक र पेसामा शिक्षण सेवामा कार्यरत ‘धरा’ पल्लव साहित्य प्रतिष्ठान, चितवन,गजलमञ्च चितवन, नेपाल रेडक्रस सोसाइटी, र गीतानगर सामुदायिक अध्ययन एवम् पर्यटन सूचना केन्द्र सँग आजीवन सदस्यमा आवद्धता हुनुको साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनमा प्राथमिक उपचार प्रशिक्षकको रुपमा पनि आवद्ध देखिन्छिन् ।

 

Continue reading


भाषा सम्बन्धमा . . . . .

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

श्रीमान् भाषा सम्पादकज्यू,
मासिक बालप्रकाशन मुना धर्मपथ, काठमाडौं ।
विषय : भाषा सम्बन्धमा ।

महोदय, हुन त म भाषाविज्ञ होइनँ तैपनि केही देखेको भन्न मन लागेरमात्रै । मासिक बालप्रकाशन ‘ मुना ‘ २०७३ पौष अङ्क पढें । गाता छोडेर ५६ पृष्ठको यस अङ्कमा जे देखें त्यो लेखें । भाषा सम्पादकसँग नेपाली शिक्षक भएको नाताले साइनो जोड्न यो प्रयास गरेको हुँ । धेरै कुरा राम्रा हुँदाहुँदै पनि गलत कुरामै छिटो रातो कलम पुग्ने हुनाले यस्तो देखिएको हुनसक्छ । भाषा सम्पादकज्यू, गाताको भित्री पेजको पहिलो लाइनमा ‘हरु’ ह्रस्व र अन्य ठाउँमा ‘हरू’ दीर्घ लेखिएको पाएँ ।

Continue reading


नेपाली सांस्कृतिक परम्परामा असारे

Rishikeshav, Bhardwaj, ऋषिकेशव भारद्वाज, pallawa, पल्लव

प्रस्तोता: ऋषिकेशव भारद्वाज

(वालि) गीतको महत्वनेपाली सांस्कृतिक परम्परामा असारे 

१.१ लोकसाहित्य लोक र साहित्यको मिलापबाट लोकसाहित्य बनेको छ । लोकज्ञान तथा लोक भावनामा आधारित साहित्य नै लोकसाहित्य हो र यो लोकजीवनको ऐना पनि हो । लोकसाहित्य अपठित जनसाधारणबाट सिर्जिन्छ र नयाँ पिँढीमा हस्तान्तरित हुँदै जान्छ । यो साहित्य मौखिक तथा श्रुति परम्पराबाट लोकमा जीवित रहदै आएको छ । यो साहित्य कुनै एक व्यक्ति विशेषको नभई लोकको साझा सम्पत्ति मानिन्छ । साहित्यको अर्थ कल्याण गर्नु हो । यस विषयमा संस्कृतमा यसरी भनिएको छः हितेन सहितम् तस्य भाव साहित्यम् अर्थात् मानव हितका लागि जनकल्याणको भावनाले अभ्रिप्रेरित भई सिर्जिएको साहित्य भन्ने हुन्छ । यसलाई ग्रामसाहित्य एवम् जनसाहित्य पनि भनिन्छ ।

 

Continue reading


मेरो आँखाले देखेको ‘मन्दिर र माओ’ कवितासङ्ग्रहः

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

रामकुमार पण्डित क्षत्रीद्वारा लेखिएको प्रस्तुत पुस्तक २०७४ भाद्रमा शब्दार्थ प्रकाशन चाबेल,काठमाडौंबाट प्रकाशित भएको हो । लेखकको यो कृति ‘ देशको खोजी ‘ लघुकथा सङ्ग्रह -२०७१ र ‘ बुद्ध विचार ‘ बालकविता सङ्ग्रह -२०७३ पछिको तेस्रो हो । छोटोमा धेरै भन्ने प्रतीकात्मक शैली तथा कलात्मक व्यङ्ग्यको तीखो प्रस्तुति दिने कवि क्षत्रीले यसमा समेत त्यो शैली छोडेको पाइन्न नै । आफ्नो लेखनको दोस्रो दशकका कविको कृति मन्दिर र माओमा मेरा आँखा यसरी लाग्छन् :

 

Continue reading



पल्लवको साहित्यिककुम्भ मेला र चितवनका तीनगजल सारथी

Kapil, Agyant, प्रा. कपिल अज्ञात, pallawa, पल्लव

प्रा. पिल अज्ञात

पुनः प्रकाशन
विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ँपल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


पल्लव साहित्यिक पत्रिका २२ औँ अङ्क: सङ्क्षिप्त सर्वेक्षण

Purna, prasad, Adhikari, पूर्णप्रसाद अधिकारी, pallawa, पल्लव

पूर्णप्रसाद अधिकारी

१. पल्लवप्रतिको अभिमतशीर्षक
मानव सभ्यताको मिर्मिरे प्रहरदेखि नै मान्छे र उसको चेतनाको सम्बन्ध साहित्यसँग जोडिएको छ । हाम्रा ऋषिमुनिहरूद्वारा रचित पुराण उपनिषद, अपौरुमेयवेद सबैमा कहीँ न कहीँ साहित्य मुखरित भएको छ । विज्ञानको विकास र प्रविधिको आविष्कारसँगै छापाखानाको क्रमबद्ध स्वरूपका बीच इन्टरनेटको उपयोगले संसार अति नजिक भएको छ । साहित्यलाई माया गर्ने, स्रष्टाको सम्मान गर्ने क्रम पौराणिक कालदेखि कुनै न कुनै रूपमा प्राचीन कालदेखि आजसम्म हुँदै आएको छ ।

 

Continue reading



पल्लवको साहित्यिक कुम्भ मेला र चितवनका तीनगजल सारथि

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


कवि प्रकाशका तीन खण्डकाव्यः परिचयात्मक टिप्पणी

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने,

वाशेश्वर, सिन्धुली निवासी वेदराज र हर्ककुमारीले २०४४ साल फागुन २ गते प्रकाश कोइरालाको जन्म दिए । उनी अहिले कवि प्रकाश भएका छन् । शास्त्रीय छन्दको प्रयोग गरेर सरल, सुललित कविताका मालिक बन्न पुगेका छन् कवि प्रकाशजी । उनले आरुआरती (खण्डकाव्य, २०६५), यो देशको नाउँमा (खण्डकाव्य, २०६६) र जागृति जागरण (खण्डकाव्य, २०७०) प्रकाशन गरी कविता क्षेत्रमा आफूलाई परिचित गराएका छन् ।

 

Continue reading


बहरमा गजल लेख्न चहानेहरूलाई . . . . .

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

अरूज शास्त्र अनुसार उच्चार्यलाई मान्यता दिईने हुँदा छन्दमा जस्तो लेख्यलाई कडाईका साथ लागु गरिदैन त्यसैले बहरमा लेख्दा । संगीतको लागि अनुकूलहुने शब्दसंयोजनबाट बहरको सिर्जना गरिन्छ। यसमा लेखाईमा दीर्घ हुदापनि उच्चारणमा ह्रस्व हुन सक्छ भने लेखाईमा ह्रस्व हुँदा पनि उच्चारणमा दीर्घ हुन सक्छ।यसको लागि हरेक गजलकारहरूमा बहरका बारेमा सामान्य जानकारी हुन नितान्त जरुरी छ ।  लयविधान गजलको लागि अपरिहार्य अनुशासन हो। मुक्तलयमा गजलको सिर्जना हुनै सक्दैन। गजलले हमेसा कुनै न कुनै लयलाई समातेको हुनै पर्दछ ।

 

Continue reading


किरिङमिरिङ सडकमा अलपत्र

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

समीक्षकः अरूणनदी खत्री

कृति समीक्षा
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकषिर्त भइरहेका छन् । वियोगी बुढाथोकी नेपाली साहित्यको काव्य विधामा सुपरिचित नाम हो । कविता, गजल र मुक्तकका क्षेत्रमा उनले ख्याति कमाएका छन् ।

 

Continue reading


छन्दको उत्पति,महत्व,विकाश र वर्तमान अवस्था 

Kaviraj ,Paudel, कविराज पौडेल, pallawa, पल्लव

लेखन तथा प्रस्तुतिः  कविराज पौडेल

प्रस्तावना
यो श्रृष्टि लय, गति र यतिको सुन्दर समायोजन हो । लयले सजीवता गतिले परिवर्तनशीलता, यतिले अनित्यता र क्षणभङ्गुरतालाई इ•ति गर्दछ । यसलाई एउटै शब्दमा भन्नुपर्दा लय, गति र यतिको योग नै छन्द हो । छन्द अमूर्त रहस्यको मूत रूप हो । छन्द जीवन हो र जीवन नै छन्द हो । यो चराचर जगत नै छन्दमय छ । छन्द र्सवव्यापी छ । परच्छन्द केही पनि छैन । प्राणीहरुलाई स्वच्छन्दत्व प्रिय हुन सक्छ न कि परच्छन्दत्व । छन्द अनुभुत्यात्मक दृष्टि र जीवन्त सृष्टि हो । छन्द अमूर्त कोलाज होइन यो तथ्यगत सत्य हो
छन्द र छन्द शब्दको व्युत्पति
तस्माद्यज्ञात्र्सवहुत ऋचः सामानि जज्ञिरे
छन्दांसि जज्ञिरे तस्मद्यजुस्तस्मादजायत (ऋक्(१०।९०।९)
(विराट यज्ञ पुरुषबाट ऋक्, साम, छन्दहरु र यजुको उत्पत्ति भयो)

 

Continue reading