महिला पत्रकारीताको जीवन

Dipa Dhital, Deshkremee, दिपा धिताल ‘देशप्रेमी’, pallawa, पल्लव

दिपा धिताल ‘देशप्रेमी

पुरा दिन तनावको भारी बोकेर घर कर्फिन्छु । भित्री मनमा जस्तो सुकै पिडाले घोचे पनी वाहिर हाँस्नुपर्छ मैले नत्र बाटोमा भेट हुने आफन्त साथिहरुले अनेक प्रश्नहरु बर्षाउछन् त्यस वेला प्रश्नको जबाफ दिन निकै कन्जुस लाग्छ मलाइ र चियाको चियापत्ती जस्तो फिक्का हाँसो हाँसीदिन्छु । जागीर खाना सजिलो छैन आफुले नगरेका अनेक गल्तीहरु पनी टाउको माथि थुपारेर चुपचाप हिड्नुपर्छ । उनीहरु संग बाजिएर हिड्न मनले दिदैन मनले भन्छ सहेर बस्नुपर्छ हिम्मत जुट्छ । सहि र गलत छुट्याउन मैले नी जानेको छु तर आफुभन्दा अगाडी संग बाजिन पनी मनले पटक्कै मान्दैन भन्छ सम्मान गरेर हिड् सत्यको जित हुन्छ जतीसुकै ठुलो सानो भएपनी ।

 

Continue reading


शाहप्रति साँघुरो मन किन ?

Peshal, Aacharya, पेशल आचार्य , pallawa, पल्लव

पेशल आचार्य

आउँदा हरेक पुस २७ गते पृथ्वीजयन्ती पर्छ  । अहिलेका सरकारले सो जयन्तीका दिन राष्ट्रिय बिदा दिने कि नदिने भनेर विभिन्न कोण–प्रतिकोणबाट चर्चा र बहस सुुरू भइसकेको छ । कोही पृथ्वीनारायणप्रति अन्धभक्त भई ‘राष्ट्रिय एकता दिवस’ को घोषणा गर्नुपर्ने तर्क राख्दैछन् भने कोहीचाहिँ पृथ्वीनारायणको इतिहासलाई ‘नामेट गर्न’ नानीदेखिको बल निकालेर लागिपरेका छन् । यसरी पृथक् दुई कित्तामा बाँडिएका ती दुवैथरी अतिवादी मतावम्बीहरू हुन् । अतिवादले कहिल्यै र कसैको पनि भलो गर्दैन ।

 

Continue reading


माँ चिन्तपूर्णी चिन्ता में

Surekha,, Sharma, सुरेखा शर्मा, pallawa, पल्लव

सुरेखा शर्मा

व्यंग्य–
नारायण •••नारायण ••”माते, यह मैं क्या देख रहा हूं ••!जगत की चिंता दूर करने वाली माँ चिन्तपूर्णी आज स्वयं चिन्तित हैं •••क्या बात है माँ ,आप किस दुविधा में हैं ?” माँ दुर्गा कुछ विचार करते हुए बोली, ‘तुम नहीं समझोगे नारद ।’
“माते,जब तक आप कुछ बताएंगी नहीं तो मैं कैसे समझूंगा भला नारायण •••नारायण। ” तुम जानते हो नारद, आजकल भूलोक वासी पूजा-पाठ बहुत करने लगे हैं ।मेरे भक्तों की संख्या दिन- पर -दिन बढ़ती जा रही है ।तुम देखना आने वाले इन नौ दिनों में तो चारों ओर मेरा ही गुणगान किया जाएगा ।भूखे- प्यासे रहकर उपवास कर नवरात्र अनुष्ठान संपन्न करेंगे । उपवास तो कहने मात्र के लिए होते हैं, सारा दिन फलाहार के नाम पर इतना खाते हैं कि पूछो मत।”

 

Continue reading


Respected teacher,

Subhadra, Lamichhane,, शुभद्रा लामिछाने, pallawa, पल्लव

शुभद्रा लामिछाने

Every parent craves for his/her child’s academic progress.The support to be given by the teacher plays a vital role to ensure the academic success of an individual. Teachers are expected to provide interesting and inspiring sources of knowledge not only on the basis of curriculum and books but also from the other outer related- world which the child would experience later. Children could appear to be too innocent and shy to learn about new things going on in the world. So every parent expects for a pleasant and purposeful support of a teacher in psychological and social growth of children related to many fields. Schools are often called second home and teachers as second parents. In the past,

 

Continue reading


बडप्पन किन भित्रियो ?

Maya, Devee, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा , pallawa, पल्लव

मायादेवी शर्मा

आफ्नो परम्परालाई कायम राख्र्दै असी, नब्बे वर्ष पार गरेका बुढाहरूले आडैमा बसेर सुरापान गर्ने सन्तानलाई के भन्न सकुन् र ? उनीहरूका पाला इतिहासको पानामा पुगिसके । आफ्नो पालामा श्रीमतीलाई एउटा धोतीमात्रै शरीरमा बेरेर दिनैभरि दाउराको धुवाँमा भान्सा कुराउँथे । कसैले ठूलो हिम्मत गरेर महिलाले यसरी नाङ्गै भएर भात पकाउनु राम्रो होइन । व्लाउज अथवा उनीको सुइटरसम्म त लगाउन दिनुप¥यो भन्यो भने त्यो व्यक्ति जात फलामा गनिन्थ्यो । पुरुषले भात खाएपछि चुठ्नलाई जुनसुकै अस्थामा पनि तातो पानी तयार पारिदिनु पनि महिलाकै कर्तव्य हुन्थ्यो । तर महिलालाई वषौंवर्ष तातो,चिसो, दुःख सुख कुनै कुरामा मतलवै नगरेर उमेर नपुग्दै कालको मुखमा धकेल्ने यो समाजका कतिपय पुरुष देखेर वाक्क लाग्छ । त्यस्तै मध्येका मर्दहरूले छोराले आचरण विरोधी काम गर्दा पनि टुलुटुलु हेरेर कुनै प्रतिक्रिया नदिएको देख्दा त घृणा नै लाग्दो रहेछ ।

 

Continue reading


समान सम्मान

Maya, Devee, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा ,  pallawa, पल्लव

मायादेवी शर्मा

कुनै बिहान रेडियो नेपालबाट महिला अधिकारका बारेमा मन्तव्य आउँदै थियो । मन्तव्यको सार यस्तो थियो -नेपालका कतिपय गाउँमा छोरीलाई बाबुले, पत्नीलाई पतिले र बहिनीहरूलाई दाजुले घरमा बस्ने स्थान दिँदैनन् । उनीहरूले ती छोरी, पत्नी र बहिनीलाई बेचेर पैसा समाउँछन् ! कति चेलीहरू झुक्किएर भारतको वेश्यालयमा पुगेका हामीहरूले भेटाएका छौं । कतिपय चेली बेचिएर अरबमा पनि पुगेका छन् भन्ने सुनिन्छ । हामीले ती ठाउँबाट कति चेलीहरूलाई उद्धार गरेर ल्याउँछौं । उनीहरूका आफन्तलाई जिम्मा लगाउन खोज्दा ती चेलीहरूलाई लिन मान्दैनन् । त्यस्ता घटना हामीसित धेरै छन् । साथै, बेचिएका छोरीको नागरिकता बनाउनका लागि हाम्रो देशमा बाबु, श्रीमान् र दाजु यीमध्ये जसको संरक्षणमा ऊ बसेकी छ उसैको सिफारिस चाहिन्छ । त्यो सिफारिस बेचिएका चेलीलाई नदिएका घटना पनि हामीहरूले काम गर्ने क्रममा थुप्रै भोगेका छौं ।

 

Continue reading


डियर जनवरी १४,

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

मुटुभरिको माया
पुसको जाडोमा कठाङ्गिदै बसेको थिए।पारिलो घाम बनेर तिमीले मेरो काख न्यानो,सुनौलो बनायौ।अर्को कर्तव्यको जिम्मेवारी थप्यौ।के म यो दिन बिर्सन सक्छु र?डियर १४, तिमीले भने झै कठोर छु बाहिर चट्टान झै तर मनभित्र तिम्रो सम्झनाहरु छरपस्ट छिरल्लिएर जसरी सिमलको भुवा पट्-पट् फुटेर चउर भरी छरिए सरि सल्बलाइरहेका छन्।हो, तिमीले मलाई बिश्वास गरेर कृतिमा मेरो पोल्टामा हालिदियौ।माफ गर डियर १४, रहर,बाध्यता या परिस्थिति जे पनि हुन सक्छ समयले हामीलाई अलग बनाएपनि हरेक सेकेन्ड-सेकेन्ड कृतिमालाई मनमा सजाएर उसैको भबिस्य खोज्न मेरा हजारौ रहर बलिदान गरेर यो परदेशमा भौतारिदै छु।जे होस् ,डियर १४,तिमी मेरो सदैब प्रीय छौ।म तिम्रो गुण तिर्न त सक्दिन तर म तिम्रो माया प्रति सदा सदा ऋणी छु।

 

Continue reading


क्रियश्चन पादरी गङ्गाप्रसाद प्रधान

padari-ganga-prasad-pradhan

narendra, raj, prasai, नरेन्दरराज प्रसार्इं, pallawa, पल्लव

नरेन्दरराज प्रसार्इं

‘‘सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका :
पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा’’

पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो ।
रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् । रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे । त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो ।
रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए ।

 

Continue reading


“नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र”

dr.Matiprasad, Dhakal, Gaidakot, डा.मतिप्रसाद ढकाल , pallawa, पल्लव

डा.मतिप्रसाद ढकाल

नेपाली लेखक संघ चितवनको आयोजना तथा चितवन र नवलपरासीका विभिन्न विषयका प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, कलाकारलगायतको करिब ९० जनाको सहभागितामा आज २०७३ असोज १ गते वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा सम्पन्न ‘वर्णविन्याससम्बन्धी सचेतना कार्यक्रम’द्वारा तपसिलबमोजिमको ७ बुँदे “नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र” जनसमक्ष प्रस्तुत गरिएको छ :
१. त्रिविको ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ (२०६६ असार), तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ को ‘सबैको नेपाली’ (२०६७ जेठ), नेपाल प्रज्ञा प्रतिष्ठानको ‘भाषा सङ्गोष्ठी’ (२०६७ पुस), २०६९ श्रावण २२ को मन्त्रीस्तरीय निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रद्वारा विद्यालयस्तरका नेपाली पाठ्यपुस्तकहरूमा लागू गरिएको ‘शैली पुस्तिका’ (२०६९) र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नवीनतम संस्करणका रूपमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ –

 

Continue reading


अहिलेको देशको आवश्यक्ता इच्छाशक्ति

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

देश संकटमा छ । सारा युवाहरु निरास छन् । दिनानुदिन अनेकौ सपना वोकेर विदेशी मरभुमीमा गइरहेका छन् । केहि समयमा नेपाल वुढावुढी र वालवच्चाको अर्थात अशक्तहरुको देश नवन्ला भन्न सकिन्न । अनि होला त देशको विकास ? देश सरकारले केहि गरीदिएन युवाहरुका लागी भन्ने उनिहरुको गुनासो छ । नेताहरु भने आफ्नै तालमा छन् । आफ्नै जीवन सींगारपटारमा व्यस्त छन् । जेनतेन संविधान वन्यो । तर जनताले सोचेजस्तो खुसी व्यक्त गर्न पाएनन् । भारतको अघोषित नाकावन्धिलाई झेल्नुपर्‍यो झन्दै ४ महिना । हरेक चिजको अभाव सृजना भयो । अभावकोमौका छोपेर कालोवजारी गरेर कोहि मालामाल वने तर देश भने दिनप्रतिदिन आर्थीक कारेवारमा घटिरह्यो । पीडा भएको घरको सम्पतिमा आखाँ लाग्यो ।

 

Continue reading


राम्ररी नियाल्दा सिक्किममा . . . . . 

 

Bikash, Basnet, Sikkim, विकास बस्ने, pallawa , पल्लव

विकास बस्ने

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ | यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ | त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ |

 

Continue reading


परदेशी मनको भावाना, आमा जमरा नउमार है !!

Chhabi, Lal, Sapkota, Ratamate, छबिलाल सापकोटा ‘रातामाटे’, pallawa, पल्लव

छबिलाल सापकोटा रातामाटे

जिबन् साह्रो परदेशको बाच्नै गाह्रो रहिछ्
खुशी खोज्ने जिबन् यहाँ दुखै दु:ख रहिछ
सगर छुने रहरैमा भए परदेशी
एक्लै भैयो आज याँ छोड्दा गाउँबेशी !!!!
आमा….!
आज जमरा राख्ने दिन ! हिजो झैँ आज पनि मलाई सम्झेर जमरा छर्दै हौली , तर आमा यो साल मेरो भाग जमरा नछर ! मनभरी चाहाना बोक्दा बोक्दै पनि बाध्यताले म आउन पाउदिन ! आमा …. रातो अबिरमा मेरो भाग टिका नमुछ्नु है यो साल , रहर हुदाहुदै पनि म लाउन पाउदिन !

 

Continue reading


फेसवुक

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड जस्तै भएको छ
फेसवुक एकै ठाँउमा रहेर हजारौँ सँग एकै चोटि वार्तालाप गर्न सकिने सञ्चार माध्याम नै सोसल मिडिया हो । यो एउटा यस्तो संचार माध्यम हो जसले छिटो छरीतो र धेरैलाई एकैचोटी सन्देश पुर्‍याउछ । यस अर्थमा भन्नुपर्दा सरल,सहज, सस्तो ,झन्झटवाट मुक्त, देशविदेश जहाँ रहेपनिसजिलै भेट्न सकिने, संसारका विविध गतिविधि वारे जानकारी दिने एक भरपर्दो माध्याम हो । अहिले शहर देखी गाँउका कुनाकाप्चा केन्दितको माध्याम समेत वनेको छ ।संसारमा सोसल मिडियाले धेरै अहम भुमिका खेलिरहेको छ । सोसल मिडिया टुलहरु हुन् फेसवुक, टुईटर, युटुब, लिंक्ड ईन, किकस्टार्टर, वोर्डप्रेस र यस्तै अरुसयौँ प्रविधिको आविस्कार समेत भैसकेको छ । फेसवुक अहिलेको चर्चीत र चिरपरीचितसोसल मिडियाको एक प्रविधि हो ।

Continue reading


समाज र तिमी

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

जीन्दगी त वन्दागोपी जस्तै
उसको तिम्रो मेरो विचारले यो समाजको निर्माण भएको छ । हरेकको आ–आफ्नै विचार छ, तर्क छ । जो जस्तो वातावरणमा जन्मेको छ उसले त्यहि सीकेको छ । जसले जे सीकेको छ, जे जानेको छ उसले अरुलाई त्यहि सीकाउने न हो । तिमी व्यर्थमा किन चित्त दुखाउछौ । तिमी अघि वढ्ने मानीस हौ । अघि वढ । जीवनमा आफुलाई जे सहि लाग्छ त्यहि गर किनकी जीवन स्वतन्त्र छ । जीवनमा केहि अमर काम गर्नुछ । जीवनको रहस्य आत्मसन्तुष्टि हो । हामी हरेक काम गर्छौ जव की त्यहाँवाट आत्म सन्तुष्टि मीलोस भनेर । जीवन यतिवेला सार्थक हुन्छ जतिवेला हामी आफ्ना काम वाट सन्तुष्ट हुन्छौ ।

 

Continue reading