शर्मिला श्रेष्ठका छन्दमा लेखिएका मुक्तकहरूः

Sharmila. Shrestha. शर्मिला श्रेष्ठ, pallawa, पल्लव

शर्मिला श्रेष्ठ,

विचरी अवला जिउछे कसरी
सबको वचनै पिउछे कसरी
सहनै नसकी सधवा तुलना
मुटुको तरणा सिउछे कसरी।

विवसै जिवनै रहने कसरी
रुनु थ्यो दिनकै सहने कसरी
नयनै भिजने खहरे सरिनै
झरना जलमा बहने कसरी।

 

Continue reading


श्रीराम श्रेष्ठका केही मुक्तकहरू

म जन्मेको भूमिको माटो प्यारो लाग्छ मलाई
नेपाली हुँ भन्ने सान र गर्व लाग्छ मलाई
परिश्रमको मुल फुटाउनुपर्छ कर्ममा
आफ्नो देश नै आफूभन्दा माथि लाग्छ मलाई ।

डरले कुण्ड भित्र मन बाँधेर बाँचेको छु
स्वार्थीहरु बीच नाटक खेल्दै जोगिएको छु
विशाल हाम्रो सुन्दर नेपालको बदनाम
तरबारको धारमा हुर्किएरै नाचेको छु ।

 

Continue reading


चंद रूबाईयाँ

Gopal, Ashk, गोपाल अब्क, pallawa, पल्लव

गोपाल अब्क

अलविदा करने की दोस्त बारी अब मेरी है
दुनिया से कुच करने की तैयारी अब मेरी है
रात सपने में आके मेरी खुशी मुझ से कह गई
अश्क तेरे साथ बहने की तरफदारी अब मेरी है

घर चलाने शहर आया, गाँव पीछे छूट गया
खेत खलिहान बागीचे से नाता मेरा टूट गया
जीवन भर मलाल रहेगा ,रोती रहेंगी आँखें
जिसकी ख़ातिर चोरी की वही मुझे लूट गया

 

Continue reading


डा. सक्सेनाका हिन्दी मुक्तकः

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

एक याद समाई है दिल में, जो आती- जाती रहती है |
जब चाहे कानों में आकर, हर बात तुम्हारी कहती है |
जब भी चाहूँ वह दूर रहे, कुछ और निकट आ जाती है,
यादों से हट बांहों में आ, हर रात सिसकती रहती है |

मलय सा हो गया हल्का, क्षितिज के पार चलता हूं |
छिड़क कर कामना सारी, तुम्हारे नेह का प्रतिकार करता हूं |
सृजन अब कर दिया हमने , नवल संसार का प्रियतम ,
अधिकतम जो दिया तुमने, मैं उस नेह का आभार करता हूँ |

 

Continue reading


उत्तराखण्ड के अनुपम सौन्दर्य

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

ऊंचे पहाड़ और ये, नदियों की घाटियाँ |
जुगनू की पंक्तियों सी सजी, शोख वादियाँ |
ये सब्ज देवदार के, जंगल हसीन-तर,
कितने हैं खुशनसीब, यहाँ जिनके आशियाँ |

हसीनों की जुल्फे-खम सी बनी है सडक यहाँ |
हर मोड़ पर उपलब्ध है, कॉफ़ी कडक यहाँ |
है किस कदर हसीन सा मौसम यहाँ पे यार,
सादा तो है मगर है, मनों की तडक यहाँ |

 

Continue reading


डा. राज सक्सेनाका हिन्दी मुक्तक

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

है शिद्दत प्यास की कितनी, इसे घायल ही समझेगा ?
मुसलसल वस्ल का हम पर, कभी बादल भी बरसेगा ?
मेरे लब ने तुम्हारे लब पे, जो लिक्खीं थीं कुछ गजलें,
उन्हें बस ‘राज’ जैसा एक, कोई पागल ही समझेगा |

रखते हैं कदम आगे, जब पथ को सरल पाएँ |
मंजिल से भटककर वो, कुछ दूर निकल जाएँ |
तकलीफ भरी राहें, पंहुचाती है मंजिल तक, –
बेमन से जो चलते हैं, पल ही में फिसल जाएँ |

 

Continue reading


अजय श्रीवास्तव “अश्क” का हिन्दी मुक्तकः

अजय श्रीवास्तव "अश्क"

अजय श्रीवास्तव “अश्क”

खुशनुमा ये मेरी जिन्दगी देखकर।
सब परीशां हैं मेरी खुशी देखकर।।
दूर मुझसे अंधेरे हुए किस तरह।
है ये चर्चा यहाँ रोशनी देखकर।।

तबीयत है अगर नाशाद तो नाशाद रहने दो।
मेरे खातिर गमों के धूप को आबाद रहने दो।
तुम्हें दौलत कि है ख्वाहिश मगर है इल्तिजा मेरी।
हमारे सर पे केवल माँ का आशीर्वाद रहने दो।।

 

Continue reading


राज सक्सेनाका हिन्दी मुक्तक

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

तेरे दम से ये मैखाना, जवाँ होता है हो साकी |
अभी तो होश बाकी है, इसे खोना है खो साकी |
जगह आगोश मे देकर , लगादे मुंह से सागर को,
मुकद्दर में लिखी जितनी, पिलादे आज वो साकी |

है पूनम चाँद सा आनन, अदा हर एक सुहानी है |
ढला हर अंग सांचे में, अलग सब से दिवानी है |
रचा रति ने स्वयं निज सा, कई दिवसों की फुर्सत में,
दिलों पर ‘राज’ करने को, बनाई ‘राज रानी’ है |

 

Continue reading


जयदेवका छन्दात्मक मुक्तकहरूः

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्द : स्रग्धरा
सानाले कीर्ति राखे अथक लगनले, लौ थुँगा झिक्न थाल
पैसामा बिक्न छाडी कुशल श्रम गरी गर्वले टिक्न थाल
माटोको मूल्य के हो सुझबुझ गर यो जन्मको अर्थ के हो
हे ठूला मूर्ख मान्छे,अब त अति भयो लाजले सिक्न थाल !

घाँटी,जिब्रो नचल्दा मधुर किसिमले गीत गाइन्न नानी
एकोहोरो नशाको असफल बलले प्रीत लाइन्न नानी
ठूलासाना सबैका गुणअवगुण वा हुन्छ अस्तित्व जानौं
घोकेको शास्त्र पढ्दै फकिरसरि डुली मोक्ष पाइन्न नानी ।।

 

Continue reading


जयदेवका केही छन्दात्मक मुक्तकहरूः

Jayadev, Gobinda,जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्द : तोटक
मनमात्र त्यसै बहकिन्छ प्रभु
किन भाग्य सधैँ विष दिन्छ प्रभु
दिन-मास हुँदै युग वृद्ध भयो
विधि यो कहिले बदलिन्छ प्रभु ?

छन्द : वसन्ततिलका
बन्धुत्वमा जहर-वृक्ष, बियाँ नछर्नू
भित्तो अभद्र, नमिठा गफले नभर्नू
यो छन्दमै मन भुलेछ विलाप पोख्तै
“पाखण्ड थुक्क तँ !” भनेर घृणा नगर्नू !

 

Continue reading


जयदेव गोविन्दका केही छन्दात्मक मुक्तक

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्द : दुर्मिला, अक्षर : चौबीस सूत्रः (IIS x ८)
सबमा रसिलो सहभाव घटी, रण नै रण यो घनघोर भयो
पदको, धनको अति लालसले, घर नै थुनिने पशु-खोर भयो
धमिलो लयमा मत चल्न गए, कुन शासन निर्मल हुन्छ हरे !
नमिठो मतभेद, विभाजनले, युगको गति नै कमजोर भयो ।।

छन्दः इन्दवज्रा SSI SSI ISI SS
को हुन्छ ज्योतिर्मय घाम जस्तै
को मान्छ आत्मा शुभ धाम जस्तै
जो गर्छ सेवा अति वेदनामा
ऊ बन्छ द्यौता शिव-राम जस्तै ।।

 

Continue reading


अकन एकलका मुक्तकहरूः

Aman, Eakal, Rasuwa, अमन एकल, pallawa,  पल्लव

अमन एकल

यो समयले कोल्टे फेर्यो तिमी परिबर्तन भयौ
यता दिन दशाले घेर्यो तिमी परिबर्तन भयौ
स्वार्थमा लिप्त रह्यौ गर्यौ बिक्री पबित्र प्रेम
नियतिले मेरो गला बेर्यो तिमी परिबर्तन भयौ

रेटेपछी गला बोलाउनुको अर्थ के ?
तोडेपछी नाता टोलाउनुको अर्थ के ?
सम्बन्धमा जहर घोली नेटो काटेर
जिलाएसी प्रीति डोलाउनुको अर्थ के ?

 

Continue reading


जयदेव गोविन्दका छन्दात्मक मुक्तकः

 

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्दः पदुर्मिला 112 112 112 112 112 112 112 112, अक्षर सङ्ख्या : 24
लिप-पोत, सिँगार गरी नबसे, सह घट्छ छिटै घर-आँगनको
शुभ-शासनको विधिमा नचले जित हुन्छ सधैं खल-दुर्जनको
अरुकै भरमा दिन बित्छ भने यश लिन्छ कहाँ कुन मानिसले ?
अहिले नगरे शुभ-कर्म नयाँ, भर हुन्न भरे यस जीवनको ।।

छन्दः पञ्चचामर, ISIS x ४
नफर्कने नदी-सरी बनेर बग्छ जिन्दगी
थकानमा, अभावमा झुकेर डग्छ जिन्दगी
न गर्छ सृष्टि सीपले न गर्छ याद फैलिने
उदेकमा, विलापमा लुकेर ठग्छ जिन्दगी !!

 

Continue reading


राम गैरेका केही मुक्तकहरू

Ram, Gaire, राम गैरे, pallawa, पल्लव

राम गैरे

संघियताले गन्तव्य टुट्न सक्छ
जनताको सम्बिधान छुट्न सक्छ
समय कता ढल्किन्छ बुझ्नु पर्छ
स्वार्थले नाम मुलुकको लुट्न सक्छ

चिन्तनकै बल्ले प्रकास हाल्न हिड दाजु भाइ
शोषणको चल्ती चलन फाल्न हिड दाजु भाइ
आफुले अर्काको मनमा फुल फुलाउनै पर्छ
सत्ते कदममा कदम चाल्न हिड दाजु भाइ

 

Continue reading


शान्तिका केही मुक्तकहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

मन भित्र खुसी छैन व्यर्थैको यो मुस्कान किन ।
फूल बिना रित्तो रित्तो बनाउछौ बगान किन ।।
नआउ मेरो सामु कोही एकान्त नै लाग्छ प्यारो ।
एकान्तको सोचाईले यति धेरै थकान किन ।।

साउनमा उर्लिएको भेल भो जिन्दगी ।
अपराधि राख्ने ठुलै जेल भो जिन्दगी ।।
जहिले नी पराईको ईसारामा नाच्दा ।
बेसुरमा खेलिएको खेल भो जिन्दगी ।।

 

Continue reading


लक्ष्मीका केही मुक्तक :

Laxmi, Pandey, Deepika, लक्ष्मी पाण्डे ‘दीपिका ’ , pallawa पल्लव

लक्ष्मी पाण्डे ‘दीपिका ’

आँशुहरु नपोखिने आँखा भए हुन्थ्यो
डाँफे जस्तै रमाउने भाखा भए हुन्थ्यो
फेरिन्थे होलान यी दुखका खातहरु
चरी झैं बिरह पोख्ने पाखा भए हुन्थ्यो ।।

गृहस्थी सम्हाल्ने ठेक्का नि नारीलाई मात्र
दश तिरको हेक्का पनि नारीलाई मात्र
कमाएर ल्याउँदैमा घरवार चल्दैन
सामन्ती सोंचको धक्का नि नारीलाई मात्र ।।

 

Continue reading


लक्ष्मण लामिछानेका मुक्तकहरूः

Laxman, Lamichhane,लक्ष्मण लामिछाने, pallawa, पल्लव

लक्ष्मण लामिछाने

हाम्रो गाउँ घरको आँगन फेरिएन।
गरिब निमुखा वर्गको जीवन फेरिएन।।
संविधान बन्यो उहि पुरानो तरिकाले,
राजा फेरियो तर शासन फेरिएन।।

मिठो बचनले यो दिलमा घोच्यौ किन?
म सगको सम्बन्ध फेरि खोज्यौ किन??
देउता सम्झि पुज्दै थिए त्यो मन्दिरमा,
तर तिमीले अर्को पुजारि रोज्यौ किन??

 

Continue reading


अनिताका केही मुक्तकीय टुक्राहरू

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

तिमी त्यहाँ एक्लै थियौ,म यहाँ एक्लै प्रिय !
तिम्रो हाल बेग्लै थियो ,मेरो माहोल बेग्लै प्रिय !
एसलाई पनि जीवनको सुखद क्षेण माने मैले,
म त तिमीसंगै थिए टाढा थिइन कहिल्यै प्रिय !

खुशी साथ मान्नु यो सालको दशैं म आउन पाइन
निधारमा टिका, शिरमा जमरा लगाउन पाइन
सपनीमा आई भन्दै थेउ मलाई टाढा छु पियारी
बल्झियो बेथा ऐया र आथा कोही छैनन् अगाडी

 

Continue reading


दिनेशका केही मुक्तकहरूः

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

खोजेको थें शान्ति आवास मेरै देश भित्र ।।
भेटे मैले क्रान्ति आयास मेरै देश भित्र ।।
मन्को आँखा खोली हेरे अझै के के हुने हो
देख्छौ अनेक भ्रान्ति आभास मेरै देश भित्र ।।

पैसा रहेछ ठूलो यसैमा अल्झिन्छ मान्छे ।।
दासी बनेर ज्यूँदै बसैमा अल्झिन्छ मान्छे ।।
झेली रहेछ द्योता बिसाएँ बिन्ती अनेक
ढुङ्गा पुजेर कैल्ये कसैमा अल्झिन्छ मान्छे ।।

 

Continue reading


मुक्तकीय कविता

Mukunda, Sharan, Upadhyaya, मुकुन्द शरण उपाध्याय, pallawa, पल्लव

मुकुन्द शरण उपाध्याय

सभा हुन्छन् कुरा सुन्न छेउ मै बसिदिन्छु म
अयोग्य व्यक्ति कै पूजा गरियोस् हेरिदिन्छु म
तर विद्रोह को आगो म चाहन्न जगाउन
मै उफ्रे कसरी बांच्ला नेपानी अनुशासन ?

म पात हूँ झरे हुन्छ बगैंचा सप्रियो भने
म थोपो हूँ सुके हुन्छ समुद्र भरियो भने
म धूलो हूँ उडे हुन्छ धर्ती स्थिर भयो भने
म व्यक्ति बिग्रिए हुन्छ मेरो देश बन्यो भने

 

Continue reading