रथाधिकार

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

धेरै भो मनमा विषक्त पिर यो तोडेर फ्याकौँ कहाँ ?
बोलीमा सिमितै हुँदैन कहल्यै च्यातेर हेरौँ यहाँ ।
नारी हुन् जननी डटेर मनमा सन्तानकै खातिर
छातीमा जहिल्यै भरेर ममता सिङ्गार्द छिन् त्यै घर ।।

भोकायो बबुरो भनेर तनमा च्यापेर छाती भरी
बाडेरै ममता सकिन्न उनको मातृत्व नै क्यै गरी ।
नारी पौरुषकै समान घर हो नारा अनर्थै भयो
बोक्सीकै अझ पेचिला बचनले आगो यहाँ सल्कियो ।।

 

Continue reading


बहरबद्ध गजल

Prajash, Pathak, Yogy, Yogee, Yogi, प्रकास पाठक योगी , pallawa, पल्लव

प्रकास पाठक योगी

छ वा छैन माया भनौं है खुसुक्कै
निदाएँछु लौ है म आजै भुसुक्कै ।

समीपै नआऊ म धेरै लजाएँ
नजरले त डाक्यौ म आएँ लुसुक्कै ।

कहाँबाट आयौ तिमी खुल्दुली भो
नबोली नजीकै बसेथ्यौ टुसुक्कै ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

आयो विचित्रको यो कस्तो जमाना आयो
जसले इमान बेच्यो उसले इनाम पायो ।

बागडोरको महत्त्व जसलाई थाहा छैन
सारथि भए उनी नै कस्तो विडम्बना यो ।

ज्याला मिलेन भन्दै ज्यामीहरू कराए
मालिक सुनेर नसुनेजस्तो गरी निदायो ।

 

Continue reading


ख्याम चम्लागाईका जोर गजल

Honey, Khyam, Nishan, Bhattarai, ख्याम निशान भट्टराई, pallawa, पल्लव

ख्याम निशान भट्टराई

(ख्याम चम्लागाई)

गजल– १,
कहिले हार कहिले जित हो जिन्दगी
जन्म पछि मृत्यु हुने रित हो जिन्दगी

कहिले सुख कहिले दुखले चलिरहने
हासो रोदन दुबैको गित हो जिन्दगी

काल नआए सम्म बाच्नै पर्ने आएपछि
घाममा बिलाई जाने सित हो जिन्दगी

 

Continue reading


गजल

Shree, Bhakta, Paudel, Aafanta, श्रीभक्त पौडेल "आफ़न्त" , pallawa, पल्लव

श्रीभक्त पौडेल “आफ़न्त”

दिन्छ्यौ भने सितल बतास, भो हुरी चाहिएन
जुनी जुनिका साथमा हात, भो चुरी चाहिएन !!

धेरै सहें प्रहारहरू मैले, ताकत सकिए मेरा
मुस्कान देऊ बचन रूपि, भो छुरी चाहिएन !!

के गर्नु ??रित्ता महल मात्र, एकान्तमा तर्साउँछ
अंगालोको छहारी काफी छ, भो धुरी चाहिएन !!

 

Continue reading


बहरबद्ध “गजल”

ganesh, atreya, गणेश अत्रिय, pallawa.

गणेश अत्रिय

तागत्, कमाइ,स्वास्थ्य; ताला भयो हरायो
रोगी,अभाव,दु:ख; माला भयो रजायो ।

शौन्दर्य,हृष्ट,पुष्ट; साथी सँगी हराए
आरोप,दोष,शोक; साला भयो रमायो ।

पैसा,छिमेक,आफ्ना ; आफन्त,मित्र भागे
टाढा भए हितैषी; काला भयो डरायो ।

 

Continue reading


प्रकाश मगर सम्झनाका जोर गजल

Prakash, Magar, Samjhana, प्रकाश मगर ‘सम्झना’, pallawa, पल्लव

प्रकाश मगर ‘सम्झना’

गजल– १,
हाम्रो मायाको कहानी बुझ्दैनन् तिम्रा बाबाले
हाम्लाई देख्दा रिसाई जानू हुन्छ तिम्रो आमाले

कति ठुलो हुदो रहेछ धन पैसा आजभोलि हेर
दिन रात रोएरै बित्यो कठै हेर्छन् मलाई साराले

जब तिमीले मेरो साथ पायौं खुशी थियौ सधै
आज हेर्छन् हामीलाई यी दुश्मनका आँखाले

 

Continue reading


जयदेव गोविन्दका एकजोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

सर्जक र अभिमान
हर किसिम रचेथे व्यासले नै पुराण
उपनिषद बनेथे धर्म गर्दै बयान
गहनतम तिनैमा भाव आए विशेष
अब नव रचनामा लेख्नु नै के छ शेष ?

परहित शुभ वाणी शास्त्रको मूल मर्म
कपट र परपीडा, वञ्चना पापकर्म
जति थपघट लेख्यो काव्यको सार एकै
कलम जति घुमायो भाव सञ्चार एकै !!

 

Continue reading


गैँडालाईे गरेको स्वागत

Dwarika, Nepal, द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

संस्मरण
गैँडा नेपालको शान हो । यही गैँडाको वासस्थानका कारण चितवनको सौराहा, मेघौली, टाइगर टप्स लगायतका स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विश्वले चिन्ने गरेको छ । अझ सौराहाले आफूलाई नेपालकै तेस्रो पर्यटकीय क्षेत्रको परिचयसहित उभ्याएको छ । सौराहामा खुलेका सयौँ साना तथा ठूला होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायको आधार गैँडाको उपस्थितिसँग जोडिएको छ । गैँडा हुँदैनथ्यो भने सौराहा आदिवासी थारुहरूको वासस्थानको परिचयमा सीमित हुन्थ्यो होला ।

 

Continue reading


शान्तिका केही मुक्तकहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

,शान्ति अधिकारी

समयले हेर मलाई हाँस्न सिकायो ।
मरुँ मरुँ झै लाग्दानी बाँच्न सिकायो ।।
सिकाउदा सिकाउदै यती सिकायो ।
हिजो आज आफै सगँ ढाट्न सिकायो ।।

सकिदैन आफ्ना तर्के मुटु भित्र बसाउन ।
न सकिन्छ तिन्कै लागि दुनिया यो हँसाउन ।।
एकोहोरो रोटि हजुर कहाँ पाक्छ डढी जान्छ ।
हुँदै हुन्न स्वार्थि सम्झि व्यथै आँशु खसाउन ।।

 

Continue reading


गजल

Upendra, Pagal, Basnet, उपेन्द्र पागल बस्नेत , pallawa, पल्लव

उपेन्द्र पागल

तिमी थियौ र पो मेरो माया अडिने ठाउँ पाएको थिएँ
आफ्नै देखायौ परेलीमा र पो तिमी तिरै धाएको थिएँ ।

हृदय बुझेर मन नदिने कति कठोर रहिछौ तिमी !!
तिमीलाई नजिक सम्झेर कसम पनि खाएको थिएँ ।

गम्भिरताको आवरण भित्रको आकर्षणले चुम्बीएर
तिर्मिरिएको मनलाई तिमीमा नै सम्हाल्न पाएको थिएँ ।

 

Continue reading


प्राकृत संवाद (भाग: दुई)

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

हात्तीका शिरमा बसेर भुसुना हल्ला गरी जिस्किए
“फुक्ने छौं गजराज ! तिर्र मुरली ती सूँढ सित्तैं दिए”
बोले कुञ्जर “मूर्ख लट्ठु भुसुना ! यी सूँढ थाम्छन् मुरी
छन् तिम्रा परमाणुतुल्य थुतुना ! के फुक्तछौ बाँसुरी ?”

राम्रा पुष्प चुमीचुमी भ्रमरका जत्था बसे जिस्किन
“देओ मिष्ठ सुवास हे कुसुम हो ! छौं व्यग्र माया दिन”
बोले पुष्प “नशा भुली भ्रमर हो ! आत्मीयता ल्याउनू
तिम्रा प्रेम पवित्र छन् यदि भने वार्द्धक्यमा आउनू !”

 

Continue reading


अप्रिल फुल

Sumi, Paudel, सुमि पौडेल , pallawa, पल्लव

सुमि पौडेल

सुवाश
सन्ध्या सुवाशलाई असाध्यै मन पराउथी। धेरै माया गर्थी ।उसले सुवाश संग मन का कुरा कहिल्यै राखिन । सुवाश पनि सन्ध्यालाई धेरै माया गर्थ्यो। उनिहरु फोनमा गफ गरिरहन्थे। एउटै कलेज क्लासमा पनि संगै बस्ने गर्थे। सन्ध्या पढाइमा अलि अघि थि। एकदिन को कुरो हो सन्ध्या पढ्नको लागि अस्ट्रेलिया जाने कुरा गर्छे। अनि यो कुरा सुवाशलाइ कसरी भन्नू आट गर्नै सकेकी थिइन। अर्को दिन फोन गरेर सुवाश म पढ्नको लागि अष्ट्रेलिया जाने भए भन्न नपाउदै भक्कानिएर रुन्छे।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

घोचेर घाउ पार्ने गर्छन् सबै छुराले
चोटै नलाई दुख्ने पार्छन् कुनै कुराले

नेपालमै म जन्मे नेपालकै छु हिस्सा
आभास गर्छ कैले डोल्पा र बाजुराले ?

कर्तव्य भुल्छ नेता, बिर्सन्छ पूर्व वाचा
सत्ता र सुन्दरी झैॅ तान्यो भने सुराले

 

Continue reading



नेपाल वेहाल भो

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

भित्रन्छन् जति खाद्य इन्धनहरू नेपालमा वर्षमा ।
त्यस्को दोवर भित्रदैछ गतिला मोवाइलै देशमा ।।
के को गिर्छ भनौँ म आर्थिक सुची बढ्दैछ झन्झन् सुख ।
खाना चल्दछ रेष्टुरा तिर सधै घर्को चुलो बन्दछ ।।

भाग्यो मादल मारुनी विलय भो डिस्को चलेको अति ।
छोटा बस्त्र गरेर धारण यहा नाङ्गिन्छ मान्छे कति ।।
सारा देवथलै उजाड गरिए गुम्वा गुफा मासिए ।
पुर्ख्यौली सर संस्कृती पर भए नौला नयाँ भित्रिए ।।

 

Continue reading


गजल

Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

घमन्ड नै कति गर्छौ मरिजान पर्छ
जस्तो सुवास् छर्छ फुल, झरिजान पर्छ ।

जति गर्छो पाप–पुण्य आखिरमा तिमी
त्यही कालको मुखमा, परिजान पर्छ ।

छुपेको छ अपराध, भन्दै ढुक्क किन ?
त्यही भर्ने माना–पाथी, भरिजान पर्छ ।

 

Continue reading


फुस्रा पात

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

भीरमा उम्रिएको बिरुवा हुँ
फुस्रा पात छन् मेरा !

चिल्ला पात भएका
अग्ला रुखहरू सुन !
समथर मैदानमा उम्रिएका
पारिलो चौतारीमा रोपिएका
आँगनको मठमा पुजिएका
धातुको गमलामा सजिएका
घरको बगैँचामा गोडिएका
मालीको स्याहार पुगेका
तरुण वृक्षहरू सुन !

म त ढुङ्गाको कापमा उम्रिएछु !
उजाड बगरमा उम्रिएछु !

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

शिला खोजि देउता भेटियो मजा भैदियो
भयौ अंधकार रातमा दियो मजा भैदियो ।

थियो मन निठुर,पत्थर नपग्लिने रै छ झैं,
तिमी के गरीदियौ?पग्लियो मजा भैदियो ।

सधै हुन्नहुन्न भन्थिन छुपाइ ईच्छाहरू,
फकाएर आज अंगालियो मजा भैदियो ।

 

Continue reading


‘नियति’

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

चिल्लो केराको थाम
अँगालीरहें,अँगालीरहें
घाम चरक्क चर्केदेखि नै
क्षणिक शीतल/मुलायम
घाम ढल्किंदा पनि मुलायम
अनि , सधैं
सर्दी लागिरह्यो
म अँगालीरहें ।
तातेको तेल वा घिउ
भुटुन हो घरव्यवहार
पानीका छिटा पर्दा
पड्कीरह्यो ,पड्कीरह्यो
छेउमै बस्न बाध्य भएको म
पिल्सीरहें ,पिल्सीरहें ।

 

Continue reading