भाइ लाई दिदि को पत्र

Tirsana, sapkota, तृष्णा सापकोटा, pallawa, पल्लव

तृष्णा सापकोटा

प्यारो भाइ असीम सम्झना!
अनि शुभ आशिर्बाद,
सन्चै छौ अनि आराम छौ होला भन्ने शुभेक्षा छ। आजका दिनसम्म त शायद भगवानको कृपाले तिमीलाई कुशल नै होला। खै कहाँबाट शुरु गरौ मनभरी अनेकौ तुनाहरू छन। कहाँबाट खोलौं मनका गाँठाहरु । हिजो जस्तै लाग्थ्यो तिमी अनि म संगसँगै यौटै आँगनीमा लुकामारी खेलेको,गोटीचाली खेल्दाखेल्दै झमक्क रात पर्दासम्म घर फर्कने पत्तै नपाएको ।

 

Continue reading


“अरबको जेलबाट आमालाई पत्र”

Aman, Eakal, अमन एकल, pallawa, पल्लव

अमन एकल

पुजनिय आमा , सेवा ढोग !!
थाह छैन यो पत्रको सुरुवात हो या अन्त्य यति बुझेको छु आज मैले लेख्नै पर्छ र भन्नैपर्छ केही समय देखि मैले भोगिरहेको यो मनमा छुपाईराखेको यौटा तितो सत्यको उजागर गर्नैपर्छ नत्र अर्को अवसर मिल्नेछैन ।
जीवनमा आमा शब्दले धेरै महत्त्व राख्दोरहेछ त्यसैले होला जीवनको एउटा महत्त्वपूर्ण पल आमा म हजुरलाई नै।सम्झिईरहेको छु !

 

Continue reading


डियर जनवरी १४,

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

मुटुभरिको माया
पुसको जाडोमा कठाङ्गिदै बसेको थिए।पारिलो घाम बनेर तिमीले मेरो काख न्यानो,सुनौलो बनायौ।अर्को कर्तव्यको जिम्मेवारी थप्यौ।के म यो दिन बिर्सन सक्छु र?डियर १४, तिमीले भने झै कठोर छु बाहिर चट्टान झै तर मनभित्र तिम्रो सम्झनाहरु छरपस्ट छिरल्लिएर जसरी सिमलको भुवा पट्-पट् फुटेर चउर भरी छरिए सरि सल्बलाइरहेका छन्।हो, तिमीले मलाई बिश्वास गरेर कृतिमा मेरो पोल्टामा हालिदियौ।माफ गर डियर १४, रहर,बाध्यता या परिस्थिति जे पनि हुन सक्छ समयले हामीलाई अलग बनाएपनि हरेक सेकेन्ड-सेकेन्ड कृतिमालाई मनमा सजाएर उसैको भबिस्य खोज्न मेरा हजारौ रहर बलिदान गरेर यो परदेशमा भौतारिदै छु।जे होस् ,डियर १४,तिमी मेरो सदैब प्रीय छौ।म तिम्रो गुण तिर्न त सक्दिन तर म तिम्रो माया प्रति सदा सदा ऋणी छु।

 

Continue reading


परदेशी मनको भावाना, आमा जमरा नउमार है !!

Chhabi, Lal, Sapkota, Ratamate, छबिलाल सापकोटा ‘रातामाटे’, pallawa, पल्लव

छबिलाल सापकोटा रातामाटे

जिबन् साह्रो परदेशको बाच्नै गाह्रो रहिछ्
खुशी खोज्ने जिबन् यहाँ दुखै दु:ख रहिछ
सगर छुने रहरैमा भए परदेशी
एक्लै भैयो आज याँ छोड्दा गाउँबेशी !!!!
आमा….!
आज जमरा राख्ने दिन ! हिजो झैँ आज पनि मलाई सम्झेर जमरा छर्दै हौली , तर आमा यो साल मेरो भाग जमरा नछर ! मनभरी चाहाना बोक्दा बोक्दै पनि बाध्यताले म आउन पाउदिन ! आमा …. रातो अबिरमा मेरो भाग टिका नमुछ्नु है यो साल , रहर हुदाहुदै पनि म लाउन पाउदिन !

 

Continue reading


नलेखेको टिका र तिहारे बर्षा

Chhabi.jpeg,छबिलाल सापकोटा रातामाटे, pallawa, पल्लव

छबिलाल सापकोटा रातामाटे

मेरी प्यारी दिदीबहिनी , हरेक साल झैँ यो साल पनि तिम्रा आँगन र छतका गमलाहरुमा मखमली र सयपत्री फक्रि सकेका कुरा दिनभरको तिम्रो सम्झना र रातभरको सपनिले जानकारी दिइरहेका हुन्छन | तिम्रो फुलबारीमा फुलेका मखमली र सयपत्री फूलका थुङ्गाले बिपनिका मेरा दिपावली सझिन नपाए पनि हरेक सालमा आउने यिनै सिजनका सपनाहरुमा म सधै सझिएको देख्छु | मेरा अधरमा इन्द्रेणी चम्किएको देख्छु | गलामा यिनै थुङ्गाहरुले मेरा सपनीमा जितको खुशियाली मनाएको देख्छु | तिमि हरेक बर्ष यसै गरि फुल फ़ुलाउछेउ | मनभरी दाजु भाईलाई सझाएर फूलका बिरुवा रोप्छेउ | आँखा भरि दाजुभाईको दृश्यलाई कैद गराउदै फूललाई हुर्काउछेउ |

 

Continue reading


मातृभूमिबाट कोही पर भएको हुदैन

 

Sahara, Rana, साहारा राना , pallawa, पल्लव

साहारा राना

धेरै घोचेर नभन्नुस, मित्रहरु !
यहाँ रहरले कोही पनि विदेशिएको हुँदैन
सक्नु हुन्छ भने यसको कारण खोजिदिनुस,
त्यत्तिकै त मातृभूमिबाट कोही पर भएको हुदैन ।

हामीले आमाको काख र प्रियको साथ् छोडेकाछौं,
छुनेमुने लालाबालाको अमूल्य माया त्यागेकाछौं
आत्मीयताको न्यानो सहवासबाट बिछोडिएकाछौं
मुटु र मायालाई देशमै छोडेर विदेशिएका हौँ ।

 

Continue reading


वैनीको चिठ्ठी

Suman, Dangal, सुमन दङ्गाल, pallawa , पल्लव

सुमन दङ्गाल

आदरणिय दाजु
नमस्कार,
कहाँबाट कुन सम्बोधनको शब्द ल्याएर
यहाँ राख्दा उपयुक्त हुन्छ म अन्योलमा छु ।
हुन त दाई मात्र भनेर खुम्चिएर रहन
पनि सक्दिन
मेरो अभिभावक, गुरु, साथी, दिदी, बैनी जे
भनेपनि हजुर नै हूनुहुन्थ्यो सानै
देखि हुर्काउनुभयो, पढाउनुभयो, म हिड्ने
प्रत्येक पाईलामा खुशी बिच्छाईदिनु भो,
मेरा हरेक
चाहाना पुर्याउने प्रयत्न गर्नुभयो ।

 

Continue reading


दाजुभाईलाई चिट्ठी . . . . .

Sita, Bista, Karki, सिता विष्ट (कार्की), pallawa, पल्लव

सिता विष्ट (कार्की),

शिसिर रितुको आँगनमा बसेर आज म
तिमीहरुलाई निमन्त्रणा कार्ड पठाउदै छु
मेरो निमन्त्र्णा स्विकार गरेर आए है मेरा दाजुभाईहरु
म पर्खि बस्ने छु तिमीहरु आउने बाटाहरु हेर्दै
त्यसैले
शुभयात्रा छ तिमीहरुलाई
तिमीहरु आउने बाटाहरुलाई
यि मेरा ममताका अक्षेरहरु तिम्रा बाटभरी छरेकी छु
आए है जसरी पनि
सयपत्री र मखमलिको फूलहरु कती धेरै फूलेका छन मेरा फूलबारिहरुमा
टिप्दै छु ढकियाभरी ति फूलहरुलाई
अब माला पनि उन्दै छु  .

 

Continue reading


चिठ्ठी प्राप्तिलाई

Atit, Mukhiya, अतित मुखिया, pallawa, पल्लव

अतित मुखिया

पृय प्राप्ति,
अतिक्रमण गरेर आफ्नै मनको मझेरी
आंसुका डोबमा हांसो पहिल्याउदै
खुसीको ढुकुटी खोज्ने प्रयास
नगरेको त काहा हो र ?
बाँधहालेर मनका विचलनहरुमा
धैर्यको घाउ सुम्सुमाउदै
पीडाको मूल थुन्ने कोशिश
नगरेको त काहा हो र ?

 

Continue reading


अमरको पत्र गौरवलाई . . . . .

Indreni, Mohan, Sharma, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

पत्रात्मक कथा
आज म सम्झिन्छु , त्यों बिगत मेरो सामू चलचित्र जस्तै लाग्छ / जीवनका परिबेश बदलिन्छ
अमरले लेखेका पत्रहरूले मलाई अझै झस्काउछ्न / मेरो अति नै मिल्दो साथी हो ऊ , मेरा
कुरालाई कहिल्यै नाइनास्ति गरेन /मेरा केटीसाथी बारेमा खुबै जिस्काउथ्यो र भन्थ्यो ,
´´हेर गौरव !तं कस्ती युवती मनपराउस ? हेर त्यो युवतीले तेरो बारेमा सपना मात्र देखेर
हुन्न तलाई धोका नदेओस उसलाई प्रेम गर ´´
´´हुन्छ यार´´ मैले भने

 

Continue reading


प्रेम जीवन मात्र हैन मृत्यु पनि

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

प्रिय मित्र,
कान हुनेसँग शब्द सुनाइन्छ, मन हुनेसँग मन साटिन्छ । अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निर्रथक शब्दहरूको लहर बनाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू फैलाउँदै छु । एक छोरी र एक छोराले घेरिएकी, काखमा तिम्रो अनुहार हर्ेन नपाएको गर्भे टुहुरो छोरालाई लिएकी, रूञ्चे र श्वेत वस्त्रमा प्रस्तुत भएकी, बेल्टारको कुनै घरको आँगन पोलेर भित्र्याएकी त्रि्री धर्म पत्नीको दिनचर्या केवल घाम ताप्नुछ, त्रि्रै यादमा आँसु बगाउनुछ र पछुतोका शब्दहरू जोडेर एक्लै, एक्लै बरबराउनुछ ।

 

Continue reading


पत्र एकः प्रसङ्ग अनेक

 

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

प्रिय विनोद,
अटुट सम्झना !

 यता हामी स-परिवार कुसलमङ्गल छौँ । त्यता तिमी पनि कुसल छौँ र कुसलताका साथ दैनिक जीवनचर्या चलाइरहेका छौ भन्ने कुरामा विश्वस्त हुँदै पत्र लेख्न बसेको छु । निश्चय नै यस पत्रले लामो आयाम लिन सक्छ, धर्ैयतापर्ूवक पढेर प्रतिउत्तर लेख्ने छौ भन्ने आशामा छु । साथै, यसै पत्रमा अर्को पत्र गाँसिएर आउन सक्छ । अर्कै प्रसङ्ग समेत घुस्न सक्छ । त्यसलाई पढेर पनि तिमीमा एक किसिमको चेतना आउनेछ र गन्दे विगतलाई फ्यालेर नयाँ ऊर्जा प्राप्त हुनेछ भन्ने आश छ । अचेल त्रि्रा बारेमा अझ थपिएको छ चिन्ता । शङ्का छ, यत्रतत्र, र्सवत्र । कतै चिन्तामा परेको छ कि ! रोइरहेको छ कि ! भोकै परेको छ कि  ! शोकमा डुबेको छ कि ! कर्तव्य पथबाट चुक्दै छ कि ! घरपरिवार समझेर आफ्नो जीवनलाई धिकार्दै छ कि ! रहरलाई तिलाञ्जली दिएर वाध्यताको शिकार हुनु पर्दा असहजताको महसुस गर्दै छ कि ! जीवनको अध्याय यसै गरी पल्टाइरहनु पर्ला कि भन्ठान्दै छ कि !

Continue reading


“संजना खड्कालाई एक पत्र “

Sharada,Pathak, Kharel, शारदा खरेल (पाठक ) , pallawa

शारदा खरेल (पाठक )

प्रीय संजना
शुभाशिष !!!!!
आराम रही आरामताको काममा गर्दछु | नेपालबाट यो अपरिचित दिदीले लेखेको पत्र सहर्ष स्वीकार गर्नेछौ भन्ने विस्वासमा छु |
उच्च शिक्षा हाँसिल गर्न बिदेशी भूमिमा पुगेकी चेलीको प्रगति प्रति राष्टले गौरब गर्न पर्ने हो | फेशबुकमा साथी भाई संग आफ्नो विचार आदान प्रदान गर्न पनि कठिनाई भोगेर लुकेकी बहिनीलाई यस्तै यस्तै गुनासो पोखेर एउटा पत्र लेख्ने जमर्को गरें | बहिनी तिम्रो र मेरो उमेर सायद डबलको नै फरक होला तिमी बिबाह नभएकी केटि हौली म बिबाह भाई सकेर छोरा छोरी हुर्की सकेकी आमा हुँ |

Continue reading


चर्चाः यौन विश्लेषणका

Kalanidhi, Dahal, कलानिधी दाहाल, pallawa,

कलानिधी दाहाल

परिचित मित्र गोर्खे साइँलो !
न्यानो अभिवादन ।
फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो – त्यो पनि कोसेलीस्वरूप । माग्दा नपाइने जमानामा कहिलेकाहीँ नमागी पाएको चीज पनि अभिशाप बन्दोरहेछ । आरामले थन्किरहेका हातहरू फेरि गोर्खे साइँलोतिर अभिनन्दित/सम्बोधित हुन विवश छन् । यसपटक त्यो व्यस्त बजारमा ! त्यो उदास र उराठिलो जङ्गली परिदृश्यमा यौनउदात्तीकरणको आनन्द लिन चाहनुभएछ – अग्रिम बधाई । काम अप्ठेरा छन् – कार्यविधि असजिला । तपाईं जे चाहनुहुन्छ – त्यो जीवनभर पाउनुहुन्न । जसरी चाहनुहुन्छ – त्यसरी पाउनुहुन्न । कहाँ सिग्मन फ्रयडको अदृश्य अन्तर्आवेगको रौँचिरा दर्शन, कहाँ तपाईंको चिचिले ‘पल्लव’ ।

 

Continue reading


कथनी एक करणी अनेक

Nandalal, Aacharya, -नन्दलाल आचार्य, pallawa

-नन्दलाल आचार्य

प्रिय लेखकज्यू, सप्रेम सम्झना !
म तपाईँ च्याँच्याँ गरेको ठाउँमा कुसल-मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईँ पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स-कुसल रहनुभएको समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ । पत्रमा मेरा बारेमा त्यहाँ थाहा पाएका दर्जनौँ कुरा समेट्नुभएको रहेछ । म पनि तपाईँका बारेमा मैले यहाँ थाहा पाएका एकाध कुराहरू समेट्ने जमर्को गर्दै छु । अँ त लेखकज्यू ! तपाईँ हरिनारायण झा, बी.बी.एस. सिद्धयाएर शिक्षण पेशामा स-परिवार पहाडी इलाकामा पुग्नुभएको जागरुक युवक ! तपाईँ हिम्मतिलो मान्छे ! मनमा जे छ त्यो रिठ्ठो नबिर्राई ओछ्याइदिने मान्छे ! दूधको दूध र पानीको पानी छुट्याउने मान्छे ! ‘जे कहैछी, ओही करैछी आ जे करैछी, ओही लिखैछी’ -जे बोल्छु, त्यही गर्छु जे गर्छुत्यही लेख्छु) भन्ने मान्छे ।

 

Continue reading


योद्दाको अँतिम पत्र

Shamsher, Babu, Roshon, शमशेर बाबु ´रोशन´, pallawa

शमशेर बाबु ´रोशन´

प्रिय मित्र जलद जी, हार्दिक सम्झना !
मेरा अभिन्न मित्र जलदजी हजुरले लेखेका धेरै कुराले मेरो जीवनमा प्रभाबित पारेकोले अब म आफ्नो देशको लागी होमिन पुगेँ
नेताहरुको चलाखी बुझेनौँ हामी जस्ता धेरै होनेहार युवाहरु सँघर्षमा लाग्यौँ कति बिरगति पाएर पनि अज्ञात शहीदको रुपमा हराउनु भयो
उहाको परिवार जनलाई कस्तो भए होला ? आज फेरी अर्को जग्गामा भिडँत हुदै छ एक मनले त लाग्दथ्यो ती निर्दोषलाइ ह्त्या गरेर के
उपलब्धि ? हजुरले लेखेका कुराले पटक पटक मलाई सम्झाउथ्यो ´´ मानिसको कल्याण गर्नु छ भने राजनीतिको कालो सडकमा हिठ्नै नहिड´´
हो रहेछ मैले धेरैको ज्यान जोगाएको छु मेरा सहयोद्दाको प्रतिसोधमा जे पनि गर्थे मैले सम्झाएर उनीहरुको मन पगालिदिन्थेँ बिचरा ति सरकारी नुनका
ज्यामीहरु मेरो अनुहारमा पुर्लुक्क हेरेर भन्थे हामीलाई मृत्यु बाट बचाई दिनु भयो हामीले पनि हजुरलाई बचाउने छौँ   ।

 

Continue reading


‘गोर्खेसाइँलो’ ज्यू प्रति . . . . .

Shanti, Adhikari, शान्ति अधिकारी, pallawa

शान्ति अधिकारी

श्री आदरणिय दाजू ऋषि प्रशाद लामिछाने ‘गोर्खेसाइँलो’ ज्यू ,
अध्यक्षः पल्लव साहित्य प्रतिष्ठान, नारायणगढ, चितबन ।
आराम रहि आरमताको कामना गर्दछु । नमस्कार दादा के छ हजुरको खबर आराम हुनुहुन्छ होला हजुरले माया गरी पठाएका साहित्यिक उपहार हरु पाए धेरै खुशि लागेको छ । हुन त देश एउटै भएपनि भौगोलिक दुरीबाट टाढाहामीलाई कता कताबाट फेसबुकको माध्यमबाट परीचीत हुने मौका मिलेको थियो ।म मा अलि अलि साहित्यमा रुचि भए पनि हिड्ने बाटो सहज नभएकोले अगाडि पाईला सार्न गाह्रो परेको थियो । त्यति नै बेला हजुरलेपठाउनु भएको साहित्यिक पुस्तकहरु मेरो हातमा पर्दा खुसिको सिमा रहेन किनकि मैले काठमाण्डौ बाट पनि केहि पुस्तकहरु मगाएको थिएँ ।

Continue reading


तिमी छिटै आउन शान्ति ! ! !

Gorkhe, sailo, Rishiprasad, Lamichhane, ऋषिप्रसाद, लामिछाने

गोर्खेर् साइँलो

हाय मेरी स्नेही पृय शान्ति !
तिमी छिटै आउ न शान्ति ! म आतुर भएको छु ! तिम्रो न्यानो वात्शल्यको आभाष विना म विह्वल भएको छु ! तिम्रो सामीप्यता विना म निराश भएको छु  !
शाररिकता तर्फ हेर्ने हो भने त आराम छु र म मेरी प्यारीलाई पनि आरामका निमित्त मुरी मुरी कामना गर्दछु !
धेरै खबरहरु त भन्नु नै छ ! तरपनि खै कहाँबाट कुराको थालनी गरौँ म त्यसै अलमल्ल परेको छु ! म आक्रान्ततामा पिरोलिएको धेरै समय भैसक्यो ! तर पनि कतै तिम्रो सोचाईमा म प्रतिको धार०मा केही वदलिको छ कि किन हो मैल त केही बुझ्नै सकिन !

 

Continue reading


उज्ज्यालो ९० नेट्वोर्क को कार्यक्रम बुलबुलमा उत्किस्ट हुन सफल पत्र कारीब एक बर्ष पछी

Sumi, Prakriti, प्रकृति, Devkota, pallawa

सुमी प्रकृति

प्रिय झरी !
तिमी सम्झेर झर्‍यौ या बिर्सेर म भन्न सक्दिन, मलाई यक्ति थाहा छ तिमी झर्‍यौ झरीरहयौ मेरो असार श्राबण सम्झेर, साउने भेलसँगै मिसिने रहर सम्झेर खहरे सम्झेर अनि हुन सक्छ मेरो खेतमा रोपिएका कालिला बीउहरुलाई आफ्नो खाँचो सम्झेर ।
लाग्छ ! सबैले तिमीले झै सम्झिए आफ्नो आवश्यकता बुझे साँच्चै मेरो देश सुन्दर शान्त नेपाल बन्ने थियो । तिमी कहिल्यै भूल्दैनौ है ? असार श्रावणलाई, अनि सम्झेर झरिरहन्छौ, सायद भ्यागुताको स्वागत सुन्दो हौ आकासबाटै पनि, प्रकृतिको पर्खाई तिमी देख्छौ सायद दूर दूर आकाशबाट पनि अलिकति तिमीले सम्झीदो हौ अलिकति प्रकृतिले आहा ! कति सुन्दर सम्झाई । लाग्छ सम्झानामा कति ठूलो शक्ति हुन्छ । भूल्नेहरु भूल्छन् वा भूलेझै गर्छन् पीडा मनभरी साँच्दै कुन्नि ? तर मलाई यो विश्वास छैन तिमीले झै सम्झेर अर्को वर्ष झर्नेछन् ।

 

Continue reading


आर्थिक क्रान्तिका जोसिला युवाहरूलाई . . . . . . . . !

Nandalal, आचार्य, Aacharya, pallawa

नन्दलाल आचार्य

पत्रात्मक आर्थिक लेख
श्रद्धेय पूर्व अर्थमन्त्री बाबुराम भट्टराईज्यू,
जन अपेक्षाका क्षेत्र सम्बोधनका लागि लाल अभिवादन !
औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक हुन्छ भन्थे रे । यस मानेमा म पनि उनैको अनुयायी हुँ । आइतबार नपर्खीकन सरासर शब्दहरूको पहाड बनाउने काम गर्ने बानी छ । आफ्नो मन खाएकाहरूसँग भलाकुसारी गर्ने मेरो मनोकांक्षा हो । नेपालको आर्थिक क्रान्तिका लागि नयाँ सोच र दृष्टिकोण सहितका अर्थमन्त्री भएको पाएकाले ‘आर्थिक क्रान्तिका अभियन्ता बाबुराम भट्टराई’ भनेको हुँ । ‘भट्टराईले जे बोल्यो त्यसमा अडिग भएर लाग्यो, पूरा गर्न सकिने बोली बोल्ने र फत्ते गर्न कटिबद्ध रहने कोही राजनीतिज्ञ छ भने त्यो भट्टराई बाहेक अर्को नेपालमा विरलै छ’ भन्ने कुरा र्सवत्र गरिएको पाएँ । मेरो मनको यसै कुरालाई पूरा गर्न कलम उठाएको छु ।

 

Continue reading