सावधान बनौ . . . . .

dr., Guruprasad, Subedi, डा. गुरुप्रसाद सुवेदी, pallawa, पल्लव

डा. गुरुप्रसाद सुवेदी

भ्यालेन्टाइनको मृत्यु शोकसन्तप्त सैनिक ।
सम्झना उनको गर्दा किन भो हर्ष उत्सव ।

कसैको मृत्युमा मान्छे रुन्छन् वा श्राद्ध गर्दछन् ।
मूर्ख मानिसले मात्रै प्यार गर्छन् रमाउँछन् ।

मृत्युको शोकको बेला प्यारको किन नाटक?
गुफाबफुलले श्राद्ध हुन्छ के भन बालक ।

 

Continue reading


सूर्योदय वर्णन

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

भाग २
थकित रात सुतिन् मदमस्त भै
जमिन फूर्ति झिक्यो नि प्रशस्त नै ।
मधुर कान्ति सबैतिर देखियो
अलिक कोमल ज्योति छँदै थियो ।।१।।

अनि उषा झटपट्ट उठीकन
भरिदिइन् नभ लाल छरीकन ।
रंग भनूँ जसले दिल जाग्दछ
तर उही छ नयाँ किन लाग्दछ ।।२।।

 

Continue reading


रूबार्इ / मुक्तक लेख्नका लागि केही सूत्रहरूः

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

शिर्षकः  हुसैन खाँको डायरी भाग-२ मा लहरिँदा .

आदरणीय पाठकहरू, डायरीको यस भागमा रुबाईको सङ्क्षिप्त परिचयबारे उल्लेख गरिएको छ । रुबाई मूलतः फारसी काव्यविधा हो । फारसी भाषामा नै सर्वप्रथम यसको प्रचलन आएको हो तर पनि रुबाई अरबी भाषाको शब्द हो, जसको अर्थ हुन्छ चतुष्पदीय । यसको रचना ‘सम-सम-विषम-सम’ अथवा ‘सम-सम-सम-सम’ को तुकान्तमा आधारित हुन्छ । रुबाई आवश्यक रूपले मुक्तक नै हो तर सबै मुक्तक ‘रुबाई’ पूर्ण हुँदैनन् किनभने मुक्तक जुनसुकै छन्दमा लेख्न सकिन्छ तर ‘रुबाई’ वर्गमा समाहित हुनका लागि ‘रुबाई’ कै निश्चित औजानमा लेखेको हुनुपर्दछ ।

 

Continue reading


कविशिक्षापरक

Dr.Narayanprasad, Khanal, प्रा.डा.नारायण प्रसाद खनाल, pallawa  , पल्लव

प्रा.डा.नारायण प्रसाद खनाल

छन्दको पुस्तक ः सुवृत्ततिलक
१. पृष्ठभूमि
आचार्य क्षेमेन्द्र सुवृत्ततिलक नामक कवि शिक्षापरक छन्दोग्रन्थका लेखक हुन् ।
यिनका अनुपलब्ध कृति झन्डै बीसवटा छन् भने उपलब्ध १८ ग्रन्थमध्ये काव्यलक्षणपरक ग्रन्थ औचित्य विचार चर्चा र कविकण्ठाभरण हुन् । औचित्य विचार चर्चा साहित्य शास्त्रअर्न्तर्गत प्रचलित रस सिद्धान्त, अलङ्कार सिद्धान्त, ध्वनि सिद्धान्त, रीति सिद्धान्त र वक्रोक्ति सिद्धान्तजस्तै औचित्य सिद्धान्त प्रतिपादक मानक ग्रन्थ हो ।

 

Continue reading


“धर्म र संस्कार ”

Nisha, Khanal, Aryal, निशा खनाल अर्याल, pallawa, पल्लव

निशा खनाल अर्याल

नेपाली समाज आजका दिन सम्ममा पनि अशिक्षाले ग्रसित नै छन आफ्नो धर्म र संस्कारको अर्थ,महत्व,र गरिमालाई बुझन नसकेको सामाजिक अवस्था अहिले व्याप्त नै छ यही छुट्ट्याउन नसक्नेहरुलाई नै दैनानिदिन जीवनका भौतिक र अभौतिक पिडाबाट मुक्त गर्ने हाम्रो उद्देश्य हुनु पर्ने हो ,! त्यसमा पनि नेपालको आफ्नो संस्कृति र समाजको परम्परालाई समय साक्षेप बनाउने र जीवनका हरेक पक्षमा सहयोगी ,दृढ साहसी बनाउदै सबैलाई समेटिएर अगाडी लैजान र अन्धविश्वाश,कुरीति वाट पिडित,अचेतनाका कारणले गर्दा आफ्नो धर्म र संस्कारलाई बुझन नसकेका जमातलाई शिक्षित गर्दै लैजाने काम हामीले गर्नु पर्थ्यो ।

 

Continue reading


माता का आराधन

dr. Rupchandr, Shastri, Maynk, Khatima, India, डॉ. रूपचन्द्र शास्त्री मयंक, pallawa, पल्लव

डॉ. रूपचन्द्र शास्त्री मयंक

मैं अन्तस् के अनुभावों से,
करता हूँ माँ का अभिनन्दन।
शब्दों के अक्षत्-सुमनों से,
करता हूँ मैं पूजन-वन्दन।।
मैं क्या जानूँ लिखना-पढ़ना,
नहीं जानता रचना गढ़ना,
तुम हो भाव जगाने वाली,
नये बिम्ब उपजाने वाली,
मेरे वीराने उपवन में
आ जाओ माँ बनकर चन्दन।

 

Continue reading


एसियामा रामकथाको प्रभाव र विस्तारः एक सङ्क्षिप्त प्रसङ्ग

Dr. ,Gobinda, Raj, Bhattarai, डा. गोविन्दराज भट्टराई, pallawa, पल्लव

डा. गोविन्दराज भट्टराई

आज प्रशिद्ध मानिएको विश्वव्यापी भाषा पनि एकदिन, इतिहासको कुनै कालखण्डमा ससानो मूलबाट पलाएको थियो । जर्मन, फ्रेन्च, इङ्लिस, अरवी, चिनियाँ, जापानी सबै कुनै न कुनै पुरानो रूपबाट विकसित हुँदै आएका छन् । प्रायः सबै भाषाको मध्ययुगबाट नवीकरण हुन थाल्यो । पुराना र नयाँका सन्धिकालमा धेरैजसो कवि स्रष्टा नै उभिएका छन् । धरैजसो धार्मिक, आध्यात्मिक काव्यगाथा रचेर वा अनुवाद गरेर नयाँ भाषालाई जनमानसमा स्थापित गराएका छन् । उदाहरणको लागि ल्याटिनमा दन्ते अलिग्हिअरीको -१२६२-१३२१) डिभाइन कमेडी, अङ्ग्रेजीमा जेफ्री चौसर -१३४३-१४००) को क्यार्न्र्टबरी टेल्ज् । यता आफ्नै परिवेशको कुरा गर्दा हिन्दी, बङ्गाली, गुजराती, आसामी, नेपाली, जस्ता भारोपेली भाषा पनि कुनै न कुनै पर्ूवरूपबाट विकसित भएका हुन् ।

 

Continue reading


काव्यशास्त्रको अध्ययन परम्परा

Rose, Kopila, Gulab, श्रीराम सापकोटा, pallawa, पल्लव

श्रीराम सापकोटा

पृष्ठभूमिः “सहितस्य भावः कर्म वा

पृष्ठभूमिः “सहितस्य भावः कर्म वा साहित्यम्” यस प्रकारको व्युत्पत्तिद्वारा सहित पददेखिष्यञ् प्रत्यय भएर साहित्य शब्द सम्पन्न हुन्छ । यसरी सम्पन्न भएको साहित्यको अर्थ हुन्छ काव्य । साहित्य–सङ्गीतकलाविहीनः साक्षत् पशुःपुच्छविषाणहीनः । तृणं न खादन्नपि जीवमानस्तद्भोगधेयं परमं पशूनाम ।।यस श्लोकमा राजर्षि भर्तृहरिले काव्यको अर्थमा साहित्य शब्दलाई प्रयोग गर्नु भएको छ । काव्यमीमांसाकार राजशेखरले पनि “शब्दार्थयोर्यथावत् सहभावेन विद्या साहित्यविद्या” भन्दै काव्यको अर्थमा साहित्यलाई देखाई साहित्य विद्याको चर्चा गर्नुभएको छ । वक्रोक्तिजवित ग्रन्थकार कुन्तकले पनि अत्यन्त सौन्दर्यद्वारा शब्द र अर्थलाई अन्यून (विस्तृत) तथा परस्परमा प्रतिस्पर्धी भएर अपूर्व रमणीय जुन स्थिति प्रकट गर्दछ, त्यो स्थिति नै साहित्य हो भन्नुभएको छ (साहित्यमनयोः शोभाशालितांप्रतिकाप्यसौँ ।

 

Continue reading


दिव्य–उपदेश

dr. Rupchandr, Shastri, Maynk, Khatima, India, डॉ. रूपचन्द्र शास्त्री मयंक, pallawa, पल्लव

डॉ. रूपचन्द्र शास्त्री मयंक

निहित ज्ञान का पुंज है, गीता में श्रीमान।
पढ़ना इसको ध्यान से, इसमें है विज्ञान।१।
कर्म बनाता भाग्य को, यह जीवन-आधार।
कर्तव्यों के साथ में, मिल जाता अधिकार।२।

प्राणिमात्र कल्याण का, वेदों में सन्देश।
जीवन में धारण करो, ये अनुपम उपदेश।३।
करना है हमको सदा, ईश्वर पर विश्वास।
अन्धकार को चीर के, फैले धवल उजास।४।

 

Continue reading


विजयदशमी– २०७१ को हार्दिक शुभकामना !!!

Ambyaa Mata3 Mata

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

733965_405381482892037_273259084_nजयन्ती मङ्गलाकाली भद्रकाली कपालीनी
दुर्गा क्षमा शिवाधत्री स्वहासुधा नमस्तुते ।

आयु द्रोण सुते श्रीयम् दशरथे शत्रु क्षयं राघवे !
ऐश्वर्य नहुषे गतिश्च पवने मानश्च दुर्योधने ।।
सौर्यम् शान्तनवे बलं हलधरे सत्यमच कुन्ती सुते !
बिद्वान विदुरे भवन्तु भवता कीर्तिश्च नारायणे ।।

तपार्इं–हामी सबैको घर आगनमा उमङ्ग र खुसीयाली छर्दै प्रवेश गरेको शुभविजय दशमी– २०७१ को पावन शुभ अवसरले विदेशमा रहेको मेरो कान्छो छोरो, छोराका साथि इष्टमित्रहरू fb का सबै साथीहरूका साथै स्वदेशमा रहनुभएका आदरणीय साहित्यकार, पत्रकार, उद्यमी–ब्यापारी, मजदुर, किसान, विद्यार्थी, कर्मचारी तपार्इंहरू समस्तका घर परिवारमा सुख, शान्ति, समृद्धी, यसोवृद्धीका साथै उत्तरोतर प्रगति, एवम् सु-स्वास्थ्यमयी साहित्यिक दीर्घजीवनका निमित्त हार्दिक मङ्लमय शुभकामना ब्यक्त गर्दछाैँ !!

प्रार्थी
ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’
अध्यक्ष एवम्
समस्त पल्लव साहित्य प्रतिष्ठान, चितवन परिवार
नारायणगढ, चितवन, नेपाल ।
९८५५०५५३५१, ९८०४२५५३५१ Continue reading


नेपाली भाषाको तुलनामा उर्दू भाषाको लेखाइ र पढाइमा लचिलोपना

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

उर्दू शब्द टर्किस भाषाबाट आएको शब्द हो जसको अर्थ सेनावास वा छाउनी हुन्छ । भारतीय उपमहाद्वीपमा फारसी मुस्लिमहरूको आधिपत्य र शासन बढ्दै गएपछि दरबारिया र सेनाको सर्म्पर्क त्यहाँका जनताहरूसँग हुँदै जाँदा फारसी र हिन्दी भाषाको समागमबाट उर्दू भाषाको विकास भएको
हो । त्यसैले उर्दू भाषालाई लस्करको भाषा पनि भन्ने गरिएको थियो । यस भाषाको लेखावट अरबी लिपि भए पनि धेरै शब्द हिन्दीबाट नै आएको हुनाले यसलाई हिन्दी भाषाकै भाषिकाको रूप मानिएको तर्क केही भाषाविद्हरूले दिएका छन् ।
उर्दू भाषाको लेखावटको आधारमा अक्षर दुर्इ किसिमका हुन्छन् ः
-क) मलफूजी
जुन अक्षरलाई प्रस्टसँग उच्चारण गरिन्छ, त्यसलाई मलफूजी
भन्दछन् । उदाहरणका लागि मुहब्बत शब्दमा प्रयोग भएका सबै अक्षरहरू प्रस्टसँग उच्चारणमा आउने हुनाले यसका सबै अक्षरहरू मलफूजी हुन् ।

Continue reading


सामाजिक आन्दोलनमा योगमायाको भूमिका . . .

राणाकालीन समयकी सामाजिक अान्दोलनकी अग्रणी नारी योगमाया

राणाकालीन समयकी सामाजिक अान्दोलनकी अग्रणी नारी योगमाया

डा. गोविन्दमानसिंह कार्की

डा. गोविन्दमानसिंह कार्की

योगमायाको जन्म वि.सं. १९२५ सालमा भोजपुर जिल्लाको नेपालेडाँडा गा.वि.स. अर्न्तर्गतको सिम्ले भन्ने ठाउँमा पिता श्रीलाल र माता चन्द्रकला न्यौपानेको एक मात्र छोरीको रुपमा भएको थियो । योगमायाको विवाह ७ वर्षो उमेरमा भोजपुर जिल्लको भुल्के धोध्ले भन्ने ठाउँका मनोरथ कोइरालासँग भएको थियो । तर विवाह भएको एक वर्षछि उनका पतिको निधन भएकोले योगमायाले बाल विधवाको जीवन विताउन बाध्य हुनु पर्‍यो । पतिको निधन भएपछि ‘ पोइटोकुवी ’ र ‘ अलच्छिनी’ जस्ता शब्दबाण प्रयोग भएका गालिगलोज सहेर उनले जीउनु पर्ने अवस्था आयो । उनलाई सासुससुरा र नन्दले कठोर यातना दिए । उनी केही समय पछि घरबाट भागेर माइत पुगिन् । माइतमा पनि बस्न सक्ने अवस्था नभएकाले उनी एकजना कँडेल थरको युवकको साथ लागेर भारतको आसाम पुगिन् । त्याहाँ उनले कँडेललाई पतिको रुपमा बरण गरिन् । वि.सं. १९५६ मा कँडेलको पनि मृत्यु भएपछि आसामको एकजना डोटेल थरका युवकसँग उनले विवाह गरिन् ।

 

Continue reading


जीवनका उपयोगी सत्य बचन

Laxmi, Bhatt, लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’, pallawa, पल्लव

लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’

मान्छे कर्म बिना पुजा नियमले ज्ञानै बिना योगिन ।
लक्ष्मी दान बिना यसै जनमको स्वास्थ्य बिना जोवन ।।
सेना सस्त्र बिना नरो धन बिना आत्मा बिनाको जन ।
नारी पुत्र बिना पिता रज बिना नेत्रै बिना दर्शन।।
(१)
सत्यै कर्म बिना सदा जगतमा पे्रमै बिनाको जन ।
प्राणी कर्म बिना सदा जग भरी कस्टै बिनाको धन ।।
ज्ञानै मर्म बिना सबै मनुजको मुक्ती बिना दर्शन ।
प्रेमी स्वार्थ बिना सदा जगतमा कण्ठै बिना गाएन ।।
(२)

Continue reading


शास्त्रीयता, सिद्धान्त र गजल

Rose, Narayan Gaunle, नारायण गाउँले, pallawa, पल्लव

नारायण गाउँले

साहित्यिक सृजना र सिद्धान्तबीच अन्डा पहिले कि कुखुरा भन्नेजस्तो जटिलता हुँदैन । कुनै पनि साहित्यिक सिद्धान्तको स्वायत्त प्रतिपादन, निर्माण या आविष्कार हुँदैन । यो त कुनै कालखण्डमा खास सृजनाले अवलम्बन गरेको ढाँचा, शैली र प्रकार्यहरूको संश्लेषणात्मक अभिलेखन हो, जुन तत्तत् सृजनाहरूको परिवर्तनधर्मितासँगै सापेक्षरूपमा गतिशील हुन्छ । साहित्यिक सिद्धान्त आफैमा ठोस या अपरिवर्तनीय हुँदैन । यो सृजनाको ऐनामात्रै हो । सृजना आफैमा समाजको ऐना हो र समाज कहिल्यै स्थायी प्रकृतिको हुँदैन । यसका मूल्यमान्यता, संरचना, आस्था र बहावमा आउने निरन्तर परिवर्तनसँगै साहित्यले पनि आफ्नो स्वरूप र सारलाई बिस्तारै बदल्दै लैजान्छ । भगवान्, शासकलगायतका शक्तिशालीहरूको भक्ति हुँदै साहित्य व्यक्तिपरक बनेर यौनमनोविश्लेषणसम्म पुग्नु समाज-परिवर्तनकै कारण हो । कालान्तरमा सिद्धान्त रूढ हुँदै जानु र केही विद्वान्हरूमा विकसित हुने अति-सिद्धान्तमोहले परिवर्तनधर्मी सृजनालाई सम्बोधन गर्न सक्दैन । फलत: सिर्जना र सिद्धान्तबीचको अन्तर्सङ्घर्षमा सिद्धान्तको मृत्यु भई त्यसको सामयिक पुनर्जन्म हुन्छ अथवा सृजना र सिद्धान्तबीच अपूरणीय दूरी पैदा हुन्छ । यो नयाँ सिद्धान्तका लागि प्रसव-अवस्था पनि हो ।

 

Continue reading


तिजको मर्म

Kamala, Dahal, कमला दाहाल, pallawa, पल्लव

कमला दाहाल

काठमाडौ, भाद्र २२ – तीज नजिकिँदै जाँदा हरेक साल स्कुले जीवनको याद आउँछ । म कक्षा ४ मा पढ्दै थिएँ, स्कुल पढाउने मेरी दिदी र पढ्ने हामी बहिनीहरूलाई तीजको दिनमा छुट्टी थियो । तर त्यही स्कुल पढ्ने मेरा दाजुभाइलाई थिएन । मेरो बालसुलभ मनमा एउटा जिज्ञासा जाग्यो र किन हामी दिदीबहिनीलाई मात्र स्कुल छुट्टी भएको होला भनी आमालाई सोधें । आमाले भन्नुभएको थियो कि सत्य युगमा पार्वतीका आमाबाबाले  विष्णुसँग उनको बिहे गरिदिने निर्णय गरेको थाहा पाएपछि पानीसमेत नपिई भगवान शिवको नाममा व्रत बसेकी थिइन् । परिणामस्वरूप उनले चाहेको वर पाइन् । तिमीहरू पनि चाहेको कुरा प्राप्तिका लागि व्रत बस्न भनेर छुट्टी भएको हो । नेपाली नारीको सर्वपि्र्रय पर्व तीजबारे मैले बुझेको ऐतिहासिक कथावस्तु छोट्करीमा यत्ति हो ।

 

Continue reading


हरितालिका “तीजको कथा”

Nisha, Khanal, Aryal, नीशा अर्याल (खनाल), pallawa, पल्लव

नीशा अर्याल (खनाल)

जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन उनी दुइ भवानी-शंकरलाई नमस्कार गर्दछु। कैलाश पर्वतको शुन्दर शिखरमा पिपलको बोट मुनि दम्पती दुई मिठा मिठा कुरा गर्दै काखमा पल्टी रहेकी माता पार्वतीले श्री महादेव जीलाइ सोध्नु भयो – हे महेश्वर मलाइ गोप्य भन्दा गोप्य कुरा भन्नु होस जुन हजुरलाई मात्र थाहा छ र … सबैको लागी सबै धर्मको सरल तथा महान फल दिन सक्षम छ। हे नाथ यदी हजुर साच्चै म देखि भित्रि हिर्दय बाटै खुशी हुनु हुन्छ भने मलाई त्यो जान्नको अति नै मन भएकोले आज मेरो नै सामुन्य बताउनु होश कि म हजुरको नै मुखाग्र बिन्दु बाट सुन्न चाहन्छु मैले हजुरलाई पतिको रुपमा कसरी प्राप्त गरे ।

 

Continue reading


रामायण र रामभक्तिपरक साहित्य लेखन परम्परा

dr.,Narayan, pd, Khanal, प्रा.डा. नारायणप्रसाद खनाल,pallawa, पल्लव

प्रा.डा. नारायणप्रसाद खनाल

आचार्य भानुभक्तको द्विशतवाषिर्क सन्दर्भः
१. पृष्ठभूमि
जुन काव्यले भानुभक्त आचार्य (१८७१-१९२५) लाई भानुभक्त बनायो, यसको स्रोत संस्कृत साहित्यका आदिकवि वाल्मीकि र उपादिकवि पाराशर्य व्यासद्वारा रचित रामायणहरू नै हुन् । रामायणको महत्त्व र परम्परा सनातन नै रहेको बुझिन्छ तापनि वाल्मीकि र व्यासले नै त्रेतायुगमा ँराम’लाई अयोध्या राज्यका राजा दशरथ र उनकी महारानी कौशल्याका कोखबाट ऋष्यशृ· ऋषिको नियोग पद्धतिद्वारा अवतारी पुरुषका रूपमा धर्तीमा अवतरण गराएका हुन् । यिनै रामको जीवनी नै रामायण हो । नेपालीहरूको परम सौभाग्यको विषय हो, भानुभक्तीय रामायण नेपालको पहिलो रामायण महाकाव्य हो र भानुभक्त नेपालीका आदिकवि हुन् ।

 

Continue reading


“नारीको लागी तीज “

Nisha, Khanal, Aryal, नीशा अर्याल (खनाल), pallawa, पल्लव

नीशा अर्याल (खनाल)

हिन्दु नारीको लागी “तीज ‘” विशेष
हिन्दु नारीहरुको लागी महान अनि पबित्र चाड हो तीज, ! जुन हरितालिका नामले पनि प्रशिद्ध छ।  हरेक बर्ष घुम्दै समयको चक्र संगै यस पाली पनि अखण्ड सुहाग र पतिको अटल दिर्घायु तथा सु-स्वास्थ्यको लागी साथै आफ्नो सन्तानको दिर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दु नारीको मन
मस्तिष्क र घर आगनमा पुर्वबाट प्रभातका लालीले चिहाए झै चिहाइ सकेको छ यो बर्ष पनि । आफ्नो धर्म र संस्कृतिको परम्परालाई जोगाउनु मात्र हैन आफु भित्रको आत्मा सन्तुष्ट प्राप्त पनि गर्दछन नारीहरुले। जसरी पार्वतीको आफ्नो इच्छा र उस भित्रको अटलतालाइ पुरा गराउन स्कन्धपुराणमा उल्लेख भए अनुसार पार्वतीलाइ उनका जया, बिजया, पराजया आदी नाम गरेका साथीहरूले घऱबाट हरेर (भगाइ) घनघोर जङ्गलमा लगी कसैले नदेख्ने ठाउमा नदीको किनारमा महादेव पती पाउने इच्छालाइ पुर्ण गर्न पार्वतीले आफुले चाहेको पति पाऊ भनेर निरन्जन निराकार श्री महादेवको पुजा नित्य आराधना गरि न्छ ।

 

Continue reading


” जनै पुर्णिमा “

Nisha, Khanal, Aryal, नीशा अर्याल (खनाल), pallawa, पल्लव

नीशा अर्याल (खनाल)

अति उतम मानिने हिन्दु परम्परा जनै पुर्णिमा ,दिदी ,बैनी र दाजु भाइको गहिरो नाता हातमा रक्षाको धागो बानेर सम्बन्धलाई अटल राख्न यो दिन पबित्र र अति नै महत्व मानिन्छ ! आज देखि बर्ष दिनमा आउने चाड पर्ब शुरु हुने गर्दछन ,!

जनै .पुर्णीमाको दिन मुलरुपमा ब्राहृमणहरुद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रताको सुचक धागो बांधेर उनीहरुको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्य हिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर उल्लेख विभिन्न धर्म ग्रन्थमा भएता पनि,यसलाई विद्धान, समाजमा जे जसरी लिउंन तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन !

हामी हाँसे संसार हाँस्छ

Laxman, Bhandari, आचार्य लक्ष्मण भण्डारी, pallawa,पल्लव

आचार्य लक्ष्मण भण्डारी

प्रकृति फूलको दर्शन ः
बगैँचामा फूलहरू फूलिरहेका छन् । सानाठूला सबै फूलहरूको उपस्थितिले बँगैचाको सौन्दर्य अझ बढेर गएको छ । प्रत्येक फूलहरू फरक फरक छन् । कुनै निला, कुनै सेता, कुनै पहेँला र कुनै राता । रङ्ग जस्तै हरेक फुलका जातहरू पनि अलग अलग । कुनै अग्ला छन्, कुनै होचा छन् त कुनै ठूला छन् र कुनै साना । सबै फूलहरूले आआफ्नो हैसियतअनुसार सौन्दर्य र सुवास छरिरहेका छन् । हावा चलिरहेको छ, आफ्नै गतिमा । घाम लागिरहेको छ, आफ्नै शैलीमा । मौरी, पुतली र भँवराहरू आफ्नै लहडमा फूलहरूबाट रसपान गरिरहेका छन् । फूल फूलिरहेको फूलबारीको सौन्दर्य साँच्चै नै अत्यन्त दिव्य र मनमोहक छ ।

 

Continue reading