सधैँ साथ हिँड्न पाउँ तिम्रो छाया बनि

Usha, Sherchan, उषा शेरचन, pallawa, पल्लव

उषा शेरचन

सधैं साथ हिँड्न पाउँ तिम्रो छाया बनि
अँगालोमा बाँध्न पाउँ मीठो माया बनि

कहिले पनि ननासिने यस्तो माया साँचौँ
कहिले पनि नभासिने यस्तो माया लाऔँ

सँगसँगै भोग्न पाउँ जीवनको धामपानी
सधैं साथ हिँड्न पाउँ तिम्रो छाया बनि

 

Continue reading


धड्कन पनि तिमी

Indira, Prayash, Khateuda, इन्दिरा प्रयास, pallawa, पल्लव

इन्दिरा प्रयास

तिमी नै हौ मुटु मेरो ….जीवन पनि तिमी
यो दीलमा धड्की रहने धड्कन पनि तिमी

तिमी बिना छुटिएको चंगा जस्तै हुन्छु
बगरको माछी सरि छटपटाई रुन्छु
तिमी नै हौ मुटु मेरो जीवन पनि तिमी
मनमन्दीरमा फूल फुलाउने आँगन पनि तिमी

 

Continue reading


आँखाहरू रातदिन…’

Dr. Ved, vyas, Nirmohi Vyas, निर्माेही व्यास, pallawa, पल्लव

निर्माेही व्यास

आँखाहरू रातदिन हजूरकै स्वप्न देख्छन्
नजिकिन पाउ चाल्दा काँडाहरू बाटो छेक्छन्

एकान्त यो दुख्छ मलाई भीड झनै साह«ो दुख्छ
आँसु लुक्छ हाँस्दा–बोल्दा मन हजूर कहाँ लुक्छ !
सम्झनाको सारङ्गीमा हजूरकै धून खेल्छन्
नजिकिन पाउ चाल्दा काँडाहरू बाटोे छेक्छन्

 

Continue reading


तिज को कोसेली सबैलाई . . . ..

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

दिदी बैनी एउटा कुरा सुन्नु पर्ने भो
बिदेसीको देखखासिखी छोड़ने पर्ने भो

धेरै हुन्छन् सिकाउने सिक्ने मुर्ख हरुलाई
नारी हामी सचेत भइ बस्नु पर्ने भो

नेपालीको संकार अनि संस्कृति छ अललग्गै
हुदा हुदै आफ्नो संकार भुल्न हुस्न थ्यो

 

Continue reading


डर भगाईदेउ

Saagar, Silwal, सागर सिलुवाल, pallawa, पल्लव.

सागर सिलुवाल

लोक गीतः
लेलेको खोला जेजे होला होला आउन माया लगाईदेउ
कति दिन बस्नु यसरी अझै अब चाहीँ डर भगाईदेउ-२

तिलेश्वर माथि मनकामना मन्दिर देबिलाई भाकेर
भोज ख्वाउन मन छ बारीको डिलमा पारीपारी डाकेर

लेलेको खोला जे जे होला होला आउन माया लगाईदेउ
कति दिन बस्नु यसरी अझै अब चाहीँ डर भगाईदेउ-२

 

Continue reading


झ्याउरे गीत

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

मरौँ भने आएन काल, बाचौँ भने हे शान्ति ! बनायौ वेहाल ।।

साह्रै छोटो जिन्दगीमा माया बस्यो गैह्रो
त्यही मायाले मुटु भित्र चलाउँदैछ पैह्रो ।
उमेर गयो वृद्ध भएँ गयो बाल्य–काल
रमाएर बाँचन दिने छैन तिम्रो चाल ।।

भन भन मायाकी डोरी, लान्छ मलार्इ हे शान्ति ! कालैले नछोडी ।।

हाँसी हाँसी माया जोडेँ मुटुभरी मैले
त्यसैलेनै लान लाग्यो यो जिन्दगी ऐले ।
दिन–रात सपनीमा जपेँ तिम्रै नाम
त्यै नामले लाने भयो मलार्इ परमधाम ।।

 

Continue reading


हिँउ भई जम्नु छैन मलाई

Usha, Sherchan, उषा शेरचन, pallawa, पल्लव

उषा शेरचन

आकाश छुने रहरमा हिँउ भई जम्नु छैन मलाई
देवता हुने रहरमा ढुङ्गा भई पूजिनु छैन मलाई ।

सुःख दुःख हाँसो खुशि मान्छे सँगै बाँड्छु म त
छाती भरि जता ततै मान्छे मात्रै राख्छु म त
मान्छे भन्दा पर भागी अन्त जानु छैन मलाई
आकाश छुने रहरमा हिँउ भई जम्नु छैन मलाई ।

 

Continue reading


घाउ पुरानो छ

Usha, Sherchan, उषा शेरचन, pallawa, पल्लव

उषा शेरचन

तिम्रो र मेरो बिचको नाता पुरानो छ
जीवनभरि नै दुखिरहने घाउ पुरानो छ ।

सहुँ भने सहनलाई साह्रो साह्रो छ
कहुँ भने कहनलाई गाह्रो गाह्रो छ
जति मेटे नि नमेटिने नाउँ पुरानो छ
जीवनभरि नै दुखिरहने घाउ पुरानो छ ।

 

Continue reading


सम्झनाका उद्गमहरूः

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

लोकछन्दामा आधारित कविता
विताएँ सानू दसक एक वियोगी बनेर
तैपनि कोही पराई नारी आएनन् मनेर
यतिका वर्ष पछि म घर आएछु फर्केर
गएको तिम्रै भविश्य निम्ति समुद्र नाघेर -१

सुहाग रात झै होला पक्कै यो देह त्यो बाहू
चुम्नकै निम्ति ती अवयव के शिर के पाउ
हावामा तिम्रै शौरभ पाएँ मनमा पसाएँ
यतिका वर्ष पछि हे प्यारी फर्केर म आएँ -२

 

Continue reading


तिमीले हेरिरह्यौ

E., Rakesh, Karki, र्इ.राकेश कार्की, pallawa, पल्लव

र्इ.राकेश कार्की

तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ

तिम्रो परेलीमा अडियो थोपा
आँखा भरिएर टिलपिल
फर्कि फर्कि हेर्न नसकि
अहिले रोएँ पिलपिल

 

Continue reading


भित्रभित्रै दु:खाउँछ मायाले

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

माया माया भनेर हुन्न नजाने रुवाउँछ मायाले
बाहिर चै छुदै छुन्न भित्रभित्रै दु:खाउँछ मायाले

आफुले भने जस्तो भयो भने सबै खुसी हुन्छन
होइन भने कुना बसेर छाती पिटी पिटी रुन्छन
कहिले चै भएजति दु:ख पीडा भुलाउँछ मायाले
माया माया भनेर हुन्न नजाने रुवाउँछ मायाले

 

Continue reading


झ्याउरे छन्द कविता ‘रहश्य अपार’

Nisha, Khanal, Aryal, नीशा खनाल (अर्याल), pallawa, पल्लव

नीशा खनाल (अर्याल)

परेलीहरु बिछ्याई हेरे मुटुले तानेर
चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर
तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा
फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा

जीन्दगि होइन खेलौना कुनै खेलेर मिल्कायो
अतीत बस्छ आखामै आई डढाई वहायो
प्रतीज्ञा कुर्छ कुनामा बसी मुस्कान छरेर
उढेको मन बालेको दीयो आत्माले सम्झेर ।

 

Continue reading


“मैले बोल्दा”

Krishna, Basnet , Bhagya, कृष्ण बस्नेत ‘भाग्य’, pallawa , पल्लव

कृष्ण बस्नेत ‘भाग्य

मैले बोल्दा झर्किञ्छ्यौ किन हो ?
भेट्न आउँदा तर्किञ्छ्यौ किन हो ?
के भो तिमीलाई ?
हिजोसम्म भन्दैथ्यौ यै मायाँ, पुग्छ हाम्रो जुनिजुनीलाई |

नबोल्दा नि फ़काउँथ्यौ पहिला त
बोलाउँदा नि बोल्दिनौ अहिले त
किन बल्द्लियौ ?
यति छिटै बन्ने भा’ ढुंगा नै, भन पैले किन पग्लियौ ?

 

Continue reading


मनमा माया भएदेखि . . . . . . .

Saagar, Silwal, सागर सिलुवाल, pallawa, पल्लव.

सागर सिलुवाल

मलाई जस्तै त्यता भए कस्तो हुन्थ्यो होला
मनमा माया भएदेखि ती आँखा रुन्थ्यो होला

आँशु मैले जम्मा गर्न सक्या भए देखाउँनेथे
आफैले यो टाउको फुटाएर भाग्य लेखाउँनेथे
आँशुले धुने भए मनको पीडा धुन्थ्यो होला
मनमा माया भएदेखि ती आँखा रुन्थ्यो होला

 

Continue reading


अर्को जुनीको आशामा . . . . .

Indra, Kumar, Shrestha,इन्द्कुमार श्रेष्ठ,pallawa, पल्लव

इन्द्कुमार श्रेष्ठ

तिमीलाई छुन नपाए नि बोल्न कतै पाउँला
बोल्न पनि नपाएमा हेर्नसम्म पाउँला
हेर्न पनि पाइनँ भने हृदयमा ल्याउँला
सम्झी सम्झी सम्झिएरै तिम्रै छेउमा आउँला ।

भूगोलमा टाढा हौली कति हो र टाढा
जति टाढा भए पनि माया मीठो गाढा
तिमी पनि बस्ने आखिर यही धरतीमा
म पनि त बाँचेकै छु तिम्रै पिरतीमा ।

 

Continue reading


तिम्लाई देखें

Deep, sagar, Pyasi, दीप सागर ‘प्यासी’, pallawa, पल्लव

दीप सागर ‘प्यासी’

झुक्किएर आज मैले फूलभित्र तिम्लाई देखें
तिम्रै निम्ति कति चोटी काँडामाथि पाइला टेकें

खडेरीमा झन् रसाउने मूल ठान्छु तिम्लाई
कहिल्यै पनि नओइलिने फूल ठान्छु तिम्लाई
तिम्रै यादमा पानाभरि कुन्नि मैले के-के लेखें
झुक्किएर आज मैले फूलभित्र तिम्लाई देखें

 

Continue reading


आमाको दु:खेसो

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

छोरो पाए बुहारीलाई छोरी पाए ज्वाईलाई
धान रोपे ठीक्कै भयो चढाउन न्वाइलाई

तिम्री स्वास्नी पिट्नै आउछे कसो गरौ बाबु
किन यति मतायौ नि छैन अचेल काबु
उमेर भो डाँडाबाट तल झर्ने बेला
माया दिन पर्नेलेनै गर्नथाले हेला

 

Continue reading


उनी बिनाको सोच्न पनि सक्दिन ‌. . . . .

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

दुर हुदा नी नजिक हुन्छिन मायाले त होला
उनी बिनाको सोच्न पनि सक्दिन यो चोला

कल्पना होस् सपना होस् उनी मात्र हुन्छिन
अप्ठ्यारोमा हुदा मलाई भरोसाले छुन्छिन
माया बचाईराख्न पर्दा खेल्छु आगोको गोला
उनी बिनाको सोच्न पनि सक्दिन यो चोला

 

Continue reading


कसले राख्यो मान्छेको जात तल माथि

Surya, Khatri, सूर्य खत्री, pallawa, पल्लव

सूर्य खत्री

ढुंगो पनि देउता बन्छ राखे पछी, पाती
कसले राख्यो मान्छेको जात तल माथि

मन उस्तै रगत उस्तै, झर्छ सबको आंसू
चोट लाग्दा दुख्छ उस्तै ,उस्तै सबको मासु
मान्छे उस्तै कर्म उस्तै ,के छ फरक साथी
कसले राख्यो मान्छेको जात तल माथि

 

Continue reading


“मलाई छोड्यौ . . . . . .”

Anu, Shah, अनु शाह,pallawa, पल्लव

अनु शाह

गयौ तिमी मेरो भन्दा मिठो साथ पाए पछी
मलाई छोड्यौ साहाराको अर्को हात पाए पछी

भूल गरें आफैंलाई भन्दा धेरै बिश्वास गरें
तिमीसंग जीन्दगी भर संगै हुने आश गरें
तोड्यौ कशम झिलिमिली रात पाए पछी
पागल सरी भए म तिम्रो घात पाए पछी

गयौ तिमी मेरो भन्दा मिठो साथ पाए पछी
मलाई छोड्यौ साहाराको अर्को हात पाए पछी

 

Continue reading