सानीको जिन्दगी

Bhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

सानु तिमी कति राम्री ! कति ज्ञानी ! कति असल ! तिमी कहाँ छौ अचेल – के गर्दैछौ – तिमीलाई प्रत्यक्ष नदेखे पनि मलाई तिमी असाध्यै राम्री लाग्छौ । तिमी कति जाती छौ । सायद सीताकै रूपमा यो धर्तीमा आएकी हौ क्यारे ! यस्तै वाक्यहरू लगातार ओइरिरहे । दुइ/चारदिन केही बोलिन सानी । एकदिन सानीले अनलाइनको सहयोगबाट मुहारपुस्तीकामा गजल पोस्ट गर्दै थिई, उसलाई अनलाइन देख्नेबित्तिकै पुनः एसएमएसको ओइरो लाग्यो । सानी सबैको आँखामा बसेकी गुलाबको थुङ्गा हो, उसलाई धेरैले मन पराउँछन् । सानीको कोमल, दयालु मन, सामाजिक भावना, धार्मिक व्यवहार देखेर सबैको मनमा पसेकी छे सानी ।

 

Continue reading


“नारीको लागी तीज “

Nisha, Khanal, Aryal, नीशा अर्याल (खनाल), pallawa, पल्लव

नीशा अर्याल (खनाल)

हिन्दु नारीको लागी “तीज ‘” विशेष
हिन्दु नारीहरुको लागी महान अनि पबित्र चाड हो तीज, ! जुन हरितालिका नामले पनि प्रशिद्ध छ।  हरेक बर्ष घुम्दै समयको चक्र संगै यस पाली पनि अखण्ड सुहाग र पतिको अटल दिर्घायु तथा सु-स्वास्थ्यको लागी साथै आफ्नो सन्तानको दिर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दु नारीको मन
मस्तिष्क र घर आगनमा पुर्वबाट प्रभातका लालीले चिहाए झै चिहाइ सकेको छ यो बर्ष पनि । आफ्नो धर्म र संस्कृतिको परम्परालाई जोगाउनु मात्र हैन आफु भित्रको आत्मा सन्तुष्ट प्राप्त पनि गर्दछन नारीहरुले। जसरी पार्वतीको आफ्नो इच्छा र उस भित्रको अटलतालाइ पुरा गराउन स्कन्धपुराणमा उल्लेख भए अनुसार पार्वतीलाइ उनका जया, बिजया, पराजया आदी नाम गरेका साथीहरूले घऱबाट हरेर (भगाइ) घनघोर जङ्गलमा लगी कसैले नदेख्ने ठाउमा नदीको किनारमा महादेव पती पाउने इच्छालाइ पुर्ण गर्न पार्वतीले आफुले चाहेको पति पाऊ भनेर निरन्जन निराकार श्री महादेवको पुजा नित्य आराधना गरि न्छ ।

 

Continue reading


नाति

Saran, kumar, Rai, सरण राई, pallawa, पल्लव

सरण राई

मानिस आफुलाई अथवा आफ्नो… नाति मानिस आफुलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर चिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका ऑधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देखेर– हेरेर रोइरहेको छु । आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा ऑखाबाट बररर ऑसु बगिरहेको छ ।

 

Continue reading


छ जना सहिद

 

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले न्रि्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ ।  त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउर्घार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे । ऊ गाउँकी नारी हो, सहर पसेकी छे । मच्छडबाट तर्सेछे । तर्सँदै निदाउन प्रयत्न गर्छे नभन्दै ऊ घुरेको आवाज लेखकको कानसम्म पुग्छ तर त्यसको हेक्का राख्दैन । पहिले नै कोठाभित्र छिरिसकेका कीराफट्ङ्ग्रा इन्भटरको त्यस उज्यालोमा भुम्मिन्छन् । त्यसको पनि उसलाई वास्ता छैन । एकोहोरो जोतिँदो छ ।

 

Continue reading


पदमपुरको यात्रा

Dipendra, Kumar, Joshi, ‘निक’, NIK

दिपेन्द्रकुमार जोशी ‘निक’

“बाबु ! तेरो बाजेले मलाई जमानामा हातमुख जोर्न दुःख पर्‍यो भनेर पिपरिया -पदमपुर) मा दुइ विगाहा जग्गा दिनुभएको थियो । सोचेकी थिएँ अब हाम्रो दुःखका दिनहरू गए, तर होइन रहेछ । केही वर्षत्यहाँ बाट आएको धानले एकछाक भए पनि खान पुगेको थियो, तर दैवको मार भनौँ  या पुर्पुरोमा नलेखेकोले हो त्यही जमीन पनि रापतीले खाइहाल्यो ।”
म सानो छँ दा यी यस्तै कुराहरू गरेर मेरो आमाले आफ्नो मनको बोझ मसँ ग हल्का गर्नु हुन्थ्यो । तर मैले भने आमाका ती कुराहरूको भेउ राम्रोसँ ग ठम्याउन भने सक्दैनथेँ  । म मनमनै गुन्ने गर्थें – यो पिपरिया भनेको के हो – विगाहा भन्ने कुन जन्तुको नाम होला – दैव भन्ने हाम्रो किताबमा भएको कथाको राक्षस त होला नी ! जसले हाम्रो जग्गा खायो ।

Continue reading


चुइङ्गम

dipendra-nik-joshi-narayangarh-chitwan-nepal

दीपेन्द्रकुमार जोशी ‘निक’

ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक स्त्रीछायासँग ठोक्किन पुग्छ । जसले गर्दा त्यस छायाको सामान तितरबितर हुन पुग्छ । गल्ती उसैको थियो, उसैको लापरवाही अथवा भनौँ न एकोहोरोपनाले गर्दा त्यो घटना घट्न पुगेको थियो । त्यसैले “सरी !” भन्ने सस्तो अङ्ग्रेजी वाक्य ओकल्दै त्यस छायाको सामान टिप्न सहयोग गर्न थाल्छ । उनी भने हल्का बड्बडाहटसँगै आफ्ना असन्तुष्टिहरू पोख्दै थिइन् – “कस्ता आँखा भएका अन्धाहरू होलान् । केटी देख्नै नहुने … जानीजानी ठोक्किन आइपुग्नु पर्ने ! …”

Continue reading


पदमपुरको यात्रा

 

Dipendra Kumar Joshi NIK

दिपेन्द्रकुमार जोशी ‘निक’

बाबु ! तेरो बाजेले मलाई जमानामा हातमुख जोर्न दुःख पर्यो भनेर पिपरिया (पदमपुर) मा दुई विगाहा जग्गा दिनुभएको थियो । सोचेकी थिएँ अब हाम्रो दुःखका दिनहरू गए, तर होइन रहेछ । केही वर्ष त्यहाँबाट आएको धानले एकछाक भए पनि खान पुगेको थियो, तर दैवको मार भनौँ या पुर्पुरोमा नलेखेकोले हो त्यही जमीन पनि रापतीले खाइहाल्यो ।”

  Continue reading