चरित्र

Bishnu, Lamichhane, विष्णु लामिछाने, pallawa, पल्लव

विष्णु लामिछाने

यौन लघु कथा
यौनसम्बन्धी उनको र मेरो सधैँ बहस चल्थ्यो, उनी एकाबिहानै यस्तै कुरा लिएर आउँथे मकहाँ । फलानो र फलानी त हिजो हल्लिँदै रेष्टुरेण्टतिर गएका थिए, फलानो अफिसको फलानो कर्मचारीले सोही अफिसको एकजना केटीसँग … छ्या कस्तो चरित्रहीन मान्छे … केटी भएर पनि केटाहरूसँग मुखामुख गरी कुरा गर्ने । कसैसँग बोल्नु, कसैसँग हाँसखेल गर्नु र सँगसँगै हिँड्नुलाई उनी यसरी नै चरित्रहीनको संज्ञा दिन्थे । मैले असहमति जनाउँथेँ उनका त्यस्ता कुराप्रति तर बहस ठूलै हुन्थ्यो । हुँदाहुँदा समाजका सबै नारी-पुरुष चरित्रहीन हुन पुगे उनको नजरमा ।  समयको चक्र घुम्दै गयो, उनी बिस्तारै यस ठाउँभन्दा बाहिर नै धेरै बस्न थाले । उनको र मेरो भेटघाट पनि कम हुन थाल्यो तापनि उनको याद आइरहन्थ्यो ।

Continue reading


नैना भाउजु

Narendra, Raj, Paudel, नरेन्द्र राज पौडेल, pallawa, पल्लव

नरेन्द्र राज पौडेल

यौन कथा
नैना भाउजू ल्वाङ् सुकुमेल चपाउँदै चौतारीमा निस्किएपछि सबै हाकिमहरूमा उत्साहको सञ्चार हुन्थ्यो । एकछिन गफको सिङौरी खेलेपछि अलिक शान्त मन लिएर सबै आ-आफ्ना निवासतिर लाग्दथे । बाँझी, टटली अलिक कुरौटे खालकी नैना भाउजू सबैलाई हिकेर गफ गर्दथिन् । हिजो अस्ति जस्तै आज पनि सबै हाकिमहरू सिरानबजारको चौतारीमा बसेर गफ चुट्तै थिए । भित्री मनैदेखि सबै नैना भाउजूको प्रतीक्षामा अल्भिmएका थिए र भाउजू त्यस चौतारीमा निस्किएपछि एकछिन उनीसँग जिस्किँदै, इत्रिँदै मुखका कीरा मारेर र्फकने सुरमा थिए । प्रत्येक दिनजसो साढे नौ बजेतिर अफिस जान भनेर नैना भाउजू त्यो चौतारोमा निस्किदा सिरानबजारमा पर्ने चौतारोमा जम्मा भएका हाकिम-अधिकृतहरू उनलाई बीचमा पारेर चारैतिरबाट तछाड-मछाड गरेर गफ चुटिरहेका देखिन्थे ।

 

Continue reading


चर्चाः यौन विश्लेषणका

Kalanidhi, Dahal, कलानिधी दाहाल, pallawa,

कलानिधी दाहाल

परिचित मित्र गोर्खे साइँलो !
न्यानो अभिवादन ।
फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो – त्यो पनि कोसेलीस्वरूप । माग्दा नपाइने जमानामा कहिलेकाहीँ नमागी पाएको चीज पनि अभिशाप बन्दोरहेछ । आरामले थन्किरहेका हातहरू फेरि गोर्खे साइँलोतिर अभिनन्दित/सम्बोधित हुन विवश छन् । यसपटक त्यो व्यस्त बजारमा ! त्यो उदास र उराठिलो जङ्गली परिदृश्यमा यौनउदात्तीकरणको आनन्द लिन चाहनुभएछ – अग्रिम बधाई । काम अप्ठेरा छन् – कार्यविधि असजिला । तपाईं जे चाहनुहुन्छ – त्यो जीवनभर पाउनुहुन्न । जसरी चाहनुहुन्छ – त्यसरी पाउनुहुन्न । कहाँ सिग्मन फ्रयडको अदृश्य अन्तर्आवेगको रौँचिरा दर्शन, कहाँ तपाईंको चिचिले ‘पल्लव’ ।

 

Continue reading


आवृत्तिको क्यानभासमा

Sharmila, Khadka, दाहाल, Dahal, pallawa

शर्मिला खडका (दाहाल)

यौन कथा
कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण भएको पच्चीस–छब्बीस वर्षको जवान ढिटो छ । उसँग म कहाँ दौडनु सक्छु र ? तर पनि उसले तानेपछि मरे छोड्नेवाला छैंन । त्यसैले हुत्तिदै, मुन्टिदै उसको पछि लाग्न बाध्य छु । यो पात्र अरूजस्तो होइन रहेछ । अरूको भावनाको, इच्छाको सम्मान नै नगर्ने ! कस्तो अव्यवहारिक केटो रहेछ ! उसले मलाई केही भन्ने मौका पनि दिएको छैन, हेरौँ मलाई कहाँ लादो रहेछ । म उसलाई पछ्याउँदै छु । अहिले मलाई अनौठो लागिरहेछ । मेरो कथायात्रामा कतिपय ठाउँमा मैले पात्रलाई पछ्याउनु पर्ने हुन्थ्यो तर अहिले त पात्रले नै मलाई जबरजस्ती तानेर लाँदै छ । मलाई अचम्म लाग्दै छ तर पनि म जाँदै छु । दिवाकर नेपालीज्यू, ल अब म त्यो ठाउँमा आइपुगेको छु, हेरौँ यो कस्तो ठाउँ रहेछ !

Continue reading


नाङ्गो चित्र

Parashu, प्रधान,  Pradhan

अनुवादकः परशु प्रधान

विश्व यौनकथा– लेखकः स्टीफेन लाङ्गस्ट्रीट (स्पेन)
 “जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे ।
 “अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ दियो ।
 “केही थाहा छ”- मांरिसले टाउको हल्लाउँदै भन्यो- “मात्तीस यौटा विशाल चित्र बनाउन व्यस्त छ । त्यसमा एक होइन, थुप्रै नाङ्गा नारीहरू छन् । उनले चित्रको शिर्षक दिएका छन् – जीवनोल्लास । वास्तवमा चित्र धेरै उल्लासपूर्ण पनि छ ।”
 “अँ अनि …” कलाकार जूलियोले केही सोचकासाथ भने ।
 “तिमी पनि कुनै नाङ्गो चित्र किन बनाउँदैनौ -” – अपोलोइनायरले जूलियोलाई सोधे ।

Continue reading


नाङ्गो चित्र

अनुवादकः परशु प्रधान


लेखकः स्टीफेन लांगस्ट्रीट (स्पेन),   अनुवादक — परशु प्रधान

 “जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् ?” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊस“ग सोधे ।  “अह“ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ दियो ।
 “केही थाहा छ”— मांरिसले टाउको हल्लाउ“दै भन्यो— “मात्तीस यौटा विशाल चित्र बनाउन व्यस्त छ । त्यसमा एक होइन, थुप्रै नाङ्गा नारीहरू छन् । उनले चित्रको शीर्षक दिएका छन् — जीवनोल्लास । वास्तवमा चित्र धेरै उल्लासपूर्ण पनि छ ।”   “अ“ अनि …” कलाकार जूलियोले केही सोचकासाथ भने ।
 “तिमी पनि कुनै नाङ्गो चित्र किन बनाउ“दैनौ ?” — अपोलोइनायरले जूलियोलाई सोधे ।

Continue reading