लघु-कथा: दुख:

Dhanwantari, Mishra, धन्वन्तरी मिश्र ‘कात्यायन’, pallawa, पल्लव

धन्वन्तरी मिश्र ‘कात्यायन’

जन्म, मोह, बिवाह र मृत्यूआदिका भत्तेरका कोलाहलबीच पनि मुमुक्षु शान्त थियो |
बस्, उसले आफुलाई मनन् गर्दै थियो; बुझ्दै थियो र देख्दै थियो |
शून्यलाई आकाशमा देख्दै थियो, र त्यो आकाश आफ्नो आत्माभित्र ! र, आत्मामा प्रणव ! तर, विचरा प्रणव; सोचमग्न ! हतास !! द्वैतभानले ग्रसित !

प्रणव भयग्रस्त हुन्छ र ऊसको एकाग्रता ध्वस्त पार्ने लक्षसहित निकट गएर भन्छ, “मुमुक्षु ! तिमी किन लक्षविहीन हुँदैछौ ?”

 

Continue reading


लघुकथा: समवेदना

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

“ओ ! गड दया छ तँसँग ?” पत्रकारको उत्तेजना पूर्ण चित्कारका बीच निरापराय कोही थिएनन् । पछाडिबाट लखेटिहेको धुवाँको मुस्लो र आगोका ज्वालाहरू मैदानी तुफानमा दौडिरहेका थिए । हतास मानसिकतामा यत्रतत्र भौंतारिरहेका समाचार सङ्कलनका मनोदशाहरू ज्यादै जोखिम मोलिरहेका थिए । “ओ समय, तेरो के दोष ?”
नजिकै रहेको धुवाँ र धुलोले लत्पतिएको बच्चाको अनुहार र झरिरहेको रगतले लाल बनेको तस्वीरले पत्रकारिता को काममा खटिएको अबीबको हृदयलाई भावुक बनाइदिन्थ्यो ।

Continue reading


लघुकथाः छुट

Lilaraj, Dahal, लीलाराज दाहाल, pallawa, पल्लव

लीलाराज दाहाल

यात्रु प्रतिक्षालयमा सर्वजनिक बस आएर रोकियो ।बस पर्खनेहरूको भिड थियो । बलिया युवायुवतीहरू त ठेलठाल गरी बसमा चढे । एउटा खुट्टा काटिएर बैशाखी टेक्ने शारीरिक अशक्तशिब र जेष्ठ नागरिकहरूलाई बस चढ्न निकैबेर लाग्यो । उनीहरू बडा सकसले बल्लतल्ल बसमाउक्लिए। बस भित्रपनि भिडभाड थियो । अशक्त र जेष्ठ नागरिकलाई छुट्याइएको सिटमा त जवान युवायुवतीपो आनन्दले बसिरहेका थिए ।

 

Continue reading


सिंढी

Dhanwantari, Mishra, धन्वन्तरी मिश्र ‘कात्यायन’, pallawa, पल्लव

धन्वन्तरी मिश्र ‘कात्यायन’

लघु-कथा: 
मैले जान्दै जानिन आकाशमा उक्लने त्यो सिंढी उक्लन | हो सकिन |
हेर्नुहोस् त, ऊ कति आनन्दले उक्लिरहेछ ? ऊसका परिवारहरू, आफन्तहरू र इष्टमित्रहरू कति सरल ढंगबाट कदम माथी-माथी सार्दै गइरहेछन् ? ल हेर्नुहोस् त, सगरको ती विशाल आलिशान भवनको बार्दलीमा बसेर रक्तिमदन्त देखाउंदै पिच्च थुकिरहेका !
तपाईँ चाहनुहुन्छ त्यहाँमाथी पुग्न ? कोसिस त गरी हेर्नुहोस् !
ल ल लड्नु भयो !

 

Continue reading


उत्सव

Dhanwantari, Mishra, धन्वन्तरी मिश्र ‘कात्यायन’, pallawa, पल्लव

धन्वन्तरी मिश्र ‘कात्यायन’

सूत्रकथा :
उत्सव न हो ! समय सृंगारिएर बसेको थियो | सुख, दुख:, जीवन, नश्वर, शाश्वत आदि सब जम्मा भइसकेका थिए | यावत्-ब्रहमाण्डलीय भोजनका परिकार तम्तयार नै थियो | उत्सवको विषय थियो – पहिचान र अस्तित्व ! समयले, उत्सवको उद्घाटन गर्दै भन्यो – “म जहाँतहीँ छू | सृष्टिको शुरु र अन्त्य नै मेरा साम्राज्य हुन् !”

सुखले, उत्सवलाई मयूरी-पंखाले हम्किंदै हर्ष प्रकट गर्यो – “जसरी, जहाँ, जोसुकै, जहिले सबै पीडा भुलेर रमाइरहन्छ नि: हो, त्यो क्षण नै म हूँ ! बुध्दको शान्ति नै म हूँ !”

Continue reading


आफ्नो वारे आफैं वोल्ने चलन

Chudamani, Regmi, चूडा मणि रेग्मी‎ pallawa, पल्लवamani Regmi

चूडा मणि रेग्मी‎

आत्मकथ्य:
म स्वीकार गर्छु -फेस वुक चलाउन थाले पछि प्रतिभा चिनाउने काम नछाडे पनि आफ्ना वारे अलिक वढी नै वोलें ,तर कुनै विशेष मुर्रो माग मागेको भने छुइन / यति काम भए, यस्तो मेरो अनुभूति रह्यो , जस्ता भावना र विवरण दिने काम निकै गरियो / इन्द्र वहादुर राईले तेस्रो आयाम र लीला लेखनका विषयमा मनग्गे वोलेका छन् /अरु पनि वाद वा विचारकाले आफ्नो पक्ष राखेको हुँदा मैले पनि वेठिक गरिन कि भन्ने नै लाग्छ /मोफसलको साहित्यिक फसल अझै नेपालमा अनुर्वर मान्ने चलन घटेको छैन /

Continue reading


आशाको ज्योति

Khemraj, Pokharel‎, खेमराज पोखरेल, pallawa, पल्लव

खेमराज पोखरेल

म मनोचिकित्सक हुँ । एउटा बिरामीको मनोपचार गर्न उसको घर जाँदै छु । ऊ २५ वर्षे लाठे केटो हो । उसको पढाइ थियो । जागिर थियो । श्रीमती थिइन् । बाबु थिए । दुर्भाग्य, उसले हाँकेको कार दुर्घटना भयो । बाबु मरे । श्रीमती मरिन् । ऊ मर्दा मर्दै बाँच्यो । पढाइ गयो । जागिर गयो । उसको दुइटै हात काटिए । दुइटै खुट्टा काटिए । लामो समयपछि उसको होस फिरेको थियो । उसलाई कृत्रिम हात खुट्टा लगाइएको थियो । जिन्दगिदेखि यति निराश थियो कि ऊ मर्ने दाउ खोजि रहन्थ्यो ।

 

Continue reading


स्वमान

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘आनन्द’, pallawa, पल्लव

धनराज गिरी ‘आनन्द’

“बा, दर्शन” बिहान चार बजे अन लाइनमा बसेको मात्र थियो अर्जुन,ताराको मेसेज हाजिर । तारा – एक एकल नारी- ४० प्लस, उनको रहर बाँकी हुनुपर्छ । यता अर्जुन खुला हृदयको मान्छे, केही भन्न बाँकी नराख्ने । चिनेको दिनदेखि “बा ” ताराले लगाएको नाता । हुन त यी “नक्कली “नाताको आड़मा “सक्कली कामना “पूरा गर्न मान्छे खप्पिस । तिहारमा भाइ र दाइ बनाएर टीका लगाउनेसित “टाप”- यस्तो पनि पाइयो । “दर्शन काली,किन यति बिहानै ? सिरकमुनि एकली नीद नास्ति हो ?”

 

Continue reading


“ढुक्ककी रेश्मा”

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

“माछा पानीमा पौडिए सरी नसोध जीवनमा कति खाइयो …..” मोहन तालमा गाउँदै फर्किँदै थियो । रेश्माले देख्ना साथ हुक्न थाली ।
“फेरि आज पनि त्यही ताल ? न छोराको स्याहार छ न घरको दु:ख-सुख ! हे भगवान कुन दशाले म यस घरमा भित्रिएँ हुँला ? ” खाएपछि मोहनले प्राय : घटना घटाएकै हुन्थ्यो, निहुँ खोज्ने, कुट्ने- पिट्ने, मिटिङ् बस्ने । चौकीमा २/४ रात काट्ने यी सब उसका दैनिकी जस्तै थिए । कतिचोटी त भागेर ३५ दिन काट्न सिमानापारी समेत पुगेको हुन्थ्यो ।

 

Continue reading


“ज्याक्दीको मेला र हाम्रो प्रेम”

Gam, Bayambu, Magar, गम बयम्बु मगर 'अर्पण', pallawa, पल्लव

गम बयम्बु मगर ‘अर्पण’

“भाउजु नमस्कार! आईपुग्नु भयो?” माईतबाट फर्किरहनु भएकी ठुली भाउजुलाई अभिवादन गर्दै मैले सोधेको थिएँ।
“नमस्कार बाबु! हजुर फर्केँ नि बाबु!” भाउजुले भन्नु भएको थियो। मलाई केही चासो थियो भाउजु फर्किनु भएकोमा।
“मलाई केही खबर छ कि भाउजु?” मैले केही कौतुहलता अनि उत्सुकताका साथ सोधेको थिएँ।
“अँ…..बाबु सोनालिकाले चिठी पठाएकी छे। झोला भित्र परेछ अहिले हाम्रो घरमा आउनु ल।” भाउजुले सुनाउनु भएको थियो।
“हुन्छ भाउजु म आईहाल्छु नि।” खुशीले मन थम्नै नसकेर मैले भनेको थिएँ।

 

Continue reading


‘औंला’

Laxman, Aryal, लक्ष्मण अर्याल,pallawa,पल्लव

लक्ष्मण अर्याल

बिहे भएको धेरै वर्षसम्म उनले सन्तान सुख भेट्टाएनन् । सुख नभेटिनुका कारणहरू धेरै हुन सक्थ्यो तर सबैको औंला एकैतिर तेर्सियो — प्रियम्वदा ।प्रियम्वदा पनि दुःखी थी । वेलावेलामा आफूतिर तेर्सिरहने औंला जायज हो या नाजायज खुट्याउन चाहान्थी । कतिपटक त उसले आफ्ना हजुरलाई बिन्ती बिसाई पनि — “ए हजुर, डाक्टर भेटौं र सल्लाह लिऊँ । विज्ञानको सुविधा उपयोग गर्नुपर्छ ।” उनी मानेनन् कारण उनको भित्री मनको कुनाले पनि उसैतर्फ औंल्याइरहेको थियो ।

 

Continue reading


“दशैको खुशी”

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

रनबहादुर दाईका धेरैजसो दशैं अभाव-समस्या र पिडाहरुसित बिते । निमेक नगरी खान नपुग्ने हुँदा सबै खाले दु:खहरु उठाएका छन् ।
यसपालीको दशैंमा अलि आशावादी छन् उनी । घरको लिपपोत, केटाकेटीलाई कपडा, अष्टमी पूजा, मासु-चिउरा लगायतका कुराको व्यबस्था मिलाइसके ।
गाउँलेसित सामाजिक रुपमा बाटो-घाटो, पिङ र सराएँ सबैको तयारी र सहभागितामा खटिए । केटाकेटीमा जस्तो रौनक नभए पनि मनमा कतै केही आश लाग्दो रहेछ ।

 

Continue reading


“थुनिएको दशैं”

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

पल्लाघर दशैंलाई राखेको बडेमानको खसी ढालेका छन् । साने र मानेको घर लिपेर कस्तो बनाएका छन् । रमेशको बाबा विदेशबाट कत्रो झोला गुडाउँदै आए । गाउँका सबैको हरमा रंगीचंगी कपडा फेरिए । गाउँभरीका मान्छेहरू जम्मा भएर दिनका दिन तास खेल्छन् । सबै गाउँलेहरू कोटमा जम्मा भएर अष्टमीपूजामा जुट्छन् । गाउँ छेउको
चौरमा ठूल्ठूला बाँस गाडेर लिंगे पिङ राखेका छन् । गाउँका तरूनी-तन्देरीहरू दिनभर रमाइलो गरेको देखिन्छ ।

 

Continue reading


“मृगतृष्णा”

Maya, Thakuri, माया ठकुरी, pallawa, पल्लव

माया ठकुरी

परार कार्त्तिकमा ठूलो एकादशीको दिन हामीहरू रामदीमा नुहाउन जाँदा बिहानको प्राय: सात बजिसकेको हुन्छ । त्यहाँ जात्राको अघिल्लो दिनदेखि नै रामदीमा नुहाउन र सिद्द बाबाको पूजा गर्न टाढा – टाढा गाउँघरबाट भेला भएका भक्त्तजन र स – साना व्यापारीका जमघट हुन्छ रे भनेको सुनेकी थिएँ । त्यस दिन भने आफ्नै आँखाले प्रत्यक्ष देख्ने सुअवसर पनि पईहालेकी थिएँ । हुन पनि साँच्चै नै रहेछ । हामीहरू त्यहाँ पुग्दा रामदीको फराकिलो ढुंगे बगरमा, गण्डकीको किनारमा, पुलवारी –

 

Continue reading


पागल !!!

Lok, Mani, Paudel,लोकमणि पाैडेल, pallawa, पल्लव

लोकमणि पाैडेल

म एउटा व्रतबन्ध मा निम्तो मान्न पुगेको थिएँ । एकजना अपरिचित निम्तालु मसँगै को कुर्सी मा थिए । मैले उनको हेराई, बोलाई केही अनौठो किसिम को मानिरहेको थिएँ । उनले मेरा कान मा सुस्तरी भने, “चिया माग्दिनोस् न। मलाई त चिया खान मन लाग्यो ।” मैले सुने पनि प्रतिक्रिया जनाइनँ । मैले ध्यान नदिए जस्तो ठानेछन् क्यारे उनले फेरि पनि त्यो वाक्य दोहोर्याए ।चिया खान त मलाई पनि मन थियो । तर शिष्टाचारवश भन्न सकिरहेको थिइनँ ।

 

Continue reading


चिहान भित्रबाट

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

सुन चनमती !
भन्नुन !
अहिले पनि म तिम्रा हरेक पाइलामा तिम्रै बिम्ब बनेर पछ्याई रहेको छु ।
मेरो हृदयको कथा तिमी बिना बिल्कुल अपुर्ण र अधुरो छ । त्यसैले मेरो पार्थिव शरीर चिहान भित्र भए पनि मेरो अन्तिम दृस्टि तिम्रा चंचले आँखाको अलौकिक चाहाना भित्र समाहित हुन पुग्यो र आज तिम्रो बिम्ब बनेर जहाँ तिमी पुग्छ्यौ त्यहीँ म पुगेको छु । मध्य रातमा चनमतिको सपना लोग्ने जीउँदै भएको र यसरी संवाद गर्दै गरेका हुन्छन् । तिमिलाई थाहा छ? कस्ता सपनाहरू थिए हाम्रा किशोरावस्थामा हातारै हतारमा लोग्ने स्वास्नी भएका थियौं हामी ।

 

Continue reading


एक मिठो व्यङ्ग्य

Sadhana, Bhandari, साधना भण्डारी, pallawa , पल्लव

साधना भण्डारी

ए हजुर सुन्नुस त एक कुरा भनु हजुरलाई ??
एक ८० बर्षकी पत्नीले आफ्नो ८४ बर्षिय पतिलाई सोध्छिन् पति पत्नीको छेउमा आएर भन्छन् भन पत्नी भावुक भएर भन्छिन् । याद छ हजुरलाई हाम्रो बिहे भन्दा अगाडी आफ्नो आमालाई लुकेर एक पत्र लेख्नु भएको थियो, जसमा हजुरले रिसले म सँग बिहे नगर्ने भनेर लेख्नु भएको थियो किन कि हजुरलाई मेरो मुख राम्रो लागेन भन्नु भएको थियो ।पत्नीको कुरा सुनेर पति आश्चर्य मान्दै पत्नीलाई सोधेँ त्यो पत्र कहाँ पायौं तिमीले? यो त पुरानो कुरा हो ! तब पत्नी आँखा भरी आँसु लिदै हिजो मैले बाकसमा लुगा मिलाउँदा यो पत्र भेटेको थिएँ ।

 

Continue reading


“बदनीयत”

Bishnu, Tiwari, Usha, विष्णु तिवारी ‘उषा’, pallawa, पल्लव

विष्णु तिवारी ‘उषा’

बर्षातको मौसम चारैतिर बाढी-पहिरोले वातावरणलाई नै बिथोलिरहेको बेला हामी दुईलाई भने केहीले रोकेन। भन्छन् ‘जहाँ इच्छा त्यहाँ उपाय’। नयाँ दिल्लीबाट २८ घण्टाको लामो रेल यात्रा गरेर पुग्यौँ सुन्दर नगरी गोवा,जो क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो राज्य हो । समग्र दुनियाँमा गोवा आफ्नो प्राकृतिक सुन्दरताले भरिपूर्ण सामुन्द्रिक तटहरुले प्रसिद्ध मानिन्छ । गोवा पहिले पोर्चुगलको एउटा उपनिवेश थियो । पोर्तगालीहरूले लगभग ४५० वर्ष शासन गरे ।

 

Continue reading


यो कस्तो निर्णय हो ?

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

-प्रोफेसर अजीब,नाम अजीब काम पनि अजीब | घरका मान्छे छक्क,स्टाफ जिल्ल |”यो मान्छे यहाँ जन्मिन नहुने “स्टाफको
खासखुस |ऊ आफैंमा खुश |सदबहार मान्छे |कलेज आयो,पढायो,फुर्सदमा गफ लायो,हाँस्यो हँसायो | उनैको एउटा निर्णयले सारा
स्तब्ध |”के हो निर्णय ?”
—-हरेक साल प्रोफेसर अजीबले केही गरिब र जेहन्दार विद्यार्थीलाई बिशेष सहयोग गर्दै आएका छन् –बिगत पैंतीस सालदेखि
|बिद्यार्थी छनोट गर्ने उनको आफ्नै शैली छ |घर घर जाने,अभिभावक भेट्ने –घरको स्थिति हेर्ने र अनुशासन पहिलो प्राथमिकतामा
|कलेज टप गरेमा अझ उत्तम |उनको यो योजनाले धेरै असहायको कल्याण भयो |

 

Continue reading


“म को हुँ” ?

Avinas, Saud, Ekalyatri, एकल यात्री अभिनाश साउद , pallawa, पल्लव

एकल यात्री अभिनाश साउद

८/९ वर्ष उमेर भएको एक ज्ञानी बालक सधैको जस्तै विद्यालय पुग्छ अध्यन को गतिमा बालक कक्षाको
पहिलो चरणमा हुन्छ। अनि त्यो दिन क्षिक्षकले सबैलाई एउटै प्रश्न सोध्छन” तिमी को हौ ” सबैले आ –
आफ्नो बिचार राख्छन अनि उहीँ बालक को पालो आउँछ क्षिक्षक – बाबू तिम्रो पालो अब तिमी भन तिमी को
हौ । तर बालक चुप हुन्छ ऊ सोच्छ ! म बुवा आमा को छोरा हु ! त्यो सबैलाई थाहा छ ! म मानव हु ! त्यो
पनि सबैलाई थाहा छ तसर्थ म को हु त ?? कुनै जवाफ नआए पछि बालक क्षिक्षक लाई आग्रह माग्छ यो प्रश्न
को जवाफ भोलि ल्याउछु भन्दै पालो सर्काउछ ।

 

Continue reading