कल्पना

Saraswati, Sharma, Jigynashu, सरस्वती शर्मा ‘जिज्ञासु’, pallawa, पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’

न कथा
समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा उच्च दसमध्येमा परेको हुनाले र रमाले पनि बालखैदेखि पोखराको राम्रो बोर्डिङ्ग स्कूलमा पढेर एस्.एल्.सी. बोर्डमा पाँचौ स्थान प्राप्त गरकी हुनाले दुवैले इञ्जिनियरिङ्ग क्याम्पस पुलचोकमा पढने मौका पाएका थिए । रमा पहाडिया केटी भए पनि चट्ट मिलेको शरीर, गोलो र हँसिलो अनुहार, नहाँसी नबोल्ने साह्रै राम्री थिइन् । समयले ती दुवैलाई एकैदिन एकैसमयमा उच्चशिक्षा हासिल गर्न भर्नाको लागि क्याम्पसमा र्फम भर्न ल्याइपुर्‍याए । दुवैले दुवैको अनुहारमा एकटक हेरिरहे मानौँ ती दुइ पूर्वपरिचित थिए, तर क्याम्पस हाताभित्र उनीहरूले आवाज मिसाउन सकेनन्, केवल कल्पनामात्र गर्न सुरु गरे ।

 

 
यसरी अनायासै उनीहरूले क्याम्पस प्रवेशको पहिलो दिनमा नै यस्तो अनुभूतिको सामना गर्नुपर्‍यो । यसपछिका दिनहरूमा भेट हुँदा र समीपमा जोडिएर उठ्दाबस्दाको समयमा एकले अर्काको अङ्गमा परस्पर हुने सर्ंर्सगले त झन् दुवैको ज्यानमा अनौठो झन्झनाहट करेन्ट नै पैदा हुन्थ्यो । तर दुवैलाई केही लाज लागेको कारण एकअर्काले कुरा खोल्न चाहँदैनथे । अझ शारीरिक र्घष्ाणको अनुभूति अभ्यास गर्ने तिर्खामा निर्लिप्त हुन थाले । बिस्तारैबिस्तारै दुवैजनाले लाजलाई पचाउँदै एकआपसमा परिचय गर्ने अठोट गरेर आन्तरिक भनौँ या आत्मीय मायाको सुरुवात गर्दै गए । सुरुसुरुमा दुवैले आ-आफ्ना विगतलाई यौन कथा बनाएर एकले अर्कालाई सुनाउन थाले । यसरी उनीहरूको एकआपसीय भलाकुसारीको सुरुवात भयो । मानवीय बागमा ती दुवैजनाको कोपिला फक्रिसकेको हुनाले दुवैजना आपसमा फूलका सुगन्धित वासनामा लिप्त
हुन चाहन्थे । त्यसैले गर्दा रमाले भन्दा पहिला शरदबाबुले वासना विचलित हुँदै प्रस्ताव अगाडि बढायो । रमाले पनि समयले कामवासनाको माग गरिसकेको हुनाले मौनस्वीकृति जनाइन् । यसरी धेरै कुराकानी गरेपछि भोलि भेट्ने वाचा गर्दै दुवै छुट्टिएर आ-आफ्ना बासस्थानतिर लागे ।
जतिसुकै हाँसेर छुट्टिए पनि मन भने रमा र शरदबाबु दुवैको साह्रै भारी भएको थियो । तिनै कुराहरूले दिमागमा उथल-पुथल मच्चाउन थाल्यो । शरदबाबुलाई बाटाभरि पनि रमाको सामीप्यता साथै रहेको भान हुन्थ्यो । यसरी अघिपछिभन्दा अलि ढिलो घरमा पुग्यो र पलङमा पल्ट्यो अनि सोच्न थाल्यो रमासितको सम्वाद । अनि टोलाउँछ र निदाउँछ । उसको सपनामा रमा पनि हाँस्दै आइपुग्छे र उसको नजिकै गएर बस्छे । अनि मुस्कुराउँदै भन्छे – शरदबाबु म तिमीसित धेरै लामो कुराकानीहरू गर्न चाहन्छु … । कतिखेर कतिखेर रमाको हात आफ्नो शरीरमा र्स्पर्श भएको अनुभव हुन्छ शरदबाबुलाई र ऊ तकिया -सिरानी) लाई न्यानो अँगालोमा रमाको अनुपूरित अनुभूतिहरूको साधन बन्न पुग्छ । र बर्बराउन थाल्छ – हाय मेरी प्या…री ! मलाई के तिमी माया गर्न सक्दिनौ र … – मैले तिमीलाई ठाडै भन्न पो सकिन त, तर म तिमीलाई भेटेदेखि नै असाध्यै माया गर्छर्ुु मेरो आँखा र चालबाट पनि त तिमीले जान्नु पर्ने हो नि, हैन र – रमा … । यसरी सपनामा रम्दारम्दै आमाचैले शरदबाबु खाना तयार भयो भनेको आवाजले निन्द्रा खुल्यो र शरदको स्वप्नमहल भताभुङ्ग भयो । ऊ कसैलाई केही भन्न सक्दैन, हल्का झोक्राएको देखेर उसको ममतामयी आमाको मनले धरै दिएन र सोध्न थालिन् – शरदबाबु के तँलाई सञ्चो छैन – एकछिन ऊ केही बोल्न सक्दैन । आमाले फेरि सोध्दै भन्न थालिन् – हैन के हो – सञ्चो नभए मलाई सञ्चो छैन, यस्तो भा’छ भनेर भन्नुपर्छ, नत्र किन झोक्राएको हो – ऊ झल्यास्स भएर भन्नथाल्यो – हैन के मम्मी मलाई केही पनि भा’छैन … । सबैजना खानपिन गरेर सुत्न गए । ऊ पनि पलङमा गएर पल्टिन्छ तर उसलाई खाना खानु अगाडि सम्झनाले सताउँछ र विभिन्न कल्पनामा रम्न थाल्छ, जसले गर्दा ऊ निदाउनै सक्दैन ।
उता रमा पनि शरदबाबुसित छुट्टिएर धेरै तर्कवितर्कहरूको सँगालो बनाउँदै सरासर डेरामा पुग्छिन् । उनको बाबाको अफिस अलि टाढा थियो, त्यसदिन ँनेपाल बन्द’ ले गर्दा सिटीबस, टेम्पो केही पनि सवारी साधन नचलेर पैदल आउँदा ढिला भएकोले कोठामा पुगेका थिएनन् । रमाको आमा पनि भान्साको काममा व्यस्त थिइन्, त्यसैले आफ्नो कोठामा उनी एक्लै थिईन् । उनलाई शरदबाबुले आँखा गाडेर हेरेको याद आयो र झोक्राउन थालिन् । हुन पनि शरदबाबु अति राम्रो, सुन्दर मिलेको शरीर, सेतो र्सटमा कालो पैन्ट अनि घाँटीमा रातो फूलबुट्टे र्टाई हर्ेर्दैमा खाईलाग्दो र लोभलाग्दो थियो । त्यसैले रमालाई घरिघरी उसैको सम्झनाले मात्र सताउथ्यो । उनी कसैलाई केही पनि नभनेर एक्लै बसी घोसेमुन्टो लाएर सोच्दै थिइन् । बाबा पनि आइपुगेको रमाले पत्तै पाइनन् । यत्तिकैमा उनको आमाले – लौ बाबा-छोरी नै भान्छा गर्न आउन पर्‍यो भनेर बोलाउँदा रमा झसङ्ग भएर झस्किन पुगिन् अनि हातले मुख पुछेजस्तो गर्दै भान्सातिर गएर खाना खान लागिन् । भान्सामा जे पकाए पनि साह्रै मीठो मानेर खाने रमालाई आज दाल, तरकारी, अचार केहीको पनि स्वादै थाहा भएन र खाना पनि मीठो लागेन । बलजफ्ती अलिकति भात खाएर उठिन् । छोरीले खाना नखाएको देखेर आमाचैले सोधिन् – किन खाना पेटभरी खाईनौ छोरी – के तिमीलाई सञ्चो छैन – रमाले अलि ढाँटेर भनिन् – अँ मम्मी ! मलाई त्यस्तो त हैन अलिअलि टाउको दुखेको छ … । त्यसैले हो मम्मी म आज धन्दा पनि गर्दिन हजुरले नै गर्नुहोस्, म आराम गर्छर्ुुन्दै आफ्नो कोठातिर लागिन् ।
कठै निन्द्रा पो के लाग्नु थियो र – पलङमा पनि सबै ओछयानले कता-कता काउकुती लगाएको अनुभव हुन थाल्यो । तकियालाई जाङ्मा राखेर शरदबाबुको सम्झनामा रम्दारम्दै आँखा लागेछ, उनलाई थाहै भएन । बिस्तारै लागेको मस्त निन्द्राले शरदबाबुलाई उनको काखमा ल्याइदियो । दुवैजना एकैसाथ बसेर कता-कता जिस्किएको, चलेको अनुभव हुनथाल्यो । कतिखेर-कतिखेर दुवैको अधरहरू एकआपसमा जोडिन पुगे, नयनहरू आफैँ रसाएर एकआपसमा विलय भएको आभास गर्न थाले । शरदबाबुको हात पनि रमाको स्वास्नी मान्छेमा र रमाको हात पनि शरदबाबुको लोग्ने मान्छेमा पुगेकोझैँ लाग्न थाल्यो । उनका निन्द्रामय संसारको सफर गरिरहेको शरीर एकाएक सबै नशा-नशामा वायुवेगमा रक्तसञ्चार भएकोजस्तो हुँदाहुँदै रमाले शरदबाबुलाई आफूभित्र अनारीमा प्रवेश गरेको देखिन् । यै उन्माद र उत्तेजना लाग्दालाग्दै कता-कता शरदबाबुले गालामा चुम्बन गर्दै दुवै हातले भर्खरको कलशमा जोडले अँठयाएको स्वप्नील पीडाले ऐया, नाई-नाई … भनेर उनी च्याँठिइन् । छोरीले यस्तो भनेको आवाज बाहिर सुनेर आमाले – के भयो छोरी – भन्दै बोलाइन् – रमा … रमा ू अनि रमा पनि त्यो आवाजले ब्युँझिन पुगिन् र यता-उता हेरिन कतै कसैलाई देखिनन् । अनि अचम्म मान्दै बाहिर आएर आमालाई भनिन् – आमा मलाई केही भा’को छैन सुत्नुहोस् । यति भनेर उनी ट्वाइलेटमा गएर आफ्नो स्वास्नीमान्छेमा हेरिन सबै लपक्कै भिजेको देखेर उनी आफैँ छक्क परिन् … अनि हातले छामिन चिप्लो लाग्यो झन् दङ्ग परिन् । आच्या ! यो कस्तो चिप्लो … । फेरि आएर पलङ्मा पल्टिदै सोच्न थालिन् – शरदबाबुले आफू टाढा बसेर पनि कसरी भिजाइदियो … भन्दै पुनः शरदबाबुसँगको सामीप्यता पाउन खोजिन् तर सम्भव भएन । उनको त्यो रात कल्पनै-कल्पनामा डुबिरहयो- डुबिरहयो ।

बडागाउँ, कुश्मा, पर्वत ।
पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।
(निकै परिश्रमपूर्वक लेखिएको लेख–रचनाले बल्लबल्ल पत्रिकामा छापिने अवसर पाउँछन् । लेख–रचनाहरू पत्रिकामा त छापिन्छन् तर ती पत्रिकाहरू पाठकहरू समक्ष पुग्छन् नै भन्न सकिँदैन । कतिपय पत्रिकाहरू प्रकाशक/पुस्तक पसल/गोदाममै थन्किएर बसेका हुन्छन् भने कतिपय पत्रिकाहरू विविध कारणले पाठकको मुखै देख्न नपाई बीचैमा तुहिएर बसेका पनि हुनसक्छन् । यी र यस्तै विविध कारणहरूलाई मध्यनजर राख्दै देश–विदेशमा रहनु–बस्नुभएका सम्पूर्ण नेपालीहरूले ती पत्रिकाहरूमा छापिएका लेख अथवा रचना पढ्न पाऊन् भन्ने पवित्र उद्देश्य राखी साभार गर्ने धृष्टता गरिएको हो, यस कार्यलाई सकारात्मक रूपमा लिइदिनु हुनेछ भन्ने पूर्ण विश्वास हामीलाई लागेको छ । — सं.)


भिजेको लुङ्गी

Badri, Palekhe, बद्री पलिखे, pallawa, पल्लव

बद्री पलिखे

लघुयौन कथा
पोहरसाल । असोज महिना हुनुपर्दछ । काठमाडौँमा म एक्लै लजमा रेडियो सुन्दै थिएँ । बाहिर झमझम पानी पर्दै थियो । ढोका ढक्ढक् गर्‍यो । चुकुल खोलेर ढोका उघारेँ । पुनः ढोका लगाएँ । उहाँहरू भित्र प्रवेश गर्नुभयो । त्यसमध्येको एकजना पुरुष जसलाई म पहिलेदेखि नै चिन्दछु । अर्की युवती थिइन् जसलाई म चिन्दिन थिएँ । दुवै पानीले भिजेका थिए । तौलिया दिएँ । उहाँहरूले तौलियाले जीउ पुछ्नुभयो । ती युवतीलाई मैले कुनै चलचित्र या कुनै फिल्मी पत्रिकामा देखेको हुनुपर्दछ । ठम्याउन सकिन । परिचय भयो । भलाकुसारी कुराकानी पनि भयो ।  पूर्वपरिचित पुरुषले पाँच प्लेट मःमः मगाउन पैसा दिनुभयो । रेष्टुराँको नाम र ठेगाना पनि बताउनुभयो । मैले हुन्छ भनेर छाता ओढेर मःमः रेष्टुराँमा गएँ र अर्डर गरेँ ।

Continue reading


चरित्र

Bishnu, Lamichhane, विष्णु लामिछाने, pallawa, पल्लव

विष्णु लामिछाने

यौन लघु कथा
यौनसम्बन्धी उनको र मेरो सधैँ बहस चल्थ्यो, उनी एकाबिहानै यस्तै कुरा लिएर आउँथे मकहाँ । फलानो र फलानी त हिजो हल्लिँदै रेष्टुरेण्टतिर गएका थिए, फलानो अफिसको फलानो कर्मचारीले सोही अफिसको एकजना केटीसँग … छ्या कस्तो चरित्रहीन मान्छे … केटी भएर पनि केटाहरूसँग मुखामुख गरी कुरा गर्ने । कसैसँग बोल्नु, कसैसँग हाँसखेल गर्नु र सँगसँगै हिँड्नुलाई उनी यसरी नै चरित्रहीनको संज्ञा दिन्थे । मैले असहमति जनाउँथेँ उनका त्यस्ता कुराप्रति तर बहस ठूलै हुन्थ्यो । हुँदाहुँदा समाजका सबै नारी-पुरुष चरित्रहीन हुन पुगे उनको नजरमा ।  समयको चक्र घुम्दै गयो, उनी बिस्तारै यस ठाउँभन्दा बाहिर नै धेरै बस्न थाले । उनको र मेरो भेटघाट पनि कम हुन थाल्यो तापनि उनको याद आइरहन्थ्यो ।

Continue reading


नैना भाउजु

Narendra, Raj, Paudel, नरेन्द्र राज पौडेल, pallawa, पल्लव

नरेन्द्र राज पौडेल

यौन कथा
नैना भाउजू ल्वाङ् सुकुमेल चपाउँदै चौतारीमा निस्किएपछि सबै हाकिमहरूमा उत्साहको सञ्चार हुन्थ्यो । एकछिन गफको सिङौरी खेलेपछि अलिक शान्त मन लिएर सबै आ-आफ्ना निवासतिर लाग्दथे । बाँझी, टटली अलिक कुरौटे खालकी नैना भाउजू सबैलाई हिकेर गफ गर्दथिन् । हिजो अस्ति जस्तै आज पनि सबै हाकिमहरू सिरानबजारको चौतारीमा बसेर गफ चुट्तै थिए । भित्री मनैदेखि सबै नैना भाउजूको प्रतीक्षामा अल्भिmएका थिए र भाउजू त्यस चौतारीमा निस्किएपछि एकछिन उनीसँग जिस्किँदै, इत्रिँदै मुखका कीरा मारेर र्फकने सुरमा थिए । प्रत्येक दिनजसो साढे नौ बजेतिर अफिस जान भनेर नैना भाउजू त्यो चौतारोमा निस्किदा सिरानबजारमा पर्ने चौतारोमा जम्मा भएका हाकिम-अधिकृतहरू उनलाई बीचमा पारेर चारैतिरबाट तछाड-मछाड गरेर गफ चुटिरहेका देखिन्थे ।

 

Continue reading


चर्चाः यौन विश्लेषणका

Kalanidhi, Dahal, कलानिधी दाहाल, pallawa,

कलानिधी दाहाल

परिचित मित्र गोर्खे साइँलो !
न्यानो अभिवादन ।
फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो – त्यो पनि कोसेलीस्वरूप । माग्दा नपाइने जमानामा कहिलेकाहीँ नमागी पाएको चीज पनि अभिशाप बन्दोरहेछ । आरामले थन्किरहेका हातहरू फेरि गोर्खे साइँलोतिर अभिनन्दित/सम्बोधित हुन विवश छन् । यसपटक त्यो व्यस्त बजारमा ! त्यो उदास र उराठिलो जङ्गली परिदृश्यमा यौनउदात्तीकरणको आनन्द लिन चाहनुभएछ – अग्रिम बधाई । काम अप्ठेरा छन् – कार्यविधि असजिला । तपाईं जे चाहनुहुन्छ – त्यो जीवनभर पाउनुहुन्न । जसरी चाहनुहुन्छ – त्यसरी पाउनुहुन्न । कहाँ सिग्मन फ्रयडको अदृश्य अन्तर्आवेगको रौँचिरा दर्शन, कहाँ तपाईंको चिचिले ‘पल्लव’ ।

 

Continue reading


स्वप्न सम्भोग

dr.,Ghanshyam, Parishrami,डा. घनश्याम-परिश्रमी, pallawa, पल्लव

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

लघु यौन कथा
आफ्नो फुपू एउटा धार्मिक सम्प्रदायसँग आबद्ध भएकीले समिधामा पनि बाल्यकालदेखि नै त्यसको प्रभाव परेको थियो । जगत्लाई मिथ्या र जीवनलाई क्षणभङ्गुर ठान्ने समिधा सांसारिक मोहको जञ्जालमा फस्न चाहन्नथिन् । त्यसैले उनले आजीवन अविवाहित रहने निर्णयगरेकी थिइन् । उनको जीवनमा पनि प्रकृतिको नियमअनुसार स्वाभाविक रूपले कैशोर्यपछि यौवनले प्रवेश गरेको थियो । सात्त्विक भोजन र आध्यात्मिक चिन्तन आदिले उनले यौवनोचित आवेगलाई नियन्त्रणमा राखेकी थिइन् । समिधा परमेश्वरकी परमभक्त थिइन् । मोक्षका निम्ति रतिलाई दबाउँदै उनी हरघडी इश्वरीय उपासना र ध्यानमा तन्मयतापूर्वक लागेकी हुन्थिन् ।

 

Continue reading


प्वाल

Keshav, Raj, Aamodi,केशव राज आमोदी, pallawa, पल्लव

केशव राज आमोदी

यो प्वालैप्वालको संसार हो । प्वाल नै हावा, पानी र माटो हो । प्वाल नै जीवन र मृत्यु पनि हो । सम्प्रति, म घरका प्वालहरू टाल्दाटाल्दै हैरान भएको छु । घरमा वनमुसाको प्रकोप बढेपछि समस्या अरू जटिल बन्दोरहेछ । घरमुसाले प्वाल पारेका कोठाहरूमा वनमुसाले खोलेर प्वालमात्र पारेको छैन, भित्रभित्रै ओडार बनाएको छ । यो क्रम रोकिएन भने यति सुन्दर र भव्य घर कुन दिन पहिरिएर गर्ल्यामगुर्लुम्म ढल्छ – पहिरोको नाम सम्झयो कि मलाई कृष्णभीरको र हुस्लाङको पहिरोले आङ सिरिङ्ग  पार्छ । अहिले त झन् कृष्णभीरझैँ देश अशान्तिले पहिरिएको छ । जसले गएको साउनको झरी र बाढीको वीभत्स प्रकोप सहेको छ उसले अभाव र समस्याका प्वालबाहेक के देख्न सक्छ र –

 

Continue reading


अग्निस्नान

Prem, Binod, Nandan, प्रेमविनोद नन्दन, pallawa, पल्लव

प्रेमविनोद नन्दन

यौन कथा
घाम डाँडाको सिरानी हालेर ढल्ने उपक्रममा थियो । साँझको घुम्टोमा बेरिएर ताराहरूका आँखाले बाटोमा आउनेजाने छाँयाहरू छाम्दै थिए । सङ्घारमै आइपुगेका दुइ छाँयालाई मायालु बोलीले बेरेर आफ्नो उद्देश्यप्राप्तिको लक्ष्यतिर भित्र्यायो । दुवै छाँयाहरू दिनभरिको यात्राले लखतरान खोलोझैँ कुनै गहिरो तलाउमा विश्राम लिन आतुर थिए । शिशिरको चिसो बतास नदीकिनारको स्याँठले हान्दा दुवै छाँयाहरू न्यानो ओत पाइएला भन्ने सोँचमा थिए । त्यस्तो अवस्थामा फरिकोले बारेको, रातोमाटोले लिपेको हावा छेक्ने बारबन्धनभित्र धपधपी बलिरहेको अगेना र त्यो आगोको तातो रातो ज्वालामा तात्न पाउँदा एउटा रमाइलो आनन्दको अनुभूतिमा रमेका थिए । आगोको गुण तताउनु नै थियो । जीउ त तात्दै गयो । त्यसपछि मन पनि तात्न लाग्यो । आगाको रापसँगै त्यस घरकी मालिक्नी पनि हमानी अनुहारमा मानौँ आफ्नै नजिकको पाहुनालाई भन्दा बढी सत्कारका परिकारहरू सोध्न थालिन् । छाँयाका चारै आशक्त आँखाहरू नवयौवनाको अनुहारभरि सोहोरिए ।

 

Continue reading