“म भोलि देखि तिम्रो आसपास पनि आउदिन”

Sudhir, Kumar, Suman,, सुधिरकुमार सुमन, pallawa, पल्लव

सुधिरकुमार सुमन

भमराले साह्रै दिल दुखाएर फूल सङ्ग भन्यो।”किन प्यारा म बाट तेस्तो के गल्ति भयो र।तिमी आउँछौ भनेर नै म दैनिक आफ्नो शरीर भित्र रस भरेर राखेको हुन्छु।तिमी आउने आशामा सधैं आंचल फिजाएर फक्रीएर बसेको हुन्छु।किन त्यसो भन्छौ मेरो प्यारा।केही गल्ती भएको छ भने भन”फूलले पनि साह्रै माया लाग्दो गरेर भनी।
“मेरो साह्रो दिल दुखेको छ । बरु भोलि बाट अर्कै बगैचामा गएर नयाँ नयाँ फूलहरु खोजी गर्नेछु । यो तिमी भएको बगैंचा वरिपरि म आउने छैन” । भमराले आफ्नो अड्डि कस्यो।

 

Continue reading


साथीको माया

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि’

कथाः
दुनियाँ भनेको को हो र? हामी त हौ ।
भन्दै शिला ले शिलुसग भनिन् । के भयो शिला तलार्इ आज धेरै भावुक कुरा गर्दै छेस् । सलु मेरो साथीले आफ्नो मायामा धोका हुदाँनि तेस केटालार्इ माफ गरेर सगै बसिकि छे ,नेपाल कै छोरि भएनी यु.एस.ए. मा बस्छे तेहाको नियम नि! बलियो छ फेरि किन? सहएको देखेर दिक्क लागेको के, ए हो र के भन्छे त ! तेरो साथि निरुले किन बसेकि रे त !! केही धम्काएको पो छ कि हामिले राम्रो सँग बुझ्ने र हामी छौ नडराउ भनेर हिम्मत दिनुपर्ला जस्तो छ ।

 

Continue reading


‘परिचय’

R R, Chaulagain, Hetauda,आर. आर. चौलागाईं, pallawa, पल्लव

आर. आर. चौलागाईं

एक पटक अमेरिकाको न्यूयोर्कमा संसारका सबै देशका नागरिकहरूको जमघट भयो । त्यो भेलामा प्रतिनिधिको रूपमा प्रत्येक देशबाट दशदेखि पचास जनासम्म सहभागी भए । नेपालबाट पनि एक्काइस जनाको टोली गयो ।
त्यो कार्यक्रमको आयोजना संयुक्त राष्ट्रसङ्घले गरेको थियो । अनि विषय थियो- ‘संसारबाट गरिबी कसरी हटाउने ?’
भेलाको थालनी परिचयात्मक कार्यक्रमबाट सुरु भयो । सबै सहभागीले आ-आफ्नो परिचय दिए ।

 

Continue reading


अन्तिम भेट . . . . .

Arpana, Kc, Sabina, अर्पणा "सर्बिन", pallawa,पल्लव

अर्पणा “सर्बिन”

कुरा चार वर्षअगाडिको हो । मुसा । उनी कुहिरे । लगभग एक वर्षो अन्तरालमा त्यान्द्रात्यान्द्रा दुःख सुखका पलहरूलाई बटुलेर एउटा परालको कुन्यु बनाएको थिए । उनी असाध्यै प्यारा भएता पनि उनको हरेक स्वभाव र बानीलाई अगाल्न नसकेकै कारण उनी मुसा भन्दा परै थिए । ज्यान जहाँ भए पनि मन चाहिँ कहिले उनीभन्दा पर हुन सकेको थिएन । त्यस्तै हरेक लोग्ने मान्छे र स्वास्नी मान्छे एक अर्काको परिपुरक हुन्थे । यहाँ लोग्ने मान्छे मात्रै भएर पनि हुदैँन र स्वास्नी मान्छे मात्रै भएर पनि हुदैँन ।

Continue reading


दशैंको दिन

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

अघिल्लो दिनको थकाइले म बिहान सात बजे उठें । घामले मेरो कोठामै पाइला टेकिसकेको थियो । जुरुक्क उठें । बाहिर गएँ ।मलाई आँखा निमोठ्दै गरेको देखी आमा,”छोरा गोरु,बाख्रा वनतिर खेदेर आइज” भन्दै कराउनुभयो । मैले आमालाई, ”आमा आज दशैं हो …किन तपाईं खेतमा ? ” भनें । आमा दशैं आइसक्यो र छोरा भन्दै घाँस काट्न छोड्भएन । मैले सम्झें कठै वर! बिहान जाँतो,टाढाबाट पानी,गोबर,आँगन … सबै मेरो आँखामा आए । म काठमाडौंबाट घर आएको तीन दिनमात्र भएको थियो । म गाउँमा दशैं मनाउन नै आएको थिएँ ।

 

Continue reading


जाने हो नि

Upendra, Subedi, उपेन्द्र सुवेदी , pallawa, पल्लव

उपेन्द्र सुवेदी

“जाने हो नि” ।
सिम्ता अफिसमा कम्प्युटर चलाउँदै गरेर बसिरहेको बेला मेसेनजरमा मेसेज आउँछ ।
हतार हतार “जाने” टाइप गर्न उसको हात लम्कन्छ तर अफिसको स्थिति देखेर उसका हात गल्छन् । आज अफिस लगभग खाली नै छ तर हाकिम भने आफ्नो आसनमा बिराजमान छन् । हाकिमको कुन बेला के आदेश आउने हो थाहा छैन, आयो भने उसले नै दौडनुपर्ने हुन्छ । आज सहयोग गर्ने पनि कोही छैन । हाकिमको हिँड्ने सुरसार नै छैन फेरि भेट्न र गफ गर्न केही मानिसहरु आइरहेका छन् । कहिले त हाकिम मिटिङसिटिङ भनेर निस्किहाल्थे र कतिलाई राम्रोसँग आफ्नो कुरा राख्ने मौका दिदैनथे ।

 

Continue reading


सास्ती र तुफान सुनामीमा हाेमी रहन्थ्याे !

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

श्रीमती संग खुलेर नबाेल्ने बानी उसकाे थियाे । सपनालाई याे कुरा पटक्कै मन परेकाे थिएन ।अरूसंग खुलेअाम बाेल्ने उनीसंग बाेल्दा रिसाउथाे । अनयासै गाली गलाैजकाे शिकार बनाउथाे ! शंका उपशंका गरि ईज्जतकाे धज्जी उडाउथाे । भित्रभित्रै जलन भई छटपटाउ थिन उनी त ! सामुन्ने रून हुन्न थियाे गाली गरि कराउथाे । नमिठा शब्दहरू प्रहार उनकाे लागि असैह भएकाे थियाे ।
साेचमग्न हुन्थिन अाखिर कहिले सम्म …! मनमनै भरिएर रून्थिन ।

 

Continue reading


सुनामीकी प्रेरणा

Ramhari, Poudyal, रामहरि पौड्याल, pallawa, पल्लव

रामहरि पौड्याल

हामी दम्पती परदेशमा छौ सात समुन्द्र पर । संसारको केन्द्र युरोप र त्यसको पनि राजधानी मानिने लन्डन । सधै जागिरहने कहिलेइ नसुतिकन छुट्याउन गार्हो दिन ही कि रात ? बार्हैमास चम्किने सहरमा क्रिसमसको तीब्र चम्काई थपिएको त्यो बर्णानातीत क्षण । विशालतम क्रिस्मस ट्री र तिनमा सजिएका रंगीबिरंगी धोजा पताका जडित चम्किला बत्तिहरुले हरेक घर, हरेक चोक र हरेक गल्लीहरु सजिसजाउ देखिन्छन ।

 

Continue reading


“छोरी”

Kazi, Kaji, Kajee, Karki, काजी कार्की, pallawa, पल्लव

काजी कार्की

म दिदीको घरबाट फर्किदै थिएँ ।
बिच जंगलमा बच्ची रोई रहेको आवाज आयो ।
म सरासर त्यतै गएँ । सुनसान बनमा कुनै पापिले उनलाई छाडेर गएछन् ? अब के गर्ने होला ?
हे भगवान !
मैले सोचें “घरै लैजान्छु”
फेरी घरमा के भन्ने हुन ?
ठिकै छ जे होला ।
म घर पुगें ।
सबै कुरा भनें ।

 

Continue reading


पाहुना

Lilaraj, Dahal, लीलाराज दाहाल, pallawa, पल्लव

लीलाराज दाहाल

खरिदार लुरमानलाई कार्यालयको कामको सिलसिलामा निकै टाढाको शहर सम्म जानु पर्ने अवस्था सिर्जना भएको थियो । सानो जागिरको तलब र ठूलो परिवारको दायित्वबीच उ सधैं असन्तुलित भइ रहेको अवस्थामा कार्यालयको काममा यात्रा गर्न पाउँदा उ निकै खुशी भएको थियो । न्यून आयका कारण प्राय जसो उसको मनको सागरमा कन्जुस्याइंको ज्वारभाटा उठीरहन्थ्यो । आफ्नोमा पाहुना आउँदा निकै दुखी हुने उ अलि परको नाता पर्ने दिदीकोमा पाहुना लाग्ने योजना बनाउन थाल्यो ।

 

Continue reading


“ऊ कहिल्यै फर्किन्न”

Sita, Astha, Dhungel, सीता अास्था ढुङ्गेल, pallawa, पल्लव

सीता अास्था ढुङ्गेल

त्यहि समय त्यहि पल आखिरि कुहिरि मण्डल भएर आँखा अगाडि नाच्न आइपुग्छ।मनभरी ठूलै हुण्डरी चल्छ ,ब्यथाहरु एक पछि अर्को गर्दै उडिरहन्छन्।श्वास सङ्गै भित्र बाहिर गरिरहन्छन्।कार्यलय जादा र आउदाको समय देख्ने गर्छु यौटै दृष्य, कालो मैलो र झुत्रे बर्को लमतन्न पछारिएको सडकको छेउमा र शहरका घर पेटीहरुमा।कहिल्यै आखाबाट ओझेल पर्दैन,लम्पसार त्यो फाटेको जिन्दगी।आखिर त्यो पनि त यौटा कुनै जिन्दगी हो।कोहि मात्तिएकाहरु उन्मुक्त हासो हासेर हिड्छन्।

 

Continue reading


बन्दी प्रमाणपत्र !

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

कलेज जाँदा एकदिन “तिर्सना” को नजर “मनोज” को नजर संङ ठोकिन पुगे। खै किन हो दुबै ले अलि लामो समय नजर जुधाए । केहीछिन पछि “तिर्सना” का आँखामा केही लाजको लाली झल्कियो उनले नयनहरु झुकाइन् ।
अर्को दिन दुबैजना का आखाहरुले एकाअर्कालाई खोजेको आभास भयो । क्लास मा जाने बेलामा अचानक एक अर्को लाई देखे ! दुबै जना ले हल्का मुस्कान साथ फेरि फेरि भेट्ने अनौपचारिक निमन्त्रणा दिदै क्लास भित्र गए ।
क्लास सकिए पछि बाहिर निस्के र दुबै जना खाजा खान चमेना घरतिर गए !

 

Continue reading


अन्दाज

Kazi, Kaji, Kajee, Karki, काजी कार्की, pallawa, पल्लव

काजी कार्की

दुई वटा साना ननिहरू च्यापेर उभिदै यात्रा गरिरहेकी एक महिला लाई देखेर मलाई दया लाग्यो काठमाडौ जाने त्यो सिट मैले तिनै महिला लाई छाडिदिएॅ ।
बैनि बस । उनले धन्यवाद दिदै सिटमा बसिन । म उनको नजिक उभिएँ ।
‘बैनि कहाँ पुग्ने’ ?
“धार्के” उनले भनिन ।
माईत हो ?
नाई दाजु हैन ।

किन त ?
मैले कर गरें ।
उनले सबै भनिन “घरमा लोग्ने, सासु, ससुरा, देवर, नन्द सबै रहेछन् । दुईवटा नानिहरू जन्मिए पछि ।

 

Continue reading


जिन्दगीको यात्रा

Mohan, Acharya, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

(रुपेशको डायरी बाट )
गल्फ मुलुकको बैदेशिक काम को अनुभव बोकेर युरोपको संसारमा हराउन चाहन्थें | एजेन्टको खोजीमा थिएं नभन्दै प्रेमजीको सम्पर्कले सिम्मा दिदीको कम्पनीबाट म युरोपको यात्राको भिषा पाएँ |
आखाभरि नेपालको सम्झना बोकेर म युरोप हानिएँ | जीवनका हरेक हण्डर र बबण्डरका सिमा नाग्दै आफ्नो मौलिकता बोकेर बाचेको छु | साच्ची निर्मलाको धोकाले मलाइ जीवन बुझ्ने बाटो बन्यो |

 

Continue reading


‘तिलहरी’

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

तीजको लहर छाएको थियो।विभिन्न समूह र संस्थामा आबद्ध महिलाहरूको दिनहुॅ दर खाने क्रम जारी थियो।तीजको व्रत बस्ने दिन आउन अझै तीन साता बाॅकी थियो।
महिलाहरू महङ्गा पहिरन र गहनामा सजिएर निस्कन्थे।
जमुना सधैॅ त्यो दृश्य हेर्थी अनि मनमनै सोच्थी ‘विहेकै रातो सारी छॅदैछ।हरियो पोतेमा एउटा तिलहरी बनाएर हाल्न पाए- -।’
“सुरुदेखि नै घर खर्चबाट जोगाएर जम्मा गरेको केही पैसा मसॅग छ यसपालि एउटा तिलहरी लाउने रहर छ बनाऊॅ ?” आज उसले लोग्नेसॅग सोधी।

 

Continue reading


प्रेम कहानी

 

K. p., Sangharshi, के.पी संघर्षी, pallawa, पल्लव

के.पी संघर्षी

यस्तै थियो जिबन मेरो यसै गरि चलिरहेको थियो कुनै दिन को कुरा थियो अचानक कुनै केटीको म्यासेज आयो मेरो फोनमा र त्यहाँ लेखिएको थियो नमस्कार फ्रेन्ड सन्चै हुनुहुन्छ ,,, यसको उत्तर मैले पनि सकुशल भएको बताए, यसैगरी हामी दुई बिच कुरा कानि हुदै जान थालेको थियो उनले सधैं बिहान बिहानै म्यासेज गर्ने गर्थिन् मेरो बारेमा बुझ्न को लागि मैले पनि सार कुरा बताउने गर्थें यस्तै कुरा गर्दागर्दै महिना बितिसक्यो हाम्रो एक अर्का मा राम्रो संग चिन जान भएको थियो ।

 

Continue reading


जेलवाली

Sumitra, Neupane,  सुमित्रा न्यौपाने, pallawa, पल्लव

सुमित्रा न्यौपाने

यस पटकको अन्तरवार्ता अविस्मरणीय भयो । २० वर्षो पत्रकारिताको यो पहिलो अनुभव थियो । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा थिएँ । आफन्तको उपचार हुँदै थियो । योजना थिएन कसैसँग अन्तरवार्ता लिने । तर अकस्मात भैदियो सबै । एक युवती अस्पताल भित्र पसिन् । अघिपछि सुरक्षाकर्मी थिए । गोरो वर्ण मध्यम उचाइकी । हात सुडौल बिना चुराका । अनुहारमा चमकता बिना मेकअपको । शरीर चिटिक्क बिना तडकभडक । निडर र नीर्भिक । आजसम्म मैले देखेका सुन्दर नारीहरुमा सायद यिनी पहिलो नम्बरमा पर्थिन् । तर बिडम्बना दुबै हातमा हत्कडी थिए ।

 

Continue reading


सम्पत्ति !

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

नेपाल सरकारको अधिकृतमा नियुक्ति भएका कृष्णराज मन्त्रालयको सचिव भएका थिए ।
सेवा अवधी भर राम्रो कमाइ हुने कार्यलय, बिभाग मा काम गरेका उनको अकुत सम्पत्ति रहेछ । काठमाडौं मा मात्र दुई तीनवटा घर त्यतिनै घडेरी ! देशका प्रमुख सहरमा, तराईमा उनले प्रसस्त जग्गा जमिन जोडेका रहेछन् ।
म पनि त्यही मन्त्रालय अन्तर्गत को एउटा बिभागमा प्राबिधिक सहायकको रुपमा नियुक्त भै काम गर्दै आएको थिए। हाम्रो बिभागमा चरम भ्रष्टाचार र अनियमितता थियो।

 

Continue reading


गरिबी र उमेर

‎Prativa, Poudel‎,, प्रतिभा पौडेल, pallawa, पल्लव

प्रतिभा पौडेल

‘आम्मै नानी ! कति धेरै दिन पछि पाल्नु भएछ, नदेखेको धेरै भएको थियो ।’ मलाई देख्ने बित्तिकै हरिनाथ बा ले प्रशन्न मुद्रामा भने । हो नि हरिनाथ बा म त कामको सिलसिलामा शहर तिरै छु । घर नआएको पनि २÷३ महिना भै सकेछ, अनि आएको बेला हजुरलाई पनि भेटुँ भनेर आएकी, भन्दै म हरिनाथ बा को सिकुवामा गएर बसेँ । हरिनाथ बा गाँउका गन्य मान्य मान्छे, मैले जान्ने उमेर देखिनै उनलाई गाउँका सबैले मान्ने गरेको थाहा छ ।

 

Continue reading


मलाई धोकेबाज भन्न पाइन्छ ??

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

उनले दिनदिनै मेसेन्जरमा स-साना भिडियोहरू पठाइरहन्थिन्,तर म डाटाबाट चलाउने भएकोले भिडियो खोलेर कहिल्यै हेर्दिन थेँ । त्यसैले भिडियोका बारेमा मबाट कुनै पनि प्रतिक्रिया दिने काम हुँदैन थियो । उनले पनि खासै प्रतिक्रिया खोज्दैनथिन् फेरि अरु नै गफगाफमा व्यस्त भइन्थ्यो ।
यस्तै क्रम महिनौदेखि चलिरहेकोले हामी घनिष्ठ साथी भइसकेका थियौा । मैले उनले पठाएका भिडियो नहेरे पनि एकदिन १०/१२ अोटाजति भिडियो एकैसाथ पठाइन् ।

 

Continue reading