मोवाइल-गाथा

nandalal, acharya, नन्दलाल आचार्य, pallawa

नन्दलाल आचार्य

बाल-एकाङ्की
पात्रहरूः- १३, १४ वर्षा अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरी नाम गरेका बालिकाहरू र नेपथ्यबाट मोवाइल भएर बोल्ने अर्को एक पुरूष पात्र ।
-खेल मैदानको छेउमा विशाल रूखमुनि पाँच जना बालिका बसेर कुराकानी गरिरहेका छन् । त्यहीँ नजिक एउटा मोवाइल पनि छ ।) अहिल्याः- – खुशी हुँदै) आज कस्तो संयोग जुरेको । अहिले यहाँ हामी पञ्चकन्या मात्र छौँ ।
मोवाइलः- -नेपथ्यबाट) म पनि एक पात्र यहीँ छु । हामी जम्मा छ जना छौँ, भन्नुस् न ।
द्रोपदीः- -सबै जना छक्क पर्छन् ।) हँ, मोवाइल पनि बोल्न थाल्यो । -मोवाइल ओल्टाइपल्र्टाई हेर्छन् ।)
कुन्तीः- आफैँ किन बोल्थ्यो मोवाइल ।

 

Continue reading


राष्ट्रिय एकता

नन्दलाल आचार्य

बाल–एकाङ्की, पात्रहरूः— बालबालिकाहरू —(१) निधि, (२) सरोज र (३) अमित, हजुरआमाः परी, (शनिबारको दिन हजुरआमा परी आफ्ना नातिनातिनाहरू निधि, सरोज र अमितका साथमा फूलबारीको फलैँचामा बसेकी छिन् । प्रत्येक शनिबार उनले कथा नभनी सुख पाउँदिनन् ।  आज पनि उनी कथा भन्ने सुरसार गर्न थालिन् ।)
परीः  बाबू हो ! आज म तिमीहरूलाई एउटा अचम्भको कथा सुनाउँछु । नडराउनु नि ।
निधिः हुन्छ, हुन्छ । बरू सुरू गरिहाले हुन्थ्यो ।
परीः (मुस्कुराउँदै) धैर्य गर, अधैर्य नामको रोग छ भने तुलसीको पत्ता खाओ र फुर्ती बढाओ । हिम्मत छ भने हुती बढाओ, छैन भने आँसु बगाओ ।

Continue reading


विलासी विश्व

नन्दलाल आचार्य

पात्रहरूः— करिव १२, १३ वर्षका बालबालिकाहरू —(१) विनोद, (२) कृष्ण, (३) लक्ष्मी, (४) रञ्जु
(स्कूलको चौरको आँप रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । विनोद भने अँध्यारो मुख लगाएर बसेको छ भने अरूहरू हँसिलो चेहरामा छन् ।)
विनोदः— (चारैतर्फ हेर्छ, शरीर बटार्छ र एक्लै भुतभुताउँछ ।) भनेजस्तो, खोजेजस्तो र चाहेजस्तो परिस्थिति दिन यो संसारले सकेन । किन मेरो मात्रै चाहनाको खिल्ली उडाइरहेछ । के मैले यमपुरीकै महल बनाएको हुँ र ?

Continue reading


मेलमिलाप

नन्दलाल आचार्य

एकाङ्की नाटक

मार्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन् मौरीको घार छ । चराहरु स्वतन्त्ररुपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउती गरिरहेको देखिन्छ । माचको अर्को भागमा चार जना राधा ज्ञानिता मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका केटाकेटीहरु खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरु कोलाहल शब्दका साथ एकअर्कामा हात हालाहाल गर्न थाल्छन् । लुगासुगा च्यातच्युत हुन्छ । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरुलाई भकुर्न थाल्छ ।

Continue reading