” चिना हराएको मान्छे”‘ मा बिदेशमा बस्ने नेपालीहरु

Jiba, Lamichhane, जीवा लामिछाने, pallawa, पल्लव

जीवा लामिछाने

पुस्तकको केही अंशःharibansha-book
हामी धेरै पटक विदेश गएर आएको देखेर त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीहरु भन्थे— “तपाईंहरु अहिले ट्रान्जिटमा नेपाल आउनुभएको ? अब कति दिन बसेर जानुहुन्छ त ?” हुन पनि त्यस बेला हामी चार महिना देशमा, आठ महिना विदेशमा हुन्थ्यौं ।पछिपछिका भ्रमणमा मीरा पनि मसँगै सहभागी हुन थालिन् । उनी कार्यक्रमहरुमा उद्घोषिकाको भूमिका निभाउँथिन् । २०५८ सालमा राजा वीरेन्द्रको वंशविनाशपछि भएको विदेश भ्रमणमा नेपालीहरुको हामीसँग एउटै जिज्ञासा थियो— “राजा वीरेन्द्रको हत्या दीपेन्द्रले नै गरेका हुन् ?” उनीहरु सबै कुरा हामीलाई थाहा छ भन्ने तरिकाले प्रश्न गर्थे ।हामी भन्थ्यौं— “दीपेन्द्रले नै गरेको पनि हुन सक्छ । संसारमा बाबुआमा मार्ने थुप्रै छन् नि । अमेरिकामा पनि बन्दुकधारीले कलेजमा गएर गोली चलाउँछ र थुपै्र मान्छे मार्छ । त्यस्तो विकृत मनस्थिति दीपेन्द्रमा पनि हुन सक्छ । तर यसै भन्न सकिन्न !”यस विषयमा कसैले चर्काचर्की नै गर्थे, कसैले अरुले नै मारेको भन्थे ।

 

Continue reading