शुक्लयजुर्वेदका केही मन्त्रको पद्यमय भावार्थः

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

इषे त्वा ……।१।
काटी शमीको बलियो छडी म
दगुर्छु गाईसित यो घडी म
बाच्छाहरू वायुसमान सर्कून्
गोधूलि आएपछि गोठ फर्कून्
गाई कसैले पनि चोर्न हुन्न
सताउनै हुन्न चिथोर्नुहुन्न
प्रशस्त बाच्छा पनि पाइदेऊन्
नीरोग हून् दूध बगाइदेऊन्
म इन्द्रको यज्ञ गरूँ तयार
सभक्ति अर्पूं अनि दूधधार
गाई ! तिमी छौ र बनूँ म ढुक्क
लिऊँ सुरक्षार्थ छडी थुपुक्क

 

Continue reading


छन्दको उत्पति,महत्व,विकाश र वर्तमान अवस्था 

Kaviraj ,Paudel, कविराज पौडेल, pallawa, पल्लव

लेखन तथा प्रस्तुतिः  कविराज पौडेल

प्रस्तावना
यो श्रृष्टि लय, गति र यतिको सुन्दर समायोजन हो । लयले सजीवता गतिले परिवर्तनशीलता, यतिले अनित्यता र क्षणभङ्गुरतालाई इ•ति गर्दछ । यसलाई एउटै शब्दमा भन्नुपर्दा लय, गति र यतिको योग नै छन्द हो । छन्द अमूर्त रहस्यको मूत रूप हो । छन्द जीवन हो र जीवन नै छन्द हो । यो चराचर जगत नै छन्दमय छ । छन्द र्सवव्यापी छ । परच्छन्द केही पनि छैन । प्राणीहरुलाई स्वच्छन्दत्व प्रिय हुन सक्छ न कि परच्छन्दत्व । छन्द अनुभुत्यात्मक दृष्टि र जीवन्त सृष्टि हो । छन्द अमूर्त कोलाज होइन यो तथ्यगत सत्य हो
छन्द र छन्द शब्दको व्युत्पति
तस्माद्यज्ञात्र्सवहुत ऋचः सामानि जज्ञिरे
छन्दांसि जज्ञिरे तस्मद्यजुस्तस्मादजायत (ऋक्(१०।९०।९)
(विराट यज्ञ पुरुषबाट ऋक्, साम, छन्दहरु र यजुको उत्पत्ति भयो)

 

Continue reading


विश्वरूप-महाकाव्यबाट

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(हाम्रो नयाँ घर कैलास कुंजको कल्पनामा)
यौटा थियो सुखद सुन्दर शान्त गाउँ
त्यो गाउँलाई सुरलोक भनी चिनाऊँ
यो वर्तमानकन चारघरी भुलाऊँ
आऊ अतीत युगको घटना सुुनाऊँ ।१।

सौन्दर्यपूर्ण वन नन्दनको किनार
मन्दाकिनी सलल बग्दछ शुक्लधार
त्योबाट त्यो छ परिपोषित वारवार
कल्याणको त्रिविध मारुतको बजार ।२।

 

Continue reading


“गोपी–गीतम्”

Nirmohi, Vyas, निर्मोही व्यास, pallawa, पल्लव

निर्मोही व्यास

व्रज उज्यालियो जन्मिँदा तिमी
तब त इन्दिरा रम्दछिन् यहीँ
प्रिय ! नदेखिँदा व्यग्र भैै कतै
चरण–सेविका खोज्दछौँ सबै

रति जगाउने, प्रीति छल्किने
शरद–पद्मको कान्ति फिक्किने
नयन–बाणले चित्त छेडिई
कति बसौँ प्रभो ! नित्य तड्पिई्

 

Continue reading


श्रीमहाकालविरचित सुप्रसिद्ध कर्पूरस्तोत्रको नेपाली भावानुवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(चैत्रको नवरात्रका शुभ—अवसरमा)
अङ्गारे मेघ जस्तै असितवदनकी चण्डिके उग्रवामा
हे आमा ! मन्त्र क्रीं यो विधिसहित जपी बस्छ जो साधनामा
त्यस्ताको साथ लाईकन सहजसितै आउलान् सिद्धि सारा
बर्सेलान् ओठदेखिन् अविरल गतिमा गद्य वा पद्यधारा १

घाँटीमा मुण्डमाला, शशि पनि शिरमा लाउँदी चण्डि ! माई !
तिम्रो हुं मन्त्रलाई विधिसित जसले जप्छ त्यो सिद्धि पाई
बोल्नामा देउताका गुरुकन, धनमा जित्न सक्ला कुबेर
रूपासे सुन्दरीका लहर उससितै आउलान् झुम्मिएर २

 

Continue reading


ऋग्वेदमा वागाम्भृणीद्वारा गाइएको देवीसूक्तको नेपाली भावानुवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(मेरो विपुल महिमा नै परिचय)
म वाग्देवी, मेरा सँग अनल, रुद्रेश, पवन
हिँडून् विश्वेदेवा, अमरपति साथै वसुगण
यता बाँकी मित्रावरुण, रवि, अश्विद्वय पनि
विराट् बोधद्वारा सब भुवन मेरो वशमुनि ।१

निचोरेको सोमद्रव सब म नै तन्न पिउँछु
म नै त्वष्टा, पूषा, भग पनि उठाएर जिउँछु
मलाई जो दिन्छन् विधिसहित नैवेद्य मखमा
तिनैलाई पैसा दिइकन सदा राख्छु सुखमा ।२।

 

Continue reading


नवरात्रमा शुभकामनासाथ भगवतीको प्रार्थना

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

न मन्त्रं नो यन्त्रम् को नेपाली भावानुवाद
न मुद्रा पैल्याएँ, स्तवन न गरेँ, मन्त्र न सुनेँ
कथावार्ता, आवाहन न त सिकेँ, यन्त्र न चिनेँ
अहो आमा रोएँ न त चरणमा, ध्यान न भयो
फगत् जानेँ तिम्रो पछिपछि हिडे सङ्कट गयो ।

नजान्नाले केही, नियम नलिनाले पनि कति
स्वयं अल्छी बन्दा पनि, धन नपाएपछि कति
भयो गल्ती, सच्याउन अघि सर्यौ हत्पत यतै
कुमाता के होलिन् कुतनय भए तापनि कतै ?

 

Continue reading


शुक्ल यजुर्वेदको ४०औँ अध्याय ईशावास्योपनिषद्को भावानुवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

चैतन्यधारा परिपूर्ण हुन्छ
संसार सारा पनि पूर्ण हुन्छ
खन्याउँदा पूर्ण यता छ पूर्ण
उता छ बाँकी पनि उत्ति पूर्ण १

प्रपञ्चको यो जति हो विलास
जहाँतहीँ ईश्वरको छ वास
दिएर खाऊ र सदैव देऊ
अरूहरूको पसिना नलेऊ २

 

Continue reading


शिवम् हिम्नस्तोत्रको नेपाली अनुवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(यहाँ १४ श्लोकमात्रै)
विना मेलोमेसो प्रभु ! हजुरको जो स्तुति भयो
नमिल्दो होला यो, विधि, गुरु नबोले पनि भयो
यथाशक्तिद्वारा श्रमसित पुर्‍याएर नियम
म निर्दोषी होऊँ भनिकन उचाल्दैछु कलम ।।१।।

सधैं भन्छन् वेदादिक छक परी, निर्गुण हुने
पिनाकीको सत्ता मनवचनभन्दा पर हुने
अहो ! कल्ले गर्ला स्तुति अगम खंब्रह्म शिवको
त्यसैले साकारै प्रभुतिर हुने दृष्टि सबको ।।२।।

 

Continue reading


एसियामा रामकथाको प्रभाव र विस्तारः एक सङ्क्षिप्त प्रसङ्ग

Dr. ,Gobinda, Bhattarai, डा. गोविन्दराज भट्टराई, pallawa, पल्लव

डा. गोविन्दराज भट्टराई

आज प्रशिद्ध मानिएको विश्वव्यापी भाषा पनि एकदिन, इतिहासको कुनै कालखण्डमा ससानो मूलबाट पलाएको थियो । जर्मन, फ्रेन्च, इङ्लिस, अरवी, चिनियाँ, जापानी सबै कुनै न कुनै पुरानो रूपबाट विकसित हुँदै आएका छन् । प्रायः सबै भाषाको मध्ययुगबाट नवीकरण हुन थाल्यो । पुराना र नयाँका सन्धिकालमा धेरैजसो कवि स्रष्टा नै उभिएका छन् । धरैजसो धार्मिक, आध्यात्मिक काव्यगाथा रचेर वा अनुवाद गरेर नयाँ भाषालाई जनमानसमा स्थापित गराएका छन् । उदाहरणको लागि ल्याटिनमा दन्ते अलिग्हिअर ीको -१२६२-१३२१) डिभाइन कमेडी, अङ्ग्रेजीमा जेफी चौसर -१३४३-१४००) को क्यार्न्र्टबरी टेल्ज् । यता आफ्नै परिवेशको कुरा गर्दा हिन्दी, बङ्गाली, गुजराती, आसामी, नेपाली, जस्ता भारोपेली भाषा पनि कुनै न कुनै पूर्वरूपबाट विकसित भएका हुन् ।

Continue reading


ईश्वरको न्याय

Saran, kumar, Rai, सरण राई, pallawa, पल्लव

अनुवादक – सरणकुमार राई

समरसेट माम
मरिसकेका ती तीनजनाको आत्माहरू ईश्वरको अगाडि न्यायको प्रतीक्षामा उभिरहेका थिए । ईश्वरले केही बेर तिनीहरूलाई ध्यान दिएनन् । साँच्चै भन्ने हो भने उनी झर्किएका र दिक्क भएका थिए । केही बेर अघि एउटा विश्वप्रशिद्ध बुढा दार्शनिकको आत्मा उनको सामुन्ने न्यायको लागि ल्याइएको थियो, त्यसले आउनासाथ भनेको थियो, “मलाई तिमीमा विश्वास छैन ।” यो कुराले ईश्वरलाई कुनै असर गर्दैनथ्यो होला, बरु जवाफमा उनी हाँसिदिन्थे होला; तर दार्शनिकले पृथ्वीमा भयरहेको युद्ध र मारकाटको चर्चा गर्दै इश्वरसँग सोधेको थियो, “यो कसरी भन्न सकिन्छ कि तिमी सर्वशक्तिमान र सर्वकृपालु छौ ? बेशक शैतानको अस्तित्व अस्वीकार गर्न सकिदैन तर तिमी उसलाई कुकर्म गर्न रोक्न सक्तैनौ भने तिमी सर्वशक्तिमान होइनौ; र यदि रोक्न सक्छौ र रोकिरहेका छैनौ भने तिमी सर्वकृपालु छैनौ ।”

 

Continue reading


बुद्धिमान केटो

Saran, kumar, Rai, सरण राई, pallawa, पल्लव

अनुवादकः सरण राई

(तुर्कमानी लोककथा)
एकादेशबाट व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँग धेरै नोकर चाकरहरू पनि थिए । बाटोमा उनीहरूले एउटा ठूलो नदी तर्नु पर्‍यो । सबैजना नाउमा बसेर नदी तर्न थाले । अचानक आधिबेहेरी आयो र नाउलाई हुत्याएर ढुङ्गामा ठोक्कायो । नाउ टुक्रा टुक्रा भयो । मनिसहरू डुबे । तन्नेरी नोकरहरुमध्ये एकजना मात्र बाँच्यो । ऊ नाउको एउटा टुक्रा समातेर किनारामा नपुगुन्जेल पौडी रह्यो । किनारामा पुगेपछि ऊ जता पायो उतै गयो । टाढैबाट एउटा नगर देखियो । युवक त्यतैतिर गयो । जब ऊ नगर पस्ने ढोकाछेउ पुग्यो, मानिसहरूको एउटा हुलले उसलाई समातेर नगरमा लग्यो । “तिनीहरूले मसँग कस्तो व्यवहार गर्छन् होला ?” डराउदै उसले सोच्यो । त्यो नवयुवकलाई उनीहरूले नयाँ लुगा लगाइदिए र राजसिंहासनमा बसाए ।

 

Continue reading


“मेरी प्रेयसीका आँखा”

BJ, Bidrohee, Rai, बिजे बिद्रोही रार्इ, pallawa, पल्लव

बिजे बिद्रोही रार्इ

मेरी प्रेयसीका आँखा
घामजस्ता छँदैछैनन्
न त उनको ओठको लाली
सिपीको जस्तो रातो छ
हिउँलाई सेतो मान्ने हो भने
उनका स्तन त श्यामल छन्
अनि उनको शिरमा सुनका रेशा होइन
काला तार उम्रेका छन्
मैले सेता, राता बुट्टेदार गुलाफहरू देखेको छु
तर त्यस्ता कुनैपनि गुलाफ
आजसम्म उनको गालामा फुलेका छैनन् ।

 

Continue reading


रहस्यमयी जीवनको खोज र प्राप्ती

Nandalal, Aacharya, नन्दलाल आचार्य, pallawa, पल्लव

भावानुवादः नन्दलाल आचार्य

– मूल लेखकः ओशो,
मेरा प्रिय आत्मन्,
आउँदा तीन दिनमा जीवनको खोजका सम्बन्धमा केही कुरा तपाईंहरुलाई भन्नेछु ।
भोलि बिहान मैले जीवनको खोजका सम्बन्धमा केही भन्नु अघि प्रारम्भिक रुपमा के भन्नु आवश्यक छ भने हामी जसलाई जीवन भन्दछौं, त्यसलाई जीवन भनी बुझने कुनै कारण छैन । र, हामी जसलाई जीवन भनिरहेका छौं त्यो जीवन होइन भन्ने स्पष्ट नहुञ्जेल, यथार्थ जीवनको खोज प्रारम्भ हुन सक्दैन ।
अन्धकारलाई नै कसैले प्रकाश मान्ने हो भने प्रकाशको खोज हुन सक्दैन ।
र, मृत्युलाई नै कसैले जीवन मान्ने हो भने जीवनबाट वञ्चित हुन पुग्छ ।
हामी जे बुझछौं, यदि त्यो गलत छ भने हाम्रो समस्त जीवनको परिणति पनि गलत नै हुन्छ । हाम्रो बुझाइमा हाम्रो खोज निर्भर हुन्छ ।
सबैभन्दा पहिला निवेदन गर्न चाहेको कुरा के हो भने असाध्यै थोरै व्यक्तिहरुलाई मात्र जीवन उपलब्ध हुन्छ ।

 

Continue reading


अनुवादित कविता

Surya, Chapagain, सूर्य चापागाईं, pallawa

सूर्य चापागाईं

गेटेको प्रमिथस कविताको अनुवादकः  सूर्य चापागाईं
प्रमिथस
ओसिला बादलले
तिम्रो फराकिलो स्वर्ग छोप, जिउस
अनि पहाडका टाकुराले र ओकका रूखहरूले ढाक
थिसल्स फूलको टाउको निमोठ्ने
बच्चाले जस्तै मनलाग्दो गर
अझै मेरो पृथ्वी तिमीले फिर्ता दिनुपर्छ
मेरो झुप्रो पनि जुन तिमीले बनाएनौ
अनि मेरो चुल्हो मलाई छोदिदेउ
जसको न्यानोपनाको तिमीले
मसंग इर्ष्या गरेउ

 

Continue reading


विस्थापित सम्बन्ध

प्रस्तुतीः जलेश्वरी श्रेष्ठ

अनुवादक : रामबहादुर पहाडी

हलुका नीलो रङको साडी र त्यो साडीसँग सुहाउँदो ब्लाउज लगाएकी एउटी महिला भरतपुर विमानस्थलको प्रतीक्षालयभित्र प्रवेश गरिन् । “ए, ऊ त मेरी साथी मृदुला !, कति सफा, सुग्घर र चिटिक्क परेकी ! राम्री । चालीस वर्ष पुगेकीजस्ती पनि नलाग्ने । अनुहार पनि भर्खरकी तरुनीको जस्तो चिन्नै गाह्रो । उससँग हाँसीहाँसी कुरा गर्ने केटा चाहिँ को होला ? सायद उसको देवर होला ! ” मैले मनमनमा कुरा खेलाएँ तर उसले भने मलाई चिन्दैनचिनेजस्तो गरेर अर्कै दिशातर्फ मुख फर्काएर गई । म भने उसलाई हेरेको हेरेकै भएँ ।

Continue reading


कविताको प्रभाव

Kishore, पहाडी,  Pahadi

अनुवादक : किशोर पहाडी

लेखकः हरिवंशराय बच्चन
त्यो बेला मैले जे जति कवि सम्मलेनहरूमा भाग लिएँ, तीमध्ये एकको विशेष चर्चा गर्न चाहन्छु । किनभने त्यस सम्मेलनमा यस्तो एउटा दुःखदायी घटना घट्यो कि त्यसले मेरो पहिल्यैदेखि शोकातुर भएको मनलाई झन् उद्विग्न पार्‍यो र मेरो कविताको विषयमा यस्तो एउटा प्रश्न उठायो जसको उत्तर सोच्दासोच्दै मैले जीवनलाई एउटा नयाँ मोड लिन विवश गर्ने निर्णय गरेँ ।

Continue reading


“आफ्टर ट्वान्टि यर”को नेपाली अनुवाद

मिना श्रेष्ठ

(ओ’ हेनरी अङ्ग्रेजी साहित्यका विश्व विख्यात हस्ताक्षर हुन भनेर चिनाइरहन पर्छ जस्तो लाग्दैन। ११ सेप्टेम्बर १८६२ मा अमेरिकाको ग्रिन्सबरो एन.सी मा जन्मिएका साहित्यकार ओ’ हेनरीको वास्तविक नाम विलियम सिड्नी पोर्टर थियो। उनी साह्रै गौण वा हुँदै नभएको विषयवस्तुमा समेत अत्यन्त प्रवाभशाली रूपमा प्रस्तुत गरिएका आफ्ना कथामा कल्पनै नगरेको चामत्कारिक अन्त्य गरेर पाठकलाई आफ्नो प्रभावमा राख्ने कथाकारका रूपमा चिनिन्छन्। ५ जुन १९१० मा न्यूयोर्कमा उनको मृत्यु भएको थियो।
ओ’ हेनरीको कथा “आफ्टर ट्वान्टि यर”को नेपाली अनुवादलाई यहाँ पोस्ट गरेकी छु।)
बीस वर्षपछि
-ओ’ हेनरी


देशको लागि रुनु भा छ ?

 Avinash, Poudel

अभिनाश पौडेल

लेखक: बान व्हिइ मिन, १५ बर्षिय बिद्यार्थी , हानकुक बैदेशिक शिक्षा एकेडेमी, दक्षिण कोरिया नेपालीमा अनुवाद: उज्वल थापा र बिजय सिवाकोटी नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाईले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन । म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक- अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ ।

Continue reading


अनुवादः डि.आर. पोखरेल

अंगिरा
राहुल सांकृत्यायनको हिन्दी भाषामा लेखिएको कहानीको पुस्तक ुभोल्गा से गंगा को छैठौं कथाको तेस्रो तथा अन्तिम भाग सौवीरको दक्षिणी भाग अर्थात् वर्तमान कराँचीतिरबाट वरुणलाई बारम्बार खबरहरु आइरहेका थिए । यी खबरहरुमा आर्यहरु आपसमा बाझ्न थालेको कुरो हुन्थ्यो । यसबारेमा सौवीरले गुरु अंगिरासित पटकपटक गम्भीर छलफल गरेका थिए । गुरुका अनुसार यो सौवीरमा मात्र घट्ने कुरा नभई जहाँकहीँका आर्यले सामना गर्नुपर्ने कुरो थियो । हो आर्यले सधैँ निर्वैयक्तिक जनशासन मान्दै आएका छन् तर असुरहरुको निरंकुश राज्यसत्ता देखेर कतिपय आर्य नेताको मनमा सत्तामोह उर्लेको हुन सक्छ ।

Continue reading