‘दशैं’

Menaka, Chapagain, Kapri, मेनका चापागाईं काप्री , pallawa, पल्लव

मेनका चापागाईं काप्री

दशैं
आओस् कुना कुनामा
अभावै अभावमा

ठेला उठेका हातहरूमा
नाङ्गो पैतालाहरूमा
दश ठाउँ फाटेर
टालो हालेका दौराहरूमा

भोकले आत्तिएर
हिड्दाहिड्दै ढलेका
बेहोसीमा आओस् दशैं
गाउँ गाउँमा
मुस्कान लिएर आओस्
यत्रतत्र सर्वत्र आओस्

 

Continue reading


‘स्त्री जातकाध्याय:’

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

अथाग्रे स्त्रीणां लक्षणानां कालनिर्णय :

शुभा$शुभं पूर्वजनैर्विपाकात्सीमन्तिनीनामपि तत्फलं हि ।
विवाहकालात्परत: प्रवीणैरसम्भवात्तत्पतिषु प्रकल्प्यम् ।।
अतीवसारं फलमङ्गनानामुदीरितं शौनक-नारदाद्यै: ।
त्यक्तं यथा लग्ननिशाकराभ्यां मया तथैव प्रतिपाद्द्यते तत् ।।

अर्थात, xsi ss,i isi ss,उपजाति,,

यहाँ भनेका सब सत्यता हुन् ।
प्रारब्धका शुद्ध कथा व्यथा हुन् ।।
राम्रा नराम्रा फल कुण्डलीमा ।
तितामिठा योग बुझौं कुरामा ।। १।।

 

Continue reading


परदेशमा दुःख सहेँ छोरी !!!

Dabal, Anuragi, Balayar, डवल अनुरागी बलाएर, pallawa, पल्ल

डवल अनुरागी बलाएर

फाटो पुरानो लाएकी यि नै हून् मेरी छोरी
आटो ढींडो खाएकी यि नै हून् मेरी छोरी ।
बूबु, माम के हो थाहा छैन उनलाई,
सानैमा दूख पाएकि यि नै हून् मेरी छोरी|

दूख सारा भुलाउने मेरी प्यारी छोरी
जिन्दगी यो फुलाउने मेरी प्यारी छोरी ।

ओइलिएर डाली बाट झर्दै थिए म,
फेरी मलजल दिलाउने मेरी प्यारी छोरी ।

 

Continue reading


नारायण गोदारेका विविध रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

ख्याली:
कोही छलका कुरा गर्छन्र
कोई भलका कुरा गर्छन्।
कोही हलका कुरा गर्छन्।
कोही जलका कुरागर्छन्।..
#
छियाली:
जता हेर वलका कुरा।
यता हेर दलका कुरा।

लौन हेर मलका कुरा।
सवै हेर मनका कुरा।

 

Continue reading


सुमन सनम घिमिरेका भानात्मक टुक्राहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बोल्ने मात्र हैन अब कामको खाचो छ
ती गरिब जनतालाइ मामको खाचो छ

नेपाल आमा लुट्ने लुटेरा धेरै भए याहा
यो आमाको इज्जत बचाउने रामको खाचो छ

गरिबको खुन चुशी मोज गर्नेहरु देखेको छु
फेरि देश लुटेर छिमेकीलाई भोज गर्ने देखेको छु

 

Continue reading


भावना

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

खै किन हो कुन्नि आज ?
मन शून्य भएकोछ
मात्र मनभित्र चलेको छ हुरी
भावनाहरु निमोठिएका छन्
बिगत नियाल्दा
र आगतलाई कल्पना गर्दा
निर्दोष खुशीहरु
अपहरित भएजस्तै लाग्दछ ।
जीवनमा आउन सकेन वर्षा
र त पलाउन सकेनन् पालुवाहरु
न रोप्न सकियो नयाँ विचार
नत फलाउन सकियो
गन्तब्यको फल
सायद त्यसैले होला
आएको भावनामा भुइचालो ।

 

Continue reading


‘म जान्छु आमा बिदा दिनुहोस

Divya, Lamichhane, दिव्या लामिछाने. pallawa, पल्लव

दिव्या लामिछाने

माया र मोहले थाल्ने छ घेर्न
म त्यो दिव्यदृश्य पाउन्न हेर्न ।
साथी ईश्वर छन् चिन्ता नलिनु
म जान्छु आमा अब जान दिनु ।।

रुँदै ह्रदयले यही भन्छ आमा
लगाऊ समय ईश्वरको सेवामा ।
हुर्कायो बढायौ कति दुख पायौ
गास काटी खुवायौ ठुली बनायौ ।।

 

Continue reading


तिम्रो फोनै आएन आमा,

Rima, Kc, रिमा केसी, pallawa, पल्लव

रिमा केसी

धेरै दिन भो किन हो ? तिम्रो फोनै आएन आमा,
आज किन तिम्रो याद्ले धेरै सतायो, केही गर्न मनै लाएन आमा,
तिम्लाई सम्झि आँखा रसायो, आज खानै खाएन आमा,
सुत्न खोजेँ बिस्तरामा कोल्टे फेर्दै, खोइ निद्रै लाएन आमा,
देख्थेँ सधैं तिम्लाई सपनिमा, आज राती कतै पाएन आमा,
तिम्ले सिकाएको बाटो हिंडेकि छुँ, काँडा सिवाय केही पाएन आमा,
तिम्ले त भन्थेउ मान्छे नै भगवान हुन्छन्, तर मैले त मान्छे नै पाएन आमा,

 

Continue reading


कस्तो अङ्कगणित हामी ?

Prakash, Bhattarai, प्रकाश भट्टरार्इ, pallawa, पल्लव

प्रकाश भट्टरार्इ

कस्तो अङ्कगणित हामी ?
फलाना एकमात्र म,
वजन ६० केजि,
उमेर सत्ताईस;
पढाइमा यति छु,
तस्वीरमा यति लाइक्स!
यति कमाइ मेरो, यतिवटा घर,
यती छन् वरिपरि , यतिवटा पर!
यति जना मद्धेको म यस्तो,फलानो;
हुँदा हुँदा कपडा , जुत्ताको मूल्य
स्वास्थ्यको रक्तचाप,
अङ्कमैपो छ कि सब साथ ?

 

Continue reading


‘शब्द र सिर्जनाकी प्रेमीका’

Dipa Dhital, Deshkremee, दिपा धिताल ‘देशप्रेमी’, pallawa, पल्लव

दिपा धिताल ‘देशप्रेमी’

सिर्जनाहरु मार्फत रोएका मनका संवेदना
पिडाले छट्पटाएकाहरुको म पिडा वोल्न चाहान्छु
विद्रोहका स्वरहरु वोकेर म उर्लीन चाहान्छु
विद्रोहको आँधी मच्चाउन चाहान्छु
शब्दका सिउँडी भएर फुल्न चाहान्छु
सुनगाभा जस्तै हाँस्न चाहान्छु
भिरफुल भएर फुल्न चाहान्छु
कुण्ठाग्रस्त जीवन बाँच्न चाहान्न म
हो म आफ्नो मानस गर्भवाट
स्वस्थ र सवल सन्तान जन्माउन चाहान्छु ।

म शब्दकी आमा बन्न चाहान्छु
म शब्दका बस्तीहरुमा सिर्जनाको फुलवारी फुलाउन चाहान्छु
किनकी म त सिर्जनामा स्वतन्त्र खोज्ने मान्छे–

 

Continue reading


‘थाइल्यान्डमा कार्यरत म्यान्मालीहरू’

Raj, Poidal, राज पौडेल, pallawa, पल्लव

राज पौडेल

गरेका छौ अर्काको काम
खाएका छौ एकछाक माम,,
लोक लाई थाहा छ तिमी नोक्कर
बन्छौं किन? स्वयं राम !!

छोड आफ्नो फूटानी लाई
सोंच घरको चटनी लाई,,
मुमा संधै भन्नू हुन्थ्यो
आउ बाबू खाना खाम !!

 
Continue reading


चाहो तो

Rajendra, Pardesi, राजेन्द्र परदेसी, pallawa , पल्लव

राजेन्द्र परदेसी

चाहो तो
यादों के बाजार से
तुम भी
कुछ ले लो
प्यार की पैकिंग पर
… … … … डेट न देखो
सावन के
झूले ही ले लो
पेंगो की ऊँचाई में
इसकी कजरी
मेहंदी रचाए मिलेगी–

 

Continue reading


जानु नै थियो त ??

Dilli, Prasad, Kharal,Ghayal, डिल्ली प्रसाद खराल"घायल ", pallawa, पल्लव

डिल्ली प्रसाद खराल”घायल

जानु नै थियो त नटिक्ने नाता जोडेर गयौ केको निम्ति
थिए म कमजोर सिसाजस्तै तोडेर गयौ केको निम्ति

आजित भइसकेथेँ त्यतिबेला यो मनलाई फकाउँदा
ओइलाउँदै थिए पिपिरा झैं गोडेर गयौ केको निम्ति

जुनकिरी झैं अन्धकारमा चम्किदै थे त्यति बेला
जीवनको बाटो मोडेर तेसै गयौ तिमी केको निम्ति

 

Continue reading


रुदादेश धुरु धुरु’

Dilli, Prasad, Kharal,Ghayal, डिल्ली प्रसाद खराल"घायल ", pallawa, पल्लव

डिल्ली प्रसाद खराल”घायल “

रुदादेश धुरु धुरु ईश्वर आज कहाँ छौ
चुदा रगत हजारौको ईश्वर आज कहाँ छौ,

चारैतिर लासैलास अनि खुनको तालमा
हुदा मानिस बिचल्ली ईश्वर आज कहाँ छौ,

गरि खाउन मरिजाउ भका तिनै सरिर हरु
कुदा तिनै लाससंगै ईश्वर आज कहाँ छौ

 

Continue reading


वेदना . . . . .

Godabari, Kumari, Pandey, Dadeldhura, गोदावरी कुमारी पाण्डेय, pallawa,  पल्लव

गोदावरी कुमारी पाण्डेय

यातायात् सुविधा हैन, विज्ञानको जाल ।
छानी-छानी के लैनोहै, कठै! पापी काल ।।

सब्का दाइ फर्की आए, तिहार आयो भणी।
मेरा आँखा आँशु दैव, तैले निको माणी ।।

सात् मैना भैगए दादा, कै ठौर गै रैछै ।
तिहार आयो बैनी वियोग, कसरी सै रैछै ।।

 

Continue reading


मैले चडाए फूलको थुङ्गा

Chintan, Yatri, चिन्तन यात्री, pallawa , पल्लव

चिन्तन यात्री

मैले चडाए फूलको थुङ्गा
तर दैव भएछ देवीलाई ढुङ्गा

न त जात यो ठुलो यो सानो भन्छु
न त धर्म यो ठुलो यो सानो भन्छु

हामी सब गगनको छानो मुनि बस्ने
धर्ति सबमा गीत गाई नाच्ने

 

Continue reading


तमाशा होली का

Dr. Raj, Saxena,डा. राजसक्सेना , pallawa, पल्लव

डा. राजसक्सेना

संसद मे घुस, देखें चलकर,
यार तमाशा होली का |
बलि का बकरा बनाहुआ
सरदार ‘बिचारा’ टोली का |
राज-नीति की दुल्हन देखो,
कैसे रंग दिखाए ,
भेंट चढा कर एक सत्र की,
जे पी सी बन पाए |
मजबूरी की टेर लगा कर,
फेवर – जन का चाहे,
सारे साक्ष्य हटा ले राजा,
तब छापे डलवाए |

 

Continue reading


भावना

Bhawani, Humagain, भवानी हुमगार्इं,pallawa ,पल्लव ,

भवानी हुमगार्इं

गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो

सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।।
जुनदीन तीम्रो र मेरो बीछोड भयो
परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ
तीम्रो घरमा नौमती बज्दा
मेरो घरमा मलामीले भरीन्छन
जुनदीन तीम्रो महलमा बास हुन्छ
मेरोपनी मसानघाटमा लाश हुन्छ
तीम्रो साथमा जीवनसाथी हुन्छे
मेरो साथमा बांस हुन्छ

 

Continue reading


“मौन”

Shekhar, Astitwa, शेखर अस्तित्व, pallawa, पल्लव

शेखर अस्तित्व

गीत जो लिक्खे, निरर्थक शब्द बनकर रह गए ।
भाव मन के शब्द के पिंजरे में फँसकर रह गए॥
(१)
तोड़ने को बाँध मन का, भाव-लहरें हैं विकल,
हो गई अवरूद्ध वाणी, नेत्र हो उट्ठे सजल ।
यह जो पीड़ा सह रहा हूँ, इसकी अभिव्यक्ति कहाँ !
भावना को व्यक्त करने, शब्द में शक्ति कहाँ ?
कह दिया मैंने बहुत कुछ, फिर भी कुछ ना कह सका,
मन में जो लावा था वो पिघला, मगर ना बह सका ।
और हम इतने विवश थे, सिर्फ़ हँसकर रह गए ।
भाव मन के शब्द के पिंजरे में फँसकर रह गए॥

 

Continue reading


नलेखिएको एउटा कविता

Tara, Parajuli, तारा पराजुली, pallawa, पल्लव

तारा पराजुली

बाँधेर
कठोर साङलोले
लिन आइपुग्छ अतित
प्रेमको आदिम चौतारीमा
जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी ।

उस्तै छैन आज म
भिजेको छ जीवनमा किताव
ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू
न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू
भदौमा भेल पसेको कुवाजस्तो
धमिल्लिरहन्छ स्मृति
कुनै मनपर्ने खेलौना हरएपछि
खेल्दाखेल्दै टोलाइरहेको बालकझैँ
बेसुर,
खोजि हिडदोरहेछु सडकमा खसाइगएका पाइलाहरु ।

 

Continue reading