गजल

sharada, subedi, शारदा सुवेदी, pallawa, पल्लव

शारदा सुवेदी

मनभित्र चित्र तिमी विदेश गई दुखूँ कसरी भन !
प्रतिबिम्ब रुन्छ भने जलेर उहीँ बसूँ कसरी भन !

वयबैस त्याग्नु प्रदेशमा जननी भुलेर धरातल
यतिसम्म घात म भूमिमाथि हरे गरूँ कसरी भन !

न त बुझ्छ भाव प्रदेश त्यो न त बुझ्छ मोल बिछोडको
सटही गरी धन आँसुले अब यो गनूँ कसरी भन !

 

Continue reading


‘केही प्रेम’

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’,

केही प्रेम बिहानको छ पलको संस्कारको हुन्छ रे ।
केही प्रेम हिमालको र वनको जीवात्मको हुन्छ रे ।।
केही प्रेम नदी र ताल छहरा यो धर्तिको हुन्छ रे ।
केही प्रेम धरा सदै पवनमा शौन्दर्यकै हुन्छ रे ।।
(१)

केही प्रेम सुयोग्य यो कुशुमको बैसाखको हुन्छ रे ।
केही प्रेम छ यो शिला शिखरको पूर्बज कै हुन्छ रे ।।
केही प्रेम उषा छ काल जगमा श्रीभानु कै हुन्छ रे ।
सारै प्रेम सबै मनुश्यहरुमा आफ्न्त कै हुन्छ रे ।।
(२)

 

Continue reading


गजल

Thakur, Prasad, Guragain, ठाकुरप्रसाद गुरागाईं, pallawa, पल्लव

ठाकुरप्रसाद गुरागाईं

नियतिको हुकुम त्यसै फर्किएर जान्न
आएपछि रित्तोहात लर्किएर जान्न

बाह्र वर्ष पछि पनि धुरी माथि चढी
कराउँछ पाप त्यसै तर्किएर जान्न

पाइ पाइ लिने गर्छ उसको हिसाप किताब
भू कम्पको झट्का त्यसै थर्किएर जान्न

 

Continue reading


केशव राज आमोदीका नौ थान गजलः

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजल– १,
संघर्ष नै जीवन हो कि क्या हो
सौभाग्य नै चन्दन हो कि क्या हो

बाँधिन्छ वाचा दिलभित्र देखि
माया झनै बन्धन हो कि क्या हो

विश्वास यौटै मृदु जिन्दगीमा
सद्प्रेम नै दर्शन हो कि क्या हो

 

Continue reading


मिना चौलागाईं का केही मुक्तकहरूः

Mina, Chaulagain, मुना चौलागाईं, pallawa, पल्लव

मुना चौलागाईं

जिन्दगी जिवीत राख्न झस्काउनेहरू पनि भेटिन्छन्
दिक्क पार्न विनाकाम जिस्काउनेहरु पनि भेटिन्छन्
भेटिन्छन् यहाँ अनेक प्रकारका मान्छेहरू पाइलैपिच्छे,
रुख चढाएर फेद काट्न उक्साउनेहरू पनि भेटिन्छन् ।

सकारात्मक सोचको बास छ मनमा
त्यसैले होला सधै उल्लास छ मनमा
शिशिर या ग्रीष्म जेसुकै होस् बाहिर,
आफ्नो त सधै मधुमास छ मनमा !

 

Continue reading


वसन्त पराग

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

(नयाँ वर्षको शुभकामना सहित वसन्तोपहार)
कविका कविता दमदार खुले
नवयौवनका मधुमास फुले ।
रसराग पराग पिए जसरी
मधुमास मनाउँछ दिव्य चरी ।।१

वनका लतिका नव-कोकिलका
अधुरा निमुखा अब लेख्छु कथा ।
कति छन् दिलमा अनमोल खरी
सरिता नव निर्मल नाद परी ।।२

 

Continue reading


नेपाल जागारण

Narayan, Baral, नारायण बराल, pallawa, पल्लव

नारायण बराल

सक्छौ मार्न भने कुभाव मनको, सर्लक्क मार्ने गर ।
सक्छौ जित्न भने स—क्रोध मनको, हाँसेर जित्ने गर ।।
सक्छौ खान भने बिभिन्न रसमा, त्यै रीस खाऊ बरु ।
सक्छौ प्यून भने सुशान्त मनले, श्री भक्ति पीए बरु ।।१।।

पैरन्छौ पहिरे इमान भनिने, त्यो शब्द बिश्लेषण ।
बोल्छौ बोल्न सिके सु—सत्य महिमा, मर्दैन कैल्यै मन ।।
लिन्छौ लेउ सुयोग्य के छ लिनमा, बिश्वाश औ साधना ।
दिन्छै देउ सुयोग्य के छ दिनमा, हो प्रेम संसारमा ।।२।।

 

Continue reading


कला भण्डारी का चार गजलः

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

गजल– १,
हिमालको काखमा बसेको मेरो प्यारो गाउँ
स्वर्ग भन्दा अझै प्यारो सुन्दर हाम्रो ठाउँ

चारैतिर हरियाली छाङ्गा अनि छहरा छन
प्रख्यात हाम्रो खोटाङ्गको हलेसी हो नाउँ

आउ साथी घुम्नलाई घुमाउँला यि गाउँघर
देखिने छ सुन्दर दृश्य हेरे पछि दिल रमाउँ

 

Continue reading


सल्यान

Purna, Oli, Rukum,पूर्ण ओली, pallawa, पल्लव

पूर्ण ओली

ढुङ्गे छानु, चिटिक्कका घरहरू, बाटो सफा सुग्घर
थुम्का, फाँट, गुफा, बजार, बसती छन् सुन्दरै सुन्दर
सिस्ने छुन्छ कुमाखले जब उठी, अग्लिन्छ नीगाल्चुली
मूटू छुन्छ गुराँस, औ मखमली, ती लालुपाते फुली

कल्याणार्थ चुसाउँछिन् जल अनाज् यी शारदा यौवना
भेरी भल्भल बग्दछिन् जलधिको बोकेर सम्भावना
सात्विक्, शुभ्र, तिरस्कृता-पशुबली छत्रेश्वरी पीठ छिन्
खैराबाङ् भुवनेश्वरी भगतका ईच्छा पुरा गर्दछिन् ।

 

Continue reading


देवीढकाल, चितवन को संस्मरणः संझनामा बर्माको मिचिना शहरका छ दिन

Thakur, Prasad, Guragain, ठाकुरप्रसाद गुरागाईं, pallawa, पल्लव

ठाकुरप्रसाद गुरागाईं

(रचनाकारः देवीढकाल, चितवनः संझनामा बर्माको मिचिना शहरका छ दिन)
मिचिनाबाट २६ गते चैत्रमा फर्कदा रेलमा फर्कियौं! दिउसो दश बजे चढेको रेलबाट बर्माको कचिन राज्यको भू-वनौटलाई नियाल्दा नियाल्दै सूर्यास्त सँगै मेरो हेर्ने चाहनाले पूर्ण विराम लियो ! बेलैमा कोशेली खाएँ! सूर्यास्त पहिले नै मिले र भए सम्म वेलुकाको खाना खाने वानीलाई वाराकोटी परिवारले पठएको कोशेलीले सम्भव वनायो! त्यो परिवारलाई कुन शब्दले धन्यवाद दिने त्यो मार्मिक प्रश्नको चित्त वुझ्दो जवाफ म संग छैन ! समयमा नै खाना भयो त्यसले गर्दा म आठ बजे पछि स्लिपरको माथिल्लो बेडमा गएँ !

 

Continue reading


गजल

Mira, Gyawali, मिरा ज्ञवाली ‘आस्था’, pallawa, पल्लव

मिरा ज्ञवाली ‘आस्था’

सार्वजनिक सबै जग्गा खाने के पारा हो?
जुटेर गरौँ खबरदारी जनता सारा हो !

राष्ट्रीय सम्पतिलाई आफ्नो नाँउमा पारे
देश सम्वृद्धि त देखावटी हाँक्ने नारा हो !

छिट्टै आउँछ घरघरमा. मेलम्चीको पानी
ठोक्छन भाषण जनतालाई फ्याँक्ने चारा हो!

 

Continue reading


रामकृष्ण भट्ट को कविता

Ram, Krishna, Bhatta, Nuwakot, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

जता हेर्छु तेतै पालुवा पलायो
मन मोहक छ मन नै विलायो
कोईली कुहु कुहु डाक्छ बनमा
अथाह उमङ्ग भरौं यी मनमा

जोडी ढुकुर सुन्दर पवनमा
कति मायाँ गास्छ हेर जीवनमा
हे मान्छे कति उदास भो जनम
अथाह उमङ्ग भरौं यी मनमा

 

Continue reading


‘वास्तविकता मेरो देशको’

Saraswoti, Gajurel, सरस्वती गजुरेल , pallawa, पल्लव

सरस्वती गजुरेल

वयस्क छोरोले खाडीमा पैसाको विरुवा कुरिरहँदा
वृद्ध बा–आमा मर्नुअघि हिरनको आशले छटपटिरहेछन्
स्याहार–सुसार त कहाँ हो कहाँ? एकादेशको कथा !
आफ्नै सुन्दरतालाई अभिशाप मान्दै
एसिडै एसिडको उपहार बोकीरहेछिन छोरी,
लेखिएका ती कानूनहरू सेता कागजमा
काला र चम्किला टल्किरहने अक्षरहरूले गिज्याई रहेछन् ।

ती स्वतन्त्रता अपहरित
अन्याय भोग्न विवश ती निर्दोष मनहरूले
हट्दै गएको केही रुढीवादी तर पनि
देखेर वाक्क छिन् मेरी नेपाल आमा,
भड्किलो परम्परा रीतिरिवाज अनि–

 

Continue reading


सदैव उत्साह छाईरहोस !

Hari, Dhakal, हरि ढकाल, pallawa, पल्लव

हरि ढकाल

आहौ ! क्या छ फुलेर मोहक खुबै, देखिन्छ रम्यै त है ।
राताम्यै छ गुराँसले नि खुबनै, पाखा पखेरा त है ।
नौला अङ्कुर पालुवा वनभरी, रातै र सेतै छ है ।
भो प्रारम्भ वसन्त ऋतुसित नै, वर्षै नयाँ यै त है ।

यो छेहत्तर साल मोह रसले, भै पूर्ण आयो घुमी ।
त्यो बोकेर वसन्तकै नवरसै, टुप्लुप्प आयो घुमी ।
वर्षै यो खुब स्वस्थ बनेर सब त्यो, देहै निरोगी बनोस् ।
पाएरै सुख शान्ति वर्ष सबकै, उत्कृष्ट ज्यादै बनोस् ।

 

Continue reading


सरस्वती अधिकारी पन्त का केही मुक्तकहरूः

Saraswati, Adhikari, Pant, सरस्वती अधिकारी पन्त, pallawa, पल्लव

सरस्वती अधिकारी पन्त

अलिकति डर खुरापाती हरूसँग छ
अलिकति डर आत्मघाती हरूसँग छ
प्रतिस्पर्धि हरूसँग त कहिलै गलिन म
धेरै डर त मलाई पक्षपातीहरूसँग छ ।

मेरो आफ्नै शहर म सँग बिरानो भएको छ
र युगौँ लगाएको लुगा झैँ पुरानो भएको छ
एकैछिन आएर चोट दिएर जान्छ्न सबैले
अचेल आदत पर्यो दिल अचानो भएको छ ।

 

Continue reading


उम्रेन बाँझै बस्यो

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

बारीमा खनजोत गर्नु गरियो होला भनी उब्जनी
राम्रो ब्यू छरियो र मख्ख परियो सन्तोष मान्यौ अनि
कुर्दैमा दिन बार याम सकियो इच्छा हिलोमा फस्यो
ब्यू पड्क्यो कि कुह्यो छिप्यो जमिनमै उम्रेन बाँझै बस्यो

माटोमा पसिना बगाउन गयौं त्यो दुःख त्यस्सै गयो
ब्यू छान्दै सकिएछ जीवन अहो आशा निराशा भयो
व्यापारी कति छट्टु तुच्छ कपटी छल्दै छुरा पो धस्यो
ब्यू बेच्यो किन नक्कली जमिनमा उम्रेन बाँझै बस्यो

 

Continue reading


हरिप्रिया रिजाल का जोर गजलः

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १,
बिश्वास गर तिमी सँग कुरा लुकाउँदीन
जति पीर परोस् तिम्रो मन दुखाउँदीन ।

सगरमाथा जस्तै उच्च रहोस् शीर तिम्रो
झुक्न परे मै झुकुँला तिम्रो शीर झुकाउँदीन।

किताब बन तिमी म सुरक्षा गाता बनुला
हामी बीचको गोप्यता कसै सँग फुकाउँदीन।

 

Continue reading


लक्ष्मी भट्ट का तीन गजलः

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

गजल– १,
ठ्रलै थियो खोला तरेँ जिन्दगीमा
अनायास डेरा सरेँ जिन्दगीमा

सुगन्धी हराएर छुट्यो खुशी नै
दुखी आँत भारी भरेँ र्जिन्दगीमा

सुकेको छ फूलै डढेको बगैचा
उठाएर माटो छरेँ जिन्दगीमा

 

Continue reading


गजल

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

हेर्नुस् अँगालोमा खुसी बेरेर रमाइलो हुनेछ
बसन्त ऋतु लाग्दैछ्- र हेरेर रमाइलो हुनेछ

प्रकृतीको धनी सुन्दर हाम्रो नेपालमा पनि
चारै तिर फूलै फूलले- घेरेर रमाइलो हुनेछ

हिमाल देश भन्ने नामले चिन्छन् नेपाललाई
पर्यटक आई दई सब्द केरेर रमाइलो हुनेछ

 

Continue reading


विष्णु तिमिल्सिना का जोर गजलः

Bishnu, Timilsina, विष्णु तिमिल्सिना, pallawa, पल्लव

विष्णु तिमिल्सिना

गजल– १,
सल्बलियो पुरै तन भित्र कोही लुकेको छ
दिव्य नशा हतारिई चक्षुलाई ढुकेको छ ।

अदृश्य भै कैल्हेँ बोल्ने कैल्हेँ मनको घर कुर्ने
बिस्वासले भारी हुँदै शीर सदा झुकेको छ ।

छैन आफ्नो ताप तर उज्यालो त छर्छ चन्द्र
पूर्णिमाको जून जस्तै मनको चन्द्र फुकेको छ।

 

Continue reading