गजल

Sheru, Thapa, शेरु थापा, pallawa, पल्लव

शेरु थापा

तिमीसँग नौलो बहार छ अर्थात कथा जारी नै छ
मसँग सुकोमल प्यार छ अर्थात कथा जारी नै छ

तिमी आउने जाने बाटोमा ओच्छिएका हुन्छन आँखा
तिमीमा सधै नविन श्रृङ्गार छ अर्थात कथा जारी नै छ

हाम्रो बाटो अलग्गियो तिमी बिर्सियौ म सम्झिरहेछु
सम्झने र बिर्सने विचार छ अर्थात कथा जारी नै छ

 

Continue reading


गजल

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

हरेक प्रहर एक अर्काको मन चुँटाई रहेछ मान्छे
आफू आफूमा एकताको बाटो फुँटाई रहेछ मान्छे

धन कमाउने होडबाजीमा अन्धो बनीकन आज
दोष लगाउँदै एक आपसमा कुँटाई रहेछ मान्छे

आफ्नो ईमानजमान बिर्से, संस्कार र कर्तव्य पनि
स्वार्थी छ हरेक बजारमा ईज्जत लुँटाई रहेछ मान्छे

 

Continue reading


लक्ष्मण पौड्याल का केही मुक्तकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

यहाँ त मानवमा हुने गुण हराएको छ
जताततै लडाइँले संसार कराएको छ
विकाश गर्छु भन्ने ले पतन बनाए पछि
तीनैबाट सुनौलो समाज डराएको छ

त्यो मानव पनि एकदिन मर्नुपर्ने छ
देवलोक पार गर्न समुद्र तर्नुपर्ने छ
यति प्राप्त गर्न सकेन देवलाई भने
फेरि पनि यही पृथ्वीमा झर्नुपर्ने छ ।

 

Continue reading


वडा दशैँ

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

‎नेपालीको घर आगनमा
वडा दशै आयो
हर्ष खुशी उमंगले
आन्नदनै छायो
बजार भरी क्रेताहरू
भरी भराउ भाछ्न
घर घरमा पुर्याउनलाई
गाडीहरू गाछन
शहरको भारी बस्ती
रितिदै गाको छ
रित्तो गाउँ पनि आज
भरिदै गाको छ ।

 

Continue reading


दशैंको दस औतार

Nirmohee, Shankar‎, निर्मोही शङ्कर, pallawa, पल्लव

निर्मोही शङ्कर

अहा ! योअनुकुल् याम,जाडोगर्मी बराबर
बोली बिचारआचार ,विपरीत छ है तर ।
ऋतु वा मास छोपेर ,चलेका चाड-पर्व ती
पक्ष बिपक्षमा पारी , बनाइंदै छ दुर्गति ।

देखासिकी र होडैले ,ठेल मठेल भो दशैं !!
कुहिराको हुंदा काग,पाकेको बेल भो दशैं ।२।

पूजाको हातमा थाली ,मनमा पापको मल
कोहि एकाग्र भेटिन्न, हुनाले चित्त चञ्चल ।
तिर्थ मन्दिरमा जांदा दांजिने हैसियत् पुरा
अलापी राग नौरङ्गी ,कैयौंका काटिए कुरा।

 

Continue reading


‘दशैं’

Menaka, Chapagain, Kapri, मेनका चापागाईं काप्री , pallawa, पल्लव

मेनका चापागाईं काप्री

दशैं
आओस् कुना कुनामा
अभावै अभावमा

ठेला उठेका हातहरूमा
नाङ्गो पैतालाहरूमा
दश ठाउँ फाटेर
टालो हालेका दौराहरूमा

भोकले आत्तिएर
हिड्दाहिड्दै ढलेका
बेहोसीमा आओस् दशैं
गाउँ गाउँमा
मुस्कान लिएर आओस्
यत्रतत्र सर्वत्र आओस्

 

Continue reading


मिलन समिरका केही मुक्तकिला अभिव्यक्तिहरू …

Milan, Samir, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

१) टन्नै खाको मान्छे साच्चै भोकोपनि हुनसक्छ
खान बाकी अरुथोकको धोकोपनि हुनसक्छ
होसियार भइ हिंड्नु नारी!पुरुष जुनसुकै बेला –
धोको पूरा गरिछाड्ने बोकोपनि हुनसक्छ ।

२) कहिल्यै खान नपाएको भोकोजस्तै हुँदारैछन
बम बेरेरै राखिएको पोकोजस्तै हुँदारैछन
मानवरुपी दानवझैँ बुद्धि विवेक गुमाएर,
खसी पार्या मान्छेपनि बोकोजस्तै हुँदारैछन ।

 

Continue reading


सिर्जना शर्मा

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

आफ्नै स्वार्थ ढुकी सिकार वनमा खोज्दै हिँडेकाहरू
बिर्सन्छन् “घरका प्रसून, सबको उस्तै त हो आबरू
यो हाम्रो पहिचानको धरहरा भत्काउनेले बुझून्
देवी हुन्, जननी अझै भगवती सम्झी स्वयं ती पुजून्

बाटो छैन कतै हिडूँ वरपरै ब्वाँसाहरूको भय
जाने खै कुन मार्गबाट कसरी बन्दै अहो निर्भय !
नारी हिँड्न हुँदैन आज पथमा व्याधाहरू ढुक्तछन्
ज्यूँदै च्वाम्म चपाउने नियतले मौका सधैं खोज्दछन् !

 

Continue reading


जयदेव गोविन्द का तीन कविताः

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) ‘भुँडी’
खाई टन्न अघाउँदा चसचसी चस्कन्छ घोची तन
खाली बस्नुपरे निकाल्छ पलमै विद्रोह, आन्दोलन
धावा बोल्छ हडप्छ वक्षमुनिको सेरो र फेरो भुँडी
छापामार, सशस्त्र सैन्यगण झैं बन्दै छ मेरो भुँडी ।१।

यात्रा गर्न हिँड्यो उतै सँगसँगै झुण्डिन्छ भारी भुँडी
सातो लिन्छ मडारिई कमरमा आतङ्ककारी भुँडी
बाँधी हात बसूँ भने कलहले छड्कन्छ बोक्रे भुँडी
केही गर्न हिँडे सँगै मफतमा तेर्सिन्छ धोक्रे भुँडी ।२।

 

Continue reading


गोम बिक्रमका दश मुक्तकहरू

Gom, Bicram, गोम बिक्रमका केही मुक्तकहरू, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक -१
खियाइ खान्छ दस नङ्ग्री, धर्तीमा दु:ख मानेको छैन
हेपून कतै वैरीहरू, कम्जोर रत्ति ठानेको छैन
स्वाभिमानले फुल्छ छाती, बन्दैन कहिले विश्वासघाती
अस्तित्व रक्षामा जुट्छ सधै, नेपाली झुक्न जानेको छैन ।

मुक्तक -२
जस्ता लगाऊ नाराहरू, निम्छरा सास्ती पाइरहे
कागजी कुरा मिलेपछि, खानेले मिलाइ खाइरहे
दोषीलाई नि दण्ड हुन्न, निर्दोषीलाई न्याय हुन्न
नीतिका कुरा चिल्लै भए, बेथिति मात्र फस्टाइरहे ।

 

Continue reading


कुकर्म यसरी बढ्दै छ लज्जित् न भै ??

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

प्यारा फूल बगानमा झुलिरहे हेर्ने छु जूनी भरी
आऊ कोकिल हो सुरम्य नभको बाटो यतैको गरि ।
ठूलो व्यर्थ भयो म लेक्छु जगमा पीडा भरेको कथा
पानामा कपिका भरूँ म कसरी त्यो जिन्दगीको व्यथा ।।

लामा लाम भएर घेर्दछ यहाँ पीडा व्यथा साथ भै ।
हुन्छ्न् यी किन हो म जान्दिन सबै यो भेद के हो अझै ।
हे अम्बे जग यो छ रोशन भनी भन्छन् त ज्ञाताहरू ।
देख्दैनन् किन चच्छुले गगनमा तारा कतै के गरूँ ?

 

Continue reading


‘जाग्दा ज्ञानको भोक’

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

(गिरिराज जोशी द्वारा संस्कृत नीतिश्लोकहरूको रूपान्तरण)
विद्वत्वं च नृपत्वं च नैव तुल्यं कदाचन ।
स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते ॥१॥

विद्वत्ता–नृपको सत्ता हुँदै हुन्न बराबर
राजा स्वदेशमा मान्य विद्वान् मान्य सबैतिर ।
क्षमताले बडो हुन्छ, हुँदैन परिधानले
राजा बन्छ अवस्थाले, विद्वान् बुद्धि–प्रयत्नले ॥१॥
०००
माता शत्रुः पिता वैरी येन बालो न पाठितः ।
न शोभते सभामध्ये हंसमध्ये बको यथा॥२॥

 

Continue reading


गजल

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

लैजान्छु त्यो जोवनलाई दिन्छ्यौ भने काली
मुटुका यी सारा धड्कन त्यसै भित्र हाली ।

कत्ति बस्छेउ टाढा अव नलजाई आउन
गर्ने छैनन आमा बा ले तिम्लाई अब गाली ।

रहर लाग्दो जवानीको उर्लिएको प्यास
बुझाइ दिन्छु पुरापुर ठानी प्यारो साली ।

 

Continue reading


भरत न्यौपाने का केही मुक्तकहरूः

Bharat, Neupaney,भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

सम्झाउनु पनि बेकार हो अहं व्यक्तिलाई
न बुझ्नु पनि दुर्बलता हो अपार शक्तिलाई
मुर्खाइ पन किन हटाउदैनस् हे मानव तँ
अझै खेलौना सम्झिन्छस् श्रदेय भक्तिलाई ?

औँशीको रात नि लाग्छ स्यानदार, प्यार सामु हुँदा
अरे जितजस्तो लाग्दो रहेछ हार, प्यार सामु हुँदा
कैछिनको प्रेममा रमाउने मित्र जनहरू सुन्नुहोस्
धोका पाएसि रुनु पर्ला लगातार, प्यार सामु हुँदा ।।

 

Continue reading


‘औंला’

Laxman, Aryal, लक्ष्मण अर्याल,pallawa,पल्लव

लक्ष्मण अर्याल

बिहे भएको धेरै वर्षसम्म उनले सन्तान सुख भेट्टाएनन् । सुख नभेटिनुका कारणहरू धेरै हुन सक्थ्यो तर सबैको औंला एकैतिर तेर्सियो — प्रियम्वदा ।प्रियम्वदा पनि दुःखी थी । वेलावेलामा आफूतिर तेर्सिरहने औंला जायज हो या नाजायज खुट्याउन चाहान्थी । कतिपटक त उसले आफ्ना हजुरलाई बिन्ती बिसाई पनि — “ए हजुर, डाक्टर भेटौं र सल्लाह लिऊँ । विज्ञानको सुविधा उपयोग गर्नुपर्छ ।” उनी मानेनन् कारण उनको भित्री मनको कुनाले पनि उसैतर्फ औंल्याइरहेको थियो ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

हात गलेको छ पाउ गलेको छ।
यो जिन्दगी ठाउँ ठाउँ गलेको छ।।

आँखा तर्नेहरू निचरेर जाउ।
हो मेरो मुटुको घाउ गलेको छ।।

पिर्नेहरू त सधैँ पिरिरहन्छन्।
भन्दैनन् ती बच्चा माउ गलेको छ।।

 

Continue reading


गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

मेरो घरको आगनीमा हरियो बाँस हुनेछ।
अनि त्यो बाँसको माथी मेरो लास हुनेछ।।

गाउँले सबैले मलाई मृतक घोषित गर्दा।
त्यहाँ कसैकसैको म उठ्छ भन्ने आस हुनेछ।।

सपनामा मलाई सधै देख्छु भन्ने गर्थी।
बिचरी उस्को पनि सपना नास हुनेछ।।

 

Continue reading


गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

नेपालमा कोलाहल र निकै चमत्कार भयो
बृध्दा अनि बालिका नभनी बलत्कार भयो ।

भत्ता जोगाउने खेलमै छ संषद भवन
जनताको पिडा नै नदेख्ने सरकार भयो ।

असुरक्षित कञ्चनपुर घोषणा हुदै गर्दा
पोखरामा पनि सुरक्षा कै हा–हाकार भयो ।

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

दर्द पोखी धरधरी नरोऊ आमा एकान्तमा
साउनको बनी झरी नरोऊ आमा एकान्तमा

चेतनाको माया-दियो कहाँ नेर बाल्यौ भनी
एकोहोरो प्रश्न छरी नरोऊ आमा एकान्तमा ।

भेल-बाढी, आँधी-हुरी , जति चलिरहे पनि
बादलुको घुम्टो गरी नरोऊ आमा एकान्तमा ।

 

Continue reading


म के र खौँ ??

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

कुइनेटोमा मेरो सानो घर यहाँ के राखौ ?
दोधारको मझ धारमा अव यहाँ के राखौ ?

आमाको रङ्गिन पछौरिको आँचल भित्र
पुर्खाको नाउ राखौ कि छिमेकीको दाउ राखौ ?

इमानिको थोरै कमाइमा सन्तानको सपना छ
बड्दो बजर भाउ या साहुको असुल्ने दाउ राखौ ?

 

Continue reading