नेपाल जागारण

Narayan, Baral, नारायण बराल, pallawa, पल्लव

नारायण बराल

सक्छौ मार्न भने कुभाव मनको, सर्लक्क मार्ने गर ।
सक्छौ जित्न भने स—क्रोध मनको, हाँसेर जित्ने गर ।।
सक्छौ खान भने बिभिन्न रसमा, त्यै रीस खाऊ बरु ।
सक्छौ प्यून भने सुशान्त मनले, श्री भक्ति पीए बरु ।।१।।

पैरन्छौ पहिरे इमान भनिने, त्यो शब्द बिश्लेषण ।
बोल्छौ बोल्न सिके सु—सत्य महिमा, मर्दैन कैल्यै मन ।।
लिन्छौ लेउ सुयोग्य के छ लिनमा, बिश्वाश औ साधना ।
दिन्छै देउ सुयोग्य के छ दिनमा, हो प्रेम संसारमा ।।२।।

 

खोज्नु के, कमजोरि भित्र मनको, आफै चिनी फालनु ।
कम्जोरी अरुकोे नखोज मनुवा, पग्लेर पानी हुनु ।।
लिन्छौ के?अब लेउ आशिष बडा, माता पिता सद्गुरु ।
के बुझ्छौ ? सतसंग धर्म महिमा, देवत्व पित्री गुरु ।।३।।

के गर्नू निरमाण ?मनुष्य हितको, जस्तो कि विद्यालय ।
पाठ्शाला, अथवा निशुल्क रुपमा, छन् बिश्वविद्यालय ।।
के छोड्नु?अभिमान मान पदबी, जिध्दी सँगै उग्रता ।
राज्यै त्याग गरे बिनम्र पनले, श्रीराम आदर्शता ।।४।।

खोज्छौ उच्च हुने, उपाय बढिया, सन्तोष नै उच्च हो ।
जस्ले गर्दछ लोकको हितहुने, त्यो कार्य सर्बोच्च हो ।।
उठ्छौ उठ्न सिके यसै मुलुकमा, सम्बृध्दि संभारण ।
आऊ हात समाउँदै अब गरौ, नेपाल जागारण ।।५।।

छन्दः सार्दूलविक्रीडित ।
श्री राधे, नबबर्ष २०७६ को पूबार्ध ।
२०७५ चैत्र २९ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.