कला भण्डारी का चार गजलः

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

गजल– १,
हिमालको काखमा बसेको मेरो प्यारो गाउँ
स्वर्ग भन्दा अझै प्यारो सुन्दर हाम्रो ठाउँ

चारैतिर हरियाली छाङ्गा अनि छहरा छन
प्रख्यात हाम्रो खोटाङ्गको हलेसी हो नाउँ

आउ साथी घुम्नलाई घुमाउँला यि गाउँघर
देखिने छ सुन्दर दृश्य हेरे पछि दिल रमाउँ

 

देउरालीको शिव मन्दिर रमाइलो रानीवन
शीर निहुराई दर्शन गरी पीडाहरू हटाउँ

शिष्टताले भरिएको मृदू भाषी जनहरू
सुन्दर गाउँको भ्रमणले मनमा शान्ति छाउँ

गजल– २,
बालापनको याद आई हेर्न मन लाग्यो
छेउमा बसी अंगालोमैँ बेर्न मन लाग्यो

माया भन्दा झगडामै लुक्थ्यो हाम्रो प्यार
नजिक छौ की टाढा पुग्यौ खेर्न मन लाग्यो

बर्षौँ बर्ष हुन लाग्यो- भेट भा’को छैन हाम्रो
मायाजालको बाटो अन्तै फेर्न मन लाग्यो

टाडा हुँदा आउने यादको मज्जा बेग्लै रै’छ
समीपमा तिमीलाई पारि घेर्न मन लाग्यो

कतै लुकी बोलाएनी खोज्दै भेट्ने थिएँ मैले
हृदयमा मायाभरी तिम्रोमुटु सेर्न मन लाग्यो

गजल– ३,
रङैरङको चाड आयो- है खेल्नु पर्छ होली
धेरै दिन बाकीँ छैन्- आयो अब यो भोली

सधैं भरी लगाको -छौ तिम्ले टिसर्ट पाइन्ट
सक्छौ भने लगाएर आउ खेल्न गुन्यु चोली

चाडबाड सम्झी – सबैले मनाउनु पर्छ यहाँ
लजाएर हैन रङको खेल्नु पर्छ दिल खोली

को हो साथी, को हो दुश्मन नसोच्नुन मित्र
सबैसित खेल्दै अबिर लगाएर हाँसी बोली

दुई दिने जिन्दगीमा रमाउँदै साथी संगी
बर्ष दिनको चहाडमा रङ्गरसले भरी झोली

गजल– ४,
रुन्न भनी सोच्ने गर्छु जहिल्यै झनै धेरै रुन्छु म
पानी पाइदैन त्यो बेला आँसुले मुख धुन्छु म

आगोको रापले पोले झैँ पोल्छ मुटु भत भती
पीडाले तड्पेर प्राय दिनै बेहोसीमा हुन्छु म

सताउँछ पलपल मलाई बैमानीको यादैयादले
अनायासै उसकै – तस्बिर निरन्तर छुन्छु म

जाने गई हाल्यो साथमा छाडेर मीठो यादहरू
यही कारण दिन रात बिरहको गीत सुन्छु म

सपनामा झैँ आएर एक्कासी यस्तो भने पछि
उसैलाई पाउने आशाको सधैँ माला बुन्छु म ।

बोनसमा मुक्तकः
नयाँ बर्ष आउँछ जान्छ कुनै सवाल भएन
धेरै बर्ष बितेछ तर नयाँ सुखी साल भएन
पैसा वाललाई दिनै पिछे आउँछ नयाँ बर्ष
दुखी गरिवलाई चैन दिने कुनै फाल भएन ।

कला भन्डारी
काष्टमाण्डप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.