देवीढकाल, चितवन को संस्मरणः संझनामा बर्माको मिचिना शहरका छ दिन

Thakur, Prasad, Guragain, ठाकुरप्रसाद गुरागाईं, pallawa, पल्लव

ठाकुरप्रसाद गुरागाईं

(रचनाकारः देवीढकाल, चितवनः संझनामा बर्माको मिचिना शहरका छ दिन)
मिचिनाबाट २६ गते चैत्रमा फर्कदा रेलमा फर्कियौं! दिउसो दश बजे चढेको रेलबाट बर्माको कचिन राज्यको भू-वनौटलाई नियाल्दा नियाल्दै सूर्यास्त सँगै मेरो हेर्ने चाहनाले पूर्ण विराम लियो ! बेलैमा कोशेली खाएँ! सूर्यास्त पहिले नै मिले र भए सम्म वेलुकाको खाना खाने वानीलाई वाराकोटी परिवारले पठएको कोशेलीले सम्भव वनायो! त्यो परिवारलाई कुन शब्दले धन्यवाद दिने त्यो मार्मिक प्रश्नको चित्त वुझ्दो जवाफ म संग छैन ! समयमा नै खाना भयो त्यसले गर्दा म आठ बजे पछि स्लिपरको माथिल्लो बेडमा गएँ !

 

अब बाहिर हेर्ने कुरा छैन किनकि अध्यारोले जगतलाई कब्जा गरिसकेको अबस्था छ! अब मेरो बेर्ने चाहनालाई रातले पूर्णत: अबरोध गरेको विषयमा राम्रो सुनुवाई हुदैन भन्ने कुरा म बुझ्दछु त्यसैले म चुपचाप छु र विरोधको कुनै आबाज निकाल्दिन किनकि ऊ म भन्दा शक्तिशाली छ! शक्तिशाली छ भनेर जाने पछि हामीमा विरोध भन्दा समर्थन गर्ने बानीले शक्तिमा हुनेहरू निरंकुश बनेका हुन ! रातको प्रकृतिको रीत यति शक्तिंशाली छ भन्ने मलाई थाह छ त्यसैले म चुपचाप समर्थन गर्छु !

अब वदलिदो परिस्थितिसंग तालमेल गर्दै अध्यारोको आनन्द लिने तरखरमा म लागें ! त्यो थियो निद्राको आनन्द ! स सुतें ! रेलले हल्लाउदा बालकलाई सुत्न झलुगों हल्लाए जस्तै भएर होला म छिट्टै निदाएछु! रेलले हल्लाएर हो कि चाडै सुतेका कारणले हो कि? मेरो निद्रा ११, बजे पछि खुलेछ! समयको सदुपयेग गर्न मन लाग्यो र छ दिनलाई संझन लागें! मैले यो संझना गर्दा गर्दै रातको १२ पनि नाघ्यो अब मैले २६, गते चैत्रमा लेख्न थालेको कुरा त लेख्दा लेख्दै २७, चैत्र भैसकेको अबस्थामा मेरो आँखा घडीमा परेछ ! म अचम्मा परे २६ गते लेख्न लागेको २७ चैत्र पो भै सकेछ! त्यो दुई दिनमा लेखेका र मिचिनामा भोगेका विषयहरूलाई शब्दमा रूपान्तरण र सार्वजनिकीकरणका प्रयासहरू पस्केको छु !
मिचिना शहर, ऎरावतीको उद्गम विन्दुको स्वच्छ जलप्रवाह, पवित्रता, संगमको मनमोहक दृष्य, बर्माको सुदूर उत्तरी पहाडबाट बग्ने एनमाइ नदी र चीनको हिमीली क्षेत्र तिब्वतबाट बग्ने माली नदीको संगमको अपूर्व दर्शन, स्नान, त्यहाँको भूवनोट,जलवायु, हरियाली र त्यहाँका सबै उमेर समूहका नागरिक समुदायको व्यवहार, आत्मीयता,हामी प्रति प्रदर्शित स्नेहपूर्ण र मायालु आत्मीय व्यवहारले हामीलाई त्यहाँबाट विदा हुन नै नपरोस भन्ने लाग्दा लाग्दै विदा हुन हामी वाध्य भयौ! मिचिनामा विताएका छ रात र सात दिनको यथार्थ विवरण लाई अक्षरको आकार
दिने विषय मेरालागि असम्भव नै भन्नु पर्छ ! ती दिनका प्रत्येक क्षणहरूको स्मरण मात्र गर्दा पनि भोलीका दिनमा समेत उर्जा प्रप्त हुने बिषय जीवनमा नै अपूर्व क्षण बनेको छ !

संसारको नियम नै हो मिलन पछि विछोड ! जसलाई संसारमा जीवन प्राप्त गर्ने कुनै पनि जीवले टार्न सक्ने विषय नै रहेनछ, !तसर्थ मन अमिलो पार्दै हामीहरू वाराकोटी निवास रहेको पूर्व लेगाऊ बाट मान्डलेकालागि रेल चढन बुढा तिर लाग्यौ! वाराकोटी परिवारका बरिष्ठ देखि कनिष्ठ सदस्यहरूबाट प्राप्त माया र आदरले हाम्रो मनमा विशेष छाप छोडेको छ ! वाराकोटी परिवारको कनिष्ट सुपुत्र र अमृत पौडेल पनि हामीलाई विदाई गर्न बुढा (रेल्वे स्टेसन) आएका थिए! पौडेल त हाम्रा लागि मिचिना यात्राका अविष्मरणीय पात्र हुन किनकि त्यो शहरमा विताएका छ रात र सात दिन नै उनले हामीलाई साथ दिए, रेखदेख गरे र कुशल व्यवस्थापकीय भूमिका निर्वाह हरेर हामीलाई ऋणको भारी नै वोकाएका छन ! उनलाई ऊमेरले कच्चो हुदा हुदै पनि व्यवहारले पक्का बर्मेली युवाका रूपमा हामीले मिचिना यात्राका क्रममा अनुभव गर्यौ ! फेरि रेल्वे स्टेसनमा नै आएर दुई बैनीहरू जसले हामीलाई सबै भन्दा पहिल्यै मिचिनामा आश्रय दिने वचन दिएका थिए ती वेफुर्सदिला कच्चा उमेरका तर व्यवहारिक रूपमा पक्का गंगा वाराकोटी र कमला पौडेल समेत विदाईमा समेल भएर फोटो लिदा हामीलाई विछोडको विछट्ट
पीडा अनुभव हुदा हुदै खुशी पनि बनायो ! दु:ख र खुशीको मिश्रण वनेको रेल्वे स्टेसनको चित्र हाम्रो मनमा अमीट रूपमा रहेकोछ !
हामीले पौडेल, ढुंगाना, सुवेदी, पोख्रेल, पौडेल र वाराकोटी परिवारसंग पारिवारिक, आत्मीयता र स्नेहपूर्ण वातावरणमा विताएका विशेष दिन र रातहरू साथै हामी वीच अनुभव र भोगाई बारे सिंहावलोकन र साटासाट भएका विषयहरू जीवनमा कहिल्यै भुल्नै नसकिने गरी मन मस्तिष्कमा टाँसिएका छन !
हाम्रो बर्मा यात्रका सबै दिनहरू विशेष स्मरणका दिनहरूमा दर्ता हाम्रो मनले गरेको छ!बर्माको उर्वर भूमि , पानीका अनगिन्ति स्रोतहरू, चैत्र जस्तो उराठे महिनामा देखिएको हरियाली र बर्मामा रहने नेपाली तर गोर्खाली भन्न रूचाउनेहरूको हामी प्रति प्रदर्शित व्यवहार, उनीहरूको मेहनती र सेतो जीवनशैली छलछामसंग सधै त्रसित मानसिकताका साथै आफ्नो धर्म र संस्कृति प्रतिको अगाध आस्था र विश्वासले ओतप्रोत जीवनका साथै सबै ऊमेर समुदायका सदस्यहरूको देवादीदेव प्रतिको भक्तिभाव हामीलाई सधै प्रभाव पार्ने हतियार नै वनेकाछन !
झट्ट सुन्दा उस्तै लाग्ने नेपाली भाषाका शब्द र लयमा सिर्जित भिन्नता भने सहजै अनुभव हुन्छ नै तथापि ती शाब्दिक भिन्नताले हामीवीचको मन ,माया र सोच तथा व्यवहारलाई भिन्न गर्न सकेको छैन र सक्दैन भन्ने विश्वासको आधार समेतको जग लगाउन बर्मा यात्रा निश्चय पनि सफल रहेको छ भन्दा हामी हर्षित हुनु नै पर्छ !
नेपालीहरूसँग बोल्न, हिडन, बस्न र कुरा मात्र सुन्न समेत बर्मामा वस्ने नेपालीहरू ललायित हुने वातावरण र यथार्थताले उनीहरूको पितृ -भूमि प्रति कति माया, आस्था, स्नेह र अपनत्व छ त्यसको सहज अनुमान गर्न पनि यो यात्राले विशेष सहयोग गरेकै छ ! अतिथि देवो भव भन्ने वाक्यलाई व्यवहारमा उतार्न सफल बर्मेली समाजले हाम्रो मनमा गहिरो छाप छोडेको छ ! हाम्रो आफ्नो व्यवहारलाई सिंहावलोकन गर्न खोज्दा लाजको अनुभव भएको छ किनकि यस प्रकारको आतिथि प्रेम र सत्कारको संस्कार नेपालमा विरलै पाईन्छ किनकि हामी पाश्चात्य
संस्कृतिको अन्धानुकरणको चपेटामा पिल्सिएका छौ !
अतिंथि प्रतिको दृष्टिकोण र व्यवहारको पूर्वीय पनलाई जति बर्मामा वस्ने बर्मेली गोर्खाहरूले संरक्षण गरेका छौ हामी नेपालीले गर्न नसकेको यथार्थ लाई निर्लज्ज स्वीकार्नु को विकल्प पनि त छैन !
बर्मामा बस्ने नेपालीहरूको नेपाली भाषामा बर्मेली भाषा र हिन्दीको प्रभाव देखियो ! त्यसका कारणहरूको धेरै अन्तर कुन्तरमा जान त म मा त्यस प्ररकारको सैद्धान्तिक आधारहरू छैनन् तथापि सामान्य र छोटो अनुभवले पनि के भन्न सकिन्छ भने संगत बस उठले दीर्घकालमा त धेरै भाषिक प्रभाव पार्दो रहेछ भन्ने प्रमाण हो वर्तमान बर्मेली नेपालीहरूको बोली चालीको भाषा! नेपाली भषा भित्र बर्मामा बर्मेली ,स्याग र कचिनहरूको भाषाको प्रवेश र प्रभावले मूल नेपाली भाषीहरूलाई नै कतिपय शब्दहरूको प्रयोगले बुझ्न नै कठिन मात्र हैन असम्भव प्राय
बनेको छ! त्यस्तै हिन्दी समेतको मिश्रणले त भाषाको रूपरंगमा नै आमूल परिवर्तन ल्याएकोछ ! करिव २०० बर्षको अन्तरालमा भाषा कुन हद सम्म बदलिन्छ भन्ने प्रमाण र भाषिक परिवर्तनको अध्ययन र अनुसन्धाताहरूलाई अध्ययनको लागि बर्मा विशेष थलो बन्न सक्छ!बर्मामा बस्ने नेपालीहरू जसले नेपाल सुनेका मात्र छन,झर्रो नेपाली भाषा,साहित्यिक भाषा र वेलीचालीको भाषा जीवनमा कहिल्यै नसुनेकाहरू हाम्रो
वोली मात्र सुन्नका लागि पनि नेपालबाट आउनेलाई भेटन ललायित हुन्छन!घरमा जान र वस्न अनुरोध मात्र हैन अनुनय विनय गर्दछन यसले उनीहरूको नेपाल र नेपाली प्रतिको अपनत्वको स्पष्ट छनक दिन्छ ! उनीहरू धन धान्यले त परिपूर्ण भए तर शिक्षामा खासै प्रगति नहुदा ठीक वेठिक, को ठूलो को सानु जस्ता सामान्य विभेद पनि छुट्ट्याउने मस्तिष्क नहुदा उनीहरूले सम्मानको मर्म र कला समेत नजानेको अनुभूति र अनुभव बर्मा यात्रा गर्ने जो के ही ले अनुभव गर्छ !

हाम्रो सनातन परम्परा र संकृति प्रति आस्थावान बर्मेली गोर्खा समाज ,परिवार र व्यक्तिको आचरण र व्यवहार हाम्रालागि अत्यन्तै अनुकरणीय र शिक्षाप्रद विषय हुन !हाम्रो नेपाली समाजमा स्खलित धार्मिक आस्था ,परम्परा र संकृतिलाई जोगाऊन बर्मेली समाज, परिवार र व्यक्तिहरूले खेलेको भूमिका वास्तवमा स्तुत्य विषय हुन ! यो परिवेश , परिस्थिति र स्थिलाई विदेश मा समेत जोगाउन पुर्खाहरूको प्रयास, चिन्तन र संस्कारलाई निश्चय पनि युवा पुस्ताले निरन्तरता दिने कुराको आधार समेत निर्माणभएको वस्तुस्थितिको अबलोकन र अनुभव
सगाल्न प्राप्त अवसर आफैमा गहकिलो अध्ययनको आधार र प्रमाण को रूपमा सुरक्षित भएकोछ !
विहानै स्नान र ध्यानमा पूजा कोठामा भगवानको भक्तिमा आम वर्मेली परिवारका सदस्यहरू लीन रहेको दृष्य र चित्र हामीले कहिल्यै विर्सन नहुने र नसकिने विषयका रूपमा रहेको विषय वास्तवमा बर्मा यात्राको विशेष उपलब्धिका रूपमा गणना नगरि नहुने घटना र विषय हुन!विहानको संख नाद, घण्ट र देवताको स्तुति गान को स्वरबाट हाम्रो वर्माको विहानी शुरू भएको क्षणले बर्मा यात्राका क्रममा स्वर्गीय आनन्दानुभूति नै प्राप्त भएको हो कि जस्तो लाग्यो! विहानको पूजामा संलग्न व्यक्ति नै पूजाको समाप्ति पछि नमस्कार गर्दा त बर्मामा मलाई ईश्वरसंग नै साक्षात्कार भएको जस्तो अनुभव भयो! ब्राम्हण परिवारमात्र हैन क्षेत्री परिवारहरू पनि पूजा गर्न र भगवान प्रति भक्तिभाव प्रकट गर्न त्यत्तिकै उत्सुक र जागरूक रहेको देखियो ! तर तल्लो जाति भनेर नेपालमा सम्बोधन गरिनेहरू सुनार, कामी, र दमाईहरू पनि बर्मामा भएको तर तिनीहरूसँग भेट भए पनि तिनीहरूका घरमा जान आजका मिति सम्म नसकेको विषय भने खड्केको नै छ ! तर बर्मामा जातीय विभेद नरहेको कुरा एक सुनार जातका व्यक्तिबाट सुन्न पाउदा खुशी लाग्यो ! यो विषयमा मैले उच्च जातका व्यक्तिसंग पनि जिक्षासा राखें ! उनको सरल र मार्मिक जवाफ थियो हामीले विभेदको नीति लिँदा हाम्रा हिन्दू जातीय तल्लो वर्ग मा गनिने र भनिनेहरू सबै इशाई बन्ने भए तसर्थ उनीहरूलाई ईसाई हुनबाट रोक्न समेत हामीले विभेदको नीति त्याग्ने निर्णय मात्र गरेनौ त्यसलाई कार्यान्वयन समेत गरेका हौं भन्दा हामीहरूले नेपालमा किन यो काम गर्न नसकेर इशाईहरूको संख्या बढाउन किन हामी नै सहयोग गर्दैछौ भन्ने विषय पनि स्मरण भयो !

फेरि बर्मेली समाज धार्मिक रूपमा र भगवत भक्तिमा लीन हुदा हुदै पनि यिनीहरू वीच जातीय भेदभावको गन्ध भने देखिएन! समतामूलक समाज निर्माण यो समाजले आफ्नो चरित्रको रूपमा विकास गरेको हो कि भन्ने अनुभूति कै क्रममा नेपाललाई संझदा मा़त्र पनि पीडा अनुभव गर्नु पर्ने वातावरणबाट नेपाले कहिले आफुलाई सुधार गर्ला भन्ने चिन्ता पनि थपियो !
सजावटले भरिपूर्ण पूजाकोठा मात्र हैन भक्तिभावले ओतप्रोत बर्मेली गोर्खालीहरूको जीवनशैलीको प्रशंसाका शब्दहरू नै मसंग कम हुदा यसले पनि मलाई लेख्ने क्रममा थप पीडा दियो !
विहान मात्र हैन वेलुकाको आरति संगै सायम् कालमा बज्ने घण्टा र भगवानलाई स्मरण गर्ने धुन पनि कहिल्यै पनि विर्सन नसक्ने गरी हाम्रो मनमा वसेका विषय हुन ! वालक तथा युवति-युवाहरू समेत विहानको पूजा र वेलुकाको आरतिमा समान रूपमा सरिक भएको अवस्थाले हाम्रो परम्परा र आस्थाको लामो यात्राको जग निर्माण गर्न बर्मेली अभिभावकहरूले खेलेको भूमिका आफैँमा प्रशंसनीय कार्य भन्नु पर्छ ! ‌जीवन एक यात्रा हो !यात्रा सिकाई को सशक्त साधन हो! यात्राका क्रममा विविध क्षेत्रसँग सम्वन्धित व्यक्तिको अध्ययन र अनुभवको
साटासाटका अतिरिक्त प्रकृति र संस्कृतिको अध्ययनको अवसर साथै नयाँ परिवेश को सेरोफेरो भित्र नै उपलब्धी विराजमान रहन्छ! यसलाई मापन गर्ने कला र क्षमताको पारख गर्ने विधा नै यात्रा साहित्य हो!
‌यात्राका अनुभवहरूलाई लिपिबद्ध गर्ने इच्छा र चाहना मेरो नितान्त व्यक्तिगत विषय थिए !तर परिवेश र परिस्थितिले यो मेरो चाहना अब वाध्यतामा रूपान्तरण भएको छ ! किनकि कसैसंग फोन हुने वित्तिकै यो यात्रा स्मरण पढन पाऊछौ भन्ने देखि तपाईले त लेख्नु नै पर्छ भन्नेहरूको आवाज र भावनालाई कदर गर्नु पर्छ भन्ने सोचले यो काम मेरालागि सकारात्मक दबाव र लेखनमा उत्प्रेरणाका रूपमा पनि देखिएकोछ! यसलाई मैले सकारात्मक लिएका कारण पनि यो यात्राले मलाई बोझ पनि थपेको छ ! हुनत साथीहरू र सुभ चिन्तकहरूको यो
विचार र सुझाव त मेरो महत्वपूर्ण आर्जन हो भन्ने कुरा मैले मनैबाट स्वीकार गर्न यो काम अनिवार्य गर्नु पर्ने विषय आफैले सिर्जना गरेको बोझ को रूपमा ग्रहण गरेकोछु !

देवीढकाल, चितवन को संस्मरणः ठाकुर प्रसाद गजुरेल, स्रोतः Thakur Prasad Guragain को फेसवुक 11 April

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.