गजल

Mira, Gyawali, मिरा ज्ञवाली ‘आस्था’, pallawa, पल्लव

मिरा ज्ञवाली ‘आस्था’

सार्वजनिक सबै जग्गा खाने के पारा हो?
जुटेर गरौँ खबरदारी जनता सारा हो !

राष्ट्रीय सम्पतिलाई आफ्नो नाँउमा पारे
देश सम्वृद्धि त देखावटी हाँक्ने नारा हो !

छिट्टै आउँछ घरघरमा. मेलम्चीको पानी
ठोक्छन भाषण जनतालाई फ्याँक्ने चारा हो!

 

हिनामिना पारेका छन बजेट सबै खाई,
गर्छन भाषण घरघरमा छिट्टै राख्ने धारा हो !

काण्डै काण्ड मच्चाएर खानुसम्म खाए,
अझै हामी कति हेरी बस्ने सर्वहारा हो ??

मिरा ज्ञवाली (आस्था)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.