रामकृष्ण भट्ट को कविता

Ram, Krishna, Bhatta, Nuwakot, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

जता हेर्छु तेतै पालुवा पलायो
मन मोहक छ मन नै विलायो
कोईली कुहु कुहु डाक्छ बनमा
अथाह उमङ्ग भरौं यी मनमा

जोडी ढुकुर सुन्दर पवनमा
कति मायाँ गास्छ हेर जीवनमा
हे मान्छे कति उदास भो जनम
अथाह उमङ्ग भरौं यी मनमा

 

लालीगुराँस रङ्गिन बनपाखा
सुस्ताउछ लय हाल्दै सुन्दरता
खुसी भै नाच्छ मयूर छमछम
अथाह उमङ्ग भरौं यी मनमा

भूलौ व्यतीत तीता पल सदैव
पालेर नराखौं मनमा वैभाव
नयाँ सोच सदभाव छ जनमा
अथाह उमङ्ग भरौं यी मनमा

सबैको शक्ति नवीनतम होस
अन्तरा भित्र ताप पखालियोस
सके भलो गरौ सधै जीवनमा
अथाह उमङ्ग भरौं यी मनमा

हटि जाओस भाइभाइको तुस
ल्याओस नयाँ बर्षले सबै खुस
लोभ पाप अब नराख्नु तनमा
अथाह उमङ्ग भरौं यी मनमा।।

नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.