सदैव उत्साह छाईरहोस !

Hari, Dhakal, हरि ढकाल, pallawa, पल्लव

हरि ढकाल

आहौ ! क्या छ फुलेर मोहक खुबै, देखिन्छ रम्यै त है ।
राताम्यै छ गुराँसले नि खुबनै, पाखा पखेरा त है ।
नौला अङ्कुर पालुवा वनभरी, रातै र सेतै छ है ।
भो प्रारम्भ वसन्त ऋतुसित नै, वर्षै नयाँ यै त है ।

यो छेहत्तर साल मोह रसले, भै पूर्ण आयो घुमी ।
त्यो बोकेर वसन्तकै नवरसै, टुप्लुप्प आयो घुमी ।
वर्षै यो खुब स्वस्थ बनेर सब त्यो, देहै निरोगी बनोस् ।
पाएरै सुख शान्ति वर्ष सबकै, उत्कृष्ट ज्यादै बनोस् ।

 

सम्पूर्णै अधुरा नि कार्य सफलै, होओस् यसै वर्षमै ।
इच्छा जे जति छन् पूर्ण सब हुन्, सब्का यही वर्षमै ।
रोगैव्याध हटेर जीवन सधै, उत्साहले पूर्णहोस् ।
हाम्रा यी घरमै दिनै दिन सबै, उत्साह छाईरहोस् ।

यी नेता सबमै विकास गरने, मार्गै प्रसस्तै खुलुन् ।
नेपाली जनकै हितार्थ सबनै, त्यागेर यिन्मै भुलुन् ।
राष्ट्रै सेवकले छिटो र छरितो, त्यो कार्य सम्पादनै ।
आ-आफ्ना घरबाट जाग्रुक भई, लागौँ विकास्मै त नै ।

विद्यार्थी सबमै बढोस पढने, सम्पूर्ण गाथा खुबै ।
देवीकै नि परेर त्यो नजरनै, कण्ठष्त होस् ती सबै ।
उत्साहै नि बढोस यी जति त छन्, सारा कलाकारमै ।
सालै यो अतिनै बनोस झननै, उत्कृष्ट संसारमै ।।

छन्दः शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.