हरिप्रिया रिजाल का जोर गजलः

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १,
बिश्वास गर तिमी सँग कुरा लुकाउँदीन
जति पीर परोस् तिम्रो मन दुखाउँदीन ।

सगरमाथा जस्तै उच्च रहोस् शीर तिम्रो
झुक्न परे मै झुकुँला तिम्रो शीर झुकाउँदीन।

किताब बन तिमी म सुरक्षा गाता बनुला
हामी बीचको गोप्यता कसै सँग फुकाउँदीन।

 

उमार्दै प्रीतिको फूल फुटाउँदै मायाको मूल
तिम्रो तनावमा शीतल गङ्गा बन्न टुटाउँदीन ।।

गजल– २,
म तिम्रै त विश्वासमा नै रमाएर बाचेँ
हिजोसम्म त्यै हात तिम्रो समाएर बाचेँ ।

मलाई छ इच्छा अझै रम्न पाऊँ
खुदै जिन्दगी यो हँसाएर बाचेँ ।

उँचो शीर मैले झुकाउन्न साथी
यही ताज शिर्मा लगाएर बाचेँ ।

म कापी सरी हूँ तिमी लेख्न आऊ
सधैँ स्वप्न तिम्रै नचाएर बाचेँ ।

कुवा जिन्दगानी छ पानी भरेको
नुहाएर पानी अचाएर बाचेँ ।

छन्दः भुजङ्ग प्रयात,
बहरे मुतकारीब मुसम्मन् सालिम
फउलुन ISS×४

हरि रिजाल
भरतपुर, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.