लक्ष्मी भट्ट का तीन गजलः

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

गजल– १,
ठ्रलै थियो खोला तरेँ जिन्दगीमा
अनायास डेरा सरेँ जिन्दगीमा

सुगन्धी हराएर छुट्यो खुशी नै
दुखी आँत भारी भरेँ र्जिन्दगीमा

सुकेको छ फूलै डढेको बगैचा
उठाएर माटो छरेँ जिन्दगीमा

 

खुदैले मलाई दिलैबाट तोड्यौ
रुझाई परेली झरेँ जिन्दगीमा

भरोसा र ईच्छा जुटाएर आफैँ
तरङ्गीत इच्छा हरेँ जिन्दगीमा

जवानी फुलेको हुँदा याद आज
भरी साथ माया गरेँ जिन्दगीमा ।।

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन् × ४ (।ऽऽ × ४)

गजल– २,
यहाँ काम गर्दै बिताए जवानी
बनेको छ ऐले सुनौलो कहानी

न सानो न ठूलो सबैमा छ माया
यहाँ जाच्न खोज्दै गरेथे लगानी

न या साथ पाए न छायो बहारै
खुशीवाट डेरा सरेको बिहानी

न राम्रो न सोचौँ धरा बास बस्दा
छ यो प्राण जल्दै हुनेहो खरानी

यहाँ जन्म पाएँ गरौ काम राम्रो
भरौ लौ धरामा न छुट्ने निसानी

छरौ सत्य वाणी रहे जिन्दगानी
कसैले त हेर्ला मरेको परानी ।।
छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन् × ४ (।ऽऽ × ४)

गजल– ३,
साहित्यको पत्र लिएर आए
हो सत्य बुद्धत्व दिएर आए

बाटो पुर्खाको सतमार्ग हिन्दै
प्यला अमृतै त पिएर आए

दौरा भुलेका पनि आज हामी
हाम्रो पनै यो त सिएर आए

आफ्नो त को हो भन आज खोज्दा
बेला अझै आफु खिएर आए

भन्थे र पैले सुन बाबु अर्ती
साहित्यमा नै त जिएर आए

छन्दः इन्द्रवज्रा,
बहरे हजज मुसम्मन अखरव मक्वूज
रुक्नः मफ्ऊलु, मफ्ऊलु, मुफाइलुन्, फा
सूत्रः SSI SSI ISIS S

महाकाली– ५, चाँदनी, कञ्चनपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.