विष्णु तिमिल्सिना का जोर गजलः

Bishnu, Timilsina, विष्णु तिमिल्सिना, pallawa, पल्लव

विष्णु तिमिल्सिना

गजल– १,
सल्बलियो पुरै तन भित्र कोही लुकेको छ
दिव्य नशा हतारिई चक्षुलाई ढुकेको छ ।

अदृश्य भै कैल्हेँ बोल्ने कैल्हेँ मनको घर कुर्ने
बिस्वासले भारी हुँदै शीर सदा झुकेको छ ।

छैन आफ्नो ताप तर उज्यालो त छर्छ चन्द्र
पूर्णिमाको जून जस्तै मनको चन्द्र फुकेको छ।

 

किन बादल मडारिन्छ मनको तारा छेक्नलाई
हिड्दै डोब मेटिए झै आस्था कहाँ चुकेको छ?

बाँचिदिन्छु उन्कै लागि हाँसिदिन्छु उनैसित
शरावीको नशा जस्तो कहाँ आँत सुकेको छ ?

गजल– २,
मैले किने सिफन सारी उनलाई बर्को भो
अलि सुस्त बोले भन्छु आखिर चर्को भो।

मायालुका हातै मिठा भन्थे खुशी पार्न
नम्र हुँदै दृष्टि फाल्थे हेराइँ अर्को भो।

सोचिरन्छु कैल्हेकाँही कैल्हे टोलाउछु
प्रेम पूर्वक बोलाउदा नि बोली झर्को भो।

कैल्हे हाँस्छिन रिसाउछिन कैल्हे माया गर्छिन
सुस्त सुस्त हिडेपनी हिडाइँ थर्को भो ।

के थियो र मरि लानु रित्तै आयो गयो
खासखुस मान्छे झुन्ड के लाई लर्को भो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.