होलीको कविता

Bindu, Dahal, बिन्दू दाहाल, pallawa, पल्ल्व

बिन्दू दाहाल

रङ्गिन्छ चोली जब चल्छ होली
खेलिन्छ मस्ती दिन आज भोलि
हाम्रो तराई र पहाड सम्म
रम्छौँ मजाले सब छौँ अचम्म ।

यो पर्व सारा जनले मनाए
हाँस्दै र खेल्दै सब यी रमाए
साथै वसन्ती रितुराज आयो
डाँफे चराले पनि गीत गायो ।

 

आऊ न साथी अब खेल्नु पर्छ
पीडा र बेथा पिर भुल्नु पर्छ
यो जिन्दगीमा रसराग भर्दै
खेलौँ न होली मन दङ्ग पार्दै ।

हामी नखाऔँ अब भाङ लड्डु
गन्छ्न् अरूले पनि हेय सड्डु
साथीहरू हो यति याद राखौँ
ती जाँड रक्सी पनि क्वै नचाखौँ ।

होली नराम्रो बदनाम छैन
चाला नराम्रो पनि ठीक हैन
छौँ जाति नाना सब एक बन्दै
खेलौँ न होली शुभ कार्य मान्दै ।

छन्द: इन्द्रबज्रा
दमक– ८ झापा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.