खै बुद्धको लुम्बिनी ???

Lila, Maski, Rana, लीला मास्की राना , pallawa, पल्लव

लीला मास्की राना

शान्ति छोरी-बुहारी, आमा शान्ति थापामगर
शान्तिको शान्त गाउँ, शान्तिनगर
रजत जयन्ती स्तम्भ स्वागतहेतु उभिएको प्रवेशद्वार
मेरो माइत कप्तान टोल सिद्धार्थनगर, डन्डा नहर

परिवर्तन, हवाई धावनमार्ग पर सारेर
बाटो छेउछाउ रोपेको वरपीपल चौतारो नभनेर
विकासका नाउँमा, ढालेछन् जरै नराखेर
दशकपछिको फरक, दाइभाइले अचम्मै पारेर

 

जेठाबा देवदह, काका तिलौराकोट बस्छन् खेती गरेर
रीतितिथि भुलिसके, सञ्चो बिसञ्चो सोध्छन् फोन गरेर
भन्छन् – “तीज हाम्रो होइन, पराईको” बस्छु मन मारेर
बाजेहरु स्वर्गे भए, उत्तर उता, दक्षिण यता साँध लगाएर

अशोक स्तम्भ त गाडिएछ बलियो गरेर
मायादेवीको मूर्ति फुटेछ टुक्रा-टुक्रा भएर
पीपल रुख गेँडिएछ फलामे बञ्चरो प्रहार गरेर
भारततिर खोज्दै छ बुद्धभूमि, कुखुरीले खोस्रेझैँ खोस्रेर

‘सारनाथ र गया’ मा डुबुल्की मारी पाप पखालेर
कुशीनगर एकपटक जानैपर्ने मनको ढोका उघारेर
संरक्षण किन गरेनौ मायादेवी मन्दिर ? पगौडा र स्तूपा बनाएर –
अब किन चाल पार्नुपर्‍यो ? “खै बुद्धको लुम्बिनी -” भनेर

स्रोतः एकमुठी बुकी फूल– २०७५ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.