गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

म आउँदै छु हर्सिंदै भुलेर तिर्सनाहरू
छु ध्यानमा म राष्ट्रको गरेर वन्दनाहरू

मुहार मातृभूमिको प्रसन्न पार्न प्रातमै
म भित्र छन् कयौं यहाँ असीम चाहनाहरू

छ दर्द घाउको अझै गढेर भित्र फैलिदो
बढेर आउँछन् तिनै चढेर सम्झनाहरू

 

सदैव प्रीति अर्चना म गर्छु भक्ति-भावले
सहर्ष गर्छु काव्यको सदैव साधनाहरू

यतै कतै दिई सबै म रित्तिएर आउँला
जगाउँला नयाँ नयाँ अतृप्त कामनाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.