लिला खत्री ‘पृथक’ का जोर गजल

Lila,, Khattri, लिला खत्री ‘पृथक’, pallawa, पल्लव

लिला खत्री ‘पृथक’

गजल– १,
नजिकिन्छौ अनि तर्किन्छौ के हो तिम्रो चाला ?
खोइ त तिम्ले सम्हालेको आफ्नै लालाबाला ?

खेल्छौ अरे जुवा र तास पिउँछौ जाँड रक्सी ,
ख्याल गरेको छैनौ र ? ज्यान आफ्नै खाला !

सक्दैनौं गर्न केही मात्रै सक्छौ पिट्न श्रीमती ,
जाग्न थाले महिला अब काड्लान् तिम्रो छाला !

 

हिंसा गर्छौ यति धेरै कि पत्थरको दिल हो तिम्रो ?
प्राणी हौ नि आखिर ज्यानै लिन नहान है भाला !

गर्दै गयौं यस्तै भने सहन गर्नु छैन हाम्लाई अब ,
कुस्ती खेलौँ कि जीत होला कि त ज्यानै जाला !

गजल– २,
पढ्नै चासो नगर्ने नजर तिम्रो !
त्यसैले हो नचुमेको अधर तिम्रो !

गाउँले छोरी म सरल र सोझी
जान्न सकिन झुठो शहर तिम्रो !

वेपत्ता छन् हजारौं दाजुभाइहरू ,
सबैले नै ल्याइदिछन् खबर तिम्रो !

भित्रपट्टी सडे गलेका जे भएनी,
बाहिर हिराजडित कभर तिम्रो !

मैले त सोचेको थेँ सुन्दर सपना
बुझिन अनन्त ‘लीला’ जहर तिम्रो !

उपहारमा दुइ मुक्तकः
महिला साथीहरू हो नारा मात्रै लगाएर के हुन्छ ?
सडक सडकमा जोड जोडले कराएर के हुन्छ ?
आऊ बरु एकजुट हौँ गिद्दे दृस्टीबाट बचौँ हामी ,
अधिकारलाई व्यबहारमा नल्याई लुकाएर के हुन्छ ?

हेर त्यो शान्ति आउँछे सधैं सपनामा !
हेर्छु बाटो आउँदिनन् कहिल्यै विपनामा !
बुद्ध जन्मेको देश यो मेरो नेपाल कठै !
साकार हुन्छ मात्रै घरीघरी कल्पनामा !

लिला खत्री (पृथक)
कपिलवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.