मोहन राज खनाल का दुइ टुक्राः

Chaturvedi, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

१)

उमेर बड्छ
अपराध टुङ्गेन
जीवन यात्री
एक पद घाटमा
अर्को पद घातमा ।
*
सुरिने मात
निधन धर्म कर्म
आचार भ्रष्ट
बलबाहू सुर्किने
धन दाऊ उफ्रिने।
*


मन सुध्रेन
चिचि पापा खोज्दैछ
संयोग उल्टो
पाखण्डी भेष छुल्या
पौरखी वेश टुङ्या ।
*
भन्नु केछर
विस्वास फल्न गाह्रो
मान्छे मान्छेमा
सुध्रन्न उ घाईते
चिथोर्छ बल भर।
*
मर्दैन नाम
राम रावण एकै
गोपाल कंश
अपराध दुवैमा
अभिप्राय दुवैमा ।
*
शेर बथान
घर घर बयान
घाईते माग
चन्द्र सूर्य लुके
ग्रह अस्त भए।
*
अस्ताए घाम
बिरानु बल्झाएर
अल्झाए बात
ठम्मिन्न अब कुरो
लम्मिन्न अब जुरो ।
*
सिंङ् पलायो
नेपाली घर घर
टिम बनायो
साथमा घाँसपात
आस्था राम नाम ।
*
जीवन खेती
मल जल खडेरी
आत्मा मलीन
विषय आतुरता
निर्बल असुरक्षा ।
*
भन्नु कसोरी
आफ्नै भेदभाव
आन्द्रा तयारी
छर्लङ्ग निसाचर
मङ्गल भयाभय ।

२) समय नष्ट
निशाचर मन पाल्दा
ढाकिने शिर
नव जात जन्माउँ
सय साल चम्काऊँ ।

नियति आफ्नै
नियम अधुरोमा
अन्ध्यारो दिन
काल चक्र सबैमा
मान चक्र यसैमा ।

बिरामी मन
औषधि अभावमा
डाक्टर मुन्टो
धन्वन्तरी गुल्टिने
वनस्पति टुङ्गिने।

हृदय सफा
नभ तारा गनिने
एकाग्र मन
आत्मिय प्रवलता
जीवन सफलता।

मान्छे सरल
पग्लिने मन उस्तै
मरिने चोला
अनुमान अज्ञान
अनुदान सज्ञान ।

विटुलो दिल
दिनमान ओर्लिने
जीवन भ्रष्ट
प्रताप अन्धमय
प्रभाव मन्दमय।

विषालु दिन
हत्ते प्राण निस्कन
मर्नु न काँच्नु
जीउँदै मर्ने प्रथा
हिंड्दै जल्ने कथा ।

धमिलो दिन
सङ्लिने मन अन्धो
सप्रिन्न भाले
उईड्याङ्को मूलाझैं
उई पाठ्को कथाझैं ।

सूत्र चुड्येछ
उनिने फूल अर्कै
वतास उस्तै
नार्गिस सुनामिमा
अथक प्रयासमा।

लुप्त समाज
अनाचार प्रस्तुत
आधार फन्क्यो
अतिचार कुशल
अभिमान युगल ।

मोहन राज खनाल,
म्यान्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.