‘प्रतीक्षाको घडीमा’

Kamala, Khadka, कमला खड्का, pallawa, पल्लव

कमला खड्का

‘प्रतीक्षाको घडीमा’
किनारामा बसेर प्रतीक्षा गर्दै छु म
तिम्रो आगमनको
त्यो प्रेमिल माहासागरका तरङ्गहरू
हेर्दै
एउटा चखेवाको प्रेमिकाले
रात पछि बिहानै भेट्न आउने
प्रेमीलाई पर्खे जस्तै
अलिपर एकजोडी जल हाँस
सँग सँगै सैर गर्दैछन्
सायद मलाई जिस्काउँदै छन्–

 


र सम्झाउँदै पनि तिमी सँगको
मधुर मिलनको त्यो सम्मोहक घडी
यो मन भित्र काउकुती लगाउँदै
तेसैले त म भित्र ब्यग्रता
सल्बलाउँदै छ
प्रतीक्षा को घडी
कस्तो लामो डोरी जस्तै हुँदो रहेछ
जति फुकाउँदै गर्दा पनि
झन झन लम्बिएको जस्तो
तिम्रा चन्चल आँखा र फुर्तिला
ओठ विम्ब बनेर नाँचिरहेछन् मेरा
सामु म आतुर छु स्वागतका
लागि किन अझै बाँकी छ
रात ?
मेरो मनको चखेवा हाजिर हुन
विहानी उषाका लागि, मलाई
विस्वास छ त्यो
आतुर प्रतीक्षा मधुर मिलनको
सार्थक हुने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.