कल्पना घिमिरेका तीन गजल

Kalpana, Ghimire, कल्पना घिमिरे, pallawa, पल्लव

कल्पना घिमिरे

गजल– १,
पेट भर्न गार्हो कोहिलाई घटाउन गार्हो
कहिँ समय पुग्दैन कहिले कटाउन गार्हो ।

सिँचित गर्ने बेला नहर सुख्खा भय त
हुर्काउँदा ती बालीहरू पटाउन गार्हो ।

बिहे गरि चट्ट छोडी परदेश पसेपछी
लाग्दो हो ती बधु लाई खटाउन गार्हो ।

 

कर्तव्यको पहाडले कचक्क किचेपछी
सजिलै त्यो जिम्मेवारी हटाउन गार्हो ।

आपसमा सम्बन्ध मजबुत छ भने
बम बारुदको बर्षाले नि फटाउन गार्हो ।।

गजल– २,
पग्लिन्छु म कसैको इमान्दारीता देखेर
सत्यवान, सावित्री, राम र सीता देखेर ।

सबै धर्मको सार विल्कुल फरक लाग्दैन
गर्व लाग्छ वाइबल कुरान र गीता देखेर ।

पीडितले पाउनु पर्छ न्याय मर्नु हुँदैन
घृणा जाग्छ नमान्ने आचारसंहिता देखेर ।

संरक्षण नहोस अपराध र अपराधीको
रिसाउँछन बुद्ध मानिसको रमिता देखेर ।

सहिलाई सही भन्न अनकनाउँछ समाज
मर्नुपर्छ पनि भन्दैन बलेको चीता देखेर ।।

गजल– ३,
सम्बन्धको बलियो त्यो आधार बनी हेर
हाम्रो सुन्दर कहानीको सार बनी हेर ।

कसले सक्छ थुन्न मुख बोल्ने हरूको
प्रभावशाली ब्यक्तित्वको बार बनी हेर ।

एकान्तमा साथ खोज्दै हराएछु म भने
सिंचित गर्दै प्रेमिल रक्तसञ्चार बनी हेर ।

घमण्ड र रीस त्यो पर पर पन्छाउँदै
यो जीवनभरि स्नेहिल हार बनी हेर ।

चाहिँदैन है हिरा मोती साथ भएपछि
मात्र मेरो यो जिन्दगीको यार बनी हेर ।।

– कल्पना घिमिरे
स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.