मिना चौलागाईं का केह मुक्तकहरूः

Mina, Chaulagain, मिना चौलागाईं, pallawa, पल्लव

मिना चौलागाईं

भएका यी दुई कान तितामिठा सुन्न रै’छ
किन बन्यो मन भन्थेँ अनेक कुरा गुन्न रै’छ
जब दुख्छ चसक्क मान्छे भित्र कता कता ,
धामीझाँक्री या औषधी केहिले पनि छुन्न रै’छ !

तिमीलाई माया गर्ने मुटु चुकाएर के पायौ
अबिरल बग्ने प्यारको नदी सुकाएर के पायौ
जिन्दगी भिखमाग्दै दु:खी सागरमा पौडिदै छु
तिम्रै लागि अर्पेको मन दुखाएर के पो पायौ ?

 

सगरमाथा जस्तै शिर तिम्रो झुक्छौ कि त डर लाग्छ
समुन्द्र झैँ लाग्छ त्यो।मन सुक्छौ कि त डर लाग्छ
तिम्रा कयौँ प्रश्नहरूमा अनुत्तरित यसकारण हुन्छु,
बोलेँ भने कतै तिमी दुख्छौ कि त डर लाग्छ !

कसैलाई काँडा झैँ बिझायो रे मेरो सिर्जनाले
कसैको मन मुटु नै रिझायो रे मेरो सिर्जनाले
म त द्विविधामा परेँ अब बिझाऊँ वा रिझाऊँ,
कोहि भन्छन् परेली भिजायो रे मेरो सिर्जनाले !

सगरमाथा जस्तै शिर तिम्रो झुक्छौ कि त डर लाग्छ
समुन्द्र झैँ लाग्छ त्यो।मन सुक्छौ कि त डर लाग्छ
तिम्रा कयौँ प्रश्नहरूमा अनुत्तरित यसकारण हुन्छु,
बोलेँ भने कतै तिमी दुख्छौ कि त डर लाग्छ !

दृष्टि मधुर बनेको छ आँखाको ताल सुकाउन नसकेर
अनुहारले बताउँछ भन्छ्न् हेर्नेले पीडा लुकाउन नसकेर
नदी होइन मैले समुन्द्र लिएछु तिमीबाट प्यासको बेला ,
अहिले हैरान छु तेहि चिन्ताले तिम्रो गुण चुकाउन नसकेर!

हिजो आफ्नै भन्ने आज नचिने झैँ हिँनेपनि
आफ्नो खुशीको लागि अरुको खुशी छिनेपनि
तिम्रो कर्मको सजाय समयले अवश्य दिनेछ,
मीठो निन्द्रा पाउने छैनौ सुनकै पलङ किनेपनि !

गुनासोको पहाड बिसाउनु छ
एकैछिन तिमीसँग रिसाउनु छ
तिम्रो काँधमा केहिबेर सुस्ताउँदै
आँसु र हाँसो दुवै मिसाउनु छ !

अगाडि नै ठुलो ताल थियो
छेउमै बसेर सवाल थियो
पिठ्युँमा मायालु हात तर,
पछाडी सुन्दर जाल थियो !

तिमी विनाको त्यो शहर बिरानो भो
यो मनको अनगिन्ती रहर बिरानो भो
बिरानो भो त्यो मन अन्जान झैँ बनेर,
यतातिर मेरो हरेक प्रहर बिरानो भो !

अबदेखि कहिल्यै पनि तिमीले मेरो रिस नगर्नु
शिशासरि टुक्रिएको छु जोड्ने कोसिस नगर्नु
कलियुगको कृष्ण बन्ने शोख मनभरी पालेर,
तिमीले मेरो लागि कुनै देखावटी विश्वास नगर्नु !

तस्वीर मेरो सजाऊ या जलाऊ तिम्रो खुशी
पानी हुँ म त जमाऊ या चलाऊ तिम्रो खुशी
तिमीमेरो जीवनको डालीमा सदैव फुलेको मान्छे,
आफूभित्र नै मलाई फलाऊ या गलाऊ तिम्रो खुशी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.