रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) कविता
हो सामन्त विना हुने प्रकृति नै त्यो रामको राज्य हो
हाम्रो मुक्ति त साम्यवाद सजिलो त्यो क्रान्ति कै भाज्य हो
ती कर्मी र किसान रङ्क जनता जो सर्वहारा न हुन्
नेपाली जग पूँजिवाद कपटी काला विराला नहुन्

नेता दुश्मन छन् लुटेर जनता खाई रहन्छन् अति
भष्टाचार बढ्यो र दुर्जन बढे नेपालको दुर्गति
हाम्रो स्वर्ग धरा धरातल पर्यो फासिस्टकै हातमा
गर्छन् काम परन्तु छैन फल त्यो नेपाल छिन् घातमा

 

सत्तामा यमराज छन् दुख दिने मन्त्री भनौं के गरि
ती रानी विधवा मुना मदनकी हुन् राष्ट्र की सुन्दरी
खायौ रक्त चुस्यौ करोड जनता छन् सर्वहारा अझै
लाई भाग लुट्यौ लुट्यौ मुलुक नै हाम्रो सहारा नभै

२) गजल
यमराज तिमी जन काल बन्यौ
जनभाव लुटेर बबाल बन्यौ

कम्युनिस्ट यहाँ कुन रै छ र खै?
पर पाउ नुगेर दलाल बन्यौ

पिउँदै मदिरा पर धर्म तिर
मति दुष्ट लिने विकराल बन्यौ

सरकार निशा तम मात्र दिने
जन घात विधान हलाल बन्यौ ।

३) गजल
उखान सम्झेँ, सरकारलाई
हजार टुक्का, दरवारलाई

गरूँ गरूँ के न गरूँ र खै खै
असीम धक्का, तरवारलाई

निदान जसको, छल छाम नै हो
गरूँ म पक्का, घरवारलाई

महान नेता, दल राष्ट्र वादी
बजार छक्का, भर भार लाई

जहाज पानी, नभए नि चल्छ
नठान सुख्खा, भँडखारलाई

छन्दः उपेन्द्र बज्रा
ज त ज गु गु
विश्राम ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.