शिव त्रिपाठी का केही मुक्तकहरूः

Shiva, Tripathi, शिव त्रिपाठी, pallawa, पल्लव,

शिव त्रिपाठी

मुक्तक- १,
चितामा अवश्यै जलेको म हुन्छु
सबै लास जस्तै ढलेको म हुन्छु
तिमी सक्दछ्याै प्रेमको रागसुन्नु
लिदै नाम तिम्रो बलेको म हुन्छु ।

मुक्तक- २,
लेख हे कवि हे कवयित्री वाचन म गरूँ
कविता, गीत, गजल का सारा बगैंचा म चरूँ
म गर्न सकूँ आदर, सम्मान र श्रद्धा स्रष्टा को
तिम्रा सिर्जना मा मीठा लय र स्वर म भरूँ ।

 

मुक्तक- ३,
छ दिक्दार यो जिन्दगी के गरूँ म?
उराठै छ संसार यो के गरूँ म ?
म बाचूँ नबाचूँ सरोकार छैन,
सबै लाग्छ धिक्कार खै के गरूँ म ?

मुक्तक- ४,
कसैलाई ईश्वर ले पठाएको उपहार भो जिन्दगी
कसैलाई बसन्त ले ल्याएको बहार भो जिन्दगी
कति खेल खेलें,कति बाजी लगाएँ जिन्दगी मा
आँफूलाई त तकदीर ले नै थमाएको हार भो जिन्दगी

मुक्तक- ५,
तिमी निंद मा थियौ कुनै गुलाब निंद मा थियो
सुन्दर प्रेम कहानी को कुनै किताब निंद मा थियो
निंद मा तिमी थियौ, लाग्थ्यो कुनै स्वप्न मा म थिएँ
अनि हाम्रो प्रीत को सम्पूर्ण हिसाब निंद मा थियो ।

मुक्तक- ६,
म मर्दै छु आऊ मलामी बनेर
र पुग्दै छु टाढा खरानी बनेर
तिमी फर्किने छौ र गर्दै विदाई?
म फिर्ता हुने हो कहानी बनेर।

मुक्तक- ७,
सिकायौ सबै छन्द का पाठ ज्ञान
भयौ सर्वदा प्रेरणा का मुहान
म श्रद्धा गरूँ के गरी काव्यनाथ
भयौ स्वर्गवासी लियौ ब्रह्मनाल ।।

पोखरा, कास्की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.