शम्भु गजुरेल का दुइ रचना

Shambhu, Gajure, Nuwakot, शम्भु गजुरेल, pallawa, पल्लव, Nuwakot,

शम्भु गजुरेल

१) अन्धकार
अन्धकार
घनघोर अन्धकार !
निस्पट्ट काहाली लाग्दो,
हावाको सुस्केरा ले तर्साउने!
सूक्ष्म कीट हरूको आहाट,
शुष्क पतङ्गको सर्सराहट,
सुस्त पन्छिको चल्मलाहट!
भयंकर राक्षस झैँ लाग्ने,
उबढखाबड गोरेटो,
समथर झैँ देखिने,
शान्त मनमा
त्रासको बाण ले
चसक्क घोचिरहने!

 


घनघोर जङ्गलको बिच
केवल एकल यात्रा,
अनि
काल्पनिक दानव,
सपनाका यमदुतहरूको ,
बिषालु नागपासाले बेरिएझैँ,
निस्सासिएर,
चक्रपातको भुमरीमा घुमे झैँ,
अर्धचेत जिमिमा लडेको छु !
सुर्योदयको आशा मारेर
घनघोर निशी सँग हारेर !

गणतन्त्रका भान्छेहरू
सत्ताका डाडु पन्यू चलाउने हरूको,
बिखन्डनका नाइकेहरू सँग
मितेरी गासिदै छ !
स्वाभिमानी धरहरा भाच्न,
बारुद बोक्नेहरू सँग
गाला जोडि हासिदै छ!
क्रान्तिको छद्म भेषमा
दुधे बालकको प्राण लिने,
राज्यको खटनमा
समाजको बेथिति रोक्ने,
प्रहरेदारहरूको मुटु भेद्ने,
हत्यारा खुंखार नरभक्षी लाई
पुष्प हारले सजाइँदै छ!
भ्रष्टहरू सँग दाइजो
मागिदै छ !
गणतन्त्रका अचुक खबरदारी गर्ने,
गल्तीमा औलो ठड्याउने,
चौकिदारी गर्नेहरू द्वारा,
ताल परे ताली
मारिदै छ!
कौडी नझरे,
कुर्सी खाली ध्वाँसको
कल्पित एवम् कुण्ठित नारा,
बजारिदै छ!
उता
मणडलामा तम्बु गाडिएको छ
२,४ आलस्य प्रेमी
निकृष्ट जमात थुप्रेको छ
नया पेसा अङ्गालेर
नया पदबी भिरेर
अभियन्ता !
सजिलो पेशा छ,
अभियन्ता पदको
मिसन, सामर्थ्य को!
बिबेकशिलको,
उर्जाशिलको,
दानविरको,
सेवादारको ,
गुजुल्टो गतिलो छ,
धाक छ धेरै सेवाको!
घुयत्रो छ अजङ्गको,
निशाना छ कुर्सीको,
बेदना बज्रीन्छ ड्याम्म ,
नेपाल आमाको छातिमा,
चर्खा चलेको चल्यै छ,
अगुल्टो बलेको बल्यै छ,
करोडौँ मन डरेको डर्‍यै छ!
मौका खोर पाखण्डीको
प्रहार मा !
नेपाल आमा ढलेको ढल्यै छन!
काइते हरूको,
काइते गिरि ले !
चन्द्र सुर्य झन्डा भिरेर
छात्रवृत्तिको खिर लोपरेर,
क्याम्बृज र हवार्ड पसेकाहरू
साम्राज्यवादको चक्कु ले,
जङ्गी निशान लाई
धुजा धुजा पार्दैछन !
सत्ता चलाउने
विपक्ष कुर्सिमा निदाउने,
अनि
स्वघोषित विद्वान
काल्पनिक क्रान्तिकारी ,
इतिहास का सकुनि हरूको
कठोर प्रहार को,
नृशंस बेदना ले
छिया छिया नेपाल आमा,
अन्धकार को भूत मा
झस्किएको झस्किएकै छन
मर्माहत बनेर!
निरीह
निसाहाय अबोध बनेर!
कालो अन्धकार
बिहानी को आशा बिहिन
अन्धकारमा !

२) गजल
ललाइ फकाई हिजो मलाइ माया जालमा पार्‍यौ
आज मलाई एक्लै छोडी अन्तै पाइला सार्‍यौ !!

रुखो सुखो सँगै खाई साथै बस्छु भन्थेउ तर
मायाको यो बारी सुकाई रस अन्तैतिर झार्‍यौ !

तिम्रो काख न्यानो थियो यो मनलाई रिझाउने
बर्षौ लामो माया लाई काडेतारले किन बार्‍यौ

मलाइ केही चाहिँदैन अङ्गालोमा न्यानो देउ
आउछु आउँछु भन्यौ तर बर्षौबर्ष किन टार्‍यौ

महलको आश देखाई बगरमा सुकाइदियौ
मुग्लानमा रगत बेची तातो तेलमा मलाई तार्‍यौ ।

शम्भु गजुरेल अज्ञानी
बेलकोटगढी न पा -९
नलगाउ, नुवाकोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.