नारीवाद

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

नारीवाद
त्यो विशाल छातीभित्र अटाई बसेको
हृदयको कोमलता
दृष्टि छन् करुणामय
अनि मात्रीवात्सल्यता
सबैतिर छताछुल्ल छन् आज
तिम्रा विह्वलता
विश्रीन्खलित मानसिकतामा रुम्मल्लिरहेका छन्
यस्तै यस्तै ब्यथा
नारीका व्यथा
संसारलाई थोपर्दै मुरी मुरी
भारीका व्यथा |

देवोद्धारपछिका पुराना कथा
लोग्नेमान्छेले बिर्सिदिए आफ्ना लघुता
र त्यो परिस्थितिको सौर्य
अनि प्रकृतीको सुरभी सुन्दरता |
कहिले आउलान् पर्व र त्यौहारहरू
नारी हुनुका सारहरू
दोबाटोमा रुमल्लिएका देख्छु
यिनका जीतहरू यिनका हारहरू
व्याप्त छन् अंतर्नादका कारुणिक चित्कारहरू
अझ लोकलाई अमान्य छन् सर्वथा !
अनि लोक भन्छ नारी स्वतन्त्रता ?

यो गज़बको कुरो
आफ्नै कुरो भएपछि अपुरो
यस्ता ताल ले के को पाक्ला र चुरो
नारी संबेदनाको ?
कैले होला उन्नती लोकको संचेतनाको ?
लु घन्काइदेऊ छोपेर लाज
तिम्रा गुम्सेर बसेका
कत्ति ठाउं सस्तोमा खसेका
आधी लोकको आवाज !

म मान्छेको प्रतिरूप तिम्रो लोग्ने मान्छे
अनि मान्छेको स्वरूप तिमीजस्तै मान्छे
तिमी सृष्टी हौ म फुक्को सर्जक
मेरा तपशीलका पुरुषार्थको गर्जक,
मलाई राम्ररी थाहा छ
तिम्रा बोझहरूमा
मेरा ओजहरू चम्किंदा
मैले धेरै पल्ट देखेकोछुँ
म स्थिति रहेछुं
अनि तिमी स्थितिको प्रवर्तक |

तिम्रा कोखका सिर्जनाहरू पलाउंदा
मैले लोग्नेपनको पगरी गुथेको
मलाई राम्ररी थाहा छ नारी
म यायावर हूँ
तिमी मेरो छहारी
मेरो दम्भी स्वरको गुरूत्वलाई सिंगारिदिने
मेरा बाटाहरूलाई सजिलो पारिदिने
कल्याणी तिमी सर्वहीतकारी
चेली आमाहरू अनि सबै नारी !!

(अन्तरराष्ट्रिय नारी दिवसको सन्दर्भमा)
ई. सन्तोष पोखरेल,
सिन्धुपाल्चोक, नेपाल
फरवरी २५, २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.