‘नफक्रिएका फूलहरू’

Saroj, Katuwal, सरोज कटुवाल, pallawa, पल्लव

सरोज कटुवाल

सरोज कटुवाल
बाटै बाटो
लाईन लागेर
थेग्नै नसकिने
भारी बोकेर
खच्चडहरू, भरियाहरू
उकाली चढेझै
कलिला कलिला
नानीहरू बाबुहरू
बिधालय सवार
आधी निन्द्रामा
क्याम्पका सैनिक झैँ–

 


जंगलका बिद्रोही झैँ
जर्याकजुरूक
छिनभरमै
मुखमा भातको बुजो
कसैले जुत्ता कसैले टाई
झोला, पानी र टिफिन
बार अनुसारका
बुख्याचा तयार
बलीको बोका झै
घिर्स्याउँदै
बोर्डिङका गेटभित्र
धकेल्दिएपछी
उज्यालो भबिष्य देख्ने
लाचार अभिभावकहरू….
गेटभित्र
ठुल्ठुला डरलाग्दा
प्राणपिपासु दण्डनाएकहरू
तिनिहरूको ताण्डब
त्रास र भयको रागमा
कलिला मुटुहरूको
दमन, कम्पन र सहन्
कहिल्यै सुनाउने
हिम्मत समेत गरेनन्
अबोध ओठहरूले
आफ्नै ममतालाई
अहँ.. निर्बिकल्प
मुर्गा बनिरहे, चुटाई खाईरहे
निरन्तर..निरन्तर….
अधिकार,जिन्दगी र सपना
सिर्फ घर फर्किदाको
पाँच रूपैयाँको
चिजबलसँग बराबर बनाएर !!
फेरि पढाईकै किचकिच
होमवर्क कै ल्याङल्याङ
चौघेरा बन्द कोठाभित्र सिमित
खुला आकास,हावा पानीबाट बञ्चित
हुर्किदैछ संसार
आफ्नै तरिकाले!!
सिरियल हेर्दै
आँसु झार्ने आमा देखेर
फेसबुक चलाउँदै
मुस्कुराउने बाऊ देखेर
के चल्दो हो कलिलो मस्तिष्कमा !!
दुई गाँस खुवाउन
मिसलाई फोन लगाईदिउ भन्दा
चुपचाप खाना निल्ने !?
स्कुलमा तिरेको
शुल्क सुनेर पिटाई खाने !!
कलिला मनहरूलाई
बिन्ती ड्रग्स एडिक्ट
हुनबाट बचाईदिनुस्
आकास र धरतीको
प्रेम बुझाईदिनुस्
अर्कालाई महसुस गर्ने
क्षमता दिलाईदिनुस
कमिला र माहुरीको
परिश्रम हेर्न दिनुस
जीवन र जगतको
वास्तविकता सुनाईदिनुस्
बिन्ती कलिला मनहरूलाई
डिप्रेसनको सिकार
हुनबाट बचाईदिनुस् !
धन्यबाद ।।

सरोज कटुवाल
२०७५/१०/२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.